हजुरबुवा-आमाको सहयोगमा पालन-पोषण

(Content revised 03/2013)

शिशु हेरचाहमा जब हजुरबुवा-आमा संलग्न हुन्छन, बुवा-आमाले सुसंगत र प्रभावकारी पालन-पोषणको लागि आफूभन्दा उमेर भएकाहरूका साथ राम्रो सम्वाद कायम राख्नु अनिवार्य हुन्छ।

  1. एकार्कालाई बुझ्नु
  2. * हजुरबुवा-आमालाई उनीहरूको दृष्टिकोणबाट बुझ्ने प्रयत्न गर्नु होस्। त्यसपछि आफ्ना अवधारणाहरूको शान्त तरीकाले वर्णन गर्नु होस्।

    • बुढा-पाकाहरूले नयाँ लाग्ने पालन-पोषणका कौशलहरूमा बाधा हाल्न सक्छन्।
    • परम्परादेखि चलिआएको तरीका र बानी बदलाउन त्यति सजिलो छैन (तपाईं स्वयम बदलिनु सरह)। उनीहरूलाई धैर्य र बारम्बार बुझाइयो भने अपेक्षित नतीजा पाइने छ।
  3. खुल्ला एवम सुखद सम्वाद
  4. * हाम्रा अपेक्षा र विचारहरूबारे अन्यलाई बुझाउने सरल तरीका हो उनीहरूलाई सोझै बताउनु। कसरी भन्नु पर्दछ, त्यो पनि महत्वपूर्ण छ।

    • हजुरबुवा-आमाको सहयोग प्राप्त गर्न चाहने माता-पिताहरूले हजुरबुवा-आमालाई बुझाउने प्रयास गर्नु पर्दछ जस्तै, “मिठाइ खायो भने टोनीको भोक मेटिने छ। यसबाट सबै चिन्तित हुनेछन् र यसले रात्रि भोजनको समयलाई खल्बल्याउने मात्र होइन अपितु उसको विकास र स्वास्थ्यलाई पनि असर पार्ने छ। तपाईंहरू उसलाई खुशी पार्न केही दिन चाहनु हुन्छ भने रात्रि भोजनपछि दिनु होस्।”
  5. एकार्काको सह्रनी र आदर गर्नु होस्
  6. * प्रशंसा प्रकट गर्नको लागि शब्दहरूका साथै सोही अनुरूप कार्य गरेर देखाउनु होस्।.

    • जस्तै, “आज मेरो बदलीमा येटीको हेरचाह गर्नुभएकोमा धन्यवाद। तपाईंले साँच्चै नै ठूलो उपकार गर्नु भयो!” “तपाईंले पकाउनुभएको खाना साह्रै मीठो थियो।”
    • तपाईंले उहाँहरूलाई रेस्त्राँ लैजान सक्नु हुन्छ, स-साना उपहार किन्दिन सक्नु हुन्छ, गफ गर्न वा कहिलेकाहीँ उहाँहरूको प्रिय क्रियाकलापमा सामेल हुन सक्नु हुन्छ।
    • तपाईंले आफ्ना बुज्रुकहरूको सह्रनी र आदर गर्नु हुन्छ भने, उनीहरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्ने छन्।
  7. आचरण प्रबन्धनमा निरन्तरता
      • पारिवारिक भेटघाट गर्नु।
      • बुनियादी नियमहरू बनाउनु।
      • परिवारका सबैले विविध परिस्थितिहरूको सामना गर्न र त्यसलाई मिलेर सुल्झाउने दृष्टिकोण र उपायहरू बुझ्दछन् भन्ने सुनिश्चित गर्नु होस्।
      • माता-पिताहरूले हजुरबुवा-आमाको सामू पालन-पोषण कौशलको प्रयोग गरेर यो कसरी गरिन्छ भनेर देखाउन सक्छन्।
    • निरन्तर देखेर, हजुरबुवा-आमाले विस्तार-विस्तारै यो सिप सिक्न सक्ने छन्।
    • पिता-माताले हजुरबुवा-आमालाई शिशुको आचरण व्यवस्थापनबारे सिक्न प्रेरित गर्न पनि सक्छन् जस्तै, उनीहरूका साथ पालन-पोषणको कार्यशालामा जानु वा उनीहरूको पहुँचमा सम्बन्धित सामग्रीहरू राख्नु।

परिवारमा हजुरबुवा-आमाको मूल्यवान योगदान हुन्छ र उनीहरू प्रशंसाका हकदार हुन्छन्। शिशु हेरचाहमा उनीहरू अनुभवी हुन्छन् र उनीहरू आफ्ना नाती-नातिनातर्फ मोहित हुनु स्वाभाविक हो। उनीहरूले हाम्रा नानीहरूको हेरचाह गरे भने, एक अपरिचित शिशु हेरचाहकर्तामा पैसा लुटाउने चिन्ताबाट हामी मुक्त हुने छौं।

