पालन-पोषण शृंखला 5 - लोरी I - नियमित निन्द्राको ढाँचाहरू विकास गर्ने

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

नयाँ अभिभावकहरूसँग बच्चाको निद्रा बारे धेरैजसो जिज्ञासाहरू हुन्छन् जस्तै, ‘मेरो बच्चा रातमा धेरै पटक जाग्नु सामान्य हो? उहाँ किन आफै निदाउन सक्नुहुन्न? उहाँ कहिलेदेखि रातभरी सुत्नुहुनेछ?’ अभिभावकहरूले बच्चाको निद्राका विशेषताहरू बारे थप सिक्न सक्नुहुन्छ भने र अन्य सहायताको साथ, उहाँहरूको बच्चाले विस्तारै राम्रो सुत्ने बानीको विकास गर्न र आफै निदाउन सिक्नुहुन्छ। तपाईं र तपाईंको बच्चा दुवैले राम्रो निद्राको आनन्द लिन सक्नुहुन्छ।

बच्चाको निदाउने अवस्थाहरू

  • निद्राका विभिन्न अवस्थाहरू हुन्छन् – निद्रालु, हलुका निद्रा / सपना देख्ने, गहिरो निद्रा, बिउँझिने।
  • निद्राको चक्र हलुका निद्रादेखि गहिरो निद्रासम्म र फेरि हलुका निद्रामा जान्छ (अर्को पृष्ठमा बच्चा सुतेको चित्र हेर्नुहोस्)। नवजात अवस्थामा प्रत्येक चक्र लगभग केही दर्जन मिनेटसम्मको लागि रहन्छ। तपाईंको बच्चा बढ्दै जाँदा, चक्रको समयावधि विस्तारै बढ्दै जान्छ र वयस्कहरूमा जस्तै 3 देखि 6 वर्षको उमेरमा प्रत्येक चक्र लगभग 90 मिनेटको हुन्छ।
  • हलुका निद्रामा, तपाईंको बच्चाको श्वासको गति तीव्र र कम नियमित हुन्छ। उहाँको शरीर र हातखुट्टा हलुकासँग काम्न सक्छन्। आँखाको परेलाभन्दा तल आँखाको गतिविधि अवलोकन गर्न सकिन्छ (सायद सपनाको स्थितिमा)। उहाँ वरिपरिको आवाज र प्रकाशहरूबाट सजिलै बिउँझिन सक्नुहुन्छ। निद्राको समयभरि, उहाँ धेरै पटक छोटो समयको लागि बिउँझिन सक्नुहुन्छ जुन सामान्य र अपेक्षित हो। तपाईंले उहाँलाई उठाउने वा खुवाउने नगरेर विस्तारै थपथपाउने वा हलुकासँग कुरा गर्ने गरेर सुत्न दिन सक्नुहुन्छ।
  • गहिरो निद्राको अवधिमा, तपाईंको बच्चालाई वातावरणले कम असर गर्छ। कम शारीरिक गतिविधिहरूका साथ उहाँको श्वासको गति नियमित हुन्छ।

बच्चाको निद्राको ढाँचाहरू

जन्मपछि, श्वास फेर्न र समायोजित हुन र तापक्रम, उज्यालो/अँध्यारो, आवाज र तपाईंको स्याहारसहित आमाको पेटभन्दा बाहिरको वातावरणमा समायोजित हुनको लागि बच्चा आफूमा निर्भर हुनुहुन्छ। नवजात शिशुलाई अझै पनि दिन-रातको ढाँचाको बारेमा थाहा छैन। उहाँहरू उठ्दा खाना खानुहुन्छ र अघाएपछि निदाउनुहुन्छ। नवजात शिशुले प्राय: समय सुतेर बिताएपनि दिन र रातभरि नै सुत्ने-उठ्ने ढाँचा दोहोरिन्छ।

