तपाईंका साना बालबालिकाबालबालिकाहरूलाई आफै खानमा कसरी सहजिकरण गर्ने ? (६ देखि २४ महिना सम्मका)

(Content revised 02/2015)

६ महिना पुगेपछि बालबालिकाहरूले तिनीहरूको वातावारणमा कही नियन्त्रण लिन चाहन्छन् । अझ राम्रो हात र आँखाको समन्वयमा खाना खाने समयमा बालबालिकाहरू अब चम्चा र खाने कुरा सम्म पुग्छन् । तिनीहरूलाई आफै खान सिक्न दिने यही नै सही समय हो ।

साना बालबालिकाहरूले आफै खान कसरी सिक्ने गर्छन?

  1. ८ महिनाको पुगेपछि बालबालिकाहरूले खाने कुरा उठाएर खाने गर्छन् । तिनीहरूले चम्चा समाए मुखमा हाल्ने पनि गर्छन् ;
  2. करिब १ वर्षको भए पछि बालबालिकाहरूले खाने कुरामा चम्चालाई डुबाएपछि चम्चालाई मुखमा हाल्ने गर्छन् ;
  3. क्रमशः बालबालिकाहरूले खाने कुरालाई चम्चाले उठाउन सक्छन् । त्यसै बखत तिनीहरू काँटा प्रयोग गर्न सक्षम हुने गर्छन् ;
  4. करिब २ वर्ष पुगेपछि तिनीहरू चम्चासँग सिपालु हुने गर्छन् ;
  5. अभ्यास द्वारा तिनीहरूले सीपमा पारङ्त हुने गर्छन् र नपोखाइकन चम्चा प्रयोग गर्न सिक्छन् ।

आफै खानु अस्तव्यस्त हुन सक्छ तर यो तपाईंको बच्चाको विकासको एउटा महत्वपूर्ण भाग हो । बालबालिकाहरूले प्रयास र गल्तीबाट सिक्ने गर्छन् । यदि माता पिताहरूले सुव्यवस्थाको लागि बच्चालाई आफै खानको लागि थोरै मात्र अवसर दिएमा यसले उमेर उपयुक्त खुवाउने सीपहरू प्राप्त गर्नमा उसलाई बाधा पुर्याउने छ ।

तपाईंले निम्नलिखित कुराहरूमा ध्यान दिनु पर्छ:

  • तपाईंको बच्चालाई सुरक्षित र प्रयोग गर्न सजिलो खालको काँटा चम्चा दिनु पर्छ ;
  • खुवाउनु भन्दा पहिला उसको हातहरू धोइ दिनुहोस् र र्‍याले लगाइ दिनुहोस् ;
  • हानी पुर्याउन सक्ने वा खाने टेबुलबाट उसको ध्यान अन्यत्र मोड्न सक्ने सबै वस्तुहरूलाई टाढा लैजानुहोस् । उपयुक्त तापक्रममा खाने कुराहरू पस्कनुहोस् ;
  • तपाईंको बच्चालाई आफै हातले खान दिनुहोस्:
    • तपाईंको बच्चाले समाउनको लागि यथेष्ट मात्रा ठूलो खाने कुराको टुक्राहरू दिनुहोस् (जस्तै ७ देखि १० सेमी लामो नरम पारेर पकाइएको तरकारीको डाँठ, सखरखण्ड, फिंगर बिस्कुट, टुक्रा पारिएको टोस्ट) ;
  • खुवाउने समयमा यदि तपाईंको बच्चाले तपाईंको खुवाउने चम्चा समाउँछ भने त्यो उसलाई लिन दिनुहोस् अनि उसलाई अर्को चम्चाले खुवाउनुहोस् ;
  • तपाईंको बच्चाले आफै खाँदा उसलाई प्रशंसा गर्नुहोस् ;
  • खाना खाने समयमा तपाईंको बच्चाको हातहरू घरी घरी पुछ्न/ सफा गर्नबाट टाढै रहनुहोस् यसले खानमा उसको रुचिमा बाधा पुर्याउन सक्छ ।

साना बालबालिकाहरूलाई चम्चाले खान सिक्नको लागि कसरी मद्दत गर्ने ?

