खाद्यान्न तथा पोषण

(Content revised 03/2016)

भोजन योजनामा पाँच खाद्य समूहहरू (अन्न, फलफुल, तरकारी, मासु तथा विकल्पहरू, दूध तथा विकल्पहरू) का खाद्यान्नहरू समावेश गर्नुहोस् । तपाईं तथा तपाईंको परिवारले पर्याप्त पोषण तत्वहरू प्राप्त गर्नेछन् भनेर सुनिश्चित गर्न विभिन्न प्रकारका खाद्यान्न रोज्नुहोस् । खाद्यान्न रोज्नमा तपाईंलाई मद्दत गर्नको विभिन्न पोषक तत्वहरू भएका मुख्य खाद्यान्न स्रोतहरू बारे सिक्नुहोस् ।

पोषक तत्वहरू खाद्यान्नका मुख्य प्राकृतिक स्रोतहरू
प्रोटिन दूधजन्य उत्पादनहरू (उदाहरण: दूध, पनिर तथा दही), मासु, माछा, समुन्द्री खाना, पोल्ट्री, गेडागुडी/मसुरोको दाल/सुकेको सिमी तथा सिमीबाट बनेका उत्पादनहरू
कार्बोहाइड्रेट अन्नहरू (उदाहरण: शिशुले खान मिल्ने अन्न, ब्रेड, भात, पास्ता/नुडल्स, ओटमिल), दूधजन्य उत्पादनहरू, गेडागुडी/सुकेका सिमीहरू (उदाहरण: ब्ल्याक-आइड बिन, अडजुकी बिन, रेड किड्नी बिन, मसुरो/अरहरको दाल), स्टार्च भएको खानेकुरा, जरा तथा कन्दमूलका तरकारी, फलहरू
आवश्यक फ्याटी एसिड:
अल्फा-लिनोलेनिक एसिड वनस्पती तेल (उदाहरण: सोयाबिन तेल, कनोला तेल, तिलको तेल, सूर्यमुखीको दानाको तेल, इत्यादी), ओखर, फ्लेक्ससिड, बादाम तथा दानाहरू
लिनोलेनिक एसिड वनस्पती तेल (उदाहरण: कुसुमको दानाको तेल, मकैको तेल, बदमको तेल, सोयाबिन तेल, कनोला तेल, तिलको तेल, सूर्यमुखीको दानाको तेल, अंगुरको दानाको तेल, इत्यादी), बादाम तथा दानाहरू
ओमेगा-6 फ्याटी एसिडहरू मासु तथा समुन्द्री खाना
ओमेगा-3 फ्याटी एसिडहरू माछा (धेरै बोसो भएको माछाहरूमा थप ओमेगा-3-फ्याटी एसिड हुन्छ: उदाहरण: सार्डिन, सालमोन, हलीबुट, जेड पर्च, इत्यादी)
भिटामिन A /बेटा कारोटिन भिटामिन A: दूधजन्य उत्पादनहरू, कलेजो, अण्डाको पहेलों भाग (हाम्रो शरीरले भोजनमा भएको बेटा कारोटिनलाई भिटामिन A मा परिवर्तन गर्न सक्छ)
बेटा कारोटिन: पहेलों तथा सुन्तला फलहरू (उदाहरण: मेवा, खरबूजा तथा आरू, इत्यादी), गाढा सुन्तला, पहेलों तथा हरियो रङ्गको तरकारीहरू (उदाहरण: गाजर, पालुङ्गो)
भिटामिन D तैलीय माछा (उदाहरण: सालमोन, सार्डिन, म्याकेरेल, टुना, कोड, बाम माछा, इत्यादी), अण्डाको पहेलों भाग, कलेजो, भिटामिन D मिसाइएको दूधजन्य उत्पादनहरू तथा सोय दूध ।
प्राकृतिक रूपमा भिटामिन D दिने केही खाद्यान्नहरू पनि रहेका छन् र त्यस्तो मात्रा कम हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने अधिकांश भिटामिन D प्राकृतिक घामबाट आउने पराबैगनी विकिरणको सम्पर्कमा आउँदा हाम्रो छालाले उत्पादन गर्दछ ।
भिटामिन E वनस्पती तेल (उदाहरण: सूर्यमुखीको दानाको तेल, कुसुमको दानाको तेल, मकैको तेल, कनोलाको तेल, इत्यादी), बादाम, दाना, अण्डा, गाढा हरियो रङ्गको तरकारी, सिंगो अनाज, गहूँको अंकुर
भिटामिन K वनस्पती तेल (उदाहरण: सोयाबिन तेल, कनोला तेल, ओलिभ तेल इत्यादी), कलेजो, माछा, गाढा हरियो रङ्गको तरकारी, सिमी, गहूँको चोकर
