मेरो सानो छोराले मैले उसलाई उसको तालिम दिने कपमा दूध दिँदा थोरै मात्र पिउँछ। मैले के गर्न सक्छु ?

(Content revised 02/2015)

प्रश्न: मेरो १४ महिनाकक्को बच्चालाई दूध खुवाउने बोतल छुटाउँदा उसले कपबाट कम दूध पिउने गर्छ । म घटेको दूध ग्रहणबाट चिन्तित भएको छु, मैले के गर्नु पर्छ ?

उत्तर :खुवाउने बोतल छुटाएर कम बाट खुवाउँदा आफ्नो बच्चाले कम पानी वा दूध पिउने गर्छ भनेर केही माता पिताहरू चिन्तित हुने गर्छन् ।

यद्यपि यो एउटा अस्थायी परिवर्तन मात्र हो अनि यसलाई माता पिताहरूले सहज रूपमा लिनुपर्छ । सानो बच्चाहरूलाई पिउने नयाँ कपबारे सिक्न र अभ्यस्त हुनको लागि केही समय आवश्यक हुन्छ । तिनीहरू कपहरूसँग सु परिचित भइ सकेपछि तिनीहरूले स्वतन्त्र पूर्वक तिनीहरूले चाहे जति पिउन सक्छन् ।

हामीले पिउने कपबाट पियाउन सुरु गर्न ढिलो गर्नु र पिउने बोतलको प्रयोगलाई लम्ब्याउनु हुँदैन ।

सही समयमा ठोस खाने कुरा र पिउने कपबाट पियाउन सुरु गर्नाले नवजान शिशुहरूलाई उपयुक्त पौष्टिक तत्वहरूमात्र उपलब्ध गराउँदैन तर उनीहरूको मुख मांसपेशीको सञ्चालनको विकासमा पनि लाभ पुर्याउँछ । साना बच्चाहरूले १२ महिनाको भए पछि पिउने कप प्रयोग गर्न सुरु गर्नुपर्छ र १८ महिना पुगेपछि खुवाउने बोतल प्रयोग गर्न बन्द गर्नु पर्छ । पूरक खाने कुराको सुरुवातमा बच्चाहरूले पटक पटक गरेर क्रमशः अझ बढी ठोस खाने कुराहरू खाने गर्छन् भने तिनीहरूको जम्मा दूध ग्रहण उत्क्रमले घटेर जान्छ ।

साना बच्चाहरू दूध मात्रको खानामा अब देखि भर पर्ने गर्दैनन् । विभिन्न खाने कुराहरू भएको खानामा दूध पौष्टिक आहाराहरूको एउटा भाग बन्छ । माता पिताहरूले बच्चाहरूको लागि दूध मुख्य खानाहरूको वा खाजाको समयमा पेय पदार्थको रूपमा उपलब्ध गराउन सक्छन् । तपाईंले दूधलाई बिहानको खाजामा दूधको लिटो, मध्याह्नको खाजाको रूपमा सानो स्याण्डविचसँग एक गिलास दूध वा दूधको खीर जस्ता विभिन्न खानाहरूमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यिनीहरू बच्चाहरूको लागि दूध खाने तर तिनीहरूको ठोस खाने कुरा खानु पर्ने आवश्यकतामा कुनै सम्झौता नगर्ने व्यवहारिक विधिहरू हुन् ।

दूध र दुग्ध उत्पादनहरू क्याल्सियमको असल स्रोतहरू हुन् जुन बढ्न र हाडको स्वास्थ्यको लागि महत्त्वपूर्ण हुन्छ । एक देखि पाँच वर्षको बालबालिकाहरूले आफ्नो क्याल्सियमको आवश्यकता पुरा गर्नको लागि दैनिक ३६० देखि ४८० मिलि दूध सेवन गर्नु पर्छ भनेर स्वास्थ्य विभागले सिफारिस गरेको छ । दूध बाहेक दुग्ध उत्पादनहरू, क्याल्सियम थपिएको भटमासको उत्पादनहरू जस्तै तोफु सुकाएको ड्राइड बिन कर्ड, हरियो सागपातहरू सबैमा प्रचुर मात्रामा क्याल्सियम हुने गर्छ । ठूलो भए पछि केही बच्चाहरूले दूध कम पिउने गर्छन् । माता पिताहरूलाई स्वस्थ्य खुवाइको निर्देशनहरू पालना गर्ने र तिनीहरूलाई दैनिक रूपमा प्रचुर मात्रामा क्याल्सियम भएको खाने कुराहरू दिन सुझाव दिइन्छ । तपाईंको लागि केही व्यवहारिक सुझावहरू निम्न बमोजिम छन् :

  • बिहानको खाजा
  1. दूध लिटो
  2. नरम चिज स्याण्डविच फिलिङ (उदाहरणको लागि उमालेको अण्डा र नरम चिज स्याण्डविच, टुना चिज स्याण्डविच)
  3. दूध वा क्याल्सियम थपिएको ड्राइड बिन कर्ड
    • दिउँसोको खाना / रात्री खाना
  4. सिमी र तोफु खानुहोस् (रेसिपिहरूमा मासुलाई प्रतिस्थापन गर्नको लागि उसिनेको तोफु, तोफु वा ड्राइड बिन कर्ड )
  5. हरियो सागपातहरू (उदाहरणको लागि चोई सुम, ड्राइड बिन कर्ड र केस्रा पारिएको मासु चलाएर भुटेको, पाक चोए, चिनियाँ बन्दाको सुप )
  6. केही पाश्चात्य रेसिपिहरूलाई प्रयास गर्नुहोस् (उदाहरणको लागि चिज ब्रोकाउली क्रिम भएको चिज सस् पास्ता चिजसँग बोलोङगाईज)
    • खाजाको विकल्पहरू
  7. सादा दहीसँग ताजा फलफूलहरू
  8. तोफु खीर
  9. फलफूलको मिल्कसेक (चिनी नहालेको घरमा बनाइएको मिल्कसेक)
  10. दूध खीर
  11. बियाँ र बीउहरू खानुहोस् (उदाहरणको लागि कालो तिल डजर्ट सुप बदाम डिजर्ट सुप उमालेको बदाम)