आफ्नो बच्चाको ज्वरोलाई व्यवस्थित गर्ने

(Content revised 04/2020)

ज्वरो भनेको के हो?

लगभग सबै बच्चाहरूलाई एकै समयमा वा अर्को समयमा ज्वरो आउँछ। ज्वरो आउने भनेको शरीरको तापक्रम सामान्य तापक्रमभन्दा उच्च हुनु हो। ज्वरो आफैमा बिमारी होइन तर अन्तर्निहित बिमारीको लक्षण हुनसक्छ। यो शरीरको प्रतिरक्षा प्रणाली संक्रमणहरूसँग लड्ने संकेत हो। खोप लगाएपछि पनि ज्वरो आउन सक्छ।
शरीरको सामान्य तापक्रम कति हो?
सम्पूर्ण बालबालिकाका लागि सामान्य मानिने एउटा निश्चित तापक्रम रिडिङ छैन। एकजना बच्चाको शरीरको सामान्य तापक्रम बच्चाको उमेर, उसको क्रियाकलाप, उसको स्वास्थ्य अवस्था, दिनको समय र शरीरको तापक्रम मापन गरिएको भाग अनुसार भिन्न हुन्छ।

मापन विधि

शरीरको सामान्य तापक्रम

टिमप्यानिक (कान)

35.8°C देखि 38°C सम्म (96.4°F देखि 100.4°F सम्म)

काखी-सम्बन्धी (काखी)

34.7°C देखि 37.3°C सम्म (94.5°F देखि 99.1 °F सम्म)

रेक्टल

36.6°C देखि 38°C सम्म (97.9°F देखि 100.4°F सम्म)

चिकित्सकलाई कति बेला देखाउने?

  • तपाईंको बच्चालाई खोप लगाएपछि ज्वरो आउँछ भने, उ 2 देखि 3 दिनमा रिकभर हुने सम्भावना हुन्छ। तपाईंको काम भनेको उसको शरीरको तापक्रमको निगरानी गर्ने र शान्तिपूर्वक घरमा बसी उसको ज्वरोलाई प्रतिबन्ध गर्ने हो।
  • तपाईंको बच्चालाई ज्वरो आएको छ तर खोप लगाएपछि ज्वरो हट्छ भने, तपाईंले कारण जान्नका लागि उसलाई चिकित्सककोमा लैजान आवश्यक पर्छ। यद्यपि, तपाईंको बच्चा 2 महिना वा सोभन्दा कम उमेरको छन्, उसको प्रतिरक्षा प्रणालीमा समस्या छ वा अन्य विशेष समस्याहरू छन् र उसको शारीरिक तापक्रम सामान्य दायराको माथिल्लो सीमाभन्दा बढी छ भने, तपाईंले उसलाई तुरुन्तै चिकित्सककोमा लैजनुपर्छ
  • तपाईंको बच्चालाई जुन कुनै कारणले ज्वरो आए तापनि, बच्चालाई निम्न मध्ये कुनै पनि एउटा लक्षण देखा पर्छ वा तपाईं चिन्तित तथा परिशान हुनुहुन्छ भने, तपाईंले बच्चालाई तुरुन्तै चिकित्सककोमा लैजानुपर्छ:
    • मुर्छा पर्ने
    • बिबिरा आउने
    • स्वस्थ नहुने वा राम्रोसँग नखाने
    • निरन्तर रूपमा ज्वरो आउने
    • शरीरमा पानी कम हुनेका लक्षणहरू देखा पर्ने, जस्तै मुख सुख्खा हुने, आँसु नआउने, समग्र रूपरङ कमजोर हुने, आँखा गढ्ने र टाउको कहीँ-कहीँ नरम हुने

ज्वरोलाई घरमा व्यवस्थापन गर्ने

उपचारको उपचार र निर्देशनको पालना गर्ने बाहेक, घरमा ज्वरोलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।

1. तपाईंको बच्चाको शारीरिक तापक्रमको निगरानी गर्ने

तपाईं बच्चालाई ज्वरो छ वा छैन भनी निश्चित हुन चाहनुहुन्छ भने, तपाईंले प्रत्येक 4 घण्टामा बच्चाको शरीरको तापक्रम मापन गर्न सक्नुहुन्छ।

