मेरो बच्चालाई दूधको बोतल प्रयोग गर्नबाट कसर रोक्न सक्छु?

बालबालिकाहरूले कहिले देखि बोतल प्रयोग गर्न बन्द गर्नुपर्छ?

बालबालिकाहरूले कपबाट पानी र दूध पिउन सक्ने भएपछि तिनीहरूले बोतल प्रयोग गर्न बन्द गर्नु पर्छ । तिनीहरूले जति चाँडो बोतल प्रयोग गर्न बन्द गर्छन् त्यो प्रक्रिया त्यति नै सजिलो हुन्छ । सामान्यतः तपाईंको बच्चा १८ महिनाको भएपछि तिनीहरूले मुन्टो भएको बोतल प्रयोग गर्न पुरै बन्द गरि सकेको हुनु पर्छ ।

लामो समयसम्म बोतल प्रयोग गर्नाले दाँत कुहिने र कानको सङ्क्रमणको जोखिमलाई वृद्धि गर्छ । यसले अत्यधिक दूध पिउन तर्फ पनि डोर्याउन सक्छ यस प्रकारले खाने समयमा बच्चाको भोकलाई घटाउँछ ।

सफलता पूर्व पिउने बोतल छुटाउनको लागि कुनै व्यवहारिक सुझावहरू छन् ?

सर्वप्रथम तपाईंको बच्चालाई कपबाट पिउनमा अभ्यस्त हुन दिनुहोस् ।

दोस्रो यथेष्ट मात्रामा मनोवैज्ञानिक तयारी गर्नुहोस् । केही बच्चाहरूले कपबाट दूध पिउन अस्वीकार गर्ने गर्छन् र तिनीहरूको बोतलको लागि विशेष गरेर बोतल छुटाउँदाको पहिलो केही दिनहरूमा रुन्चे बोली बोल्नु वा रुन समेत सक्छन् । उसको अनुरोधलाई नसुनि कन तपाईंले कर गरि रहनु पर्छ । तपाईंको बच्चालाई बोतलबाट दूध पिउन नदिनुहोस् । बोतल छुटाउनु उसको दीर्घकालीन स्वास्थ्यको लागि लाभदायी हुन्छ भन्ने कुरालाई नबिर्सनुहोस् । तपाईंको बच्चाको भावनात्मक आवश्यकताहरूलाई चुम्बन गरेर अङ्कमाल गरेर अनि तिनीहरूसँग अझ बढी खेलेर सन्तुष्ट पार्नुहोस् । उसलाई तपाईं अझै पनि माया गर्नुहुन्छ भन्ने कुरा उसलाई थाहा पाउन दिनुहोस् ।

तपाईंले चाहना गरे जस्तै सहयोगी नहुने परिवारको सदस्यहरू र हार मान्ने जस्ता कुरा तपाईंको बच्चाको बोतलबाट खाने प्रक्रियको अनुरोधको व्यवस्थापनमा अदृढता बोतल छुटाउनमा असफलताका कारक तत्त्वहरू हुन । त्यस कारणले तपाईंको परिवारको सदस्यहरूसँग छलफल गर्नु र त्यसअनुसार काम गर्नु महत्वपूर्ण छ ।

तेस्रो कपबाट बच्चाले पिउने दूधको मात्रा सामान्यतः बोतलबाट पिउने भन्दा कम हुन्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ । एक वर्ष पुगेपछि दैनिक खाने कुराहरूको साथमा दैनिक ३६० देखि ४८० मिलि लिटर दूध पिउने बच्चाहरूको क्याल्सियमको आवश्यकता पुरा हुन्छ । यसले उसले यो भन्दा थोरै मात्रामा दूध पियो भने त्यसपछि खाना खाने समयमा उसको भोक झन् धेरै हुनेछ । त्यस कारणले तिनीहरूले यथेष्ट मात्रामा पौष्टिक तत्त्व नपाउला भनेर तपाईं चिन्तित हुन आवश्यक छैन ।

“चिसो टर्की” लाई छुटाउन समस्या युक्त हुन्छ । क्रमशः र मायालु विधिले बोतल प्रयोग गर्नलाई रोक्नको लागि बढी सजिलो हुन्छ :

सामान्यतः पहिला दिउँसोको समयको बोतललाई रोकिएमा बच्चाहरूको लागि अनुकूल हुन बढी सजिलो हुन्छ । उसलाई कपमा करिब १२० मिलि लिटर दूध दिनुहोस् अनि उसलाई त्यो बसेर पिउन दिनुहोस् । सामान्य रूपमा भन्नु पर्दा केही दिनको समयमा दिउँसोको समयको बोतललाई सफलतापूर्वक रोक्न सकिने छ । त्यसपछि त्यो सफल अनुभवलाई बिहानको र सुत्ने बेलाको बोतलहरूलाई एक पछि अर्को गर्दै छुटाउनको लागि लागू गर्नुहोस् ।

बोतलसँग निदाउन अभ्यस्त भएका बच्चाहरूको लागि असल सुत्ने समयको नित्यकर्महरू हुनु महत्वपूर्ण छ । तपाईंको बच्चालाई सुत्ने बेला भन्दा पहिला यदि उसलाई आवश्यक हुन्छ भने खाजा वा एक कप दूध दिनुहोस् । सुत्नु भन्दा पहिला दाँत माझ्नुहोस् अनि उसलाई ओछ्यानमा ल्याउनुहोस् । तपाईंको बच्चाको भावनात्मक आवश्यकताहरूलाई पुरा गर्नको लागि उसलाई अङ्कमाल गर्ने, लोरी सुनाउने, कथाहरू सुनाउने र शुभ रात्रीको चुम्बन गर्ने गर्नुहोस् । यस प्रकारले उ बोतलबाट दूध नपिइकन शान्त भएर निदाउन सक्षम हुनेछ।