आफ्नो शिशुसित सम्पर्क निर्माण- एक वर्षमुनिका शिशुका माता-पिताको लागि

(Content revised 02/2017)

परस्पर सम्वादको उपाय
प्रारम्भिक महीनाहरूमा, माता-पिताले आफ्नो शिशुसित मुख्य रूपमा भौतिक सम्पर्क, अनुहार तथा मौखिक अभिव्यक्ति मार्फत कुराकानी र सम्वाद गर्दछन्। तपाईंको शिशु हुर्किंदै जाँदा, सम्वादका कैयौं स्वरूपहरू सम्भव हुँदै जान्छन्। एक अन्तर्क्रियात्मक र सुसंगत तरीकाले उसित बोल्ने, गाउने, खेल्ने वा पढ्नाले तपाईंहरूले एकार्काको सान्निध्य महसूस गर्नु हुनेछ। यी कुराकानीहरूले एक जग बसाल्छन् जसमा तपाईंको शिशुले तपाईंसित उसका भावनात्मक सम्पर्क विकसित गर्दछ र यो उसको सामाजिक-भावनात्मक विकासको एक प्रमुख खुड्किलो हो। यसको अतिरिक्त, तपाईंको शिशुलाई सिकाउन र उसको विकासलाई टेवा पुऱ्याउनका लागि यी महत्वपूर्ण हुन्छन्।

शिशुसित कहिले कुराकानी गर्नु?

  • कुनै पनि बेलामा जहिलेसम्म उ थाक्दैन र तपाईं भ्याउनु हुन्छ।

सँगै के गर्नु पर्दछ?

  • जे पनि सुरक्षित हुन्छ त्यो गर्नु। यसमा कुनै नियत व्यवस्था वा उपाय छैनन्, जस्तै तपाईंको ह्याण्डब्यागमा रहेको रुमाल, तपाईंको शिशुलाई भुल्याउन एक खेल्ने वस्तु हुन सक्छ।
  • सबैभन्दा महत्वपूर्ण 'उपाय' हुनुहुन्छ तपाईं! एउटा फिक्री गर्ने दृष्टि, एक न्यानो मुस्कान, एक सौम्य थप्थपाई, एउटा म्वाई वा आलिंगनले शिशुलाई तपाईंको मायाको अनुभूति गराउन सक्छन्। यसका साथै उसको प्रतिक्रियाले तपाईंहरूलाई एकार्काको सान्निध्य बोध गराउनेछ।
  • उसको ध्यानाकर्षणको लागि तपाईंले उसित एक लयपूर्ण आवाजमा पढ्न सक्नु हुन्छ। त्यसको प्रतिउत्तरमा उसले तपाईंलाई ध्यानपूर्वक हेर्नेछ वा कहिलेकहीँ आवेगमा अल्लारिन्छ पनि।
  • कलिला शिशुहरू रंगीन तस्वीरहरू भएका लुगा वा कार्डबोर्ड पुस्तकप्रति आकर्षित हुन्छन्। विविध आकार, ध्वनि र बास्नाभएका पुस्तकहरूले अतिरिक्त प्रोत्साहन दिन्छन्।
  • तपाईंको लागि आफ्नो शिशुसित कुरा गर्ने संगीत एक उत्कृष्ट माध्यम हो। तपाईंले संगीतमा उसलाई विस्तारो उचालेर वा सँगै गुनगुनाएर उसका हात-खुट्टा हल्लाइदिएर उसित नाच्न सक्नु हुन्छ।
  • उ आफ्ना खुट्टामा भर दिन सक्षम भएको हुनाले, तपाईंले उसलाई समातेर वा आफ्नो काखमा उभ्याएर उसित नाच्न सक्नु हुन्छ। तपाईले उसित ऐना अगाडि उभिएर पनि नाच्न सक्नु हुन्छ।
  • कु-कु-हा, गुदगुदी, नर्सरी कवितालाई भाव-भंगिका साथ सुनाउनु पनि शिशुका साथ सम्वादका राम्रा खेल हुन्।
  • जहिलेसम्म तपाईं भौतिक र मनोवैज्ञानिक तवरमा संलग्न हुनुहुन्छ, कुनै पनि खेल मनोरञ्जक हुन्छन्।

सम्वाद कसरी गर्ने?

