नवजात र कलिला नानीहरूका लागि स्वस्थ भोजन दूग्धपान

(Content revised 02/2016)

जीवनको प्रारम्भिक चरणमा वृद्धि र विकासको लागि राम्रो पौष्टिकता महत्वपूर्ण हुन्छ र शिशुहरूका दीर्घम्यादी स्वास्थ्यमाथि यसको गहिरो प्रभाव पर्दछ। शिशुहरूलाई उपयुक्त भोजन गराउनु र सठीक तरीकाले गराउनु वाञ्छनीय छ।

तपाईंको शिशुलाई ख्वाउने स्वस्थ तरीका
पहिला 6 महीना- मात्र स्तनपान

  • पहिला 6 महीनामा शिशुहरूका लागि दूध एकमात्र पौष्टिकताको स्रोत हो।
  • आमाको दूधले एउटा शिशुलाई आवश्यक सम्पूर्ण पौष्टिकताको साथै एन्टीबोडी र अन्य वायोएक्टिभ तत्वहरू प्रदान गर्दछ।
  • स्तनपान नगराइने शिशुहरूलाई माता-पिताले उनीहरूले जति धेरै वा जति थोरै माग्दछन् त्यति नै नवजात फर्मूला ख्वाउनु पर्दछ।

6 देखि 24 महीना – दूधको खुराकबाट स्वतन्त्र रूपमा विविध किसिमका खाद्य खानेतर्फको संक्रमण

  • यो अवधिमा, शिशुहरू दूधमात्र सेवन गर्ने खुराकबाट विविधतापूर्ण वयस्क खुराकतर्फको एक विकासोन्मुख संक्रमणकालबाट गुज्रिन्छन्।
  • उनीहरू खानको लागि आश्रित अवस्थाबाट कप र चम्चाको प्रयोग गरेर स्वयम खान थाल्नेतर्फ पनि गुज्रिन्छन्।
  • माता-पिताले करीब 6 महीनाको उमेरमा शिशुहरूलाई ठोस आहार ख्वाउन थाल्नु पर्दछ।
  • पौष्टिक शिशु आहारलाई अनाज र गेडागुडी, साग-सब्जी, फल, अन्डा, माछा, मासु र सेमी लगायत परिवारको खाद्य भण्डारबाट तयार गर्न सकिन्छ।
  • शिशुलाई मासु, माछा, अन्डाको पहेँलो भाग, कलेजो, र गहिरो हरिया पात भएका साग-सब्जीहरू दिएर उनीहरूले आयरन पाउँछन् भन्ने सुनिश्चित गर्नु अनिवार्य छ।
  • माता-पिताले विविध स्वाद, बनावट र रंगका आहार प्रदान गर्नु पर्दछ। यसले शिशुलाई आहारहरूबारे जान्ने, भोजनको आनन्द लिन र राम्रो खाद्य बानी बसाल्नमा मद्दत गर्दछ।
  • प्रारम्भिक संक्रमणकालीन चरणमा, आमाको दूध वा नवजातको फर्मूलाले धेरैजसो पौष्टिक तत्वहरू उपलब्ध गराइरहेका हुन्छन्। ठोस आहारको विविधता र परिमाणको हैसियतले शिशुले धेरै खान थालेपछि, उनीहरूलाई कम्ती दूधको आवश्यकता पर्दछ।
  • पहिलो जन्मदिनपछि, विविध प्रकारका पौष्टिक आहारहरूको ठेट खुराकले शिशुहरूलाई आवश्यक पौष्टिकता प्रदान गर्नु पर्दछ। यो खुराक, सामान्य रूपान्तरणका साथ परिवारको लागि आहार बन्न सक्दछ।
  • अब दूध प्रमुख खाद्य नरहेता पनि यो स्वस्थ खुराकको हिस्सा रहिरहन्छ।
  • आफ्ना शिशुहरूलाई एन्टीबोडी र पौष्टिकता प्रदान गर्नको लागि आमाहरूलाई 2 वर्ष वा त्योभन्दा धेरै समयसम्म स्तनपान गराइरहन सुझाव दिइन्छ।

2 देखि 5 वर्ष –पारिवारिक भोजनको आनन्द उठाउँदै

  • यो उमेरसम्ममा, शिशुहरूले परिवारका साथ खान थाल्नु पर्दछ। सँगै बसेर सन्तुलिन भोजन गर्ने अतिरिक्त, शिशुहरूले आफ्ना माता-पिताबाट स्वस्थ भोजन बानी बसाल्छन्। पारिवारिक भोजन समयले उनीहरूलाई पारिवारिक दिनचर्याबारे सिक्न मद्दत गर्दछ र माता-पिताका साथ शिशुको वार्तालापलाई बढाउँछ।

स्तनपान नगराइने शिशुहरूका लागि कुन दूध रोज्नु पर्दछ?