बच्चालाई केही समय स्याहार गरिसकेपछि, तपाईंले आफ्नो बच्चाको थकित संकेतहरू बुझ्न थाल्न सक्नहुन्छ। उहाँलाई निदाउनको लागि अत्याधिक थकित हुनुपर्ने बानीबाट बचाउनको लागि उहाँलाई निद्रालु भएपछि सुत्न दिनुहोस्। तपाईंको बच्चालाई निदाउनको लागि तपाईंको सान्त्वनाको आवश्यकता हुन सक्छ। उहाँ दिन-रातको लयमा समायोजित हुन र त्यसैअनुसार निद्रालाई नियमित गर्नको लागि तपाईंको प्रतिक्रियाशील स्याहारमा निर्भर हुनुहुन्छ। प्रतिक्रियाशील स्याहार र तपाईंको शिशुको वृद्धिसँगै, उहाँको निद्राको ढाँचा परिवर्तन हुनेछ।

तपाईंको बच्चा 3 देखि 6 महिनाको (चित्र 1) भएपछि, तपाईंको बच्चा रातमा लामो समयसम्म निदाउने र दिनमा जाग्ने गर्न सक्नुहुन्छ। यो उहाँको दिन-रातको लय सुरु गर्ने समय हो।

उहाँलाई अझै पनि दिउँसोको निद्रा आवश्यक हुन्छ तर उहाँ बढ्दै जाँदा दिउँसोको निद्राको बारम्बारता कम हुँदै जान्छ। सोही समयमा, उहाँ निद्रालु तर जागा अवस्थामा हुँदा कोक्रोमा निदाउने अनुमति दिनुभयो भने उहाँको निदाउनको लागि शान्त हुने क्षमता विकास हुन तयार हुन्छ। उहाँ मध्यरातमा जागेपनि निदाउनको लागि आपुलाई शान्त गर्न सक्नुहुन्छ। सामान्यतया, 8 महिनाको लगभग 60-70% शिशुहरूले निदाउनको लागि आफै शान्त हुन सक्नुहुन्छ।

शयन घण्टा

शयन घण्टा हाम्रो बच्चा बढ्दै जाँदा परिवर्तन हुनेछ:

उमेर 24-घण्टाको अवधिमा कूल शयन घण्टा*
(दुवै दिन र रात समावेश गर्नुहोस्)
0-3 महिनाको उमेर ~ 14-17 घण्टा
4-11 महिनाको उमेर ~ 12-16 घण्टा
1-2 वर्षसम्म ~ 11-14 घण्टा
3-4 वर्षसम्म ~ 10-13 घण्टा

*सन्दर्भहरू: 5 वर्षभन्दा मुनिका बालबालिकाका लागि शारीरिक क्रियाकलाप, बसेर गर्ने व्यवहार र शयन सम्बन्धी WHO मार्गनिर्देशनहरू। जिनीभा: विश्व स्वास्थ्य संगठन; 2019. इजाजतपत्र: CC BY-NC-SA 3.0 IGO.

उपरोक्त सन्दर्भको लागि मात्र हो। हरेक बच्चा अद्वितीय हुन्छन् र व्यक्तिगत अन्तरहरू हुन सक्छन्। केही बच्चाहरू धेरै सुत्छन् भने केही कम सुत्छन्। केहीलाई 2 महिनाको उमेरमा पनि रातमा गहिरो निन्द्रा लाग्छ भने केहीलाई आफ्नै गतिमा विकसित हुन समय लाग्छ। अभिभावकहरूले आफ्नो बच्चालाई अन्यको बच्चासँग दाँज्ने गर्नुहुँदैन र उहाँ स्वस्थ्य र हुर्किरहेको भएसम्म उहाँ ठीक हुनुहुन्छ।

तपाईंको बच्चालाई राम्ररी सुत्न कसरी मद्दत गर्ने?

आरामदायक पुर्याउने

  • आरामदायक कोठाको तापक्रम
  • राम्रो भेन्टिलेसन
  • कपडा वा ब्ल्याङ्केटको उपयुक्त मात्रा। तपाईंले उहाँको घाँटीमा हात राखेर उहाँलाई गर्मी वा जाडो भएको जाँच्न सक्नुहुन्छ। पसिना नआइ न्यानो भएको उपयुक्त हुनेछ।
  • एलर्जीबाट बच्नको लागि कपासको ब्ल्याङ्केटहरू प्रयोग गर्नुहोस्
  • आरामदायक रूपमा कपडाले बेर्नुहोस्

