6 देखि 24 महिना पुगेका (3) (12 - 24 महिना) पुग्न लागेका बालबालिकाका लागि स्वस्थ्यकर खानपिन

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

1 देखि 2 वर्षका बालबालिकाको खाना खाने व्यवहारहरू

  • बालबालिकालाई परिवारसँग खाना खान र साझा गर्न मनपर्छ;
  • उनीहरूले आफै पिउनको लागि कप र खानको लागि चम्चाको प्रयोग गर्न सक्छन्;
  • उनीहरू नयाँ खानाहरूको स्वाद लिनको लागि पहिला भन्दा कम तत्पर हुन्छन्;
  • खाना खाने समय निकै लामो भयो भने उनीहरू उत्सुक हुने गर्छन्;
  • उनीहरूले एकै पटकमा धेरै खाँदैनन्;
  • आफूले खान चाहेको कुरा र आफू अघाएको कुरा तपाईंलाई बताउनको लागि उनीहरूले अभिनय र शब्दहरूको प्रयोग गरी संकेत गर्ने गर्छन्।

तपाईंको बच्चाको विकास

तपाईंको बच्चा अझै पनि छिटो बढ्नुहुन्छ तर उहाँॐ 1 वर्षको पुगेपछि तौल विस्तारै घट्छ। उहाँ अग्लो हुँदै जाँदा, उहाँ कम मोटो देखिन सक्नुहुन्छ।

सन्तुलित आहार बनाउनको लागि खानाहरू संयोजन गर्ने

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/myjdj)

  • तपाईंको बच्चाको लागि हरेक दिन 5 खाद्य समूहहरूबाट खानाहरू समावेश गर्नुहोस्;
  • पालैपालो गरेर विभिन्न प्रकारका खानाहरू दिनुहोस्;
  • आफ्नो बच्चालाई उपयुक्त मात्रामा दूध दिनुहोस्;
  • आफ्नो बच्चालाई स्तनपान गराउन जारी राख्नुहोस्।

तपाईंको बच्चाको लागि दैनिक विकल्प सूची (मेनु)

अन्नहरू
  • 1 देखि 2 कचौरा
  • ब्राउन राइस र होल गहुँको रोटी जस्ता केही होल अन्नका खानाहरू समावेश गर्नुहोस्।
माछा, मासु, अण्डा र सिमीहरू
  • 2 देखि 4 चुलुवा टेबुल चम्चा;
  • ठूलो खालको शिकारी माछा नखानुहोस् (जस्तै स्वर्डफिस, सार्क वा ठूलो टुना);
  • जमेको मासुलाई उचित तरिकाले भण्डार गर्नुहोस् र बरफ हटाउनुहोस्। जमेको र ताजा मासुले समान पौष्टिक तत्त्वहरू उपलब्ध गराउँछ।
सागसब्जीहरू
  • 4 देखि 8 चुलुवा टेबुल चम्चा
फलफूलहरू
  • ¼ देखि ½ कचौरा फलफूलका टुक्राहरू;
  • फलफूलको रसले भन्दा फलफूलले बढी आहरजन्य फाइबरहरू उपलब्ध गराउँछ;
  • आफ्नो बच्चालाई विभिन्न रङका फलफूलहरू दिनुहोस्
दूध र दूग्ध उत्पादनहरू
  • 360 देखि 480 मिलिलिटर

प्रश्न र उत्तर: मेरो बच्चाले नुन र ससहरू समावेश भएको खानेकुरा खान सक्नुहुन्छ?

  • नुनको सीमित मात्रा उचित हुन्छ। धेरै नुन खानाले भविष्यमा तपाईंको बच्चालाई उच्च रक्त चापको जोखिममा पार्छ;
  • अचारको विकल्पको रूपमा अदुवा, लसुन वा हरियो प्याज प्रयोग गर्नुहोस्;
  • ससेज, क्यान गरिएको खाना, नुन हालेर सुरक्षित राखिएको खानारा र अमिलो स्न्याक जस्ता उच्च मात्रामा नुन भएका खानाहरू कम खानुहोस्।
  • पकाउँदा उपयुक्त मात्रामा वनस्पतिको तेलको प्रयोग गर्नुहोस्।

थप जानकारीका लागि, कृपया पुस्तिका "6 देखि 24 महिना पुगेका बालबालिकाका लागि 7 दिनको स्वस्थकर खाना योजना निर्देशिका" मा दिइएको खाद्य विनिमय तालिकाको सन्दर्भ लिनुहोस्।.

दूधको उपयुक्त मात्रा

(सम्बन्धित जानकारी हेर्नुहोस्: http://s.fhs.gov.hk/aify0)

