मेरो बच्चाले कपबाट पिउन अस्वीकार गर्छ

(Content revised 02/2015)

प्रश्न: मेरो बच्चाले कपबाट पानी पिउन सक्छ तर त्यसबाट दूध पिउन अस्वीकर गर्छ। मैले के गर्नु पर्छ?

उत्त:र यो सम्भवतः तिनिहरूको सिक्ने अनुभवसँग सम्बन्धित रहेको हुन्छ । बच्चाहरूले कपबाट पिउन सिक्ने दौरानमा केही माता पिताहरूले दूध दिनलाई कप कहिलेकाहीँ मात्र प्रयोग गर्ने गर्छन् । बच्चाहरूमा त्यस कारणले कपबाट दूध पिउने थोरै मात्र अनुभव हुने गर्छ । यदि माता पिताहरूले पानी दिनको लागी प्राय: जसो कप प्रयोग गर्ने गर्छन् भने बच्चाहरू पिउने कपलाई पानीसँग जोड्ने गर्छन् । त्यसको परिणाम स्वरूप बच्चाहरू तिनीहरूले कपबाट पिउन सिकी सकेको भए पनि कपबाट दूध पिउनमा अनिच्छुक हुन सक्छन् ।

माता पिताको रूपमा तपाईं निराश भएको अनुभव गर्न आवश्यक छैन । तपाईंको मद्दत र संगतताद्वारा तपाईंको बच्चाले त्यो समयसँगै सिक्नेछ । यो नयाँ अनुभवसँग अभ्यस्त हुनको लागि तपाईंको बच्चालाई केही समय आवश्यक हुन सक्छ । परिवर्तनसँग आग्रही भइ रहनुहोस् दूध दिनको लागि कप प्रयोग गर्नुहोस् । उसले कम दूध पिए पनि बोतलमा नफर्कने प्रयास गर्नुहोस् र सुतेको बेला वा ओछ्यानमा ढल्केको बेला दूध पिउन् अनुमति नदिनुहोस् । यदि तपाईंलाई आफ्नो बच्चाले कम दूध पिएको जस्तो लाग्यो भने र तपाईं उसको क्याल्सियम ग्रहण गरेको बारेमा सरोकार राख्नु भएको छ भने तपाईंले उसलाई अन्य दुग्ध उत्पादन र चिज, दही र तोफु जस्तो प्रचुर मात्रामा क्याल्सियम भएको क्याल्सियमको विकल्प दिन सक्नु हुन्छ । तपाईंले खानामा दूध थप्न पनि सक्नुहुन्छ उदाहरणको लागि दूध र अण्डा कस्टर्ड दूध लिटो इत्यादि ।

प्रश्न: मैले मेरो बच्चालाई कपबाट पिलाउन सुरु गर्दा के मैले उसलाई दूध दिन सक्छु?

उत्तर: हो । तपाईंले दूध पानी पातलो जुस हाल्न सक्नुहुन्छ । वास्तवमा तपाईंले बच्चाहरूलाई खुवाउनको लागि उपयुत कुनै पनि तरल पदार्थलाई कपमा राख्न सक्नुहुन्छ । यसले तिनीहरूलाई कपबाट फरक-फरक पेय पदार्थहरू पिउनुसँग सु परिचित हुनमा र समयमा नै बोतलबाट पिउनलाई छुटाउनमा मद्दत पुर्याउँछ ।

प्रश्न: यदि मेरो बच्चाले कपबाट पिउन अस्वीकर गर्यो भने मैले के गर्न पर्छ?

उत्तर: कहिलेकाहीँ बच्चाहरूले कपबाट पिउन अस्वीकार गर्ने गर्छन् । तिनीहरूको अवरोधलाई पराजित गर्नको लागि निम्नलिखित सुझावहरूले मद्दत गर्नेछ :