सामान बालबालिकाहरूका लागि सामान्य तया प्रयोग गरिने थर्मोमिटरहरू

थर्मोमिटरका प्रकार

डिजिटल

इन्फ्रारेड टिम्पयानिक

तपाक्रम लिएको ठाउँ

  1. काखी
  2. मलाशय

इयर ड्रम

शुद्धता

  • सेन्सरलाई सही तरिकाले राख्न आवश्यक हुन्छ
  • मलाशयको मार्गलाई सामान्यतया सही मानिन्छ
  • सेन्सरलाई सही तरिकाले राख्न आवश्यक हुन्छ

लागत

सस्तो / वहनीय

धेरै खर्चिलो

सहजता

प्रयोग गर्न सहज

  • प्रयोग गर्न सहज
  • द्रुत रूपमा रिडिङ दिने

विशेष टिप्पणी

  • शिशुहरू तथा साना बालबालिकाहरूका लागि मुखबाट तापक्रम लिने कुरा सिफारिस गरिँदैन
  • काखीबाट तापक्रम लिने सुरक्षित हुन्छ र 3 महिनाभन्दा कम उमेका बालबालिकाहरूका लागि त्यसलाई अधिमान्य मानिन्छ
  • केही मानिसहरूले मलाशयको मार्गलाई अस्वीकार्य मान्न सक्छन् र बोवेलमा चोटपटक लाग्ने सम्भावित जोखिम हुन्छ

निम्न कुराहरू भएमा अनुपयुक्त

  • कान फोहोर वा तरल पदार्थले भरिएमा
  • टाउको / कानमा आघात भएको इतिहास भएमा

नोट: मर्करी थर्मोमिटर सहजै फुट्न सक्ने र त्यसमा विषाक्त मर्करी हुने भएकाले मर्करी थर्मोमिटरको प्रयोग नगर्नुहोस्।

तापक्रम कसरी लिने

मलाशय र काखी-सम्बन्धी विधिहरूका लागि डिजिटल थर्मोमिटर प्रयोग गर्ने
  • 70% मदिरामा डुबाइएको रूईले डिजिटल थर्मोमिटरको सेन्सरलाई रगड्नुहोस्।
  • थर्मोमिटरलाई स्विच अन गर्नुहोस्।

मलाशयसम्बन्धी विधि

काखीसम्बन्धी विधि

बल्ब इन्ड वा सेन्सरमा थोरै लुब्रीकेन्ट राख्नुहोस्।

उसलाई बिस्तारा वा तपाईंको हातमा माथितिर फर्काएर सुताउनुहोस्।

नवताज तथा साना शिशुहरूका लागि:
उसलाई माथि फर्काएर विस्तारामा सुताउनुहोस् र उसका खुट्टा माथि उठाउनुहोस्
6 महिना वा सोभन्दा बढी उमेरका बालबालिकाहरूका लागि:
उसको पेटलाई तल पार्ने गरी उसलाई आफ्नो ल्यापमा राख्नुहोस् र उसका खुट्टाहरूलाई आफ्ना थाईहरूको बीचमा राख्नुहोस्।

हकुका रूपमा थर्मोमिटरलाई उसको काखीमा सिधा सम्पर्क हुने गरी राख्नुहोस्।

उसलाई यो स्थितिमा स्थिर राख्नुहोस्। हलुकासँग थर्मोमिटरलाई उसको मलाशयमा आधादेखि 1 इन्चसम्म (1.3 to 2.5cm) घुसाउनुहोस्। त्यसलाई त्यहाँ राख्नुहोस् र त्यसलाई धेरै परसम्म नधकेल्नुहोस्।

बच्चाको शरीरको विरूद्धमा उसको पाखुरालाई दबाएर थर्मोमिटरलाई उक्त स्थानमा राख्नुहोस्।