प्रश्न र उत्तर

  1. मेरा माता-पिता मेरा नानीसित खेल्नमामात्र समय बिताउँछन् र उनीहरूको अनुशासनको ध्यान राख्दैनन्।
    • माता-पिताले हजुरबुवा-आमालाई आचरण व्यवस्थापन सिद्धान्तहरू र यसको औचित्यबारे बुझाउन सक्छन्।
    • हजुरबुवा-आमा र नानीहरूलाई, नियम कायम राख्नमा सहभागिता र जिम्मेवारीको बोध बढाउनको लागि नियमहरू बनाउनमा सामेल गराउनु होस्।
    • हजुरबुवा-आमालाई शिशुको नियम मान्ने आचरणको अनुगमनका लागि पनि निम्त्याउन सकिन्छ
    • हजुरबुवा-आमाले नियमहरूको पालना गर्दैनन् भने, माता-पिताले उनीहरूलाई शान्त स्वभावका साथ यसले गर्दा के परिणाम हुन सक्छ, त्यो बुझाउन सक्छन्, र त्यसपछि हजुरबुवा-आमा र शिशु दुबैलाई, सबैले मिलेर बनाएका नियमहरूको पालना गर्ने बोध गराउनु सक्छन्।
  2. म आफ्ना नानीहरूलाई फोहोर नपार्न सिकाउँछु तर हजुरआमाले सँधै फोहोर पार्नु हुन्छ। मैले मेरा नानीहरूलाई कसरी बुझाउनु?
  3. तपाईंले आफ्ना नानीहरूलाई यसरी बुझाउन सक्नु हुन्छ, “हामीले फोहोर-मैला जथाभावी फ्याँक्नु हुन्न। साफ-सफाई सबैको जिम्मेवारी हो। हुन सक्छ हजुरआमा सानी छँदा कसैले उहाँलाई जता-ततै फोहोर फ्याँक्नु राम्रो होइन भनेर बताएनन् होला। लामो समयदेखि उहाँलाई यो नराम्रो बानी बसिसकेको हूँदा अब उहाँलाई सपार्न गाह्रो छ। अब अगाडि तिमीले उहाँलाई विनम्रताले बुझाउनु र फोहोरलाई मैला फ्याँक्ने ढ्वांगमा हाल्न मद्दत गर्नु। आउ, उहाँका लागि राम्रो उदाहरण पेश गरौं, हुन्छ?”

  4. सासु-ससुराका साथ मेरो राम्रो छैन। यसबाट कसरी पार पाउनु हो, मलाई थाहा छैन।
    • जब दुई पक्षका अभिमतहरू भिन्न हुन्छन्, सम्वादका सक्रिय प्रयासका बावजूद पनि सहमतिमा पुग्नु सजिलो हुँदैन। त्यस्तो मामिलामा हामीले धैर्य राख्न र पत्ता नदिन सिक्नु पर्दछ।
    • मामिलालाई वृद्धजनहरूको दृष्टिकोणले हेर्ने प्रयास गर्नु होस् र तपाईंहरूका विचारमा रहेका मतभेदको वास्तविकतालाई स्वीकार गर्नु होस्।
    • उनीहरूसित कमसे कम विनम्र र लज्जालु भएर कुरा गर्ने प्रयत्न गर्नु होस्।
    • मित्रहरूसित कुरा गर्ने वा केही आरामदायक क्रियाकलापमा संलग्न भएर तपाईं तनावमुक्त हुन सक्नु हुन्छ।
    • त्यही पनि समस्या सुल्झिँदैन र झन् बिग्रन्छ भने, एक सामाजिक कार्यकर्ता लगायतका पेशेवारहरूको मद्दत माग्नु होस्।
  5. हाम्रा नानीहरूलाई लिएर मेरो जीवन-साथीको सँधै मेरा माता-पितासित झगडा हुन्छ, मैले कसरी मद्दत गर्न सक्छु?
    • उनीहरूको झगडा एक पारिवारिक मामिला हो।
    • घरका वृद्धजन र जीवन-साथीसित छुट्टा-छुट्टै कुरा गर्ने एक उपयुक्त समय निकाल्नु होस्।
    • एक मध्यस्थकर्ता बन्नु होस् र मामिलालाई निस्पक्ष रूपमा हेर्न र एकार्काको सह्रनी गर्नमा उनीहरूलाई मद्दत दिंदै परस्पर समझदारीलाई बढुवा दिनु होस्।
    • तपाईंले निस्पक्ष भई उनीहरूका कुरा सुनेर-बुझेर अनि उनीहरूको समर्थन गरेर आफ्नो चिन्ता प्रकट गर्न सक्नु हुन्छ।
    • तपाईंको फिक्रीपूर्ण आचरण र उनीहरूलाई ध्यानपूर्वक सुन्ने कार्यले उनीहरूका भावना शान्त पार्न र एक शान्तिपूर्ण चर्चा सुनिश्चित गर्न सक्छन्।
  6. मेरा सासु-ससुरासित मेरो राम्रो छैन र मेरा श्रीमानले मेरो पक्ष लिएनन् भने मैले के गर्नु पर्दछ?
    • वृद्धजनहरूको खिलाफ गएर तपाईंको पक्ष लिन अनुरोध गर्नाले समस्याको समाधान हुने छैन। यसले तपाईंका श्रीमानलाई झन् द्विविधामा पार्ने छ।
    • तपाईंका श्रीमान र तपाईंका माता-पिताबीच झगडा भयो भने तपाईंको स्थिति पनि यस्तै हुने छ।
    • कुनै झगडा उत्पन्न भएको खण्डमा व्यवहारिक उपाय हो, मामिलालाई शान्तिपूर्ण ढंगले सुल्झाउनु र मिलेर एक समाधान खोज्नु।
    • जीवन-साथीलाई आफ्नो श्रोताको रूपमा हेर्नु, झगडामा आफ्नो सहयोगीको रूपमा होइन।