पालनपोषण श्रृङ्खला 3 - बच्चाको रूवाई

(04/2020 मा संशोधन गरिएको HTML सामग्री)

रूने बच्चाको प्रवृत्ति हो। नयाँ आमाबुवाहरू आफ्नो बच्चाको रूने आवज सुनेर तनाव महसुस गर्न सक्नुहुन्छ, 'उहाँ किन रुनुभयो? के उहाँलाई भोक लागेको छ वा उहाँले अस्वस्थ महसुस गर्नुभएको छ? बच्चालाई शान्त गराउने तरिकाहरूको खोजीमा उहाँलाई नोक्सान हुन सक्छ।

बच्चाहरू किन रून्छन्?

जन्म पश्चात् पहिलो केही महिनासम्म, बच्चाले रूने माध्यमबाट आफ्नो आवश्यकताहरूको व्यक्त गर्नुहुन्छ। उहाँ निम्न संकेत गर्नको लागि रून सक्नुहुन्छ:

  1. आफ्ना शारीरिक आवश्यकताहरू
  2. अत्याधिक बाहरी उत्तेजनाको कारण उहाँलाई असुविधा
  3. दिक्क महसुस गर्ने र साथको लागि आवश्यक पर्ने
  4. उहाँले अस्वस्थ महसुस गरिरहनुभएको छ
  • भोको
  • न्याप्पि फोहर हुने
  • पेट दुख्ने
  • धेरै गर्मी
  • एकदमै धेरै आगन्तुकहरू
  • एकान्त

बच्चाको रूनेमा फरक कसरी छुट्याउने?

बच्चाहरू आफ्नो रूने आवाजको पूरा दायरा छ। प्रत्येक बच्चा आफ्नो प्रतिक्रियामा अद्वितीय हुन्छ। तपाईं छिटै आफ्नो बच्चा रुने आवाजहरूको बारेमा अर्थ थापाउनुहुनेछ र दोहोर्याइएको अवलोकन र द्रुत प्रतिक्रियाहरू मार्फत उहाँको विशिष्ट आवश्यकताहरूको पहिचान गर्नुहुनेछ। यहाँ केही उदाहरणहरू छन् :

  • भोक लागेको रूवाईको आवज सानो हुन्छ।
  • रिसाएको रूवाई एकदमै हिंसात्मक हुन्छ।
  • दुखाईको रूवाईको आवज सामान्यतया ठूलो, लामो, लामो समयसम्म रोक्की रोक्की उच्च पिचको चिल्लाउने र त्यसपछि पल्टिएर रूने हुन्छ।

कहिलेकाहीँ विभिन्न प्रकारको रूवाईको आवज ओभरल्याप गर्छ। उदाहरणको लागि, आमाबुवा बच्चाको भोकले रूने आवजमा ध्यान दिनुहुन्न भने उहाँ रिसले रूनुहुन्छ। रूनु भन्दा पहिला बच्चाको आवश्यकताहरूलाई बुझेर र उहाँको डराउने वा उत्तेजना संकेतहरू (उदाहरणको लागि, रिसाउने, उहाँको अनुहार रातो हुने, मुख थरथराउने) को पहिचान गर्नाले तपाईंलाई उहाँको आवश्यकताहरूमा तुरुन्तै सन्तुष्टि मद्दत गर्छ।

रोइरहेको बच्चालाई कसरी शान्त गर्ने?

तपाईंको बच्चा रूनुहुँदा, उहाँ किन रोइरहनुभएको छ भनी पत्ता लागाउने प्रयास गर्नुहोस् र तुरुन्तै प्रतिक्रिया दिनुहोस्। बच्चाको आवश्यकताहरूलाई जाँच गर्दा उहाँलाई तपाईंको अनुहार हेर्न र मधुर आवाज सुन्न दिनुहोस्। कुनै विशेष कारण छ भनी जाँच गर्न सक्नुहुन्छ - उहाँको डायपर भिजेको छ र त्यसलाई परिवर्तन गर्न आवश्यक छ; उहाँलाई भोग लागेको छ र यो समयमा उहाँलाई चाढै खुवाउन आवश्यक छ; उहाँले धेरै गर्मी कपडाहरू लगाउनुभएकोले उहाँलाई गर्मी भइरहेको छ। तपाईंले उहाँका खुट्टाहरू जेलिएका वा उहाँलाई लामखुट्टेले टोकेको छ जस्ता सम्भावनाहरूलाई पनि विचार गर्न सक्नुहुन्छ। उहाँको आवश्यकताहरूलाई पहिचान र पूरा गरेर, तपाईंले उहाँको रूवाईलाई बन्द गराउनुहुनेछ।