  • स्तनपान नगराइने 12 महीना भन्दा मुनिका शिशुका लागि रोज्नु पर्ने दूध हो नवजात फर्मूला। एक वर्ष भन्दा मुनिका शिशुहरूको लागि गाईको दूध उपयुक्त होइन।
  • 1 वर्षका शिशुहरूले पूर्ण वसायुक्त ताजा गाईको दूध वा पूर्ण वसायुक्त गाईको दूध पाउडर पिउन सक्दछ। फेरफारको लागि माता-पिताले योगर्ट र पनीर चयन गर्नसक्छन्। कम्ती वसायुक्त दूध, 2 वर्ष वा त्योभन्दा माथिका लागि उपयुक्त हुन्छ।
  • फर्मूला दूध उनीहरूका लागि उपयुक्त हो जसले कम्ती आयरन-समृद्ध आहारहरू जस्तै शाकाहारी खुराक खान्छन्।
  • गाईको दूध प्रोटीनप्रति एलर्जी हुने कतिपय शिशुलाई विशेष फर्मूला आवश्यक हुनसक्छ। आफ्ना शिशुलाई विशेष फर्मूला दिइनेअघि माता-पिताले चिकित्सकीय परामर्श लिनु पर्दछ।

मेरो 1 वर्षको छोराले आफ्नो भोजन राम्ररी खान्छ, उसले कति दूध पिउनु पर्दछ?

  • विविधता भएका आहार सम्मिलित खुराको एक भागको रूपमा 1 देखि 5 वर्ष उमेर समूहका नानीहरूको पौष्टिकता खाँचौ पूरा गर्नको लागि प्रतिदिन 360 देखि 480 मिलि दूध पर्याप्त हुन्छ।
  • खाजा र हल्का भोजन गर्ने समयमा सानो कपमा 2 देखि 4 पल्ट दूध दिनुहोस्। विकल्पको रूपमा तपाईंले अन्य दूग्ध उत्पादहरू दिन सक्नुहुन्छ।
  • दूध क्याल्सियम र अन्य पौष्टिक तत्वहरूको एक समृद्ध स्रोत हो। यद्यपि, शिशुले अत्यधिक परिमाणमा दूध पिउँछ भने, यसले अन्य पौष्टिक आहारहरूप्रति उसको भोकलाई मेटाउँछ र उसका लागि स्वस्थ भोजन बानी बसाल्न गाह्रो हुन्छ।
  • तोफू, क्याल्सियमयुक्त सोया दूध, वा गहिरो हरिया पात भएका साग-सब्जीहरू क्याल्सियम समृद्ध आहार हुन्। यदि शिशुहरूले प्रतिदिन यी आहारहरूको उपयुक्त मात्रामा सेवन गर्दछन् भने, उनीहरूलाई आफ्ना क्याल्सियम आवश्यकता पूरा गर्नको लागि कम्ती दूधको खाँचो हुन्छ।

मेरो शिशुले कहिलेदेखि शीशीबाट दूध पिउन छाड्नु पर्दछ?

  • शिशुहरूले 18 महीना सम्ममा शीशीबाट दूध पिउन छाड्नु पर्दछ।
  • निरन्तर रूपमा शीशी प्रयोग गर्नेहरूका दाँतमा चाँडै प्वाँल पर्ने (क्याभिटी) सम्भावना हुन्छ। उनीहरू मोटो हुने पनि सम्भावना हुन्छ। उनीहरूमा धेरै दूध पिउने इच्छा जाग्दछ र अन्य आहार खानेतिर कम्ती रूची हुन्छ।
  • करीब 8 देखि 9 महीनामा आफ्नो शिशुलाई एउटा तालिम दिने कप दिएर उसलाई पिउनमा मद्दत गर्नुहोस्। पछि उसले स्ट्रद्वारा पनि पिउन सक्छ। धेरैजसो शिशुहरू 1 वर्षको हुँदासम्म तालिम कपले पिउन सक्ने हुन्छन्। उसको पहिलो जन्मदिनपछि, उसलाई शीशीबाट खाने बानी छोडाउन थाल्नुहोस्।

मेरो शिशु रोजेर भोजन गर्दछ। के उसलाई “पिकी इटर” फर्मूला दूध दिनु राम्रो हुन्छ?

  • तथाकथित “पिकी इटर” फर्मूलाहरूमा विभिन्न भिटामिन, मिनरेल वा फ्याटी एसिड इत्यादि थपिएको हुन्छ। यसको विपरीत, हामीलाई लाभ पुऱ्याउने नित्य आहारहरूमा पाइने सबै तत्वहरू, फर्मूला दूधमा पाइँदैन। यीनीहरूमा रहेको ऊर्जातत्व र चीनीको स्तर, नियमित फर्मूला दूध वा पूर्ण वसायुक्त गाईको दूधमा भन्दा धेरै अधिक हुन्छ।
  • एउटा खास समूहको भोजन खान निरन्तर रूपमा अस्वीकार गर्ने शिशुहरूमा, पर्याप्त पौष्टिकता नपाउने जोखिम हुनसक्छ। पूरक आहारको रूपमा गाईको दूधको सट्टा नियमित दूध दिन सकिन्छ। प्रतिदिन 480 मिलि भन्दा धेरै सेवन गर्नु हुँदैन भन्ने कुरो ध्यानमा राख्नु महत्वपूर्ण छ।
  • तपाईंको शिशुलाई भोजनबारे जान्ने अवसर दिनु – विविध प्रकारका भोजन दिनु, भोजनको समयमा आहार रोज्न दिनु र उसित सँगै बसेर खानुले पिकी इटिङबाट (छानेर खाने) उसलाई बाहिर निकाल्नमा मद्दत गर्दछन्।
  • माता-पिताले आफ्ना शिशुको खुराक र विकासलाई लिएर कुनै चिन्ता छन् भने चिकित्सकीय परामर्श लिनसक्छन्।