शिशुहरूलाई दूधको फर्मूलामा सार्दा

(Content revised 08/2012)
  1. मैले अर्को ब्राण्डमा सारेँ भने के यसले मेरो शिशुको स्वास्थ्यमा असर पार्दछ?

    मानक नवजात फर्मूला दूध अनिवार्य रूपमा गाईको दूधमा आधारित हुन्छ र स्तनको दूधमा निहित पौष्टिक तत्वलाई ध्यानमा राखेर यसको उत्पादन गरिन्छ। नवजातको फर्मूलाका लागि उत्पादकहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय मानकहरूको पालना गर्नु पर्ने हुनाले, यीनीहरूको संरचना लगभग एउटै हुन्छ।

    सामान्यतः, स्वास्थ्य सेवा पेशेवारहरूले माता-पितालाई साधारण समस्याको लागि अर्को ब्राण्डमा सर्ने सुझाव दिंदैनन्। त्यही पनि, जायज आवश्यकता भएको खण्डमा, अर्को ब्राण्डमा सर्दा शिशुहरूको स्वास्थ्यमा कुनै असर पर्दैन।

    तर, यसमा यो महत्वपूर्ण छ कि अभिभावकहरूले आफ्ना शिशुहरूका लागि उचित फर्मूला रोज्नु पर्दछ। विशेषगरि, निम्न शिशुहरूका लागि -

    1. जन्मदेखि 6 महीनासम्मका -
      गाईको दूधमा आधारित नवजात फर्मूला लिने शिशुहरूका लागि (0-6 महीनाका लागि), तपाईं सोझै अर्को ब्राण्डको गाईको दूधमा आधारित फर्मूलामा सर्न सक्नु हुन्छ। तर, तपाईंले उच्च प्रोटीन “अनुवर्ती फर्मूला” मा सर्नु हुँदैन (6 महीना वा त्योभन्दा माथिका लागि) किनभने यसले तपाईंको शिशुका मृगौलामा अधिक दबाव बनाउँछ जसले गर्दा उसलाई निर्जलीकरण, आंत्रशोथ र मस्तिष्क क्षय समेत हुन सक्छ ;
    2. 6-12 महीना -

      तपाईंले आफ्नो शिशुलाई नवजात फर्मूला (0-6 महीनाका लागि) वा अनुवर्ती फर्मूला (6-12 महीनाका लागि) जारी राख्न सक्नु हुन्छ।
      करीब 6 महीनामा, शिशुहरूलाई पूरक आहार दिन थाल्नु पर्दछ। प्रारम्भमा, पौष्टिकताको प्रमुख स्रोत दूध नै रहिरहने छ। तर, जब तपाईंको शिशुले विभिन्न आहारहरू सेवन गरेर आफ्नो खुराक निकै बढाउँछ, दूधको परिमाण विस्तारै घटाउन सकिन्छ। 1 वर्षभन्दा मुनिका शिशुहरूलाई नियमित गाईको दूध नदिने सुझाव दिइन्छ;

    3. 1 वर्ष वा माथिका -

      1 वर्षसम्ममा, तपाईंको शिशुले ठोस आहारका विविध प्रकारका साथ संतुलित भोजनको आनन्द लिन थाल्छ जो दूधको ठाउँमा पौष्टिकताका मुख्य स्रोत बन्दछन्। तपाईंको शिशुले पूर्ण (फूल-फ्याट) दूध खान सक्छ, जस्तै चिसो पाश्च्यूरीकृत गाईंको दूध वा यूएचटी दूध;

    4. विशेष फर्मूलामा -

      तपाईंले जाँच गर्न आउने डाक्टर, नर्स, धाई वा खुराक विशेषज्ञको सल्लाह लिनु पर्दछ।

  2. मैले कसरी मेरो शिशुलाई सठीक तरीकाले फर्मूला दूधको अर्को ब्राण्डमा सार्नु? के मैले कुनै खास कुरामा विशेष ध्यान दिनु पर्दछ?

    भिन्न प्रकारका फर्मूला दूधका ब्राण्डहरूको भिन्न घुलन पद्धति हुन्छ। त्यसैले, माता-पितालाई एक समयको आहार तयार पार्दा दुई वा अधिक ब्राण्डका दूध पाउडरहरू पटक्कै नमिसाउन सुझाव दिइन्छ।

    फर्मूला दूधमा कसरी सर्ने भन्नेमा कुनै निर्धारित नियम छैन। यसको गति, प्रत्येक शिशुको निजी स्वीकार्यतामा निर्भर गर्दछ। विभिन्न फर्मूलाहरूको स्वाद भिन्न हुनाले, कतिपय शिशुका लागि यसमा ढल्न केही समय लाग्नु अनपेक्षित होइन। अभिभावकहरूले नयाँ ब्राण्डको आहारलाई विस्तारै बढाउन सक्छन्। यदि सबैथोक ठीक-ठाक भयोभने, नयाँ ब्राण्डले सबै भोजनको स्थान नलिउञ्जेलसम्म तपाईंले एक अझ तीब्र गति अपनाउन सक्नु हुन्छ।

    अर्को एक सुझाव: माता-पिताले आफ्ना शिशुको दिसा गर्ने बानी, आवृत्ति, आकार र/ दिसाको रंगमा परिवर्तन देख्न सक्छन्। विभिन्न ब्राण्डहरूमा निहित यौगिकहरू जस्तै लौह, प्रीबायोटिक्स इत्यादिको परिमाणमा भिन्नताले गर्दा यसो भएको हो र यो स्वीकार्य छ। धेरै आत्तिनु पर्दैन र तेस्रो ब्राण्डमा सर्ने प्रयास गर्नु होस्। वास्तवमा, मूल रूपमा गाईको दूधमा आधारित फर्मूलाप्रति यदि शिशुलाई एलर्जी छैन भने, गाईको दूधमा आधारित अन्य ब्राण्डमा सर्दा उनीहरूलाई एलर्जी हुने सम्भावना हुँदैन।