पालन-पोषण श्रृंखला 10 - डायपरहरूलाई बिदा गर्नुहोस्

(Content revised 03/2018)

शौचालय प्रशिक्षणको उद्देश्यले बच्चाकोसही ठाउँमा सही समयमा आफ्नो मूत्राशय वा आंतको खाली गर्न सिक्न मद्दत गर्छ। आंत और मूत्राशय नियन्त्रणको तयारी बच्चाको शारीरिक परिपक्वतामा निर्भर हुन्छ। यो नियमित सिकाईको प्रक्रिया पनि हो। धेरैजसो बालबालिकाहरूले 2.5 देखि 4 वर्ष उमेरको बीचमा दिनमा नियन्त्रण प्राप्त गर्नुहुन्छ र 8 वर्षसम्मको लागि उहाँहरूले बिस्तारामा पिसाव गर्न बन्द गर्नुहुन्छ। बालबालिकाहरू विकासको गतिमा भिन्न हुन्छन्।तपाईंको बच्चाको विशेषताहरूलाई बुझ्नु र उहाँको प्रगति देख्नु सफल शौचालय प्रशिक्षणको लागि महत्वपूर्ण छन्।

शौचालय प्रशिक्षण कहिले गर्ने?

शौचालय प्रशिक्षण सुरु गर्नको लागि सही उमेरको बारेमा कुनै पनि कठोर नियम छैन। आवश्यक परिस्थितिहरू बालबालिकाहरूको शारीरिक र मनोवैज्ञानिक तयारीको लागि हुन्। समान्यतया, बालबालिकाहरूले 18 देखि 24 महीनासम्मको वरिपरिमा तयारीको संकेत देखाउन सुरु गर्छन्।

सुरुवातको उमेरमा शौचालय प्रशिक्षण सुरू गर्नुको अर्थ यो होइन कि तपाईंको बच्चाले शौचालय प्रशिक्षण छिटो पूरा गर्नुहुनेछ। तपाईंको बच्चा विकासात्मक रूपमा तयार हुनुभन्दा पहिला प्रशिक्षणलाई रोक्नाले, तपाईं दुवै जनाको लागि प्रतिरोध र निराशा उत्पन्न गर्न सक्छ, जसले तपाईंको सम्बन्धमा तनाव उत्पन्न हुनसक्छ। बच्चाले प्रतिरोध, चिन्ता वा डर देखाउनुहुन्छ भने, उहाँ माथी दबाव नदिनुहोस्। यो उहाँ नै हुनुहुन्छ जसले आफ्नो शरीरमा नियन्त्रण राख्नुहुन्छ।

बिदामा जाने, घर जाने, नयाँ बच्चा हुने वा बिरामी हुने जस्तो दैनिक दिनचर्या बिग्रने शंक्का हुँदाको समयमा शौचालय प्रशिक्षणबाट बच्ने प्रयास गर्नुहोस्। यस्ता परिस्थितिहरूमा, वस्तुहरू नियमित रूपमा फिर्ता नआएसम्म र बच्चाको भावनाहरू व्यवस्थित नहुँदासम्मको लागि शौचालय प्रशिक्षणलाई रोक्नु राम्रो हुन्छ।

शौचालय प्रशिक्षणको लागि तयारीका संकेतहरू

समयको केही अवधिको लागि बच्चाको पिसाब गर्ने र फोहोर गर्ने प्याट्रनको अवलोकन गर्नुहोस्। निम्नलिखित मध्यमा कुनै पनि संकेतको उपस्थितिले उहाँ तयार हुनुहुन्छ भन्ने पत्ता लाग्छ:

  • दिनमा कम्तिमा दुई घण्टाको लागि उहाँको डायपर सुख्खा रहन्छ, वा दिनमा सुते पछि उहाँ सुख्खा डायपरसँग उठ्नुहुन्छ।
  • उहाँका आंत गतिविधिहरू उचित अनुमानित छन्।
  • उहाँले सरल निर्देशनहरूको पालन गर्न सक्नुहुन्छ र उहाँको मूत्राशय वा आंत भरिएको छ भनी तपाईंलाई उहाँको अनुहारका अभिव्यक्तिहरू, संकेतहरू वा शब्दहरूका माध्यमबाट देखाउन सक्नुहुन्छ, उदाहरणको लागि अनुहार रातो हुने, अचानक आफ्ना कार्यहरूलाई रोक्ने, आफ्नो पेन्ट तान्ने, आफ्नो क्रोच समात्नु, तल बस्ने वा 'वी वी' भन्ने आदि।
  • उहाँले शौचालय जान वा पोट्टीमा बस्न रुचि देखाउनुहुन्छ।
  • उहाँको डायपर फोहोर वा भिजेको हुँदा उहाँ चिन्तित हुनुहुन्छ।