    तपाईंले आफ्नो बच्चालाई नरम ब्ल्याङ्केटमा बेर्नुभयो भने उहाँले थप सुरक्षित महसुस गर्नुहुनेछ। उहाँलाई गर्मी हुने वा खुट्टाहरूको गतिविधिलाई सीमित गर्ने प्रकारले कसेर नबेर्नुहोस्। उहाँको वायुनलीलाई बाधा नपुर्याइ उहाँको टाउको र अनुहार बाहिर देखिएको छ भनी सुनिश्चित गर्नुहोस्।

बच्चाको खुट्टाहरू तानिएको छ र कसेर बेरिएको छ भने नितम्बको जोर्नीहरू सामान्य रूपमा विकसित नहुन सक्छन्।

थप विवरणहरू ‘नितम्बको विकासात्मक डिसप्लासिया (DDH)’ बाट प्राप्त गर्न सकिन्छ

कृपया निद्रामा शिशुको सुरक्षाको लागि ‘सुताई सुरक्षा’ को पनि सन्दर्भ लिनुहोस्।

दिन र रातको अन्तरमा जोड दिने

  • कोठाको प्रकाशमा भिन्नता
    • दिनको समयमा कोठामा पर्याप्त मात्रामा प्रकाश हुनुपर्छ। सुत्ने समय भयो भनी बच्चालाई थाहा दिनको लागि सुत्नुभन्दा अगाडि प्रकाशलाई कम गर्नुहोस्।
    • कोठा धेरै अँध्यारो भएको कारणले केही बच्चाहरू रातिमा रूँदै जाग्न सक्छन्। रात्री प्रकाशले उहाँ परिचित वातावरणमा छु भनी उहाँलाई आश्वासन दिन सक्छ।
  • क्रियाकलापहरूमा भिन्नता
    • तपाईंको बच्चा दिनको समयमा जागा हुँदा, उहाँसँग सक्रियताका साथ खेल्ने र कुरा गर्ने गर्नुहोस्। तपाईंहरूले एकसाथ गुणस्तरीय समय बिताउँदै गर्दा, तपाईंले उहाँलाई पर्याप्त ध्यान दिँदै उहाँलाई चनाखो र इच्छुक बनाउँदै हुनुहुन्छ। यसले उहाँलाई दिउँसोमा धेरै निदाउनबाट रोक्नेछ।
    • उहाँको परेलाहरू झुकाउने, तपाईंसँग आफ्नो अनुहार मिच्ने वा हाइ गर्ने कार्यद्वारा देखाइएअनुसार उहाँ थाकेको देखिनुहुन्छ भने उहाँलाई आराम गर्न दिनुहोस्।
    • 4 घण्टाभन्दा बढी समय ननदिाउनुहोस्।
    • रातीको समयमा, सुत्ने समयभन्दा अगाडि उहाँलाई उत्साहित बनाउनबाट रोक्नको लागि शान्त क्रियाकलापहरूमा संलग्न हुनुहोस्।

सुताई सुरक्षा

  • हाम्रो बच्चा पर्याप्त मात्रा निदाउनुहुन्छ भनी हामी स्याहार गर्दछौं र सबैभन्दा महत्त्वपूर्ण कुरा, सुरक्षित तरिकाले सुत्नु भनेको अचानक शिशुको मृत्यु हुने सिन्ड्रोम (SIDs) को सम्भावनालाई कम गर्नु हो। अध्ययनहरूले उत्तानो परेर सुत्नु बच्चाहरूको लागि सबैभन्दा सुरक्षित र सही सुत्ने आसन हो भनी देखाए। यो अचानक शिशुको मृत्यु हुने सिन्ड्रोम (SIDs) को सम्भावनालाई रोक्नको लागि पेटको बलमा वा कोल्टे परेर सुत्नुभन्दा धेरै राम्रो हो।
  • अचानक शिशुको मृत्यु हुने सिन्ड्रोम (SIDs) र सुताई सुरक्षाको बारेमा थप जान्नको लागि,

सुत्ने समयको तालिका स्थापना गर्नाले तपाईंको बच्चालाई नियमित समयमा सुत्ने र आ फै शान्त हुने क्षमताको विकास गर्न मद्दत गर्छ।