आमाको दूध
  • तपाईंको बच्चा 2 वर्ष वा सो भन्दा बढी उमेरको नपुग्दासम्म, उहाँलाई निरन्तर रूपमा स्तनपान गराउनुहोस्
  • आमाको दूधले उहाँलाई सङ्क्रमण विरोधी एन्टिबडीहरू उपलब्ध गराउँछ जुन तपाईंको बच्चा र तपाईंको दीर्घकालीन स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ।
फर्मुला दूध
  • तपाईंको बच्चाले आफ्नो खानामा विभिन्न प्रकारका खानाहरू खाँदा, दूध अब उपरान्त पौष्टिक तत्त्वहरूको मुख्य स्रोत रहँदैन;
  • तपाईंको बच्चाले दिनमा 360 देखि 480 मिलिलिटर दूध पिउन सक्नुहुन्छ। उहाँलाई दिनको दुई देखि तीन पटक दूध दिनुहोस्;
  • तपाईं बिहानको खाजामा वा स्न्याकको रूपमा अन्य खानासँग एउटा सानो कपमा दूध (लगभग 120 मिलिलिटर) दिन सक्नुहुन्छ;
  • अति धेरै दूध पिउनाले अन्य खानाको लागि तपाईंको बच्चाको भोक घटाउनेछ।
दूध तथा दुग्ध उत्पादनहरू
  • 1 वर्ष माथिको बच्चाले पूर्ण-फ्याट भएको गाईको दूध पिउन सक्नुहुन्छ;
  • तपाईं ताजा गाईको दूध, अत्यन्त उच्च तापक्रम (UHT) दूध वा पूर्ण-फ्याट भएको दूध पाउडर छनोट गर्न सक्नुहुन्छ;
  • आमाबुवाहरूले केही विविधताको लागि दूधको ठाउँमा दही वा चीज दिन सक्नुहुन्छ;
  • तपाईंको बच्चा 2 वर्षको भएपछि, उहाँले कम फ्याट भएको दूध पिउन सक्नुहुन्छ;
  • ताजा दूधमा भन्दा फर्मुला दूधमा थप आइरन र भिटामिनहरू समावेश हुन्छन्। थोरै मात्र ठोस खाना वा मासु खाने वा शाकाहारी बालबालिकाको लागि, उपयुक्त मात्रामा फर्मुला दूध पिउनाले थप आइरन उपलब्ध गराउन सक्छ;
  • गाढा दूधमा उच्च मात्रामा चिनी हुने भएकोले गाईको दूधको सट्टामा गाढा दूध नदिनुहोस्।

120 मिलिलिटर गाईको दूधले उपलब्ध गराउने क्याल्सियमको मात्रा चिजको एउटा टुक्रा वा 100 ग्राम दहीको जति नै हुन्छ।

नोट: गाईको दूधको प्रोटिनसँग एलर्जी हुने बालबालिकालाई विशेष फर्मुला आवश्यक पर्छ। कृपया थप जानकारीको लागि स्वास्थ्य पेशेवरसँग परामर्श लिनुहोस्।

बोतलबाट खान छुटाउने

निकै लामो समयसम्म बोतलबाट खानाले निम्न कुरा हुन सक्छ :

  • स-साना बालबालिकाको दाँत किराले खान्छ;
  • बालबालिका धेरै दूध पिउन खोज्ने भएकोले अन्य खानाहरूमा उहाँहरूको भोकलाई कम गराउँछ;
  • बालबालिकाको तौल बढी गराउँछ; तपाईंको बच्चा 1 वर्षको भएपछि उहाँलाई बोतलबाट छुटाउनुहोस्। उहाँको उमेर बढ्दै जाँदा बोतल छुटाउन अझ कठिन हुन्छ।

तपाईंको बच्चालाई बोतल त्याग्नमा मद्दत गर्नुहोस्

  • सर्वप्रथम, दिउँसोको समयको खुवाइमा बोतललाई एउटा कपले प्रतिस्थापन गर्नुहोस्;
  • उहाँ यसमा अभ्यस्त भइसकेपछि, उहाँलाई अरूबेला दूध खुवाउँदा कपमा दिनुहोस्। 18 महिनाको पुगेपछि, बोतललाई प्रयोग गर्न पूर्णरूपमा बन्द गर्नुहोस्।

मुख्य बुँदाहरू

  • उहाँलाई दूध पिउनको लागि तालिम दिने कप प्रयोग गर्न वा स्ट्रले पिउन दिनुहोस्। आवश्यक भएमा मद्दतको लागि तपाईं उहाँको नजिकै बस्नुपर्छ;
  • तपाईंको बच्चालाई सामान्यतया बोतलबाट खुवाइने स्थानमा कप नदिनुहोस्;
  • उहाँले बोतलको माग गर्नुहुन्छ भने, उहाँलाई फकाउनको लागि एउटा चुस्ने वा एउटा पानीको बोतल दिनुहोस्।

आमाबुवाहरूको लागि सुझावहरू

  • तपाईंको बच्चाले सुरुसुरुमा विरोध गर्न सक्नुहुन्छ। निरन्तर प्रयास गर्नुहोस्। हार मान्नुभन्दा अंकमाल गरेर र चुम्बन गरेर प्रतिक्रिया जनाउनुहोस्;
  • बोतल छुटाउने प्रक्रियाको अवधिमा सबै परिवारले एकसाथ काम गर्नुहुन्छ भनी सुनिश्चित गर्नुहोस्। यसले तपाईंको बच्चालाई बोतल छुटाउने समयबाट सहजै अगाडि बढ्न मद्दत गर्छ।

सुत्ने समय भन्दा पहिला बोतललाई कसरी छुटाउने?

नोट: सुत्ने समय भन्दा पहिला उत्तेजनात्मक क्रियाकलापहरूनगर्नुहोस्।

  • आवश्यक भएमा, तपाईंको बच्चालाई साँझको स्न्याकको रूपमा केही खाना वा दूध दिनुहोस्।
  • त्यसपछि उहाँको दाँत माझिदिनुहोस् र उहाँलाई ओछ्यानतर्फ लैजानुहोस्।
  • उहाँलाई अंगालेर चित्र भएको कथाको किताब पढ्नुहोस्। उहाँ शान्त भएपछि निदाउनुहुनेछ।

दैनिक खानाहरूको व्यवस्था कसरी गर्ने?