शौचालय प्रशिक्षणको लागि तयारी

  • सधैँ तपाईंको बच्चाले हरेक दिन पर्याप्त तरल पदार्थ र फाइबर ग्रहण गर्नुहुन्छ भनी सुनिश्चित गर्नुहोस्। यसले उहाँको दिशालाई नरम राख्छ र बाहिर आउनमा सहज हुन्छ, यस तरिकाले शौचालय जाने इच्छाको अवसरलाई बढाउँछ। प्राय पूर्ण मूत्राशय हुनाले उहाँले शौचालय गएर अभ्यास गर्ने थप सम्भावना हुन्छ।
  • तपाईंको बच्चालाई आफ्नै पोट्टी छनोट गर्नमा सहभागी हुन दिनुहोस्। पोट्टीको छेउमा एउटा विस्तृत आधार हुनुपर्छ जुन पल्टिदैन। समतल किनाराहरूसँगको पोट्टी कुर्सीहरू बालबालिकाहरूका लागि एकदमै आरामदायक हुन्छन्। बालकहरूलाई फोहोर हुनबाट बचाउनको लागि पोट्टी सिटको अगाडि मूत्र गार्ड राख्नु उत्तम हुन्छ। पोट्टीको उपयोग गर्नुको सट्टामा, तपाईंले वयस्क शौचालयमा आफ्नो बच्चाको खुट्टाको मुनि स्टेपस्टूलसँगै बच्चाको आकारको सिट राख्ने विचार गर्न सक्नुहुन्छ।
  • तपाईंको बच्चाले सजिलैसँग पुग्ने ठाउँमा पोट्टीलाई राख्नुहोस्, उदाहरणको लागि उहाँको खेल क्षेत्रको नजिकै वा बस्ने कोठाको छेउमा। यसलाई एउटै स्थानमा राख्नुपर्छ।
  • शौचालय-प्रशिक्षण सुरु गर्नुभन्दा पहिले, तपाईंको बच्चालाई पोट्टीको बारेमा जान्न दिनुहोस्। तपाईंले उहाँले केही गर्ने बेलामा त्यसमा बस्न दिनसक्नुहुन्छ, वा प्रक्रियाको चरणहरू अभ्यास गर्नको लागि नाटक गर्न सक्नुहुन्छ।
  • उहाँलाई शौचालय प्रशिक्षणको कथा सुनाउनुहोस् वा उहाँसँगै शौचालय प्रशिक्षणको खेल खेल्नुहोस्।
  • गर्मी मौसममा शौचालय प्रशिक्षण सुरू गर्न सहज हुनसक्छ। थोरै वा हल्का कपडाहरू लगाउनाले तपाईंको बच्चाले आफ्नो पेन्टलाई सहज रूपमा तान्नमा मद्दत मिल्छ।
  • दिनको अवधिमा, तपाईंको बच्चालाई खुकुलो लुगा र पेन्टहरू लगाउन दिनुहोस् जसलाई डायपरको सट्टामा खोल्न सहज हुन्छ। 'दुर्घटनाहरू' लाई रोक्न र बच्चालाई तिनीहरू भिजेका छन् भनी महसुस गर्न दिनुहोस्, यसकारण डायपरमा पिसाब वा दिशा गरिसकेपछि पनि त्यसमा आरामसँग बस्ने अवधिको बीचमा सम्बन्धलाई तोड्नमा मद्दत गर्न तपाईंले तौलिया प्रशिक्षण पेन्टहरू छनोट गर्न सक्नुहुन्छ।
  • शौचालय जानमा आमा-बुवा वा एउटै लिङ्गको भाईको अनुसरण गरेर तपाईंको बच्चाले उत्कृष्ट रूपमा सिक्न सक्नुहुन्छ।

शौचालय प्रशिक्षणमा के गर्नुपर्छ?

तपाईं र तपाईंको बच्चा तयार हुँदा, तपाईंले शौचालय प्रशिक्षण सुरू गर्न सक्नुहुन्छ। प्रत्येक दिन नियमित रूपमा दिनचर्याको पालना गर्नमा एक समान हुन सम्झनुहोस्:

  1. सुरु गर्नको लागि उचित समय लिनुहोस्। तपाईं घरमा आधा दिन निकाल्न सक्नुहुन्छ र आराम महसुस गर्न सक्नुहुन्छ भने यो उत्कृष्ट सुरुवात हुनेछ।
  2. तपाईंको बच्चासँग भिजाउने र फोहोर हुने नियमित प्याट्रन छ वा छैन भनी निरीक्षण गर्नुहोस्। उहाँलाई यस्तो समयमा शौचालयमा लैजानुहोस्।
  3. तपाईंले बिहानमा, भोजनपछि वा सुत्नुभन्दा पहिला उहाँलाई शौचालय / पोट्टीको उपयोग गर्नको लागि भन्न सक्नुहुन्छ। समयसँगै, शौचालयको उपयोग गर्ने उहाँको समय विस्तारै उहाँको दैनिक दिनचर्यामा फिट हुनेछ।
  4. शौचालय जाने चरणहरूका बारेमा तपाईंको बच्चालाई व्याख्या गर्नुहोस्:
    1. आमा वा बुवालाई भन्नुहोस्
    2. शौचालय / पोट्टीमा जानुहोस्
    3. पेन्ट खोल्नुहोस्
    4. शौचालयको सिट/पोट्टीमा बस्नुहोस्
    5. पिसाब वा दिशा गर्ने प्रयास गर्नुहोस्
    6. राम्रोसँग सफा गर्नुहोस्
    7. फेरि पेन्ट लगाउनुहोस्
    8. हात धुनुहोस्
  5. तपाईंको बच्चाले शौचालय जान चाहेको बेलामा दिइएका संकेतहरूलाई हेर्नुहोस्। उहाँले पिसाब वा दिशा गर्न चाहनुहुन्छ भनेर उहाँलाई सोध्नुहोस् र त्यसपछि उहाँलाई आरामसँग चरणहरूको पालना गर्नको लागि प्रोत्साहन गर्नुहोस्।
  6. उहाँले जान मान्नुहुन्न भने, उहाँलाई बलपूर्वक जान नभन्नुहोस्। अर्को पटकको लागि प्रतिक्षा गर्नुहोस्।
  7. उहाँले सफलतापूर्वक पोट्टीमा पिसाब वा दिशा गर्नुहुन्छ भने, उहाँको प्रशंसा गर्नुहोस्। उहाँ केही मिनेटको लागि पोट्टीमा बस्नुहुन्छ तर त्यसमा केही पनि पास गर्नुहुन्न भने, तपाईंले अझैपनि बस्नको लागि उहाँको प्रशंसा गर्नुपर्छ। उहाँलाई उठ्न र खेल्नको लागि फेरि जान दिनुहोस्।
थप सुझावहरू
  • बालकहरूलाई पिसाब गर्न सिकाउँदा, उहाँलाई उठ्न नभन्नुहोस्। प्रशिक्षणको सुरुवातको अवधिको समयमा, यस्तो गर्न उहाँहरूको लागि बस्न सहज हुनसक्छ।
  • शौचालय-प्रशिक्षण सुरु गर्ने समयमा, तपाईंको बच्चाको छेउमा रहनुहोस् र उहाँलाई यसको आवश्यक भएको बेलामा सहायता प्रदान गर्नुहोस्।
  • सफल शौचालय प्रशिक्षणमा समय र धैर्यताको आवश्यक हुन्छ।
  • तपाईंको बच्चाले अचानक आफ्नो पेन्ट फोहोर गर्नुहुन्छ वा भिजाउनुहुन्छ, शान्त भएर उहाँलाई सफा गर्नमा मद्दत गर्नुहोस् र त्यसपछि शौचालय जाने चरणहरूलाई सम्झाउनुहोस्।

मेरो बच्चाले आफ्नो न्याप्पी खोल्न दिनुहुन्न भने मैले के गर्नुपर्छ?

केही बालबालिकाहरूले दिशा गर्नको लागि शौचालय वा पोट्टीको उपयोग गर्न विरोध गर्नसक्नुहुन्छ। तपाईंको बच्चालाई न्याप्पीसँगै पोट्टीमा बस्न दिनुहोस्। उहाँले दिशा गरिसकेपछि, न्याप्पीलाई हटाएर त्यसलाई पोट्टीमा राख्दिनुहोस्। विस्तारै, तपाईंले उहाँ पोट्टीमा बस्नभन्दा पहिला नै न्याप्पीलाई त्यसमा राख्ने प्रयास गर्न सक्नुहुन्छ।

यसमा कति समय लाग्छ?

शौचालय प्रशिक्षणमा लाग्ने समय बालबालिकाहरूका लागि फरक हुन्छ। कसैलाई 3 देखि 4 हप्ताको समयमा प्रशिक्षत गर्न सकिन्छ जब कि अरुहरूले धेरै समय लिनुहुन्छ। शौचालय प्रशिक्षण पूरा भइसकेपछि पनि, बालबालिकाहरूलाई तनावको समयमा दुर्घटनाहरू र प्रतिगमनको अनुभव हुनसक्ने सम्भावना हुन्छ। तपाईंको बच्चा अरुहरूको तुलनामा सुस्त वा द्रुत हुनुहुन्छ भने चिन्ता नलिनुहोस्। एउटा पोट्टीमा दिशा गर्नुभन्दा पिसाब गर्न सिकाउन सजिलो हुन्छ। धेरै बालबालिकाहरूका लागि आफ्नो डायपरमा दिशा गर्न आग्रह गर्नु सामान्य कुरा हो। शौचालय प्रशिक्षण गतिविधिहरूमा तपाईंको बच्चाको रुचिलाई कायम राख्न अंततः उहाँलाई प्याट्रनबाट बाहिर निस्कनमा मद्दत गर्नेछ। धैर्य हुनुहोस् र उहाँले यसलाई समयसँगै सिख्नुहुने भएकोले प्रक्रियाको आनन्द लिनुहोस्।

हामीसँग गर्भवती आमा, बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाहरूको लागि स्वास्थ्यस्याहार तथा पालन-पोषण कार्यशाला र पुस्तिकाहरूको श्रृंखलाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।