  • तपाईंको बच्चाले दिन-रातको लय देखाउन थालेपछि राम्रो सुत्ने समयको तालिका स्थापना गर्न सुरु गर्नुहोस्।
  • सुत्नुभन्दा 20 - 45 मिनेट अगाडि, TV र अन्य कुनै स्क्रिन यन्त्रहरूलाई बन्द गर्नुहोस्। आरामदाय र शान्त पार्ने सुत्ने समयको क्रियाकलापहरू मिलाउनुहोस्। उदाहरणको लागि, नुहाउने, कथा सुनाउने, हलुका खेल, लोरीहरू गाउने, मधुरो संगीत सुन्ने आदि। यी क्रियाकलापहरू उहाँलाई उत्साहित नबनाउने तर रोमाञ्चक हुनुपर्छ। सुत्ने समयको गतिविधिहरू पूरा भएपछि निद्रा लाग्छ।
  • छनोट गरिएका क्रियाकलापहरू तपाईंको बच्चाको विशेषता र बानीहरू अनुसार हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण रूपमा, तपाईंको बच्चा अघाएको, डकार लिएको र सफा डायपर लगाएको हुनुपर्छ।
  • तपाईंको बच्चा निद्रालु तर जागा हुँदा नै उहाँलाई कोक्रोमा राख्नुहोस्। उहाँलाई निदाउनको लागि आफै शान्त हुन दिनुहोस्*। शुभरात्री भनिसकेपछि उहाँलाई कोक्रोमा छोड्नुहोस्
  • बच्चा शारीरिक रूपमा अस्वस्थ हुँदा निदाउनको लागि शान्त गराउन सकिन्छ। उहाँको शारीरिक अवस्था स्थिर हुँदा उहाँ निदाउनको लागि आफै शान्त हुन दिनुहोस्।
  • थप जानकारीको लागि तपाईंले हाम्रो भिडियो ‘सामान्य सुताइ तालिकाको विकास गर्ने’ सन्दर्भ लिन सक्नुहुन्छ (भिडियो अङ्ग्रेजी उप-शीर्षकहरूसहित क्यान्टोनिज भाषामा छ)।

*आत्म-सान्त्वनाले कुनै अभिभावकीय हस्तक्षेपबिना निद्रालु हुँदा आफै निदाउनसक्ने बच्चाको क्षमतालाई जनाउँछ। सबैभन्दा सामान्य सुत्ने बानीहरू ती हुन् जसले बच्चाको सिकाइ र उहाँहरूको आत्म-सान्त्वना सक्षमताको विकासमा बाधा पुर्याउन सक्छन्। यी खराब बानीहरूमा सुताउनको लागि स्तनपान गराउने, बच्चालाई हल्लाउने, मुसार्ने वा हिँड्ने पर्दछन्। यी ढाँचाहरू स्थापित तालिकाहरू भएपछि तपाईंको बच्चा निदाउनको लागि तपाईंको ध्यान र साथमा पूर्णरूपमा निर्भर हुनुहुन्छ। यी सुत्ने बानीहरूले अनावश्यक रूपमा तपाईंको अत्याधिक समय र ऊर्जा खपत गर्नेछन्।

मेरो बच्चा स्तनपान गर्दैगर्दा निदाउनुभयो भने? तपाईंले स्तनपान गराउन बन्द गरेर उहाँलाई नजगाइ बिस्तरामा सुताउन सक्नुहुन्छ। खाने समयमा निदाउने अवसरहरूलाई कम गर्नको लागि अर्को पटकबाट उहाँलाई केही समय छिटो खुवाउन सक्नुहुन्छ।

तपाईंको बचचालाई सिक्ने अवसर बाहेक, तपाईंको दृढ सङ्कल्प र स्थिरताले तपाईंको बच्चालाई राम्रो सुत्ने समयको तालिकाको विकास गर्न मद्दत गर्नेछन्। परिवारमा सबैजनाको बुझाइ, समर्थन र सहकार्यले तपाईंलाई लक्ष्य प्राप्त गर्न मद्दत गर्नेछ। तपाईंको बच्चालाई सुत्नमा समस्या छ भने, कृपया यो श्रृङ्खलाहरूको हातेपर्चा लोरी II-मेरो बच्चा निदाउनुहुन्न मा सन्दर्भ लिनुहोस्।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका अभिभावकका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।