दुईवटा चम्चा उपागमलाई प्रयोग गरेर उसले आफै खाँदै गर्दा तपाईंले आफ्नो बच्चालाई निपुणता पूर्वक खुवाउन सक्नुहुन्छ:

  • तपाईंको बच्चालाई तपाईंले एउटा चम्चाले खुवाउँदा उसलाई अर्को चम्चा दिनुहोस् । जब उपयुक्त हुन्छ उसको चम्चामा खाने कुरा राख्नुहोस् अति उसलाई त्यसबाट आफै खान दिनुहोस् ;
  • अर्को विधि तपाईंको बच्चालाई एउटा खाली चम्चा दिनु हो, त्यसपछि खाने कुराले भरिएको चम्चासँग साट्नुहोस् अनि उसलाई आफै खानु दिनुहोस् । तपाईंले चम्चालाई खाने कुराले भरि सकेपछि चम्चा साट्ने कार्यलाई दोहोर्याइ रहनुहोस् उसले आफै खान्छ ;
  • यदि तपाईंको बच्चाले चम्चाले खाने कुरा उठाउन सकेन भने अर्को चम्चा प्रयोग गरेर तपाईंले उसको चम्चामा खाने कुरा राख्न सक्नुहुन्छ वा खाने कुरालाई सानो सानो टुक्रा पार्न सक्नुहुन्छ ता कि उसले खाने कुरालाई सजिलै गरेर चम्चाले उठाउन सकोस् ;
  • आवश्यकता पर्दा तपाईंको बच्चाको बोल समाइ दिनुहोस् ;
  • सुरुमा आफै खानु अस्त व्यस्त हुने गर्छ अनि खाने कुराहरू सबै तिर छरिन सक्छ । तर शान्त र धैर्य हुनुहोस् । थप अभ्यासले उ तपाईंको सहयोग बिना खानमा सक्षम हुनेछ ;
  • तपाईंको बच्चाले खाने कुरा खादा उ सँगै रहनुहोस् र उसलाई सुपरिवेक्षण गर्नुहोस् ।

साना बालबालिकाहरूलाई काँटा प्रयोग गर्न कसरी मद्दत गर्ने ?

  • तपाईंको बच्चालाई काँटा प्रयोग गर्नमा मद्दत गर्नु चम्चा प्रयोग गर्नमा मद्दत पुर्याए जस्तै हो । छोटो र भुत्ते चुच्चोहरू भएको काँटा छान्नुहोस् । खाने कुराको तन्तु र आकार दुवैमाथि ध्यान दिनुहोस् । खाने कुराहरू केरा वा किवी जस्तो नरम हुनु पर्छ । यदि तपाईंको बाच्चाको अगाडिको दाँत निस्केको छैन भने खाने कुरालाई सानो पारेर (करिब २ से मी) टुक्रा पार्नुहोस् । काँटा प्रयोग गरेर गोलो पारेर काटिएको फलफूलहरू वा म्याक्रोनी खानु तपाईंको बच्चाको लागि रमाइलो हुनेछ ;
  • काँटा कसरी प्रयोग गर्ने भन्नेबारे तपाईंको बच्चालाई देखाउनुहोस् । उसलाई अवलोकन गर्न दिनुहोस् अनि त्यसपछि उसलाई अभ्यास गर्न दिनुहोस्;Ÿ
  • तपाईंको बच्चालाई काँटाले खाने कुरा लिनमा कठिनाइ हुन सक्नेछ किनभने खाने कुरा यता उति सर्छ; खाने कुरालाई स्थानमा राखेर तपाईंले उसलाई मद्दत गर्न सक्नुहुन्छ।