पालन-पोषण श्रृङ्खला 12 - प्रिस्कूलको लागि तयारी गर्दै

(03/2018 संशोधन गरिएको) (12/2019 फेरि प्रिन्ट)

तपाईंको बच्चाको उमेर दुई वा तीन वर्षको भएपछि, तपाईंले उहाँलाई प्रिस्कूलमा भर्ना गर्न विचार गर्न सक्नुहुन्छ। उपयुक्त प्रिस्कूल छनोट गर्नेबाहेक, तपाईंको बच्चालाई त्यहाँको जीवनमा समायोजित हुन मद्दत गर्नु महत्त्वपूर्ण हुन्छ। प्रिस्कूल सुरु गर्नुभन्दा पहिले, तपाईंको बच्चाको समायोजनलाई सुविधाजनक बनाउन तपाईं केही कार्यहरू गर्न सक्नुहुन्छ।

प्रिस्कूल कसरी छनोट गर्ने?

पूर्व-प्राथमिक शिक्षाको लक्ष्य भनेको बालबालिकाको व्यक्तिगत सिकाइ सीपहरूलाई ध्यानमा राख्दै सामाजिक, भावनात्मक, संज्ञानात्मक र शारीरिक क्षेत्रहरूमा सन्तुलित विकासलाई प्रोत्साहित गर्ने बवातावरण उपलब्ध गराउनु हो। प्रिस्कूलले आरामदायक र सुखद वातावरण उपलब्ध गराउँछ जहाँ बालबालिका नियमहरूको पालना कसरी गर्ने, अन्यसँग घुलमिल हुने र विचार तथा भावनाहरूलाई व्यक्त कसरी गर्नेबारे सिक्नुहुन्छ। स्वस्थ सामाजिक विकासले बालबालिकामा सिकाइको अन्य पक्षहरूलाई परिष्कृत गर्नेछ।

  1. शिक्षकहरूको योग्यता र प्रबन्धन अनुपात

    किन्डरगार्टेन शिक्षक र बालस्याहार कामदारहरूले परिचित योग्यताहरू प्राप्त गरेको हुनुपर्छ। उहाँहरू बालबालिकासँग नरम र प्रतिक्रियाशील हुनु आवश्यक हुन्छ। सरकारले शिक्षक/कामदारको लागि बच्चाको अनुपातमा नियमनहरू सेट गरेको छ। देखभाल अन्तर्गत बच्चाहरूको संख्या कम भएमा शिक्षक/कामदारलाई प्रत्येक बच्चाको व्यक्तिगत आवश्यकताहरूलाई पूरा गर्न सजिलो हुनेछ।

  2. पाठ्यक्रम

    पाठ्यक्रमको उद्देश्य खेल र अन्वेषणद्वारा सिकाइको व्यवस्था गर्ने हुनुपर्छ। यसले बालबालिकाको विकासात्मक आवश्यकताहरूलाई पूरा गर्नुपर्छ र उहाँहरूको भिन्न सक्षमताहरूलाई पूर्ति गर्नुपर्छ। शैक्षिक कार्यमा बढी जोड लगाउनु अनावश्यक हुन्छ। उदाहरणको लागि, लगभग 4 वर्षको उमेरमा बालबालिकाको फाइन मोटर विकास सुरु हुनुभन्दा अगाडि उहाँहरूलाई लेख्न सिकाउनु अनुपयुक्त हुन्छ।

  3. वातावरण र सुविधाहरू

    शारीरिक वातावरण विभिन्न क्रियाकलापको लागि पर्याप्त खाली ठाउँसहित स्वच्छ, उज्यालो, भेन्टिलेसन भएको र चाइल्ड-प्रुफ हुनुपर्छ। समृद्ध सिकाइ वातावरण उपलब्ध गराउनको लागि आवश्यक सिकाइ राम्रोसँग सुसज्जित हुनुपर्छ।

  4. स्थान र घरदेखि दूरी

    नजिकैको प्रिस्कूलमा जानाले यात्राले हुने थकानबाट तपाईंको बच्चा जोगिनुहुनेछ। यात्रा आवश्यक छ भने सम्भावित तनावलाई कम गर्नको लागि व्यवस्थाहरू मिलाउनुपर्छ।

