बाल बालिकाहरूलाई खाने असल बानी विकास गर्न मद्दत पुर्‍याउँनुहोस्

(Content revised 11/2015)

खाना तयार गर्नु र पस्कनु बाहेक माता पिताहरूले आफ्नो बालबालिकाहरूलाई राम्ररी खाना खान र एउटा स्वस्थ्य खाने बानीको विकास गर्नमा मद्दत गर्नको लागि निम्नलिखित सल्लाहहरू छन्।

राम्ररी खानको लागि एउटा अनुकरणीय ढाँचा स्थापना गर्नुहोस्

पूर्व विद्यालय जानेहरू अरुको नक्कल गर्न मन पराउँछन्। तिनीहरूले तपाईँको खाने कुराको प्राथमिकताहरूलाई लिने र शारीरिक क्रियाकलापहरूको स्तर जस्ता तपाईँको जीवन शैलीलाई नक्कल गर्ने सम्भावना रहन्छ। जब जब सम्भव हुन्छ, तपाईँको बालबच्चाहरूसँग पारिवारिक खाना खाने प्रयास गर्नुहोस्। तपाईँको बालबच्चाहरूलाई तपाईँले खाना र खाजा खाने बेलामा फलफूल तरकारीहरू र अन्नको आनन्द लिएको हेर्न दिनुहोस्। तिनीहरूसँग एकसाथ नयाँ खाने कुराहरू खाने प्रयास गर्नुहोस्।

तपाईँको बाल बच्चाहरूलाई बाँकी परिवारसँग खान दिनुहोस्

पारिवारिक खानाले बालबालिकाहरूलाई खानमा ध्यान केन्द्रित गर्न र तपाईँलाई असल खाने बानी देखाउने अवसर दिन्छ। तपाईँले सके सम्म पटक पटक पारिवारिक खाना खाने प्रयास गर्नुहोस्।

विभिन्न खालको खानेकुराहरू दिनुहोस्

विभिन्न प्रकारको खानेकुराहरू दिनाले पूर्व विद्यालय जानेहरूलाई प्रत्येक खाने कुराको समूहबाट आवश्यक पर्ने पौष्टिकता पाउनमा मद्दत पुर्‍याउँछ। तिनीहरू नयाँ खाने कुराहरू खाने प्रयास गर्ने र असल खाने बानीको रूपमा विभिन्न खाने कुराहरू खाने खालको हुने सम्भावना पनि हुनेछ।
मुख्य खानामा कम्तीमा पनि ३ देखि ४ खाने कुराको समूहहरूको खाना दिनुहोस्। खाइएको स्वस्थ्य खानेकुराको शृङ्खलालाई फराकिलो बनाउनको लागि खाजाको रूपमा पौष्टिकता युक्त खाने कुराहरू अर्थात् फलफूलहरू, चिज वा दुग्ध उत्पादनहरू, अन्नको रोटी, छनौट गर्नुहोस्।

खाना र खाजाहरू नियमित तालिकामा दिनुहोस्

प्रत्येक दिन ३ पटक मुख्य खाना र २ वा ३ पटक खाजा दिनुहोस्। मुख्य खानाहरूको लागि भोकलाई जोगाउनको लागि मुख्य खाना र खाजाहरूको बीचको समयको दूरी डेढ घण्टा भन्दा कम नराख्नुहोस्। खानाको लागि उचित समय सिमा अर्थात् ३० मिनेट तोक्नुहोस् । तपाईँको बच्चाले खानमा कुनै रुचि नलिए पछि उ अघाएको हुन सक्छ। तिनीहरूलाई तिनीहरूले मुख्य खाना पछि खान मन पराउने दूध वा खाजाले त्यसलाई परिपूरक बनाउनबाट टाढा नै रहने प्रयास गर्नुहोस्। यसले तपाईँको बच्चालाई मुख्य खाना छोडेर खाजाको लागि पर्खेर बस्न प्रोत्साहन दिन सक्छ। खाजा दिने तालिकामा लचकदार हुनुहोस् यदि तपाईँको बच्चाले आफूलाई भोक लागेको छ भन्छ भने सामान्य समय भन्दा पहिला नै थोरै मात्रामा स्वस्थ्य खाजा दिनुहोस्।

कति खाने भन्नेबारे तपाईँको बच्चालाई निर्णय गर्न दिनुहोस्

तपाईँको बालबच्चालाई सानो र व्यवस्थापन गर्न सक्ने खानाको भाग दिनुहोस्। यदि तिनीहरूलाई अझ पनि भोकै छन् भने तिनीहरूले अरू पनि पाउने छन् भन्नुहोस्। सबै खाना खाइ सक्नु भनेर तिनीहरूलाई कर नगर्नुहोस्। तपाईँको बालबच्चालाई आफ्नो तृप्तिबारे सिक्न र प्रतिक्रिया दिन दिनुहोस्। तिनीहरूलाई कति खाना खाने भन्नेबारे निर्णय गर्न दिनुहोस्। यसले आवश्यकता भन्दा बढी खाना खाने र मोटोपनलाई अन्त्यमा गएर रोकथाम गर्छ। यसले खाना खाने समयलाई अझ बढी रमाइलो र तनाउबाट मुक्त पनि बनाउँछ।

