पालनपोषण श्रृङ्खलाहरू 2 - तपाईंको बच्चासँग प्रतिक्रियाशील स्याहार सम्बन्ध

(Content revised 03/2018)

अभिभावक-बच्चा सम्बन्धको महत्त्व

अनुसन्धानले देखाएको छ कि पूर्व बाल्यावस्थामा आफ्नो अभिभावकहरूसँग राम्रो सम्बन्धको विकास गरेका बालबालिकाहरूले पछि गएर राम्रो अन्तरवैयक्तिक सम्बन्धहरूको विकास गर्ने बढी सम्भावना हुन्छ। उहाँहरूको समस्या समाधान सीपहरू राम्रो हुन्छ, शैक्षिक उपलब्धी उच्च हुन्छ र सक्षम अभिभावकहरूको रूपमा हुर्किने सम्भावना बढी हुन्छ।

शिशु जन्मिँदा अन्यलाई आफ्नो आवश्यकताहरू संकेत गर्नसक्ने सक्षमता लिएर जीवन सुरु गर्नुहुन्छ -- उहाँले अनुहारहरू हेर्न मन पराउनुहुन्छ र मानवीय आवाजहरूतर्फ फर्कनुहुन्छ, भोक लाग्दा र असहज हुँदा रुनुहुन्छ, तपाईंको अनुहारको अभिव्यक्तिहरूको नक्कल गर्नुहुन्छ र प्रतिक्रियामा मधुरो आवाज निकाल्नुहुन्छ। समयसँगै, तपाईंले उहाँको रूवाइ, अनुहारको अभिव्यक्ति र गतिविधिहरूलाई छुट्याउन सक्षम हुनुहुनेछ र त्यसै अनुसार उहाँलाई खुवाएर, न्यापी परिवर्तन गरेर, उहाँलाई अँगालेर उहाँसँग खेल्नको लागि उहाँको कार्य र आवाजहरूको नक्कल गरेर उहाँको आवश्यकताहरू पूरा गर्न सक्नुहुनेछ। तपाईंको बच्चा तपाईंको प्रतिक्रियाले सन्तुष्ट हुनुहुनेछ र तपाईंसँग अन्तरक्रिया गर्न जारी राख्नुहुनेछ। तपाईं र तपाईंको बच्चाको बीचका यी निरन्तर अन्तरक्रियाहरू को अवधिमा तपाईंले तपाईंको बच्चाको मस्तिष्क विकासको लागि विभिन्न संवेदक मोडहरूद्वारा उत्तेजनाहरू दिनुभएको हुन्छ। अनुसन्धानले स्थापित गरेको छ कि जन्मदेखि नै यस्ता अभिन्न अन्तरक्रियात्मक अनुभव नै बच्चाको मस्तिष्क विकासको लागि आवश्यक तत्त्वहरूमध्ये एक हो। तपाईं र तपाईंको बच्चा बीचको सुसंगत अन्तरक्रियाहरू पनि प्याटर्नहरूको रूपमा स्थापित हुन्छन् जसको आधारमा सुरक्षित र विश्वासिलो सम्बन्धको सिर्जना हुन्छ।

अभिभावक-बच्चाको घनिष्ठ सम्बन्ध

घनिष्ठ सम्बन्धको विकास भएपछि, तपाईं त्यहाँ हुँदा बच्चाले सुरक्षित महसुस गर्नुहुन्छ। उहाँले सिक्नुभएको छ कि जहाँ र जतिबेला उहाँ असहजता, पीडा र डरमा भएपनि, उहाँलाई सम्झाउन र सुरक्षा गर्न, उपयुक्त सीमाहरू र मार्गनिर्देशन प्रदान गर्न तपाईं त्यहाँ हुनुहुनेछ। तपाईं उहाँको “सुरक्षित” आधार हुनुहुन्छ जहाँ उहाँले सुरक्षित र संसारको अन्वेषण गर्नको लागि स्वतन्त्र महसुस गर्नुहुनेछ। सुरक्षा र विश्वासको यो अनुभवले उहाँलाई आत्मनिर्भर र सक्षम मानिस बन्न, अन्यलाई बुझ्न योग्य बन्न तथा बिस्तारै तनाव र चुनौतीहरूको सामना गर्नको लागि सामाजिक सीपहरू र लचिलोपन प्राप्त गर्न मद्दत गर्नेछ।

