अभिभावकत्व सिरिज 14 - खेल्नु र सिर्जनशीलता

(Content revised 02/2014)

खेल्नु बालबालिकाहरूको काम हो। बालबालिकाहरूले उनीहरू वरिपरिको विश्वको बारेमा खोज्न र सिक्नको लागि धेरैजसो समय खेल्नमा बिताउने गर्छन्। उनीहरूको बौद्धिक वृद्धि र भाषा विकासमा उन्नतिसँगै, दुई-वर्ष-उमेरको बच्चाले धेरै परिष्कृत खेल देखाउन सुरु गर्छन्। उनीहरूले एउटा वस्तुलाई अर्को हो भनेर जिद्दी गर्छन् वा खेलमा दैनिक अनुभवहरूका नाटक देखाउँछन्। तपाईंको बच्चासँग खेल्ने अवसरहरूको प्रयोग गर्नाले उनको कल्पना र सिर्जनशीलतालाई सरल बनाउन सहयोग गर्छ।

खेलका प्रकारहरू

सक्रिय खेल

दुई-वर्ष-उमेरको बच्चा सक्रिय र अशान्त हुन्छ। उनीहरूलाई आफ्नो शरिरको सीमाहरू जान्न र वरपर घुमेर, स्किपिङ गरेर, हप गरेर वा कुर्सीहरूमा चढेर खाली ठाउँमा आफ्ना शरिरहरू सम्बन्धित पोजिशनको बारेमा सिक्न मन पर्छ। उनीहरूले चढ्न, दौडिन, ट्राइसाइकलमा पेडल गर्न, बलहरू किक गर्न, फाल्न वा समात्न सुरु गर्छन्। सुरक्षा उपायहरू अपनाइसकेछि, उनीहरूको शारीरिक क्षमतालाई प्रोत्साहन गर्नको लागि बाहिरी क्रियाकलापहरू एकदमै सुहाउँदो माध्यम हो।

  • तपाईंले बच्चालाई हेर्न नजिक बस्दा उनलाई खेलमैदानमा खेल्ने सुविधाहरूमा चढ्नको लागि प्रोत्साहन गर्नुहोस्।
  • उनलाई ट्राइसाइकल कसरी चलाउने भनी निर्देशन दिनु बाहेक, उनको खेलमा कल्पना थप्नको लागि तपाईंले पैदलयात्री, ग्याँस स्टेशन सहायक, कारको मेकानिक वा गेट वा ट्राफिक बत्ती पनि बनेजस्तो गर्न सक्नुहुन्छ।
  • उनीसँग बल खेलहरू खेल्नुहोस्। उनलाई बास्केट, चित्रको ठूलो भाग वा प्लास्टिक जगहरूका पङ्‌क्तिहरू जस्ता केही विशाल निशाना लगाउने लक्ष्यहरूमा बल फाल्न दिनुहोस्। मेलामा तपाईंले स्टल खेलहरू खेलिरहेको कल्पनाले थप मनोरञ्जन बनाउने छ।
  • उनलाई ग्रामीण क्षेत्रमा वा छिमेकको खुल्ला ठाउँमा वरपर दौडिन र खोज्नको लागि लैजानुहोस्। उनी रोकिने छन् र ढुङ्गा र बिरूवाहरू छुने, अग्नि हाइड्रेन्ट वरिपरि घुम्ती लगाउने वा पक्कीमा फुटेका भागहरूको जाँच गर्ने जस्ता देखिने वस्तुहरूमा रूचि देखाउँने छन्। उनलाई जान्नको लागि समय लिन दिनुहोस् र उनी रूचि भएका वस्तुहरूका बारेमा उनलाई थप कुराहरू बताउनुहोस्।

रचनात्मक खेल

तपाईंको बच्चाले अब नयाँ वस्तुहरूको प्रतिनिधित्व गर्न सामानहरू एकसाथ राखेर रचनात्मक ढङ्गले खेल्न सुरु गर्नेछन् ब्लक बनाउने, चित्र बनाउने, बालुवा, माटो र पिठोसँग टासिने र खेल्ने कुराहरूलाई यस किसिमको खेलले समावेश गर्छ। यी क्रियाकलापहरूले सिर्जनात्मक सुविधा दिन बाहेक, हात र औंलाको सीपहरू विकास गर्न तथा आकार, रङ, बनावट र खाली ठाउँको सिक्ने सिद्धान्तमा पनि सहयोग गर्छ।