  • बिप ध्वनि सुनेपछि थर्मोमिटर हटाउनुहोस्।
  • तपाईंले शिशुलाई कपडा लगाउँदा थर्मोमिटरलाई टाढा राख्नुहोस्। उसलाई सुरक्षित स्थानमा राख्नुहोस्।
  • तपाक्रम रिडिङ लिनुहोस्। त्यसपछि थर्मोमिटर बन्द गर्नुहोस्।
  • थर्मोमिटरलाई साबुन पानीले धुनुहोस् र त्यसपछि 70% मदिरामा डुबाइएको कटनले पुछ्नुहोस्।
टिम्प्यानिक थर्मोमिटरको प्रयोग गर्ने
  • उचित कार्यविधिहरू र सामान्य तापक्रम सीमाहरू थर्मोमिटरहरू अनुसार भिन्न- भिन्न हुने हुनाले तिनीहरूको बारेमा थाहा पाउन सधैं उत्पादकको निर्देशन म्यानुअलमा सन्दर्भ गर्नुहोस्।
  • प्रत्येक पटक थर्मोमिटर प्रयोग गर्दा नयाँ र सफा जाँच कभर प्रयोग गर्नुहोस्।
  • कानको नलीलाई सिधा गर्नका लागि कान तान्नुहोस्।
    • एक वर्षभन्दा कम उमेर: सिधै पछाडि तान्नुहोस्
    • एक वर्ष र सोभन्दा बढी उमेर: माथि र तल तान्नुहोस्
  • थर्मोमिटरलाई कानमा राख्नुहोस्
  • तापक्रमको रिडिङ लिनुहोस्:
    • दुई वटा कानहरूको बीचमा तापक्रम भिन्नता हुने सम्भावना हुनाले तापक्रम निगरानीको अवधिमा समान कानबाट तापक्रम लिनुहोस्।
    • एक समयमा समान कानबाट तीनपटक तापक्रम मापन गर्नुहोस् र उच्च रिङिङ लिनुहोस्।
  • स्याहार, सफाई र क्यालिब्रेशनको बारेमा उत्पादकका निर्देशनहरूमा सन्दर्भ गर्नुहोस्।

2. निर्देशित औषधि लिने

शरीरको तापक्रम सामान्य भन्दा उच्च भएर तपाईंको बच्चाले असहज महसुस गर्दा वा तपाईंको चिकित्सकद्वारा निर्दिष्ट गरिँदा, तपाईंले आफ्नो बच्चालाई निर्दिष्ट ज्वरो-कम गर्ने औषधि दिन सक्नुहुन्छ। बच्चालाई ज्वरो आउँदा मात्रै, प्राय: 4 देखि 6 घण्टाको अन्तरालमा निर्देशित औषधि दिनुहोस्। लेबुल ध्यानपूर्वक जाँच गर्नुहोस्, औषधि दिने मार्गहरूमा ध्यान दिनुहोस् र मात्राहरू र औषधि दिइएको समय सीमाभन्दा धेरै भएको छैन भनी सुनिश्चित गर्नुहोस्। ज्वरो कम गर्ने औषधि धेरै मात्रामा दिइएमा हानिकारक हुनसक्छ।
(कृपया विवरणका लागि बालबालिकाहरूमा गल्तीपूर्वक प्यारासिटामोल विषाक्त हुनेको रोकथाम को पुस्तिकामा सन्दर्भ गर्नुहोस्)

3. तपाईंको बच्चालाई सहज तरिकाले ड्रेसिङ गर्ने

एकदमै तातो र चिसो हुन नदिनका लागि आफ्नो बच्चालाई एकदमै सहज रूपमा ड्रेसिङ गर्ने। सूतिको कपडाले राम्रोसँग पसिना सोस्ने हुनाले सूतिको कपडा उत्कृष्ट रोजाइ हुन्छ। चिसो कपडाहरू परिवर्तन गरेर सुख्खा कपडाहरू लागउनाले तपाईंको बच्चाले थप सहज महसुस गर्नुहुनेछ।