यदि तपाईंको बच्चाको रूवाई माथि उल्लेखित कारणहरूले होइन भने उहाँलाई एकदमै शान्तिको आवश्यकता छ। तपाईं निम्न केही सुझावहरूलाई प्रयास गर्न सकनुहुन्छ:

  • उहाँलाई माया गर्नुहोस् र विस्तारै उहाँसँग कुराकानी गर्नुहोस्।
  • केही मधुरो संगीत प्ले गर्नुहोस्।
  • उहाँलाई आराम र सुरक्षा दिनको लागि नरम कम्बलमा बेर्नुहोस्।
  • उहाँलाई समात्दा विस्तारै विस्तारै हल्लाउनुहोस् वा स्थिर लयबद्ध गतिमा घुमाउनुहोस्। उहाँलाई सिधा समात्नुहोस् र आफ्नो शरीरको नजिकै राख्नुहोस् वा उहाँलाई आफ्नो काँधमा र छातिमा राख्नुहोस्।
  • उहाँको चुस्ने आवश्यकतालाई सन्तुष्ट राख्नुहोस्। तपाईं आफ्नो बच्चालाई शान्त गर्ने वस्तु दिने विचार गर्न सक्नुहुन्छ। तपाईं आफ्नो बच्चालाई स्तनपान गराउनुहुन्छ भने, तपाईं सुतेर दूध खुवाउने प्रयास गर्न सक्नुहुन्छ र उहाँ आफै स्थिर नहुँदासम्म उहाँलाई चुस्न दिनुहोस्। यो तरिकामा, तपाईं पनि आराम गर्न सक्नुहुन्छ। स्तनपान गर्ने बच्चाहरूको लागि एकदमै छिटो शान्त गर्ने वस्तु पेश गर्नाले स्तनलाई प्रभावित तरिकाले चुस्ने उहाँको व्यवहार प्रभावित हुनसक्छ। यदि यसको आवश्यकता भएमा, एक महिनाको उमेरपछि आफ्नो स्तनपान गर्ने बच्चालाई दिने विचार गर्नुहोस्।

के मैले धेरै काखमा उठाएर बच्चालाई बिगार्नेछु?

बच्चाको रूवाई उहाँको आवश्यकताहरूलाई संकेत गर्ने आधारभूत प्रकार्य हो। उहाँलाई तपाईंको आरामदायक आवश्यतकताहरू हुँदा उहालाई उठाएर, तपाईं आफै उहाँको आवश्यकताहरू प्रति संवेदनशिल हुने प्रदर्शन गर्नुहुन्छ। तपाईंको बच्चाले तपाईंको स्याहार र मायाको महसुस गर्नुहुनेछ र तपाईंसँग सुरक्षित सम्बन्ध बढाउनुहुनेछ।

तपाईंको बच्चा शान्त र सतर्क हुनुहुँदा, यो समय तपाईंको लागि घनिष्ट कुराकानीको आनन्द लिने समय हो। विस्तारै हात सा्टने, उहाँलाई हल्लाउने वा अँगाल्नुहोस्। उहाँसग कुराकानी गर्नुहोस् वा संगीत प्ले गर्नुहोस्, उहाँसँग खेल्नुहोस् वा उहाँलाई रोचक वस्तुहरू देखाउनुहोस्। तपाईंको बच्चा तपाईंसँग सन्तुष्ट महसुस गर्नुहुन्छ र उहाँ शान्त हुँदा आरामदायक महसुस गर्नुहुन्छ भनी सिक्नुहुन्छ। तपाईंले बच्चालाई खराब बनाउनुहुनेछैन।

यदि बच्चा लगातार रूनुहुन्छ भने के गर्ने?

A. बच्चा लगातार किन रून्छन्?

जन्म पश्चात पहिलो 3 महिनामा बच्चाहरू बारम्बार रून्छन्, विशेष रूपमा 2 महिनाको उमेर वरपर र उहाँलाई शान्त गर्नको लागि एकदमै प्रयास गर्न आवश्यकता हुनसक्छ। यसपछिको कारणहरूलाई खोज्न कठीन भए तापनि, यो सामान्य विकासात्मक पाठ्यक्रम हो र यसरी कराउने धेरजसो बच्चाहरू स्वस्थ हुन्छन्। बच्चाहरू विस्तारै बाहिरी संसारमा अनुकूल हुँदै जाँदा र एकदमै आवजहरू र संकेतहरू मार्फत आफ्ना आवश्यकताहरू सञ्चार गर्न सिक्दा, उहाँहरू कम रूनुहुनेछ।

रूने अवधि बच्चाहरूको स्वभावसँग भिन्न हुनसक्छ। समान समयमा, लगातार रूने उमेर विकासमा व्यक्तिगत भिन्नतासँग भिन्न-भिन्न देखिन सक्छ।