  • निर्माणका मोडलहरूसँगभन्दा परम्परागत ब्लकहरूसँग खेल्न थप सिर्जनात्मक हुन सक्छ किनकी यिनीहरूले बालबालिकाहरूलाई पालना गर्ने निर्देशनहरू दिदैँन तर उनीहरूलाई आफ्ना कल्पनाहरूको प्रयोग गर्न अनुमति दिन्छ। दुई-वर्ष-उमेरको बच्चाले ब्लकहरू थुपारेर र लाइनिङमा राखेर बनाउन सुरु गरे। क्रमश, उनीहरूले विभिन्न स्वरूपहरू निर्माण गर्न सिक्छन्। उनको निर्माणमा एउटा वा दुई वटा ब्लकहरू थपेर र यो झ्याल, पुल वा रेलमार्ग हो भनी सुझाव दिएर, तपाईंले आफ्नो बच्चाको कल्पनालाई बढाउन सहयोग गर्न सक्नुहुन्छ।
  • केही बालबालिकाहरूलाई पहिलो सम्पर्कमा पिठो, माटो वा बालुवाको बनावटलाई स्वीकार गर्न समस्या हुनसक्छ। आफ्नो बच्चालाई समय दिनुहोस् र तिनीहरूलाई प्रयोग गर्न प्रोत्साहन गर्नुहोस्। उहाँले मालिश गर्ने, रोल गर्ने, प्रहार गर्ने र थिच्ने माध्यममा परिवर्तन अन्वेषण गर्नुहुनेछ। उहाँको आफ्नै उत्कृष्ट नमुनाहरू सिर्जना गर्न उहाँलाफ विभिन्न आकारहरूको बाल्टी, बेल्चा, डिब्ब वा ढाँचा जस्ता विभिन्न उपकरण उपलब्ध गराउनुहोस्।
  • साना बालबालिकाहरूको सिर्जनाहरू तपाईंलाई झमेला जस्तो लाग्न सक्छ। तपाईंको बच्चाले तपाईंलाई निश्चित वस्तुको लागि आफ्नो सिर्जना जनाउँछ भनी बताउनुहुन्छ भने, उत्साहसँग उहाँको कल्पनालाई प्रशंसा गर्नुहोस्। तपाईंको निर्देशनहरू पालना गर्न उहाँलाई माग गर्ने वा उहाँलाई लज्जित बनाउनाले प्रोत्साहित गर्नेछैन तर उहाँको सिर्जनशीलतालाई हानी गर्नेछ।

साहसी खेल

खेल्न किन साहस गर्नुपर्छ?

साहसी खेलले बच्चाले आफ्नो हरेक दिनको सामाजिक र सांस्कृतिक परिप्रेक्ष्यमा भइरहेका कुराहरू हेर्ने र सुन्ने गर्छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ। यसले बच्चालाई निम्न कुराहरूमा सक्षम गराउँछ:

  • संसारको आभास गराउने र अर्थपूर्ण अनुक्रममा अनियमित घटनाहरूलाई देखिनेगरी राख्न सिकाउँछ - उदाहरणको लागि, तपाईंको बच्चा झोला लिएर हिँड्दै किनमेलको लागि जान साहस देखाउन सक्छन्। क्रमिक रूपमा, उनले तखताहरूबाट सामानहरू रोज्ने, भुक्तानी गर्ने र किनमेलका सूचीहरू लेख्ने कार्य जस्ता कार्यक्रमहरू किनमेल अनुक्रमका सबै भागहरू हुन् भन्ने बुझ्दछन्।
  • भाषा तथा सामाजिक सीपहरू विकास गर्ने - बले आफ्ना काल्पनिक अनुभवहरू वा आफूले अपनाएको अन्य कसैको भूमिकालाई शब्दहरूमा बयान गर्न सिक्छन्। बालबालिकाहरूले सँगसँगै विभिन्न भूमिकाहरू निभाउने भएकोले तिनीहरूले आफ्ना विचार, सहकार्य, पालो लिने र सम्झौता गर्ने सञ्चार गर्न सिक्नछन्।
  • भावनाहरू व्यक्त गर्न - बालबालिकाहरूले डरलाग्दो कार्यक्रमहरू बारम्बार अभिनय गर्न सक्छन् र जसबाट तिनीहरूले आफ्ना डरहरूको सामना गर्न सिक्छन्। कल्पनाले एक्लोपना र असुरक्षाको भावनाहरूलाई जित्न मद्दत गर्दछ। बच्चाले आफूलाई मनपर्ने खेलौनालाई आफ्नो साथीको रूपमा लिएर बोल्न सक्ने कल्पना पनि गर्न सक्छन्।
के-के प्रयोग गर्ने?
  • भाँडाकुटी, चिया सेट, खेलौना, किराना सामानका खेलौना, प्ले हाउस, कृषि, ग्यारेज, खेलौना कार, हवाइजहाज आदि जस्ता व्यापारिक खेलौनाहरू।
  • पुराना कपडा, पुराना फाटेका जुत्ता र मोजा, ब्रासलेट, सिक्री, बेल्ट, हातेझोला, कपडा वा कागज बोक्ने झोला, सुटकेस, सामान राख्न मिल्ने ठूला कार्टुन, चयन गरिएका कन्टेनर, ब्ल्याङ्केट, नोटबुक, कागज र पेन्सिलहरू आदि जस्ता अन्य वस्तुहरू। काल्पनिक खेलमा बाल-हानिरहीत हुने खालका अन्य कुराहरू।
  • यदि तपाईंको बच्चा खेलौनासँग यसको सामान्य उपयोग अनुसार खेल्दैनन् भने, जस्तै ह्याटको लागि प्यान प्रयोग नगरी यसलाई टाउकोमा राख्ने गरेमा हस्तक्षेप नगर्नुहोस् किनभने कल्पनाको कुनै सीमा हुँदैन। तपाईंको सहायता र प्रोत्साहनले उनको कल्पनालाई अझ विस्तार गर्न मद्दत गर्दछ। तपाईंले चासो देखाउनु भयो भने उनी वस्तुहरूको प्रयोग गर्न अलमल पर्न सक्छिन, उनलाई देखाउन र सुझाव गर्नका लागि अर्को समय रोज्नुहोस्, जस्तै प्यान उठाउनुहोस् र उनलाई ‘मेरी सानी नानी भोकाएकी छिन्। आमा उनका लागि खाना पकाउन थाल्दै हुनुहुन्छ’ भन्नुहोस्।
तपाईं के-के गर्न सक्नुहुन्छ?
  • तपाईंको बच्चालाई खेल्नका लागि वस्तु र ठाउँहरू उपलब्ध गराउने बाहेक उनको खेलमा तपाईंको सहभागिता महत्त्वपूर्ण हुन्छ।
  • नजिकै बस्नुहोस् वा आफ्नो बच्चाको खेलमा सहभागि हुनुहोस्। सुरक्षित हुँदासम्म उनलाई खेलको नेतृत्व गर्न दिनुहोस्।
  • उत्सुक बन्नुहोस्। उनका विचारहरूमा प्रतिक्रिया जनाउनुहोस् र प्रशंसा गर्नुहोस्।
  • नयाँ विचारहरू थप्ने बेलामा उनलाई सुझावहरू दिनुहोस् र कार्यक्रमहरूको अनुक्रमको भावना जागृत गराउन मद्दत गर्नुहोस्।
  • उनलाई थाहा भएका अनुभवहरू मात्र सुझाव गर्नुहोस् जसकारण उनले कल्पना गर्न सक्छन्।

अन्य सिर्जनात्मक गतिविधिहरू

  • बाथ टब वा बेसिनमा पानीमा खेल्ने
  • नृत्यका स्टेपहरू सिर्जना गर्ने
  • खेलौना संगीत उपकरणहरू वा आवाज निकाल्ने वस्तुहरू सिर्जना गर्ने
  • नयाँ गीतहरू बनाउन शब्दहरू बनाउने
  • कथाहरू बनाउने
  • हाँसो-मजाक गर्ने
  • सम्भव भएसम्मका वस्तुहरूको प्रयोग गर्ने बारे सोच्ने
  • खेलहरूमा नयाँ नियमहरू बनाउने
  • उपयुक्त प्रकृति र कलाकृतिहरूमा आफ्नो बच्चालाई मार्गदर्शन गर्ने
  • साहसी खेलमा घरको वस्तुहरूको प्रयोग गर्ने उदाहरणको लागि, घर वा टनेल निर्माण, याचिङ, घोडा सवारी, डिनर सर्भ गर्नको लागि कुशनहरू प्रयोग गर्न सकिन्छ।
  • सिर्जानाशीलता क्रियाकलापहरू कहिल्यै पनि विस्तृत छैनन्।

दैनिक जीवनमा आफ्नो विवेकशीलता देखाएर र समस्या समाधानमा लचकता भएर आफ्नो बच्चाको लागि राम्रो उदाहरण सेट गर्नुहोस्। तपाईंको बच्चालाई उहाँको आफ्नै सृजनशीलता कल्पना गरेर र उहाँसँग सिर्जना गरेर विस्तार र अन्वेषण गर्न मद्दत गर्नुहोस्। विकास सृजनशीलतामा तपाईंको बच्चालाई तपाईंको सहायता आवश्यक हुन्छ।

हामीसँग हुनेवाला आमाबुवा, नवजात शिशु तथा प्रिस्कूल बालबालिकाका आमाबुवाको लागि बालस्याहार र पालनपोषण कार्यशाला तथा हातेपर्चाहरूको शृङ्खलाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।