सक्रिय तथा बच्चाहरू

(12/2019 मा प्रकाशित)

बच्चा तथा शिशुहरूले आफ्नो सर्ने र खेल्ने कार्य मार्फत आफ्ना शरीरहरूको बारेमा सिक्दछन्। शारीरिक रूपमा सक्रिय हुनाले बच्चाहरूलाई आफ्ना मांसपेशी, गतिविधि सम्बन्धी सीप, भावहरू र मस्तिष्कको विकासमा मद्दत गर्दछ, जसले उनीहरूलाई स्मार्ट र बलियो बनाउँछ। आमाबुवालाई आफ्ना बच्चाहरूलाई दिनभर हुने विभिन्न खेल सम्बन्धी क्रियाकलापहरूमा कम्तीमा 30 मिनेटको शारीरिक क्रियाकलापहरूमा संलग्न गराउन प्रोत्साहन गरिन्छ। यसले आमाबुवासँगको उनीहरूको सम्बन्धलाई पनि बढाउँछ।

घोप्टो पर्ने

  • आफ्नो बच्चालाई घोप्टो परेर खेल्ने समय दिनुहोस्। अनौंठो आवाजहरू निकालेर, अनुहारको अभिव्यक्तिहरू देखाएर वा खेलौनाहरूको प्रयोग गरेर उहाँलाई वरिपरि हेर्न आकर्षित गर्नुहोस्।
  • बच्चाहरू उठेको बेलामा र निरीक्षण गरिएको बेलामा मात्र घोप्टो परेको हुनुपर्छ।
  • घोप्टो पर्नाले बच्चाहरूलाई घाँटी र ढाड, काँध, पाखुरा र हातहरूमा भएका मांसपेशीहरूको विकास गर्न मद्दत गर्दछ। यसले उहाँलाई यताउती हेर्न र आफ्नो भावको विकास गर्न पनि अनुमति दिन्छ।
  • आफ्नो बच्चालाई उहाँ उठेको बेलामा दिनमा धेरै पटक घोप्टो परेर सुत्न दिनुहोस्। उहाँको सन्तुष्टि र क्षमतामा निर्भर रहेर, हरेक पटक 3 देखि 5 मिनेटसम्म अनुमति दिनुहोस्। अवधिभर उहाँसँगै बस्नुहोस्।

सुझावहरू: बच्चालाई घोप्टो पारेर सुताउनका लागि ठोस म्याट्रेस वा भुँइको म्याट सहज हुन्छ।

आफ्नो बच्चालाई दिनभरमा कम्तीमा 30 मिनेट घोप्टो रहन दिनुहोस्।

तपाईं

  • उहाँको पेटलाई आफ्नो छातीमा राखेर सुताउन सक्नुहुन्छ। यसले उहाँलाई आफ्नो टाउको तपाईंतर्फ उठाएर हेर्न प्रोत्साहन गर्छ
  • उहाँ घोप्टो परेको बेलामा उहाँको ध्यानाकर्षण पाउन रङ्गीन खेलौना वा खेलौनाको प्रतिबिम्ब समात्न सक्नुहुन्छ।
  • उहाँले तपाईंलाई पछ्याउन आफ्नो टाउको र आँखालाई घुमाउने गरी छेउछेउमा सर्न सक्नुहुन्छ।
  • ठूला बच्चाहरूले खेलौनाहरूका लागि आफ्ना पाखुराहरू पुग्न सक्छन्। यसले उनीहरूलाई लिम्बहरू र घाँटी तथा ढाडको मांसपेशीको संयोजनबारे जान्न मद्दत गर्दछ।

आफ्नो बच्चालाई जिस्काउने…

  • आफ्नो बच्चालाई उहाँको पाखुरामुनि समातेर विस्तारै माथि र तल सार्नुहोस्।
  • बच्चालाई सुताउनुहोस् र उहाँको टाउकोलाई तपाईंको छातीमा राखी सहायता दिनुहोस्, त्यसपछि उहाँका पाखुराहरू सार्नुहोस् र उहाँसँग कुरा गर्नुहोस्।

तपाईंको बच्चाका खुट्टाहरू तौल धान्ने भएपछि

  • आफ्नो बच्चालाई सिधा समात्नुहोस्, उहाँले तपाईंलाई हेर्न आफ्नो टाउको उठाउनुहुनेछ। यसले तपाईंको बच्चालाई उभिन सिकाउन मद्दत गर्दछ।
  • तपाईंको बच्चालाई आफ्नै खुट्टामा उभिन दिन उहाँका पाखुराहरूमा समात्नुहोस्। नर्सरी लयमा गीत गाउनुहोस् वा संगीत बजाउनुहोस्। उहाँ लयसँगै हल्लिँदै सर्न सक्नुहुन्छ।