नयाँ खाने कुराहरू खुवाउने प्रयासलाई न छाड्नुहोस्

बालबच्चाहरूले जहिले पनि नयाँ खाने कुरा र तरकारीहरूलाई एकै पटकमा स्विकार गर्ने गर्दैन। कहिलेकाहीँ बालबच्चाहरूले नयाँ खाने कुरा खान प्रयास गर्न तत्पर हुनको लागि १० पटक भन्दा बढी प्रयत्न गर्न आवश्यक हुन्छन्।
तपाईँको बालबच्चाको लागि एउटा असल नमुना बन्नुहोस्। यदि तपाईँले तिनीहरूसँग त्यही खाना खाइ रहनुभएको छ भने तिनीहरू त्यसलाई खाने प्रयास गर्न बढी तयार हुने गर्छन्।
केही बालबच्चाहरू अर्को परिचित खाने कुरासँग मिसाइएको एउटा नयाँ खाने कुरालाई स्विकार गर्न बढी तयार हुने गर्छन् भने केही बालबच्चाहरू तयार हुँदैनन्। खाने कुरा प्रस्तुत गर्नको लागि विभिन्न विधिहरू अपनाउने प्रयास गर्नुहोस् अर्थात् नयाँ खाने कुरालाई सादा पस्कने र खाने कुराहरूलाई भाँडोहरूमा अलग अलग राख्ने।

तपाईँको ध्यान आकर्षणद्वारा आफ्नो बच्चालाई पुरस्कार दिनुहोस्, खानाले होइन

तपाईँको बच्चालाई अंगालो, चुम्बन, प्रशंसा, खेल्ने समय, कथा भन्ने समय वा तिनीहरूसँग एकसाथ बहिरङ्ग शारीरिक क्रियाकलाप द्वारा पुरस्कृत गर्नुहोस्।
बालबच्चाहरूलाई खाने कुराले पुरस्कृत गर्नाले तिनीहरूलाई ती खाने कुराहरूको लागि अझ बढी अभिलाषा गर्ने खालको बनाउँछ। यदि हामीले मिठाई वा चिपलाई पुरस्कारको रूपमा प्रयोग गर्यौं भने तिनीहरूले त्यस प्रकारको खाने कुराहरूलाई अझ बढी मन पराउने छन्। यदि हामीले बालबच्चाहरूलाई "पहिला तरकारी खाइ सक अनि त्यसपछि तिमीले मिठाई पाउने छौ" भन्यौ भने तिनीहरूले मिठाई प्रति एउटा अझ बलियो अनुग्रह र तरकारीहरू प्रति घृणा विकास गर्न सक्छन्।
बालबालिकाहरू रिसाएको बेलामा तिनीहरूलाई खुसी बनाउनको लागि खाने कुरा प्रयोग गर्नबाट टाढा नै रहनुहोस्। यसले तिनीहरूलाई खाना खाएर खुसी हुने कुरा सिकाउँछ। तिनीहरूलाई तपाईँको अङ्कमाल र चुम्बनहरूद्वारा वा कुराकानी गरेर मनाउनुहोस्।

सकारात्मक खाने वातावरण सिर्जना गर्नुहोस्

खाना खाने समय कुनै व्यक्तिको लागि खाने कुरा र खुवाइलाई प्रशंसा गर्ने एउटा अवसर हो। ठूला बालबच्चाहरूले टेबल मिलाउने, फलफूल वा तरकारीहरू धुने जस्ता खाना सँग सम्बन्धित सरल काममा मद्दत पुर्याउन सक्छन् । यसले बालबच्चाहरूमा आत्म सम्मान र उपलब्धिको अनुभवलाई प्रोत्साहन दिनमा मद्दत पुर्याउँछ ।

खानको लागि बालबालिकाहरू सँगै बसेर एउटा आनन्ददायी वातावरण उपलब्ध गराउनुहोस्। खेलौना र विद्युतिय उपकरणहरू जस्तै सबै अन्य विकर्षण जगाउने सर-समानहरूलाई हटाउनुहोस्। खाना खाने समयमा टेलिभिजनलाई बन्द गरिनु पर्छ।स्वस्थ्य रहनको लागि शारीरिक रूपमा सक्रिय पनि हुनुको एउटा असल उदाहरण स्थापना गर्नुहोस्। खेल्ने समयलाई पारिवारिक समय बनाउनुहोस्। आफ्नो बालबच्चाहरूसँग टेलिभिजन हेर्नु भन्दा बरु हिँड्नुहोस्, दौडनुहोस् र खेल्नुहोस्।