  • बालबालिकालाई दिनको 3 पटक खाना र 2 वा 3 पटक स्न्याकहरूको आवश्यक हुन्छ;
  • आमाबुवाहरूले ऊर्जा र पौष्टिक तत्त्वहरूकोको उहाँको इन्टेकलाई पुरा भर्नको लागि मुख्य खाना खाएको 2 वा 3 घण्टापछि एउटा स्वस्थकर स्न्याक उपलब्ध गराउनुपर्छ;
  • तपाईंको बच्चालाई परिवारसँग खाने व्यवस्था मिलाउने;
  • परिवार र बच्चाको दैनिकीहरूसँग मेल खाने खालको एउटा नियमित खाना खाने तालिका मिलाउने।

पारिवारिक खानाहरू साझा गर्ने

  • कम्तीमा पनि 3 वा 4 प्रकारका खानाहरूसँग 2 देखि 3 परिकारको खाना तयार पारेर खानामा छनोटहरू उपलब्ध गराउनुहोस्;
  • उहाँले मन पराउने र उहाँ परिचित नहुनुभएको वा मन नपराउने दुवै खानाहरूलाई समावेश गर्नुहोस्।

प्रश्न र उत्तर: मेरो बच्चाले कहिलेकाहीँ नाटीकुटी गर्दै खानुहुन्छ र थोरै खाना खानुहुन्छ। उहाँले पर्याप्त पौष्टिक तत्त्वहरू प्राप्त गर्नुहुन्छ?

  • बालबालिकाको भोक दिन-प्रति-दिन परिवर्तन हुँदै जान्छ। उनीहरूको खानालाई मन पराउने र मन नपराउने पनि भिन्न हुन्छ। उनीहरूले कुनै दिन धेरै वा अन्य दिनहरूमा थोरै खाना खानेछन्।
  • उपयुक्त अनुपातमा प्रत्येक खाद्य समूहहरूबाट आफ्नो बच्चालाई खानाहरू दिनुहोस्। 1 देखि 2 हप्ताको अवधिमा, उहाँले आफ्नो आवश्यकताहरू औसतमा प्राप्त गर्नुहुनेछ।

आमाबुवाहरूको लागि सुझावहरू

  • निन्द्रालु बालबालिकाले खान चाहँदैनन्
  • तपाईंको बच्चाको मुख्य खानाको भोकलाई घटाउन सक्ने भएकोले बारम्बार स्न्याकहरू नदिनुहोस्।

तपाईंको बच्चाको लागि स्न्याकहरू छनोट गर्ने

  • सामान्यतया पारिवारिक खानाहरूमा समावेश नहुने खानाहरू छनोट गर्नुहोस्;
  • भागको साइज मुख्य खानाको भन्दा सानो हुनुपर्छ;
  • गुलियो खानाहरू कहिलेकाहीँ मात्र दिनुपर्छ।
  • प्रति दिन फलफूलको जुस 120 मिलिलिटरमा सीमित गर्नुहोस् र कपमा जुस दिनुहोस्। जुस वा गुलियो पेय पानीको विकल्पहरू होइनन्।
  • प्रशोधित खाना खरिद गर्दा न्यून चिनी, सोडियम र फ्याट विकल्पहरूको लागि पौष्टिक तत्त्वका लेबुलहरू पढ्नुहोस्।
  • फलफूल, दूध, सादा दही वा चिज, ब्रेड, स्याण्डविच, ओटमिल, उसिनेको सखरखण्ड र उसिनेको मकै आफ्नो बच्चालाई पटक पटक दिन सक्नुहुन्छ।
  • गुलियो खानाहरू कहिलेकाहीँ मात्र दिनुपर्छ। उदाहरणहरू, चिनी थपिएका फलफूलसँगको दही, सादा बिस्कुट, मफिन, फलफूलको जुस, किसमिस, खाजाको अन्नहरू, केल्प वा टोफु खीरसँग चिनियाँ सिमीको डिजर्ट आदि छन्।
पर्याप्त मात्रामा पानीको इन्टेक
  • तपाईंको बच्चालाई खाना वा स्न्याकहरू खाइ सकेपछि र शारीरिक क्रियाकलापहरू पछि पानी पिउन दिनुहोस्;
  • गर्मी मौसम हुँदा वा तपाईंको बच्चालाई ज्वरो आउँदा, उहाँलाई थप पानी आवश्यक पर्छ;
  • उहाँले भेट्ने ठाउँहरूमा पानीले भरिएको सानो कपहरू राख्नुहोस् जसकारण तपाईंको बच्चाले आफै पिउन सक्नुहुन्छ;
  • पर्याप्त मात्रामा पानी पिउनाले दिसा गर्दा हुने समस्याहरूलाई घटाउँछ।

प्रश्न र उत्तर: मेरो बच्चाले पर्याप्त मात्रामा पानी पिउनुभएको छ भने मैले कसरी बताउन सक्छु?