    भर्ना हुनुभन्दा अगाडि, तपाईंले प्रिस्कुलमा गई त्यहाँको बालबालिकाले सिकेको, शिक्षक र अभिभावकहरूसँग कुरा गरेको अवलोकन गरेर त्यहाँको बारेमा थप जान्न सक्नुहुन्छ।

प्रिस्कूलको सुरुवातको लागि तयारी

प्रिस्कूल सुरु गर्दा, सानो बच्चाको लागि परिचित स्याहारकर्ताबाट छुट्टिएर अपरिचित व्यक्ति, नयाँ तालिका र निर्देशनहरू भएको स्थानमा जानु गाह्रो हुन सक्छ। केही महिना अगाडिदेखि तयारी गर्नाले समायोजन प्रक्रिया सहज हुन सक्छ:

  1. आधारभूत स्वयं-स्याहारलाई प्रोत्साहित गर्ने

    आफै कपडा लगाउने, शौचालय जाने र सफा गर्ने जस्ता आधारभूत स्वयं-स्याहार सिक्न बच्चालाई प्रोत्साहित गर्नुहोस्। यसले प्रिस्कूल जीवनमा समायोजित हुनको लागि उहाँको आत्मनिर्भरता र आत्मविश्वासलाई परिष्कृत गर्नेछ।

  2. घरमा सामान्य नियम र तालिकाहरू स्थापित गर्ने

    घरमा सामान्य नियमहरू सेट गर्ने: बच्चालाई कसरी निर्देशनहरूको पालना गर्ने र अनुरोधमा क्रियाकलापहरू परिवर्तन गर्ने भनी सिक्न दिनुहोस्।

  3. तपाईंको बच्चा शान्त हुन र बस्न आवश्यक हुने क्रियाकलापहरूलाई प्रवर्द्धन गर्ने

    तपाईंको बच्चालाई कथा सुन्ने, चित्र कोर्ने वा कला तथा शिल्पका क्रियाकलापहरूमा संलग्न हुन दिनुहोस् जसको लागि उहाँलाई बस्न र एकछिन ध्यान दिन आवश्यक हुन्छ।

  4. अन्य बालबालिकासँग घुलमिल हुने अवसरहरूको सिर्जना गर्ने

    तपाईंको बच्चालाई खेलमैदान, पार्क, जन्मदिनको पार्टीहरूमा वा छिमेकीलाई भेट्न लैजानुहोस्। उहाँलाई अन्य बालबालिकासँग घुलमिल हुन, साझा गर्न र पालो लिन सिक्न दिनुहोस्।

  5. छुट्टिने एन्जायटीलाई नियन्त्रण गर्ने

    अभिभावक वा आफ्नो मुख्य स्याहारकर्तासँग छुट्टिनुपर्दा तपाईंको बच्चाले चिन्तित महसुस गर्न सक्नुहुन्छ। प्रिस्कूल सुरु गर्दा छुट्टिने चिन्तालाई नियन्त्रणमा राख्नको लागि, छुट्टिने कार्यलाई अग्रिम रूपमा अभ्यास गर्नुहोस्:

    • आफ्नो बच्चालाई मनपर्ने बेबी सिटर खोज्नुहोस्। उहाँ बेबी सिटरसँग रोचक क्रियाकलापमा संलग्न भएको समयमा, उहाँलाई तपाईं एकैछिनको लागि बाहिर जाँदै हुनुहुन्छ, कता जानुहुन्छ र कतिबेला फर्कनुहुन्छ भनी बताउनुहोस्। त्यसपछि उहाँलाई बिदा भन्नुहोस्। उहाँले अझै पनि सटीक समयको अवधारणा विकास नगरेकाले, तपाईंले उहाँलाई बुझ्न मद्दत गर्नको लागि समयलाई विशिष्ट क्रियाकलाप वा तालिकाहरूसँग सम्बद्ध गर्न सक्नुहुन्छ, जस्तै ‘आमा तपाईंले खाना खाएपछि फर्किनुहुनेछ।’ आफ्नो वाचा पूरा गर्नुहोस् र समयमा फर्कनुहोस्। सुरुवातमा, उहाँलाई केही मिनेटहरूको लागि एक्लै छोड्नुहोस्। त्यसपछि विस्तारै छुट्टिने समयलाई बढाउँदै जानुहोस्। उहाँको सुरक्षाको भावनालाई बलियो बनाउनको लागि, तपाईंले कोट जस्ता आफ्ना सामानहरू उहाँसँग छोड्न सक्नुहुन्छ र तपाईं फर्किदासम्म आफुसँग राख्न अनुरोध गर्न सक्नुहुन्छ।
    • तपाईंको बच्चासँग अन्तरक्रिया गर्दा, उहाँले छोड्ने कुराको चिन्ता हुने धम्कीपूर्ण शब्दहरूको प्रयोग गर्ने (उदाहरणको लागि, 'मलाई तपाईं चाहिँदैन' वा 'ढोकाबाट बाहिर निस्कनुहोस्') वा विद्यालयलाई अप्रिय भावनाहरूसँग सम्बद्ध गर्ने (उदाहरणको लागि 'मैले तपाईंको शिक्षलाई तपाईंलाई सजाय दिन भन्नेछु') नगर्नुहोस्।
  6. आफ्नो बच्चालाई रोचक विद्यालय जीवनमा अनावृत गर्ने
    • आफ्नो बच्चासँग नजिकको नर्सरी वा किन्डरगार्टेन जानुहोस्। आफ्नो ठूलो सन्तानलाई विद्यालय पठाउँदा तपाईंले शिशुलाई पनि त्यहाँ लैजान सक्नुहुन्छ। रोचक विद्यालय जीवनको बारेमा पढ्ने वा बताउने गरेमा उहाँको रुचि बढ्न सक्छ।
    • विद्यालय सुरु हुनुभन्दा अगाडि, तपाईंको बच्चालाई विद्यालयको रुटसँग परिचित गराउनुहोस्। उहाँसँग विद्यालय जाने खेल खेल्नुहोस्। उहाँलाई विद्यालयको पोशाक लगाउन र नयाँ विद्यालयको झोला बोक्न दिनुहोस्।
    • तपाईंको बच्चाको लागि अनुस्थापन कार्यक्रममा सहभागी हुनु विद्यालयको वातावरणको बारेमा जान्नको लागि राम्रो अवसर हो। उहाँले शिक्षकलाई भेट्न र विद्यालय सुविधाहरूको उपयोग गर्ने प्रयास गर्न सक्नुहुन्छ। यसले नयाँ सेटिङमा उहाँको चिन्तालाई कम गर्न र विद्यालयको बारेमा राम्रो धारणा राख्न मद्दत गर्नेछ।
    • प्रारम्भिक अवधिमा कार्यबाट छोटो समय लिएर उहाँसँग विद्यालय जाने प्रयास गर्नुहोस्। केही प्रिस्कूलहरूले अभिभावकहरूलाई अनुस्थापन अवधि (केही दिन वा हप्तासम्म) मा आफ्नो बालबालिकासँग बस्न प्रोत्साहित गर्ने गर्छन्। बच्चालाई नयाँ विद्यालय जीवनमा परिचित गराउन र अभिभावकहरूबाट छुट्टिने चिन्तामा समायोजित बनाउन समयलाई प्रगतिशील रूपले कम गरिनेछ।

तपाईंले कार्य गरे तापनि विद्यालयमा सामान्य समस्याहरूको लागि तयार रहनुहोस्। बालबालिकाका लागि रूने, आफ्नो सिटबाट सर्ने, खेलौनाहरू खोस्ने, चकचक गर्ने वा अस्थायीरूपमा खराब व्यवहार गर्ने (उदाहरणको लागि, औछ्यानमा पिसाब फेर्ने वा बेबी क्लिङ्गिन) गर्नु सामान्य हो। विद्यालयमा उहाँको समायोजनको बारेमा जान्न शिक्षकसँग निरन्तर सम्पर्कमा रहने र उहाँको आवश्यकताहरूलाई पूरा गर्न विद्यालयसँग साझेदारी गर्ने गर्नाले तपाईंको बच्चालाई खुशी विद्यालय जीवन जिउन मद्दत गर्नेछ।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका आमाबुवाहरूका लागि 'सुखद पालन-पोषण!' कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।