पालन-पोषणको श्रृंखला 11 - साथीहरू बनाउने

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

2 देखी 3 वर्षको उमेरमा सामाजिक विकास

दोस्रो जन्मदिनपछि, तपाईंको बच्चाले आफ्नो सामाजिक विकासमा चिन्हित परिवर्तनहरू देखाउनुहुनेछ। अन्य बच्चाहरूसँग छेउमा नखेलेर, उहाँले लखेट्ने, नक्कल गर्ने उनीहरूसँग खेल्ने गर्न सक्नुहुन्छ। साथीहरूसँग अन्तरक्रिया गर्दा, उहाँहरूले विस्तारै शिष्टता, पालो लिने, साझा गर्ने र द्वन्द्व समाधान गर्ने जस्ता आधारभूत सामाजिक सीपहरू प्राप्त गर्न सिक्नुहुन्छ। यो सिकाइ प्रक्रियाले भविष्यमा सफल पारिवारिक तथा सामाजिक सम्बन्धहरूको लागि आधार खडा गर्छ।

यो सबै परिवारमा सुरु हुन्छ

साना बालबालिकाले सामाजिक सीपहरू सिक्नको लागि परिवार सर्वोत्तम स्थान हो। दुई वर्षका बालबालिकाले वयस्कहरूको नक्कल गर्न मन पराउने भएकाले, अभिभावकहरूले राम्रो उदाहरण देखाएर आधारभूत सामाजिक सीपहरू सिकाउन सक्नुहुन्छ।

घरमा विनम्रतालाई प्रोत्साहित गर्ने:

  • परिवारमा एकअर्कालाई उपयुक्त समयमा ‘शुभ प्रभात’, ‘शुभ रात्री’ वा ‘बाई बाई’ भनेर राम्रो सामाजिक शिष्टता के हो भनी देखाउनुहोस्।
  • कहिले ‘धन्यवाद’ र ‘कृपया’ भन्ने भनी प्रदर्शन गर्नुहोस्। आफ्नो बच्चालाई उपयुक्त समयमा त्यसो भन्न लगाउनुहोस् जस्तै उहाँले आफूलाई आवश्यक भएको वस्तु मागिरहेको समयमा।
  • उहाँलाई मानिसहरूलाई ‘हेलो’ भन्न प्रोत्साहित गर्नुहोस्। उहाँ त्यसो भन्न लजाउनुहुन्छ भने, आँखाको सम्पर्क, टाउको हल्लाउने, हात हल्लाउने वा हात मिलाउने सिकाउनुहोस्।

साझा गर्ने, पालो लिने र सहकार्य गर्ने बारे घरका नियमहरू निर्धारण गर्ने:

  • उहाँलाई साझा गर्ने वा पालो लिने सिकाउन खाजा खाने समयको प्रयोग गर्नुहोस्, उदाहरणको लागि ‘यहाँ केकको दुईवटा टुक्रा छ। एक तपाईंको लागि र एक Timmy को लागि। बुवाले बहिनीको लागि थोरै दूध खन्याउनुहुनेछ र त्यसपछि तपाईंको पालो आउनेछ।’
  • खेलको अवधिमा पनि तपाईंहरू दुईजना बीच पालो लिने अभ्यास गर्नुहोस्; वा उहाँलाई ब्लक बनाउनेमा सहभागी हुन प्रोत्साहित गर्नुहोस्।
  • उहाँलाई खेलपछि सफाइमा सहभागी हुन निमन्त्रणा गर्नुहोस्।
  • घरका ठूला सहोदर वा अन्य पारिवारिक सदस्यहरूलाई साना सदस्यहरूको अगाडि हार मान्न अनुरोध नगर्नुहोस्। यसले साना बालबालिकालाई विचारशील हुन सिक्ने अवसरबाट वञ्चित गराउनुका साथै उहाँहरूलाई स्वयम्-केन्द्रित रहन प्रोत्साहित गर्छ।

परिवारमा रमाइलोको सिर्जना गर्ने:

  • उहाँलाई एक्लै खेल्नुभन्दा आफ्ना सहोदरहरूसँग खेलहरूमा सम्मिलित हुन प्रोत्साहित गर्नुहोस्।
  • ‘लण्डन ब्रिज’ र ‘रिङ्ग-अराउण्ड-द-रोजी’ जस्ता सामूहिक खेलहरू सँगै खेल्नुहोस्।

सामाजिक अनुभवहरू निर्माण गर्दै

दुई वर्षका बच्चाहरू घरको एक्लो सन्तान हुनुहुन्छ भने सामाजिक रूपमा धेरै अनावरणको अनुभव नगरेको हुन सक्नुहुन्छ। तपाईंले निम्न तरिकाले उहाँको सामाजिक अनुभवहरू बढाउन सक्नुहुन्छ:

  • उहाँलाई विभिन्न सामाजिक सम्पर्कहरूको लागि बाहिर लैजानुहोस् जस्तै बजार जाने, छिमेकीहरूलाई भेट्ने र साथीहरूलाई भेट्ने।
  • अन्य बालबालिकाहरूलाई भेट्न खेलमैदान जाने, जन्मदिनको पार्टीहरूमा जाने, खेल्नको लागि बच्चाहरूलाई बोलाउने वा प्लेग्रुपमा वा प्रिस्कूलमा जाने गरेर उहाँलाई आफ्नो साथी समूह बनाउन मद्दत गर्ने।

साथीहरूसँग मिल्ने

दुई वर्षको बच्चामा स्पष्ट समय अवधारणाको विकास अझै भएको हुँदैन। उहाँ यहाँ-र-अहिलेको बारेमा मात्र चिन्तित हुनुहुन्छ। उहाँले अन्यसँग साझा गरेमा खेलौना हराउनेछ भनी सोच्न सक्नुहुन्छ। तीन वर्षको उमेरसम्म उहाँ साझा गर्ने बिन्दुमा पुगेपनि, तपाईंले आफ्ना बहुमूल्य सामानहरूलाई गरेजस्तै- उहाँले आफ्ना खेलौनाहरू सीमित सथीहरूलाई मात्र दिनुहुनेछ।

तपाईंको धैर्य मार्गनिर्देशनमा रहेर, उहाँले विस्तारै साझा गर्न र विभिन्न अवस्थाहरूमा साथीहरूसँग पालो लिन सिक्नुहुनेछ

बच्चालाई पालो कसरी लिने भनी सिकाउने:

  • खेलको लागि लाइनमा लाग्दा बच्चासँग कुरा गरेर उहाँलाई संलग्न गराउनुहोस्। उहाँ धेरै छिटो दिक्क हुने वा अधैर्य हुने गर्नुहुनेछैन।
  • उहाँलाई पहिले नै कति लामो समयसम्म खेल्न सक्नुहुन्छ भनी बताउनुहोस्, उदाहरणको लागि सबैजना केही क्षणको लागि खेल्न सक्नुहुन्छ (वा मैले 20 सम्म गन्ती गर्दासम्म)। त्यसपछि अर्कोको पालो आउनेछ।’
  • खेल अन्त्य हुनुअगाडि नै बच्चालाई अग्रिम रूपमा तयार गर्नुहोस्। ‘समय सकिन लाग्यो। कृपया रोक्नुहोस् र मैले 10 सम्म गन्ती गर्नुअगाडि नै अर्कोलाई पालो दिनुहोस्। 1,2,3...10!'
  • आफ्नो बच्चालाई खेल अझै रोचक तरिकाले अन्त्य गर्न कल्पनाको सिर्जना गर्नुहोस्। ‘समय सकिन लाग्यो। छिटोछिटो आफ्नो कार पार्क गर्नुहोस्।’ ‘बाई बाई, पिङ। हामी तिमीसँग अर्को पटक खेल्नेछौं।’
  • आफ्नो बच्चालाई अन्य धेरै रोचक खेलौना/खेलहरू छन् भनी बताउनुहोस्। हेर्नुहोस्! यी ब्लकहरू कति राम्रा! आउनुहोस् र जनावरका प्याटर्नहरू हेर्नुहोस्!’
  • तपाईंको बच्चाले खेलौना/खेललाई छोड्न चाहनुहुन्न भने उहाँको भावनाहरूलाई स्वीकार गर्नुहोस्। ‘तपाईंलाई ट्राइक एकदमै मन परेको छ र एकछिन खेल्न चाहनुहुन्छ, हो?’ त्यसपछि उहाँलाई फेरि पालो लिन लैजानुहोस्। ‘फेरि लाइनमा लागौं।’ वैकल्पिक रूपमा, अन्य रोजाइहरू पनि प्रदान गर्नुहोस्,’ब्लकहरूसँग खेल्ने?’

पाहुनाहरूसँग वा अन्यलाई भेट्दा कसरी साझा गर्ने भनी बच्चालाई देखाउनुहोस्:

  • पाहुनाहरू आउनुभन्दा अगाडि नै उहाँलाई साझा गर्ने खेलौनाहरूको बारेमा उहाँसँग छलफल गर्नुहोस्। अनावश्यक द्वन्द्वहरूलाई हटाउनको लागि, उहाँले साझा गर्न नचाहने खेलौनाहरूलाई हटाउन उहाँको मद्दत गर्नुहोस्।
  • साथीहरूलाई भेट्न जाँदा तपाईंको बच्चालाई साझा गर्नको लागि केही खेलौनाहरू लैजान अनुरोध गर्नुहोस्।
  • पछि खेलौना फिर्ता हुनेछ भनी उहाँलाई सम्झाउनुहोस्। ‘रिकसँग साझा गर्ने र उहाँलाई एकछिन खेल्न दिने गरौं न? हामी/उहाँ घर जाँदा उहाँले तपाईंलाई फिर्ता दिनुहुनेछ।
  • उहाँ साझा गर्न मान्नुभयो भने तुरून्तै उहाँको प्रशंसा गर्नुहोस्। ‘ज्ञानी केटी! अन्यसँग साझा गर्नुभएकोमा धन्यवाद। बुवालाई तपाईंमाथि वास्तवमै गर्व छ।’