उहाँले प्रत्येक 3 देखि 4 घण्टामा एकपटक पिसाब गर्नुहुन्छ भने, उहाँले ग्रहण गर्नुभएको पानीको मात्रा पर्याप्त छ। पिसाबको रङ हल्का हुनुपर्छ र त्यसको गन्ध कडा हुनुहुँदैन।

विभिन्न प्रकारका खानाहरू दिने

  • 1 वर्षको उमेर पुगेपछि, बालबालिकाले विभिन्न प्रकारका खानालाई चपाउन र निल्न सक्छन्। उनीहरूले कोन्जी भन्दा नरम भात रुचाउन सक्छन्।
  • बङ्गारो उम्रिए पछि, उनीहरूले थप चिपचिपा वा कडा खालको खानाहरू खाने प्रयास गर्न सक्छन्;
  • करिब 2 वर्षको भएपछि, बालबालिकाले प्रायजसो पारिवारिक खानाहरू खान सक्छन्।

करिब 1 वर्ष पुगेको बच्चाको खानाको उदाहरण

  • बाक्लो कोन्जी वा नरम भात
  • नरम टुक्रा पारेको मासु र सागसब्जीहरू

करिब 1 ½ वर्ष पुगेको बच्चाको खानाहरूको उदाहरण

  • नरम भात
  • सागसब्जी र मासुको स-साना टुक्राहरू
  • चाउचाउको छोटो टुक्राहरू
  • फलफूलहरूको पातलो टुक्राहरू

करिब 2 वर्ष पुगेको बच्चाको खानाको उदाहरण

  • वयस्कको जस्तै भातको प्रकार
  • चाउचाउको छोटो टुक्राहरू
  • मासु र सागसब्जीको डाँठको स-सानो टुक्राहरू

सुझावहरू: केही बालबालिकाले मिसाइएको खानाहरू नरूचाउन सक्छन्। केही बालबालिकाले ससहरू राखिएको खानाहरू नरूचाउन सक्छन्।

अड्किनबाट सावधान हुनुहोस्

बालबालिकाले बसेर मात्र खाने गर्नुपर्छ। यसले अड्किनबाट रोक्छ। सजिलै अड्किन सक्ने निम्न खानाहरू नखुवाउनुहोस्:

  • सिङ्गो बदाम, ममफली र क्याण्डीहरू, इत्यादि;
  • मिटबल (माछा बल, आदि) , मिनि-जेली, ससेज र सिउ माइ जस्ता गोलो लचिलो प्रकारका खानाहरू;
  • गुलियोचिपचिपा चामलको हलुवा र मार्सम्यालोहरू जस्ता टाँसिने खालको खानाहरू।

आफ्नो बच्चालाई सही ढङ्गले खानमा मद्दत गर्ने

(सम्बन्धित जानकारी हेर्नुहोस्: http://s.fhs.gov.hk/j34up)

विभिन्न प्रकारका खाना उपलब्ध गराउनुको साथससाथै आफ्नो बच्चाको लागि खाना खाने समयको तालिका बनाउनु र आफ्नो बच्चालाई खानको लागि तयारी गर्नु महत्त्वपूर्ण हुन्छ:

खाना खाने समयको तालिका सेट गर्ने

  • तपाईंको बच्चालाई नियमित समयमा 3 पटक मुख्य खाना र 2 वा 3 पटक स्न्याकहरू दिनुहोस्;
  • तपाईंको बच्चालाई बाँकी परिवारको सदस्यहरूसँग खाना खाने टेबुलमा खान दिनुहोस्;
  • तपाईंको बच्चालाई एकै ठाउँमा बसाउनुहोस्;
  • खाना खानु भन्दा 2 घण्टा अघि वा पछि स्न्याक वा पेय पदार्थहरू नदिनुहोस्;
  • प्रत्येक खानाको लागि 30 मिनेटको तोकिएको समय दिनुहोस्।

सुझावहरू: उहाँले परिवारले उही खाना खाएको देख्दा, उहाँ त्यो खाने प्रयास गर्नको लागि बढी तत्पर हुनुहुनेछ।

आमाबुबाको चिन्ता: 30 मिनेट मात्र! यति छोटो समयमा मेरो छोराले पर्याप्त मात्रामा खानुहुन्न!

शिशुहरूका पेट साना हुन्छन्। उनीहरू सामान्यतः 20 देखि 30 मिनेटभित्र अघाँउने गर्छन्। उनीहरूलाई धेरै खाना खुवाउनु भन्दा पौष्टिक तत्त्वहरू र ऊर्जाको अर्को “शट” पाउनको लागि केही घण्टामा स्वस्थकर स्न्याक दिनुहोस्।

तपाईंको बच्चालाई खानाको लागि तयारी पार्ने

  • तपाईंको बच्चालाई उहाँको हात धोइ दिने जस्तो एउटा नियमित क्रियाकलाप गरेर तयार पार्नुहोस्। यसले उहाँलाई "यो खाने समय हो" भन्नेछ।
  • खाना तयार भइ सकेपछि मात्र तपाईंको बच्चालाई खाना खाने टेबुलमा लैजानुहोस्;
  • अन्यत्र ध्यान मोडिदिने वस्तुहरूलाई हटाउनुहोस्: टिभी बन्द गर्नुहोस्, खेलौना र तपाईंको बच्चालाई हानि पुर्याउन सक्ने वस्तुहरूलाई टाढा राख्नुहोस्।
सुझावहरू

उहाँले परिवारले उही खाना खाएको देख्दा, उहाँ त्यो खाने प्रयास गर्नको लागी बढी तत्पर हुनुहुनेछ।

तपाईंको बच्चाको खाना खाने समयमा यी कुराहरू हुने गर्छन्?