केही बच्चा साँझ र मध्ये रातको अवधिमा एकदमै चर्को रूनुहुन्छ। उहाँहरू लगातार रूनुहुन्छ, प्राय: चिल्लाउनुहुन्छ वा आफ्नो खुट्टालाई तान्नुहुन्छ वा फैलाउनुहुन्छ र ग्यास पास गर्नुहुन्छ। सान्त्वना दिने उपाय पश्चात, बच्चा नरोक्की रूनुहुन्छ र कुनै पनि कारणहरू बिना दुखमा देखिनुहुन्छ। यो तथा-कथित शूल हो।

यस बाहेक, बच्चाले स्याहारकर्तामा भावनात्मक परिवर्तन महसुस गर्न सक्नुनुहन्छ। उहाँ चिन्तित हुन सक्नुहुन्छ र स्याहारकर्ताको तनावको प्रभावमा धेरै रून सक्नुहुन्छ।

बच्चा बिरामी हुँदा, उहाँ तपाईंको सान्त्वनाको ध्यान नदिई लगातार रून सक्नुहुन्छ।

B. लगातार रूने बच्चाको प्रबन्धका लागि सुझावहरू

  1. शान्त रहनुहोस् र धेरै चिन्ता र हतार गर्नबाट बच्नुहोस्। बच्चासँग समान समयमा धेरैजसो वस्तुहरू गर्नाले उहाँ अत्याधिक उत्तेजित हुनहुन्छ तथा उहाँलाई थप तनाव र असहज महुसुस बनाउँछ।
  2. चिकित्सा अवस्थाको सम्भावनालाई खारेज गर्नुहोस्। यदि तपाईंको रोइरहेको बच्चाले चुस्न साथसाथै उल्टी गर्न अस्वीकार गर्नुहुन्छ वा पेटमा दुखाई भएको छ भने, तपाईंलाई तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ।
  3. व्यवस्थित रहनुहोस्। एक समयमा एउटा विधि प्रयास गर्नुहोस्। तपाईंले प्रयोग गर्ने प्रक्रिया र यसपछि रूने अवधिलाई ध्यान दिनुहोस्। यसले तपाईंको बच्चा रूने अवस्थालाई व्यवस्थित गर्ने प्रभावकारी तरिकाहरूलाई पहिचान गर्नमा मद्दत गर्छ।
  4. आफ्नो बच्चाको विशेषताहरूलाई जान्ने। आफ्नो बच्चाको व्यक्तिगत प्रतिक्रिया शैली र वातावरण सम्बन्धित उत्तेजनामा संवेदनशीलताको डिग्रीलाई बुझ्नाले उहाँलाई तिव्र रूनेलाई वृद्धि हुनबाट रोक्नको लागि प्रारम्भिक रूपमा कार्य गर्न मद्दत गर्छ। विस्तारै उत्तेजना वा परिवर्तनहरूलाई परिचय गराउनुहोस्। आफ्नो बच्चाको जवाफ प्रति संवेदनशिल रहनुहोस्। उहाँलाई तनावको स्थितिबाट टाढा गर्नुहोस् र जब उहाँ अलंकृत हुन सुरु गर्नुहुन्छ तब उहाँलाई आराम गर्न दिनुहोस्।
  5. अन्य आमाबुवाहरूसँग अनुभव साझा गर्ने
    अण्य आमाबुवाहरूसँग के गर्नुहुन्छ भनी जान्न कुरा गर्नुहोस्। तपाईं केही तरिकाहरूबाट प्रयास गर्न सक्नुहुन्छ, जस्तै बच्चालाई यात्राको लागि लैजाने, घुमाउनको लागि लैजाने वा उहाँलाई मालिश गराउने, जुन तपाईंको लागि हुन योग्य छ।
  6. वस्तुहरूलाई दृष्टिकोणमा राख्ने
    लगातार रूने बच्चाहरूको लागि, उहाँको रूनेको व्यवस्था गर्नामा अझै पनि कुनै राम्रो कागजाति तरिकाहरू छैन। भाग्यवश, यसरी प्रत्येक दिन रूने बानी सामान्यतया बच्चा 3 देखि 4 महिना भएपछि समाप्त हुन्छ। धैर्य गर्नुहोस्। आफूले आफैलाई भन्नुहोस् परिस्थितिहरू मात्रै अस्थायी हुन् र यो स्वीकार गर्न सिक्नुहोस् कि बच्चाहरूलाई पालने यही तरिका हो।