प्रतिक्रियाशील स्याहारको माध्यमद्वारा बन्धन

तपाईंले निम्नानुसार आफ्नो बच्चालाई ध्यानाकर्षण र माया देखाउन सक्नुहुन्छ:

  • उहाँसँग बारम्बार शारीरिक सम्पर्कमा रहने। उहाँलाई अँगाल्ने वा हातमा लिइर बिस्तारै हल्लाउने गर्नुहोस्। उहाँको खुट्टाहरू तन्काउने र खुम्चाउने वा उहाँको शरीरको स्थितिहरूमा पतिवर्तन गर्नेजस्ता शिशु व्यायामहरू गराउनुहोस्। यी अन्तरक्रियाहरूका राम्रा माध्यमहरू हुन्।
  • उहाँसँग लगातार आँखाको सम्पर्क कायम राख्नुहोस्। उहाँको आँखाअगाडि रहनुहोस् (20 देखि 25 सेमी वा नवजातको लागि 8 to 10 इन्च), उहाँसँग आँखा जुधाउनुहोस् र अतिरन्जित अनुहारको अभिव्यक्तिहरू प्रयोग गरेर उहाँसँग खेल्नुहोस्।
  • कुरा गर्ने, उहाँको आवाजको प्रतिक्रिया जनाउने बिस्तारै गीत गाउने। बच्चाहरू विशेषरूपमा आमाको तिखो र मधुर आवाजद्वारा आकर्षित हुनुहुन्छ। उहाँलाई प्रतिक्रिया जनाउनाले तपाईंको अन्तरक्रिया केही लामो समयको लागि जारी रहनेछ।

तपाईंको बच्चाले आवाज, अभिव्यक्ति र गतिविधिहरूद्वारा आफ्नो आवश्यकताहरू तपाईंलाई बताउनुहुनेछ। उहाँका यी संकेतहरूलाई नजिकैबाट अध्ययन गर्ने प्रयास गर्नुहोस् र उहाँको आवश्यकताहरू तुरून्तै पूरा गर्नुहोस्। उदाहरणको लागि, तपाईंको बच्चा रूँदा तपाईंले उहाँको डायपर चिसो छ, उहाँलाई जाडो वा गर्मी भएको छ वा उहाँले पछिल्लो समयमा पर्याप्त खानुभएको थियो भनी जाँच गर्न सक्नुहुन्छ। तपाईंले उहाँका खुट्टाहरू जेलिएका वा उहाँलाई लामखुट्टेले टोकेको छ जस्ता सम्भावनाहरूलाई पनि विचार गर्न सक्नुहुन्छ। बच्चाको आवश्यकताहरूलाई जाँच गर्दा उहाँलाई तपाईंको अनुहार हेर्न र मधुर आवाज सुन्न दिनुहोस्। तपाईंको बच्चा माथिका कारणहरू रुनुभएको होइन भने, उहाँलाई तपाईंको उपशामकको आवश्यकता हुनसक्छ जस्तै उहाँको लागि मधुरो संघीत बजाउने, नरम ब्ल्याङ्केटमा बेर्ने वा उहाँलाई उठाएर आफ्नो अँगालोमा झुलाउने।

मैले धेरै अँगालेर मेरो नवजात शिशुलाई खराब बनाउँछु?