आमाबुवाहरूले आफ्ना बालबालिकाले धेरै खान्छन् कि भनेर उनीहरूलाई खुवाउन धेरै विधिहरूको प्रयोग गर्नुहुन्छ यी विधिहरूले बालबालिकालाई असल खाने बानीको विकास गर्नमा मद्दत गर्नुको सट्टा खाना खाने समयका समस्याहरू निम्त्याउन सक्छ।

कठिनाइ 1: तपाईंको बच्चा भर्खरै निद्राबाट ब्यूँझिएपछि वा उत्तेजित भएर खेलि रहेको बेला खुवाउने।

  • सम्भावित परिणाम: बालबालिका खानको लागि तयार भई नसकेको अवस्थामा, उनीहरूले झर्कोफर्को गर्ने गर्छन् र खान अस्वीकार गर्ने गर्छन्।
  • आमाबुवाहरूलाई सुझाव: आफ्नो बच्चालाई खाना खानको लागि तयार पार्न खाना खानुभन्दा 10 मिनेट पहिले उहाँसँग केही नियमित क्रियाकलापहरू स्थापित गर्नुहोस्।

कठिनाइ 2: तपाईंको बच्चाले प्रायजसो खानुहुन्छ वा उहाँलाई एक्लै खुवाइन्छ।

  • सम्भावित परिणाम: एक्लै खानाले भोक घट्छ। उहाँको लागि विभिन्न प्रकारका खानाहरू खान अनुकूल हुनमा अझ कठिन हुन्छ।
  • आमाबुवाहरूलाई सुझाव: योजना बनाउनुहोस् र व्यवस्थाहरू गर्नुहोस् ताकि उहाँले तपाईं वा अन्य स्याहारकर्तासँग खान सक्नुहुन्छ।

कठिनाइ 3: राम्ररी खाना नखाएपछि छिट्टै आफ्नो बच्चालाई स्न्याक वा दूध दिने।

  • सम्भावित परिणाम: तपाईंको बच्चाले "यदि मैले खाना खान अस्विकार गरेँ भने मैले आफूले मनपराएको खाना पाउन सक्छु" भन्ने कुरा सिक्नुहुनेछ। उहाँ खाना खाने समयमा थप नाटीकुटी गर्नुहुनेछ।
  • आमाबुवाहरूलाई सुझाव: खाना खाने टेबुलमा खानाहरूको 2 वा 3 छनौट उपलब्ध गराउनुहोस्; आवश्यक भएमा, स्न्याक केही चाँडो दिनुहोस्।

कठिनाइ 4: तपाईंको बच्चालाई खुवाउनको लागि खेलौनाहरू खेल्न दिने र उहाँको पछि पछि लाग्ने।

  • सम्भावित परिणाम: यसले तपाईंको बच्चालाई खाने बेलामा खेल्नु र यता उति दौडनु खाना खाने समयमा गर्नुपर्ने सही काम हो भन्ने सिकाउँछ। उहाँले धेरै खान पनि सक्नुहुन्छ।
  • आमाबुवाहरूलाई सुझाव: खानका लागि उहाँलाई कुर्सीमा बसाल्नुहोस्। उहाँले आफू अघाएको संकेत गर्दा खुवाउन बन्द गर्नुहोस्।

कठिनाइ 5: तपाईंको बच्चालाई उहाँले मन पराउने खाना मात्र दिने।

  • सम्भावित परिणाम: अन्य खानाहरू खान प्रयास गर्ने रोजाईहरूको कमीले उहाँलाई नाटीकुटी गर्दै खाने खालको बनाउँछ।
  • आमाबुवाहरूलाई सुझाव: उहाँको खानमा उहाँले मन पराउने मन नपराउने दुवै खालको खानाहरू समावेश गर्नुहोस्।

खाना खाने समयलाई मनोरञ्जक बनाउने

  • आफ्नो बच्चासँग कुराकानी गर्नुहोस्, उहाँले खाइ रहेको खानाबारे वर्णन गर्नुहोस् र उहाँले असल व्यवहार गर्दा उहाँलाई प्रशंसा गर्नुहोस्;
  • आफ्नो बच्चालाई हतार गराउने वा नकारात्मक टिप्पणी गर्ने कार्य नगर्नुहोस्, यसले उहाँको भोक घटाउन सक्छ
  • तपाईंको बच्चाले आफू अघाएको सङ्केत गर्दा उहाँलाई खुवाउन बन्द गर्नुहोस्।

तपाईंको बच्चालाई आफै खानको लागि प्रोत्साहित गर्नुहोस्

तपाईंले आफ्नो बच्चालाई खुवाउँदा उहाँलाई आफै खान प्रोत्साहित गर्नुहोस्। 18 देखि 24 महिना पुगेको बच्चाले सामान्यतया आफै खान सक्नुहुन्छ। तपाईं:

  • तपाईंले उहाँलाई एउटा चम्चाले खुवाउँदै अर्को चम्चा खेल्नको लागि दिन सक्नुहुन्छ;
  • उहाँलाई सुपरिवेक्षण र सहायता गर्न सक्नुहुन्छ;
  • उहाँलाई थोरै-थोरै गरेर कम मद्दत गर्न सक्नुहुन्छ जसकारण उहाँले स्वतन्त्र रूपमा आफै खान सिक्नुहुन्छ;
  • धेरै प्रसंशा गर्न सक्नुहुन्छ।

प्रश्न र उत्तर: मेरो बच्चाले पर्याप्त मात्रामा खानुभएको छ?