जब तपाईंको बच्चा राम्रोसँग बस्नुहुन्छ

तपाईं

  • खेलौनाहरूलाई उहाँको पहुँचभन्दा हल्का बाहिर राख्न सक्नुहुन्छ यसो गर्दा तपाईंको बच्चाले तिनीहरू प्राप्त गर्न तन्किनुहुन्छ। विभिन्न आकार र प्रकारका खेलौना र वस्तुहरूले उहाँको स्पर्श गर्दा महसुस गराउने भाको विकासमा मद्दत गर्नेछ।
  • "पिक-अ-बो" खेल्न सक्नुहुन्छ। तपाईंको बच्चाले लुक्ने खेलहरू खेलेर पनि मजा लिनुहुन्छ। तपाईं उहाँले पहुँच गर्नुभन्दा पहिले खेलौनालाई टावेलभित्र राख्न सक्नुहुन्छ र त्यसपछि त्यसलाई खोज्नमा उहाँलाई मद्दत गर्न सक्नुहुन्छ।
  • भुइँमा म्याट राख्न सक्नुहुन्छ। आफ्नो बच्चालाई घिस्रिन र फर्कन दिनुन र उहाँसँग खेल्न सक्नुहुन्छ।

तपाईंको बच्चा उभिन सक्ने भएपछि

  • आफ्नो बच्चालाई आफ्नो निरीक्षणमा फर्निचर समातेर हिड्न दिनुहोस्।
  • आफ्नो बच्चालाई भारी "किड्डि पुश वाकर" वा स्थिर कुर्सीलाई धक्का दिएर डिड्न र सन्तुलनको विकास गर्न प्रोत्साहन गर्नुहोस्।

खेलौना र घरको सुरक्षा

  • आमाबुवाहरूले सुरक्षा मापदण्ड पूरा गर्ने खेलौनाहरू छनोट गर्नुपर्छ। खेलौनाहरू छनोट गर्दा उमेर सम्बन्धी सिफारिसहरू दिने लेबुलहरू हेर्न महत्त्वपूर्ण हुन्छ। तपाईंले खेलौनाहरूमा भएका सबै निर्देशनहरू पढ्न र पालना गर्न सुनिश्चित गर्नुपर्छ।
  • आफ्नो बच्चालाई खेल्न दिनको लागि आफ्नो घर सुरक्षित र सफा राख्नका लागि, विद्युतिय उपकरणहरू सही तरिकाले राख्ने, विद्युतीय सकेटहरू ढाक्ने आदि जस्ता नियमित सुरक्षा जाँच गर्नुहोस्।
  • आफ्नो बच्चालाई हरेक समय निरीक्षण गर्न सम्झनुहोस्।

आफ्नो बच्चालाई कुरा गर्ने, गीत गाउने, कथा पुस्तकहरू पढ्ने, खेल्ने र शारीरिक क्रियाकलापहरूमा संलग्न गर्नुहोस्। आमाबुवाहरूसँग उच्च गुणस्तरको समयले बच्चाहरूलाई खुशी र स्मार्ट बनाउँछ।

यी कुराहरूले बच्चालाई दिक्क लाग्दो बनाउँछ

  • आफ्नो बच्चालाई सुताउनको लागि बाहेक एकपटकमा 1 घण्टा भन्दा बढी समयको लागि स्ट्रोलर, अग्लो कुर्सी वा बेबी क्यारियरमा नराख्नुहोस्
  • तपाईंको बच्चालाई दुई वर्ष उमेरको हुनुअघि ठूलो मात्रामा आमाबुवा-बच्चाको अन्तर्क्रिया आवश्यक पर्छ। तपाईंको मार्गनिर्देशनमा अन्तरक्रियात्मक भिडियो-कुराकानी नगर्दासम्म उहाँलाई कुनै पनि विद्युतीय स्क्रिनका उत्पादनहरूसँगको सम्पर्कमा आउन नदिनुहोस्।

बच्चालाई बाहिरी क्रियाकलापहरू आवश्यक हुन्छ

  • आफ्नो बच्चालाई घरबाहिर लैजानुहोस्। रूख, पात र घाँसहरूको आवाज र तिनीहरूलाई छुने कुरा बच्चाहरूका लागि रोचक हुन्छन्। पार्कको सुरक्षित स्थानमा ब्लाङकेट राख्नुहोस्। आफ्नो बच्चालाई त्यसमा सर्न वा घस्रिन दिनुहोस्।
  • घामको अनावरणले बच्चाहरूलाई पर्याप्त भिटामिन D प्राप्त गर्न मद्दत गर्दछ। यद्यपि, तपाईंले आफ्नो बच्चालाई कडा सूर्यको प्रकाशबाट सुरक्षित गर्नुपर्छ। उहाँलाई टोपी र सनस्क्रिन उत्पादनहरू लगाइदिनुहोस्।