1. कप जाँच्नुहोस्

  • यदि तपाईंले एउटा नपोखिने कप प्रयोग गर्दै हुनुहुन्छ भने भित्र एउटा नपोखिने भल्ब वा पेय पदार्थको प्रवाहलाई निकै विस्तारै आउने बनाउनको लागि एउटा मुन्टो हुन्छ ; जसको अर्थ पेय पदार्थ पाउनको लागि तपाईंको बच्चाले अझ बल गरेर चुस्नु आवश्यक हुन्छ । तपाईंको बच्चाको लागि सजिलो बनाउनलाई सरल रूपमा भल्ब वा मुन्टोलाई हटाउनुहोस् ता कि कपलाई बाङ्गो पार्दा पानी निर्बाध रूपमा प्रवाह होस् । एउटा बिर्को भएको तालिम दिने कपबाट एउटा कपमा जानु बच्चालाई निर्बाध प्रवाह हुने कपबाट पिउनको लागि आवश्यक हुने सीप सिक्नको लागि सहज बनाउने छ ।
  • हुन सक्छ तपाईंको बच्चाले त्यो तालिम दिने कप र यसको पदार्थलाई मनै पराउँदैन । भिन्नै ढाँचा र टुटीको भिन्नै आकार र तन्तु भएको अर्को कप प्रयोग गर्ने प्रयास गर्नुहोस्

2. तिनीहरूलाई रुचि भएको अनुभव गराउनुहोस्

  • भित्र पिउने पेय छ भन्ने कुरा थाहा नभएकोले तपाईंको बच्चाले कपबाट पिउन अस्वीकार गरेको हुन सक्छ ;
  • केही पेय पदार्थ (दूध वा पानी) लाई पिउने कपको मुखनालमा ल्याउनुहोस् अनि तपाईंको बच्चालाई त्यसको स्वाद लिन दिनुहोस् यसले तिनीहरूको रुचिलाई जगाउन सक्छ ।

3. बच्चाहरूले अरूको नक्कल गर्न मन पराउँछन्

  • तिनीहरूसँग पिउनुहोस् र तिनीहरूलाई प्रदर्शन गर्नुहोस्
  • तपाईंको बच्चालाई पारिवारिक खानामा सरिक हुन दिनुहोस् अरूले खाएको र पिएको देखेपछि तिनीहरूले प्रयास गर्ने सम्भावना बढी हुन्छ ।

4. बच्चाहरूले एक पटकमा थोरै मात्र पिउने गर्छन्

  • बच्चाहरूले प्रत्येक पटकमा थोरै मात्र सुर्कि लिने गर्छन् । दूध र अन्य ओसिलो नरम खाने कुराहरूबाट धेरैजसो पानीको ग्रहण लिने भएको हुँदा तिनीहरूले धेरै मात्रामा पिउने गर्दैनन्
  • पटक पटक पानी दिने प्रयास गर्नुहोस् तिनीहरूको लागि पिउने कप पहुँच योग्य बनाउनुहोस् । बच्चालाई पिउन वा खान दबाब दिनाले तिनिहरूको अवरोधलाई बढाउन सक्छ ।

5. तिनीहरू राम्रो भावमा भएको बखत कप दिनुहोस्

  • तपाईंको बच्चालाई कप प्रयोग गर्न प्रोत्साहन दिने सबैभन्दा असल समय तिनीहरू पुरै ब्यूँझिएको र आनन्ददायी भएको समय हो ;
  • तिनीहरू भोकाएको, तिर्खाएको, रिसाएको वा थकित भएको बेला प्रयास गर्नको लागि तपाईंको बच्चालाई कप दिनबाट टाढै रहनुहोस् ।

प्रश्न: मेरो ६ महिनाको बच्चालाई स्तनपान गराइएको छ र अझ सम्म बोतल प्रयोग गरेको छैन । उसले तालिम दिने कप मन पराउँदैन । मैले उसलाई तालिम दिने कप दिनु भन्दा पहिला बोतलबाट पियाउन सुरु गर्नु पर्छ ?

उत्तर: तपाईंको बच्चालाई तपाईंले तालिम दिने कप सोझै दिन सक्नुहुन्छ । तालिम दिने कपबाट पियाउन सुरु गर्दा उसको मुखको मांसपेशीहरू तयार नभएको हुँदा सुरुमा उसले त्यसलाई अस्वीकार गर्न पनि सक्छ । केही दिन पछि फेरि प्रयास गर्नुहोस् । ७ देखि ९ महिना पुगेको धेरै जसो बच्चाहरूले कपबाट पिउन सक्छन् । यदि तपाईंको बच्चाले वास्तवमा कहिले पनि एउटा बोतल प्रयोग गरेको छैन भने तपाईंले बोतलबाट खुवाउन सुरु गर्नु अनि त्यसपछि भविष्यमा कपमा परिवर्तन गर्नु आवश्यक हुँदैन ।