भिटामिन C ताजा तरकारीहरू (उदाहरण: भेडे खुर्सानी, पालुङ्गो, टमाटर इत्यादी) तथा फलहरू (उदाहरण: सुन्तला, किवी फल, मेवा, खरबूजा, अम्बा, हलुवावेद इत्यादी)
भिटामिन B12 मासु, कलेजो, माछा, समुन्द्री खाना, पोल्ट्री तथा दूधजन्य उत्पादनहरू, भिटामिन B12 मिसाइएको नास्तामा खाइने अन्न
(नोट: तरकारी, फल,गेडागुडी/मसुरोको दाल/सुकेको सिमी, बादाम/दानाहरूमा भिटामिन B12हुँदैन)
भिटामिन B6 अनाज*, मासु,, कलेजो, सिमीहरू
भिटामिन B1 अनाज*, मासु,, सिमी, बादामहरू
भिटामिन B2 अनाज*, मासु, अण्डा, दूधजन्य उत्पादनहरू
नियासिन अनाज*, मासु, माछा, पोल्ट्री उत्पादन, अण्डा
बायोटिन अनाज*, गहूँको अंकुर, कलेजो, अण्डा, बदम, बादाम, तरकारीहरू (उदाहरण: ब्रोकाउली, च्याउ)
पन्टोथेनिक अनाज*, मासु,, कलेजो, अण्डा
फोलेट गाढा हरियो रङ्गको तरकारी, फल (उदाहरण: खरबूजाम सुन्तला), गेडागुडी/मसुरोको दाल/सुकेको सिमी, कलेजो, बदम, बादाम, फोलेट मिसाइएको नास्तामा खाइने अन्नहरू
क्याल्सियम दूधजन्य उत्पादनहरू, गाढा हरियो रङ्गको तरकारी (उदाहरण: चोय सम, ब्रोकाउली), सोयाबिन तथा सिमीका उत्पादनहरू, तिल, सुकाइएका साना झिंगे माछाहरू
आइरन मासु, माछा, समुन्द्री खाना, पोल्ट्री, अण्डा, गाढा हरियो रङ्गको तरकारी, गेडागुडी/मसुरोको दाल/सुकेको सिमी, बादाम, दानाहरू, सिंगो अनाज, आइरन मिसाइएको नास्तामा खाइने अन्नहरू, सुकाइएका फलहरू
जिंक मासु, समुन्द्री खाना (उदाहरण: ओयस्टर, सेलफिस), कलेजो, बदम, दाना, बादाम, दूधजन्य उत्पादनहरू
तामा बादाम, दाना, गेडागुडी/मसुरोको दाल/सुकेको सिमी, कलेजो, समुन्द्री खाना (उदाहरण: ओयस्टर, प्राउन, गंगटा इत्यादी)
आयोडिन सिविड, केल्प, समुन्द्री माछा, समुन्द्री खाना (उदाहरण: प्राउन, मस्सेल, ओयस्टर इत्यादी), अण्डाको पहेलों भाग, दूधजन्य उत्पादनहरू
म्याग्नेसियम सिंगो अनाज (उदाहरण: सिंगो गहूँको ब्रेड, ) मासु, बदम, गाढा हरियो रङ्गको तरकारी, सोयाबिन तथा सिमीका उत्पादनहरू
फोसफोरस मासु, माछा, पोल्ट्री उत्पादनहरू, अण्डाको पहेलों भाग, गेडागुडी/मसुरोको दाल/सुकेको सिमी तथा सिमीबाट बनेका उत्पादनहरू, सुकाइएका साना झिंगे माछाहरू, बादामहरू (उदाहरण: सूर्यमुखीको दानाको तेल, बदम, ओखर, इत्यादी), च्याउ, ब्ल्याक फंगस,सिंगो अनाज
सेलेनियम सिंगो अनाज (उदाहरण: सिंगो गहूँको ब्रेड, परिस्कृत गरिएको खैरो रङ्गको चामल, परिस्कृत गरिएको रातो रङ्गको चामल), मासु, समुन्द्री खाना
चोलाइन कलेजो, दूध, अण्डा, मासु, बदम, बादाम, सोयाबिनबाट बनेका उत्पादनहरू, च्याउ, ब्रोकाउली, फूलगोभी
टौरिन माछा, पशुजन्य प्रोटिन

अन्नहरूमा रातो चामल, पालिस नगरिएको चामल (ब्राउन राइस), पिठोयुक्त ब्रेड पर्दछन् जसमा पालिस गरेको चामल वा मैदाको ब्रेड भन्दा बढी भिटामिन B हुन्छ । यदि तपाईं विभिन्न खाद्यान्नहरूमा कति पोषक तत्वहरू छन् भनेर जान्न चाहनुहुन्छ भने तपाईं सेन्टर फर फुड सेफ्टी न्युट्रीयन्ट इन्फोरमेसन इन्क्वायरी सिस्टमको वेबसाइटमा जान सक्नुहुन्छ:
http://www.cfs.gov.hk/english/nutrient/index.php