साथीहरूसँग घुलमिल हुँदा हुने साझा समस्याहरू

  1. मेरो बच्चा एकदमै लजालु हुनुहुन्छ। मैले उहाँलाई अन्य बच्चाहरूसँग मिल्नको लागि कसरी मद्दत गर्न सक्छु?

    केही बालबालिकाहरू शान्त र घुलमिल हुन समय लाग्ने प्रकारको हुनुहुन्छ। अपरिचित अवस्थाहरूमा समायोजित हुनको लागि उहाँलाई केही समय लाग्न सक्छ। तपाईंको बच्चा लजालु हुनुहुन्छ भने उहाँलाई दबाव दिनाले एन्जायटीमा वृद्धि मात्र हुनेछ। उहाँलाई बुझ्ने र उहाँको विशेषताहरूलाई स्वीकार गर्ने प्रयास गर्नुहोस् र अन्य बालबालिकाको क्रियाकलापमा मिसिनको लागि एक-एक गरेर मार्गदर्शन गर्नुहोस्:

    • अन्य बालबालिका खेलेको हेर्दै उहाँसँग बस्नुहोस्।
    • अन्य बालवालिकासँग कसरी मिसिने भनी देखाउनुहोस्।
    • उहाँ तयार हुनुहुन्छ भन्ने लागेपछि उहाँलाई निमन्त्रणा गर्नुहोस्।
    • उहाँलाई अस्वीकार गरेमा उहाँलाई दोष दिने वा निन्दा गर्ने नगर्नुहोस्। यसले उहाँको गर्वमा ठेस पुर्याउनेछ र मानिसहरूबाट अझै टाढा राख्नेछ। ‘मलाई थाहा छ तपाईंलाई लामो समयसम्म हेर्न मनपर्छ। तपाईंलाई खेल्न मन लागेपछि मलाई थाहा दिनुहोस्।’ भनी तपाईंको स्वीकृति देखाउनुहोस्।
    • तपाईंको बच्चा मिसिन चाहनुहुन्छ भने तपाईं बाहिर निस्किनुअगाडि उहाँ गतिविधिमा सामेल हुँदासम्म पर्खनुहोस्। उहाँ कति संलग्न हुनुहुन्छ भनी हेर्नुहोस् र समयसमयमा प्रोत्साहन दिनुहोस्।
  2. मैले मेरो बच्चालाई खेलौना खोस्नबाट कसरी रोक्ने?

    दुई वर्षका बालबालिका स्वयम्-केन्द्रित हुन्छन्। उहाँहरू अन्य मानिसको भावना र विचारहरू बुझ्न वा समस्या समाधान गर्न आत्मनिर्भर हुन सक्षम हुनुहुन्न। तपाईं संलग्न हुनुभन्दा अगाडि साथीहरूसँगको उहाँको अन्तर्क्रियालाई अवलोकन गर्न छेउमा उभिन सक्नुहुन्छ:

    • तपाईंको बच्चाले अर्को बच्चाको खेलौना खोस्नुभएको छ भने, तपाईं तुरून्तै संलग्न हुनुहोस्। तपाईंको बच्चालाई उपयुक्त सामाजिक सीप सिकाउनुहोस्, “त्यो सुको खेलौना हो र तपाईंले खोस्नुहुँदैन। तपाईं योसँग खेल्न चाहनुहुन्छ भने के गर्नुपर्छ?’ उहाँलाई विभिन्न समाधानहरू खोज्न लगाउनुहोस् उदाहरणको लागि ‘हो, तपाईंले राम्रोसँग अनुरोध गर्न सक्नुहुन्थ्यो।’ ‘तपाईं यसको लागि आफ्नो खेलौना साट्न चाहनुहुन्छ?’ वा ‘आफ्नो पालो कुर्नु राम्रो उपाय हो।’
    • तपाईंको बच्चा खेलौना खोस्न नपाएर निराश हुनुहुन्छ भने उहाँलाई तपाईंले उहाँको भावना बुझ्नुहुन्छ भनी देखाउनुहोस्, ‘तपाईंलाई सुले आफ्नो खेलौना नदिएकोमा निराश हुनुहुन्छ? तर त्यो उहाँको खेलौना हो। तपाईंले खोस्नुभयो भने उहाँ निराश हुनुहुन्छ।’ उहाँलाई अन्य समाधानगरू खोज्न मार्गदर्शन गर्नुहोस्। अर्को बच्चाले तपाईंको बच्चालाई खेलौना दिनुहुन्छ भने, तपाईंको बच्चालाई ‘धन्यवाद’ भन्न सम्झाउनुहोस्। होइन भने, उहाँको ध्यान अन्य खेलौना वा खेलहरूमा केन्द्रित गर्ने प्रयास गर्नुहोस्।
    • हतारमा निष्कर्षमा पुगेर अर्को पक्षलाई दोष नलगाउनुहोस्। यसले बालबालिकालाई कसरी साझा गर्ने वा समस्या समाधान गर्ने भनी सिक्न मद्दत गर्दैन।
  3. आफ्नो साथीहरूप्रति एकदमै आक्रामक मेरो बच्चासँग मैले के गरौं मलाई थाहा छैन।