  • शिशुलाई तपाईंलाई आमुन्ने-सामुन्ने हेर्न दिनु होस्। तपाईंले उसका आँखासित आफ्ना आँखा जुधाउन निहुरिन वा उसलाई माथि हेराउन सक्नु हुन्छ।
  • उसको अनुहारका भाव-भंगी र शरीरको भाषामा ध्यान दिनु होस्।
  • उसका कुरा सुन्नु होस्।
    सुन्नु अनि सोही अनुरूप प्रतिक्रिया दिनु। उसको बाल-स्वर, उसले केही मागेको संकेत हुन सक्छ।
  • उसले के हेर्दै छ त्यसमा ध्यान दिनु होस्।
  • निम्न तरीकाले तत्काल उसको प्रतिक्रिया गर्नु होस्:
    • उसको ध्वनि वा कार्यको नक्कल गरेर
  • जब तपाईंले उसको नक्कल गरेर प्रतिक्रिया दिनु हुन्छ, उसले गरेका काममा तपाईं रूचि राख्नु हुन्छ भन्ने उसले बुझ्नेछ। उसलाई तपाईंको पनि नक्कल गर्न सिकाउन सक्नु हुन्छ।
    • उसले भन्न खोजेको कुरा बुझ्ने प्रयास गर्नु होस्।
  • आवेगमा तपाईंको शिशु कित्करिन्छ र अल्लारिन्छ भने, उसित तपाईं खेलिरहेको उसले चाहेको हुन सक्छ। यदि उ चुप लागेर अर्कातिर फर्किन्छ भने, उसलाई रूचि छैन वा उ थकित भएको हुन सक्छ। त्यसो हूँदा खेल्न छाडेर उसलाई विश्राम गर्न दिनु होस्।
    • उसलाई सिक्नमा मद्दत गर्नको लागि तपाईंले जे देख्नु वा सुन्नु हुन्छ त्यसको वर्णन गर्नु होस।
  • उसलाई जुन वस्तुमा रूचि छ त्यसको नाम भन्नु होस्, जस्तै उसले बल छोएको छ भने भन्नु होस्, 'बल'।
  • के भयो वा हुँदैछ त्यसबारे कुरा गर्नु होस्, जस्तै चम्चा खसेको छ भने भन्नु होस्, 'चम्चा खस्यो'।
    • आफ्ना शब्दहरू बुझाउन अभिनय र हाउ-भाउको प्रयोग गर्नु होस्। उसले पनि बोल्नेअघि आफ्ना हाउ-भाउ देखाउन सिक्नेछ।
    • उसको प्रतिक्रियाको प्रतीक्षा गर्नु होस्। बोलिमात्र नरहनु। पर्खिनु र शिशुलाई आफ्नो तरीकाले अभिव्यक्ति दिन अधिक अवसर प्रदान गर्नको लागि उसलाई पालो दिनु होस्।
  • पुनरावृत्तिले उसलाई बुझ्न र स्मरण गर्न मद्दत गर्छ। जति सम्भव हुन्छ, नयाँ शब्द र हाउ-भाउलाई दोहोऱ्याउने भिन्न उपायहरू खोज्नु होस्। हाउ-भाउका साथ उसका प्रिय नर्सरी कविताहरू दोहोऱ्याएर गाउनु हो्स्। स्वयम दोहोरिने धून र शब्दहरूले उसलाई सिक्नमा मद्दत गर्नेछन्। फलस्वरूप, उसले तपाईंको नक्कल गरेर कतिपय शब्दहरू गाउने छ।
  • उसले जे जानिसकेको छ त्यसलाई अगाडि बढाउँदै एउटा नयाँ अवधारणा थप्नु होस्। उदाहरणको लागि, उसले एउटा ब्लक उठाउन जान्दछ भने, त्यसलाई एउटा भाँडोमा हाल्न सिकाउनु होस्। उसले शब्दहरू भन्न जानिसकेको छ भने, जस्तै 'कुकी', उसलाई 'ब्रेड' र 'केक' जस्ता अन्य शब्दहरू पनि भन्न सिकाउनु होस्।
  • पढाई मार्फत एक नयाँ अनुभव थप्नु होस् जस्तै, कथाको चरित्र उसलाई दिनु होस्। 'हेर! सारा नुहाउँदै छिन्।' तपाईंले कथालाई जीवन्त पनि पार्न सक्नु हुन्छ, जस्तै तस्वीरमा भएको छाउरोलाई देखाएर भन्नु होस्, 'डगी सुत्न गयो। नानी सारा पनि अब सुत्न जान्छिन्'
  • तपाईं के महसूस गर्दै हुनुहुन्छ भन्ने बुझ्न सक्ने भएकोले उसित शान्त र सुखद मनःस्थितिमा कुरा गर्नु होस्।

12 महिना पुगिसके पछि,यदि तपाईको शिशुले:

  • हेरविचार गर्ने व्यक्तिसँग आँखा जुध्याउन नसकेमा
  • प्राय:उसको नाम बोलाउदा जवाफ नदिएमा
  • “बाई-बाई”, “मलाई दिनुहोस्” जस्ता इसारा गर्दा बोलाउदा जवाफ दिन नसक्नु
  • चाहेको कुरा माग्दा इसारा वा देखाएर कुरा गर्न नसक्नु जस्तै हेर्नु वा भेट्ने ठाउँमा हात लग्नु
  • नबड़बड़ाउँनु
  • राम्ररी नसुन्नु

बाल रोग विशेषज्ञ, परिवारको डाक्टर वा मातृ तथा शिशु केन्द्रका डाक्टर वा नर्सहरुसँग कृपया सल्लाह लिनुहोस् ।

शिशुसित सफलताका साथ सम्पर्क स्थापित गर्नको लागि तपाईंले उसको अनन्य स्वभाव बुझ्नु, उसको स्तरमा बोल्नु, उसका संकेतमा ध्यान दिनु, र उपयुक्त तरीकाले प्रतिक्रिया दिनु आवश्यक छ। शिशुसित यो लीफ्लेटमा भएका अवधारणाको प्रयोग गर्नु होस् र सँगै हुँदाको मनोरञ्जनको आनन्द लिनु होस्।

आमा-बुवा बन्न आँटेका, नवजात र प्री-स्कूले नानीका आमा-बुवाहरूका लागि हामीले श्रृंखलाबद्ध "सुखद पालन-पोषण!"कार्यशालाहरू सञ्चालन गर्दछौं र लीफ्लेट बनाएका छौं। जानकारीको लागि कृपया हाम्रो स्वास्थ्य-हेरचाहकर्तालाई सम्पर्क गर्नु होस्।

परिवार स्वास्थ्य सेवा
वेबसाइट: www.fhs.gov.hk
24-घण्टा सूचना हटलाईनः 2112 9900