4. कोठालाई हावादार राख्ने

कोठालाई हावादार र चिसो राख्नाले तपाईंको बच्चाको लागि वातावारणलाई थप सहज बनाउन मद्दत गर्छ। तपाईंले सन्झ्याल खोलेर, एयर कन्डिस्नर खोलेर वा पङ्खा चलाएर त्यसो गर्न सक्नुहुन्छ।

5. शरीरका तरल पदार्थहरूलाई प्रतिस्थापन गर्ने

ज्चरो आउँदा पसिना आउनाले शरीरमा तरल पदार्थको कमी हुन्छ। उक्त कमीलाई भरपाई गर्नका लागि आफ्नो बच्चालाई अतिरिक्त मात्रामा तरल पदार्थ दिनुहोस्। स्तनपान गर्ने शिशुहरूका लागि, आमाको दूधमा अत्यधिक मात्रामा पानी हुने हुनाले तपाईंले स्तनपान गराउने आवृत्तिलाई वृद्धि गर्न आवश्यक हुन्छ। आफ्नो बच्चामा पानीको कमी हुने संकेत हेर्नुहोस् र कुनै संकेत देखा पर्छ वा तपाईं चिन्तित हुनुहुन्छ भने आफ्नो बच्चालाई चिकित्सककोमा ल्याउनुहोस्।

6. पर्याप्त आराम र पोषण

तपाईंको बच्चालाई ज्वरो आउँदा, उसलाई थकान र निद्रा लागेको महसुस हुन्छ। उहाँलाई घरमा गएर पर्याप्त आराम गर्न दिनुहोस्। बच्चालाई खेलमैदान वा प्रिस्कूलबाट टाढा राख्नुहोस्। ज्वरोले पेटका पाचनका क्रियाकलापलाई पनि सुस्त पार्नेछ। खानेकुरा राम्रोसँग नपच्ने समस्या हुन नदिनुहोस्। बच्चाले अस्वीकार नगर्दासम्म सामान्य आहारलाई कम गर्न आवश्यक पर्दैन।

7. मनतातो पानीले स्पोन्ज गर्ने

टेपिड स्पोन्जिङ आफैंले बच्चाको तापक्रम कम गर्न मद्दत गर्नसक्दैन। यद्यपि, धेरैले यसलाई बच्चालाई निम्न अवस्थाहरू हुँदा उसलाई सहजता उपलब्ध गराउने एउटा तरिकाको रूपमा हेर्छन्:

  • मुखबाट सेवन गर्ने औषधि सेवन गर्न असक्षम
  • औषधि सेवन गरेपछि वान्ता गर्ने
  • अत्यधिक उग्र तथा उत्तेजित हुने

आफ्नो बच्चालाई मन-तातो पानी भएको बाथमा बसाल्नुहोस् र 5 देखि 10 मिनेटसम्म उसको शरीरमा पानी हाल्न धुने कपडाको प्रयोग गर्नुहोस्। चिसो पानी र मदिराले बच्चालाई कँपाएर अझै तापक्रम बढाउन सक्ने हुनाले चिसो पानी र मदिराको प्रयोग नगर्नुहोस्। पानी चिसो भएर बच्चाले काँप्न सुरु गर्छन् भने, बच्चालाई तुरुन्तै बाथबाट बाहिर निकाल्नुहोस्।

ज्वरो आएको आफ्नो बच्चाको स्याहार गर्ने र दिनमा र रातिमा उसको अवस्थाको निगरानी गर्ने कार्य अतृप्त र थकाऊ हुनसक्छ। तयार हुनुहोस् र आफ्नो परिवारका सदस्यहरूमा बालस्याहारको बारेमा कुराहरू साझा गर्नुहोस्। तपाईंसँग आफ्नो ज्वरो आएको बच्चाको बारेमा कुनै पनि प्रश्न वा सरोकारहरू छन् भने, अनुभवी अभिभावकसँग कुरा गर्ने प्रयास गर्नुहोस्। यदि आवश्यक भएमा, स्वास्थ्यस्याहरको कर्मचारीसँग परामर्श लिनुहोस्।

हामीसँग गर्भवती आमा र बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाहरूको लागि “सुखद पालन-पोषण!” कार्यशाला र पुस्तिकाको श्रृंखलाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।