शिशुहरूले आफूले अघाउन्जेल खाएपछि आफैले बताउन सक्छन्। उनीहरूलाई धेरै खान दबाव नदिनुहोस्।

शिशु अघाइसकेपछि, उहाँ:

  • अन्यत्र ध्यान मोडेको देखिनुहुनेछ;
  • आफ्नो मुखमा खाना ननिलेर राख्नुहुनेछ;
  • खानासँग खेल्नुहुनेछ;
  • आफ्नो टाउको हल्लाउनुहुनेछ, चम्चालाई टाढा धकेल्नुहुनेछ वा खाना दिँदा झर्किनुहुनेछ;
  • उहाँले तपाईंलाई आफूलाई पुगेको भन्न सक्नुहुन्छ र आफ्नो कुर्सी छोड्नुहुन्छ।

सही ढङ्गको खाना खाने समयको विकास गर्ने

बालबालिकालाई आमाबुवाले आफूतर्फ ध्यानाकर्षण गरेको मनपर्छ। तपाईंको बच्चाले असल व्यवहार गर्दा, उहाँ तर्फ आफ्नो ध्यान आकर्षण गर्नुहोस् र उहाँको तत्काल प्रशंसा गर्नुहोस्।

तपाईंको बच्चाले असल व्यवहार गर्दा उहाँको प्रशंसा गर्नुहोस्

  • उहाँसँग मुस्कुराउनुहोस्, उहाँलाई राम्रोसँग थपथपाउनुहोस् वा उहाँले सहयोग गर्दा स्याबासी दिनुहोस्, जस्तै उहाँ कुर्सीमा सही ढङ्गले बस्दा वा नयाँ खाना खाने प्रयास गर्दा।
  • उहाँले के राम्रोसँग गर्नुभएको छ भनी उहाँलाई थाहा दिनुहोस्, जस्तै “तपाईं आजा यताउती दौडि रहनुभएको छैन" भन्नु भन्दा "तपाईं बसेर खाना खानुहोस्! यसो गर्नु राम्रो हुन्छ!” भन्ने।

तपाईंको बच्चाले दुर्व्यवहार गर्दा

  • उहाँले पहिले नै पर्याप्त मात्रामा खाना खाइ सक्नुभएको छभन्ने पत्ता लगाउहोस्;
  • रूने, खाना वा चम्चासँग खेल्ने वा अन्य ध्यान आकर्षण गर्न खोज्ने व्यवहारहरू जस्ता सामान्य खालको दुर्व्यवहारको लागि "योजनाबद्ध रूपमा बेवास्ता गर्ने" रणनीति प्रयोग गर्नु सबैभन्दा ठीक हुन्छ।

योजनाबद्ध रूपमा बेवास्ता गर्ने

  • चरण 1: उहाँ सुरक्षित हुनुहुन्छ भन्नेबारे सुनिश्चित हुनुहोस्;
  • चरण 2: उहाँ तर्फ कुनै पनि ध्यान नदिनुहोस्;
    • नोट: उहाँले तपाईंबाट कुनै प्रतिक्रिया प्राप्त नगर्दा, उहाँको व्यवहार प्रारम्भिक रूपमा एकदमै खराब हुन सक्छ। तपाईंले उक्त कार्यलाई निरन्तरता दिनुहुन्छ भने, उहाँले उक्त व्यवहारले तपाईंको ध्यानाकर्षण हटाउन सक्दैन भन्ने कुरा सिकेर त्यस्तो गर्न रोक्नुहुनेछ।
  • चरण 3: उसले दर्व्यवहारलाई रोक्ने वित्तिक्कै, उहाँ तर्फ तुरून्तै ध्यान दिनुहोस्। उहाँको ध्यानलाई खानातर्फ फेरि निर्देशित गर्नुहोस्;
    चरण 4: उहाँ सहयोगी भएर खाने कामलाई निरन्तरता दिँदा, उहाँको प्रशंसा गर्नुहोस्।
    यी चरणहरू पालना गर्नाले, तपाईंको बच्चाले रिसाएर आफूले तपाईंको ध्यान आकर्षण गर्न सक्दिन भन्ने कुरा बुझ्नुहुनेछ।

मनोवैज्ञानिकबाट प्राप्त सुझावहरू:

उहाँलाई कराएर वा उहाँको मुख पुछेर आफ्नो बच्चाको दुर्व्यवहार प्रति प्रतिक्रिया जनाउनाले तपाईंको ध्यान आकर्षण गर्नको लागि उहाँलाई थप दुर्व्यवहार गर्न सक्ने बनाउने सम्भावना हुन्छ। बच्चाका दुर्व्यवहारहरूलाई परिवारका सबै सदस्यहरूले एकै प्रकारले सम्हाल्नु पर्छ।

पालन पोषणको श्रृंखला (8) - "तपाईंको सानो बच्चालाई सकारात्मक विधिले अनुशासित बनाउनुहोस्" ले सानो बच्चाहरूको व्यवहारहरूलाई व्यवस्थापन गर्नेबारे तपाईंलाई थप सुझावहरू दिन्छ।

सही ढङ्गको खाना खाने समय विकास गर्ने

दोस्रो वर्षको सुरुवातमा, बालबालिकाको लागि "नाटीकुटी गर्दै" खाने बन्नु सामान्य हो। धेरैजसो समयसँग सुध्रिनेछन्। यसलाई उचित रूपमा सम्हाल्नाले तपाईंको बच्चालाई नराम्रा खानपान बानीहरू विकास गर्नबाट रोक्नेछ।

बच्चाहरू किन खानमा नाटीकुटी गर्ने हुन्छन्?

