मैले मेरो बच्चाको लागि एउटा स्ट्र भएको कप छान्नु पर्छ ?

(Content revised 02/2015)

मेरो बच्चाले पहिलो पटक कपबाट पिउन सिक्दा मैले मेरो बच्चाको लागि एउटा स्ट्र भएको कप छान्नु पर्छ?

  • टुटी भएको कपबाट पिउनु भन्दा स्ट्रबाट पिउनको लागि फरक मुखको चाल सीपहरू आवश्यक हुन्छ । सानो बच्चाहरूको लागि टुटी भएको कपबाट पिउनु अझ सजिलो हुन्छ ।
  • ७ देखि ९ महिना पुगेपछि तपाईंले आफ्नो बच्चालाई एउटा टुटी भएको तालिम दिने कप दिन सक्नुहुन्छ । तिनीहरूले तालिम दिने कपबाट पिउन सक्षम भए पछि स्ट्र भएको कपबाट पिलाउन सुरु गर्नुहोस् ।​​​

एउटा स्ट्र भएको कप प प्रयोग गर्नको लागि सुझावहरू:

  • तपाईंको बच्चालाई उ बसेको बेलामा मात्र स्ट्र भएको कप दिनुहोस्। उसलाई कप समाउन सिकाउनुहोस् ;
  • सुत्न जाँदा वा ओछ्यानमा कपलाई न लृजानुहोस्;
  • बच्चाहरूले तिनीहरूलाई आवश्यक हुने धेरै जसो पानी दूध र अन्य ओसिलो वा नरम खानेकुराहरूबाट पाउने गर्छन्, त्यस कारणले तिनीहरूलाई ठूलो मात्रामा पानी आवश्यक हुँदैन । तिनीहरूले सामान्यतः प्रत्येक पटकमा केही घुट्कोहरू लिने गर्छन् । तपाईंले पटक पटक पानी दिन सक्नुहुन्छ तर तिनीहरूलाई पिउनको लागि कहिले पनि दबाब न दिनुहोस्;
  • बच्चालाई कप प्रयोग गर्न सिक्नको लागि स्ट्र भएको कप वा कपमा दूध, पानी, सङ्लो सुप वा अन्य पेय पदार्थहरू दिनुहोस्;
  • खाना खाने समयमा बाहेक दूध, फलफूलको रस दिनबाट टाढै रहनुहोस् । यसले चिनी ग्रहणलाई घटाउन र दाँत कुहिनलाई रोकथाम गर्नमा मद्दत पुर्याउँछ;
  • तरल पदार्थ दिँदा कपमा डल्लो वा ठोस खाने कुराहरू नराख्नुहोस्।