बच्चाको रुवाइ उहाँको आवश्यकताहरूलाई संकेत गर्ने आधारभूत प्रकार्य हो। उहाँलाई तपाईंको उपशामकको आवश्यकता हुँदा उठाएर, तपाईंले तपाईं उहाँको आवश्यकताहरूप्रति संवेदनशील हुनुहुन्छ भनी देखाउनुहुन्छ। तपाईंको बच्चाले तपाईंको स्याहार र मायाको महसुस गर्नुहुनेछ र तपाईंसँग सुरक्षित सम्बन्ध बढाउनुहुनेछ। तपाईंको बच्चा शान्त र चनाखो रहँदा, उहाँलाई अँगाल्नेदेखि घनिष्ठ अन्तरक्रियाहरूको आनन्द उठाउने उपयुक्त समय हो। तपाईंको बच्चाले तपाईंको ध्यानाकर्षणले सन्तुष्ट महसुस गर्नुहुनेछ र तपाईंहरूबीचको सम्बन्धलाई बलियो बनाउँदै उहाँ शान्त हुँदा यो सहज भावना प्राप्त गर्नुहुनेछ भनी बुझ्नुहुनेछ। तपाईंले बच्चालाई खराब बनाउनुहुनेछैन।

बाल स्याहारमा ध्यान दिने

अभिभावकहरूको कुनै पनि प्रतिस्थापनहरू हुँदैनन्। अभिभावकहरूले अन्य व्यक्तिको लागि अभिभावकहरूको रूपमा आफ्नो भूमिकालाई पूर्ण रूपमा परिवर्तन गर्नुहुँदैन। तपाईंले आफ्नो बच्चालाई अन्य स्याहारकर्तासँग सुम्पिनु परेमा, तपाईंले निम्न कुराको विचार गर्नुपर्नेछ:

  • आदर्श स्याहारकर्ता निम्नानुसार हुनुपर्छ:
    • मानिसको रूपमा विश्वसनीय र स्याहारकर्ता बन्न इच्छुक,
    • धैर्यता र समयसहितको देखभाल गर्ने व्यक्ति।
    • बच्चालाई सहज तरिकाले कसरी पक्रिने र किन रोइरहनु भएको छ भनी बुझने जस्ता बच्चाको आवश्यकताहरूलाई बुझ्न र प्रतिक्रिया जनाउन सक्षम।
    • तपाईंको बच्चासँग सञ्चार गर्न, खेल्न र उहाँलाई माया गर्न सक्षम।
  • स्याहारकर्ता र बच्चालाई स्थिर सम्बन्धको विकास गर्नको लागि समय दिनुहोस्। त्यसकारण, बारम्बार स्याहारकर्ताहरू परिवर्तन गर्ने नगर्नुहोस्।
  • फरक स्याहारकर्ताहरू (अभिभावक, हजुरबुवा हजुरआमा र बाल स्याहारकर्ताहरूसहित) हुने भएमा, बच्चालाई कसरी सम्हाल्ने बारे स्याहारकर्ताहरूको बीचमा सम्झौता भएमा बच्चालाई समायोजित हुन सजिलो हुनेछ।
  • तपाईंको बच्चासँग समय बिताउने प्रयास गर्नुहोस् र उहाँसँगको अन्तरक्रियाको आनन्द लिनुहोस्। बच्चाको तालिकाहरू बुझ्न र उहाँलाई सम्हाल्ने एकअर्काको तरिकाहरूमा समायोजित हुन स्याहारकर्तासँग राम्रो सञ्चार कायम राख्नुहोस्।

बधाई छ!

प्रतिक्रियाशील अन्तरक्रियाहरूको माध्यमद्वारा स्थायी सम्बन्ध स्थापित गर्नुको महत्त्वलाई पहिचान गर्नु तपाईंको बच्चालाई विकसित हुन मद्दत गर्ने कार्यको पहिलो चरण हो। उहाँको लागि तपाईंको माया र स्याहारको साथ। तपाईं सफल अभिभावक बन्ने बाटोमा हुनुहुन्छ

हामीसँग गर्भवती आमा र बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाहरूको लागि “सुखद पालनपोषण!” कार्यशाला र पुस्तिकाको श्रृंखलाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।

  • प्रतिक्रियाशील स्याहार – जति छिटो त्यति राम्रो
  • आफ्नो बच्चासँग कुरा गर्नुहोस् र खेल्नुहोस्
  • परिपूर्ण व्यवहारको लागि प्रशंसा नबचाउनुहोस्
  • यथार्थपरक अपेक्षा र सीमाहरू सेट गर्नुहोस्
  • सकारात्मक, अनुमानित र एकसमान हुनुहोस्