  • 1 देखि 2 वर्षमा बालबालिका अपरिचित खानाहरू खाने प्रयास गर्नमा सतर्क हुने गर्छन्;
  • केही बच्चाहरूको बलियो खालको मनपर्ने वा मननपर्ने हुने गर्छ;
  • केही बच्चाहरूविशेष खानाको प्रकार वा स्वाद प्रति संवेदनशील हुने गर्छन्;
  • अति धेरै दूध पिउनाले खानाहरूमा रुचि हराउन गर्छ।

खानमा नाटीकुटी गर्नेहरूसँग गर्न हुने र नहुने कुराहरू

गर्न हुने कुराहरू

  • तपाईंले सक्दासम्म आफ्नो बच्चासँगै बसेर खानुहोस् र उहासँग उहाँले मन नपराउने खानाहरू खानुहोस्;
  • प्रत्येक खानामा 3 देखि 4 प्रकारको खाना समावेश गरेर छनोटहरू उपलब्ध गराउनुहोस्;
  • टमाटरहरूको ठाउँमा टमाटरको पुरी सुप जस्तो फरक-फरक ढङ्गले खाना पकाएर पस्कनुहोस्;
  • तपाईंको बच्चालाई वास्तविक खाना वा त्यसका तस्विरहरू देखाएर उहाँलाई त्यस खानासँग परिचित हुनमा मद्दत गर्नुहोस्;

गर्न नहुने कुराहरू

  • तपाईंले आफ्नो बच्चालाई उहाँले मनपराउने खानामा तपाईंले खुवाउन चाहेको खानालाई मिसाउने;
  • उहाँले आफूले मन नपराउने खाना खाएमा पुरस्कारपाउनुहुनेछ भनेर भन्ने;
  • उहाँलाई खानको लागि बिन्ती गर्ने वा हैरान पार्ने;
  • राम्ररी खाना नखाएपछि लगत्तै उहाँलाई उहाँको मनपर्ने खाना दिने;
  • उहाँलाई मनपर्ने खाना मात्र दिने;
  • समस्या समाधान गर्नका लागि "नाटीकुटी गर्दै खाने बच्चाको फर्मुला" मा भर पर्ने।

प्रश्न र उत्तर: मेरो छोरालाई पौष्टिक पूरकहरू आवश्यक हुन्छ?

  • बालबालिकाले विभिन्न प्रकारका खाना खाएमा र सूर्यको प्रकाशमा पर्याप्त मात्रामा देखा परेमा सामान्यतया उनीहरूलाई पौष्टिक पूरकहरू  आवश्यक हुँदैन;
  • तपाईंको बच्चाले विशेष खाद्य समूहको खानाहरू खान अस्वीकार गर्नुहुन्छ वा तपाईं आफ्नो बच्चालाई पूरकहरू दिन चाहनुहुन्छ भने, आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्।

स्वस्थकर जीवनशैलीको बानी बसाल्ने

(सम्बन्धित जानकारी हेर्नुहोस्: http://s.fhs.gov.hk/doczw)

गुलियो, उच्च फ्याट भएका स्न्याकहरू सीमित गर्नुहोस्

  • कुकी, क्रिम पफ, क्रिस्प र गुलियो पेय पदार्थहरू सीमित गर्नुहोस्। यिनीहरू स्न्याकको रूपमा कहिलेकाहीँ मात्र दिनुहोस्:
  • घरमा अस्वस्थकर स्न्याकहरू भण्डार गरेर नराख्नुहोस्; यसले तपाईंलाई आफ्नो बच्चालाई यी खानाहरू दिनको लागि अस्वीकार गर्दा निम्तिने द्वन्द्वहरूलाई कम गर्न मद्दत पुर्याउँछ;
  • तपाईंको बच्चालाई फकाउनको लागि स्न्याकहरू दिन बन्द गर्नुहोस्;
  • पुरस्कारको रूपमा स्न्याकहरूको प्रयोग नगर्नुहोस्;

सुझावहरू: तपाईंले आफ्नो बच्चालाई पुरस्कारको रूपमा स्न्याक दिनु भन्दा उहाँलाई प्रशंसा गर्ने, अंगालो हाल्ने, चुम्बन गर्ने वा पार्कमा खेल्ने पुरस्कार दिनुहुन्छ भने उहाँ बढी खुसी हुनुहुनेछ।

तपाईंको बच्चाको दाँतको हेरचाह गर्नुहोस्

तपाईंले प्रत्येक बिहान र साँझ आफ्नो बच्चाको मुख र दाँत सफा गर्नुपर्छ।
उहाँको पहिलो बङ्गारा निस्किँदा, पिउने पानी र नरम जगर भएको एउटा दाँत माझ्ने ब्रश प्रयोग गरेर उहाँको दाँत माझि दिनुहोस्।