    बच्चाहरूले समस्या समाधान गर्ने अर्को उपाय थाहा नभएको खण्डमा हिर्काउने, लात हान्ने वा धकेल्ने गर्न सक्नुहुन्छ। उहाँहरू तनाव र रिसको कारणले आक्रामक हुन पनि सक्नुहुन्छ। तपाईंको मार्गदर्शनले उहाँलाई आक्रामक व्यवहारलाई बानीमा बदल्न रोक्न सक्छ र समस्याहरू समाधान गर्न सिकाउन सक्छ।

    • तपाईंको बच्चासँग कुरा गर्नुहोस् र साथीहरूसँग खेल्नको लागि 2 वा 3 नियमहरू निर्धारण गर्नुहोस् जस्तै ‘पालो लिने’ वा ‘मिलनसार हुने’। नियमहरू तोडेको परिणाम "खेलौना टाढा लैदिने" वा "केही समयको लागि "शान्त समय" मा जाने" हो भनी स्पष्ट रूपमा भन्नुहोस्।
    • उहाँ मिलनसार भएर अरूसँग खेल्नुहुन्छ भने आफ्नो बच्चाको प्रशंसा गर्नुहोस्।
    • यदि उहाँले खेलको अवधिमा अरूलाई हिर्काउनुहुन्छ भने तुरुन्तै उहाँलाई रोक्नुहोस्, 'Megan लाई दु:ख दिन रोक्नुहोस्! तपाईं यो खेल्न चाहनुहुन्छ भने तपाईंले पालो लिनुपर्ने हुन्छ।'
    • यदि उहाँले लडाइ गर्न छोड्नु हुँदैन भने उहाँलाई "शान्त समय" मा लैजानुहोस्, जस्तै उहाँलाई गतिविधिको सीमामा बस्न र केही समयको लागि शान्त भई बस्न भन्नुहोस्। उहाँलाई त्यही छोड्नुहोस् र उहाँलाई कुनै ध्यान नदिनुहोस्।
    • उहाँ केही समयको लागि शान्त रहनुहुँदासम्म पर्खनुहोस्। त्यसपछि फेरि खेलमा सहभागी हुन अनुरोध गर्नुहोस् र उहाँलाई नियमहरूको पालना गर्न भनी सम्झाउनुहोस्।
    • तपाईंले उहाँलाई माफी मागेर र आफ्ना साथीसँग शान्त बनाएर सुझाव दिन सक्नुहुन्छ। मिलनसार भएकोमा उहाँलाई प्रसंशा गर्ने अवसरहरू खोज्नुहोस्।
    • बालबालिका बीचका द्वन्द्वहरू ह्याण्डल गर्दा प्रवचन रोक्नुहोस् र कहिल्यै दण्डनीय विधिहरूको प्रयोग नगर्नुहोस्। माथिको विधि सही तरिकाले र निरन्तर रूपमा प्रयोग गरेर मात्रै तपाईंको बच्चाले आफ्ना व्यवहारमा उत्तरदायी हुन सिक्छन्।

दुई वर्ष भएका बच्चाहरूले नियमको पालना र खेलौनाहरू साझा गर्दैनन्। यो विकासको स्तरमा उहाँहरूको विशेषता यही हो। अनुरूपतामा साथिहरूसँग मिल्न अभिभावकको सहायता बिना कठिन हुन्छ। तपाईंको मोडलिङ र निरन्तरको मार्गदर्शनले तपाईंको बच्चालाई उहाँले आफ्नो भविष्यको सामाजिक सामनामा के गर्नुपर्छ भनी सिकाउन मद्दत गर्नेछ।

हामीसँग गर्भवती आमाबुवा, बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाका लागि स्वास्थ्यस्याहार तथा पालन-पोषण कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।