    बच्चाको स्याहारबाट हुने दैनिक चिन्तालाई स्वीकार गर्नको लागि तयार रहनुहोस्। यदि घरको काम अझैसम्म पूरा भएको छैन वा तपाईं भोजन तैयार गर्नमा व्यस्त हुनुहुन्छ भने यो कुनै ठूलो कुरा होइन। यसले तपाईंको मनोदशालाई प्रभावित गर्नसक्ने भएकोले आफूलाई पूरै तरिकामा थकित नगर्नुहोस्।

  7. आफ्नो भावनात्मक आवश्यकताहरूलाई ख्याल गर्नुहोस्
    रोइरहेको बच्चालाई स्याहर गर्न एकदमै थकान हुनसक्छ। जब तपाईं थाकेको महसुस गर्नुहुन्छ, तब आराम गर्नुहोस् र तनावलाई शान्त गर्नुहोस्। तपाईं आफ्नो बच्चालाई चोट पुर्याउन सक्नुहुन्छ कि भन्ने कुरामा तपाईं कहिलेकाहीँ निराश महसुस गर्न सक्नुहुन्छ र यहासम्म कि तपाईं डराउन पनि सक्नुहुन्छ। ** यो समयमा, कसैलाई बच्चासँग बस्नको लागि खोज्नुहोस्।

    **दुर्घटनाबाट बच्न कहिल्यै पनि बच्चालाई गम्भीर रूपमा नहल्लाउनुहोस्। (कृपया परिशिष्ट हेर्नुहोस्)

    यदि तपाईंसँग मद्दतको लागि कोही पनि छैण भने, बच्चालाई उहाँको कोक्रोमा वा अन्य कुनै सुरक्षित ठाउँमा राख्नुहोस् र केही समयको लागि छोड्नुहोस्। पहिला आफ्नो भावनात्मक आवश्यतकताहरूलाई पूरा गर्नुहोस्। तपाईं आफूले निके महुसुस गर्ने बित्तिकै, आफ्नो बच्चासँग जानुहोस्।

  8. सहायता प्राप्त गर्ने
    आफ्नो परिवार, नातेदार र साथीहरूसँग सहायता प्राप्त गर्नाले तपाईं कठिनाईहरूमा सामना गर्न सक्नुहुन्छ। तपाईं मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHCs) मा स्वास्थ्य स्याहार कर्मचारीहरू बा आफ्नो परिवारिक चिकित्सकसँग परामर्श लिन सक्नुहुन्छ।

परिशिष्ट: (पहिले "सेकन बेबी सिन्ड्रोम" भनेर चिनिने) दुर्व्यवहारपूर्ण मस्तिष्क आघात

(पहिले "सेकन बेबी सिन्ड्रोम" भनेर चिनिने) दुर्व्यवहारपूर्ण मस्तिष्क आघातले शिशु वा साना बालबालिकालाई हिंसात्मक रूपमा हल्लाउँदा वा बलपूर्वक हिर्काउने, हान्ने, तान्ने आदिसँग सम्बन्धित ब्लन्ट प्रभावबाट पीडित भएका गम्भीर चोटपटकहरूलाई व्याख्या गर्छ। मानिसको मस्तिष्कको तन्तु र खप्परको बीचमा खाली ठाउँ हुन्छ जसकारण तिनीहरू कसिलो तरिकाले सँगै जोडिदैनन्। बच्चाहरू नरम मस्तिष्क र घाँटीमा हुने मांशपेशीको विकासमा कमी भएको कारणले विशेष रूपमा अतिसंवेदनशील हुन्छन्। शीघ्र वेग –कम गतिको बलले केही सेकण्डको लागि बच्चालाई हिंसात्मक रूपमा हल्लाउनाले वा तिनीहरूलाई ब्लन्ट बल लगाउनाले दुवैले स्थायी मस्तिष्क क्षति, अन्धोपन, सिजर वा मृत्यु पनि हुन सक्ने जस्ता गम्भीर चोटपटकहरू निम्त्याउँदै उसको नाजुक मस्तिष्कमा क्षति हुनेछ। यो स्याहारकर्ताले रोइरहेको बच्चालाई रोक्नको लागि रिस वा निराशाले आवेगशील प्रतिक्रिया जनाउँदा हुन सक्छ। दुर्व्यवहारपूर्ण मस्तिष्क आघात बाल दुर्व्यवहारको गम्भीर रूप हो। त्यसकारण, बच्चालाई कहिल्यै पनि बलपूर्वक ह्याण्डल नगर्नुहोस्! सामान्य स्याहार वा बच्चालाई घुँडामा बाउन्सिङ गर्ने जस्तो खेल अन्तर्गत, उहाँलाई हावामा फ्याँक्नाले अत्याचारपूर्ण मस्तिष्क आघात हुनेछ।

हामीसँग हुनेवाला आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाहरूका आमाबुवाका लागि “सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र हातेपर्चाहरू छन्, कृपया हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।