थप जानकारीका लागि, कृपया हातेपुस्तिका "आफ्ना बालबालिकाको लागि मुखको स्वास्थ्य स्याहार" को सन्दर्भ लिनुहोस्।

लामो समयसम्म बस्ने बानी रोक्ने

  • बसेको बेला, स्याहारकर्ताहरूसँग अन्तरक्रियात्मक खेलहरूमा संलग्न हुने, पढ्ने र कथा भन्ने कार्यलाई प्रोत्साहित गरिन्छ;
  • 1 वर्षको बच्चाको लागि, बसेर स्क्रिन हेर्ने समय (जस्तै, टिभी वा भिडियोहरू हेर्ने, कम्प्युटर खेलहरू खेल्ने) सिफारिस गगरिँदैन;
  • 2 वर्षका बच्चाहरूका लागि, दैनिक संचित स्क्रिन समयलाई एक घण्टासम्म मात्र हेर्नेगरी प्रतिबन्ध लगाउनुपर्छ। स्क्रिन क्रियाकलापहरू अन्तर्क्रियात्मक र शिक्षामूलक हुनुपर्छ र तपाईंको मार्गदर्शनमा गरिनुपर्छ।

बालबालिकालाई शारीरिक रूपमा सक्रिय राख्नुहोस्

बालबालिकाका लागि शारीरिक क्रियाकलापहरू महत्त्वपूर्ण छन्। शारीरिक क्रियाकलापहरूले उनीहरूको हड्डि र मांसपेशीहरूलाई बलियो बनाउन र शारीरिक समन्वयनलाई परिष्कृत गर्नमा मद्दत पुर्याउँछ। आफ्नो बच्चालाई दिनको विभिन्न समयमा उफ्रेर, दौडेर, घरमा वा घरबाहिर खेलेर भएपनि आफ्नो शरीर चलाइरहेर विभिन्न तरिकाले शारीरिक रूपमा सक्रिय रहन दिनुहोस्।

क्रियाकलापहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनुहोस्

  • घरको सुरक्षाबारे सुनिश्चित हुनुहोस्:
    • विद्युतीय सकेटहरूलाई ढाक्नुहोस्;
    • भुइँमा एउटा नरम खालको चटाई राख्नुहोस्;
    • फर्निचरका कुनाहरूको लागि कुनामा प्रयोग गरीने चकटीहरूको प्रयोग गर्नुहोस्;
    थप जानकारीका लागि, कृपया “तपाईंको बच्चा घरमा सुरक्षित हुनुहुन्छ?” भन्ने पुस्तिकाको सन्दर्भ लिनुहोस्।
  • घरभित्र गरिने क्रियाकलापहरू:
    • तपाईंको बच्चालाई एउटा नरम खालको चटाइमा खेल्न र उफ्रिन दिनुहोस्;
    • तपाईं आफ्नो बच्चासँग गीत गाउन, नाच्न वा बल खेल्न पनि सक्नुहुन्छ।
  • घर बाहिरका क्रियाकलापहरू: आफ्नो बच्चालाई राम्ररी व्यवस्थित गरिएको खेल मैदानमा खेल्न लैजानुहोस्।
    आफ्नो बच्चा खेल्दा खेरी जहिले पनि उहाँ माथि नजर राख्ने गर्नुहोस्।

6 देखि 24 महिना पुग्न लागेका बालबालिकाको लागि स्वस्थ्यकर खानपिन -- आमाबुवाहरूको लागि स्मरणपत्र

  • करिब 6 महिनाको वरपरमा, बालबालिकाले आफ्नो पौष्टिक आवश्यकताहरूलाई पूरा गर्न ठोस खानाहरू खान सुरु गर्नुपर्छ। उनीहरूले पारिवारिक खानाहरूबाट निकालिइएका पुरी गरिएको वा मुछिएको खाना प्रयास गर्न सक्छन्।
  • करिब 2 वर्षको पुगेपछि, उनीहरूले थोरै भिन्नता ल्याएर पारिवारिक खानाहरू खानुपर्छ। उनीहरूको दूधको इन्टेक दिनको 360 देखि 480 मिलिलिटरसम्म घटाइएको हुनुपर्छ;
  • तपाईंको 1 वर्ष पुगेको बच्चालाई नियमित समयमा 3 पटक खाना र 2 देखि 3 पटक स्न्याकहरू दिनुहोस् र उहाँलाई परिवारसँग बसेर खाने व्यवस्था मिलाउनुहोस्;
  • तपाईंको बच्चालाई आफै खान सिक्नमा मद्दत पुर्याउनुहोस्;
  • 18 महिना पुगेपछि आफ्नो बच्चालाई दूध खुवाउने बोतलबाट छुटाउनुहोस्।

तपाईंसँग बच्चालाई खुवाउने बारे कुनै पनि प्रश्न छ भने, कृपया आफ्नो चिकित्सक वा नर्ससँग परामर्श गर्नुहोस्।

आफ्नो बच्चाको लागि मुखको स्वास्थ्य सम्बन्धी स्याहारको बारेमा थप जानकारीको लागि, कृपया निम्न वेबसाइट जानुहोस्: http://www.toothclub.gov.hk

सम्बन्धित जानकारी