पालन-पोषण गर्ने वा दबाब दिने

(12/2019 मा संशोधन गरिएको विषयवस्तु) (06/2020 मा फेरि प्रिन्ट गरिएको)

पालन-पोषण गर्ने वा दबाब दिने

अहिलेका आमाबुवाहरू आफ्ना बालबालिका शिक्षामा सफलताको लागि राम्ररी तयार छन् भनी सुनिश्चित हुन उत्सुक हुन्छन्। यद्यपि, हाम्रा बालबालिकालाई एकदमै छिटो धेरै दबाव दिनाले पनि उनीहरूको विकासको लागि राम्रो हुनुभन्दा पनि थप हानी हुन्छ भन्ने कुरा पनि सही हो।

मस्तिष्कको विकास: आधारभूत

बच्चाको मष्तिस्कको विकास बच्चालाई अध्ययन गर्नमा सहज बनाउनको लागि कत्तिको महत्त्वपूर्छ हुन्छ भनी जान्ने।

  • मस्तिष्कले शारीरिक प्रकार्य, सोचहरू र व्यवहारलाई नियन्त्रण गर्ने भएकोले स्वास्थ्यकर र सबै तर्फको मस्तिष्कको विकास एकदमै महत्त्वपूर्ण हुन्छ।
  • जन्मजात र वातवरणीय कारकहरू अन्तर-सम्बन्धित छन् र तिनीहरू दुवै स्वास्थ्यकर मस्तिषक विकासको लागि महत्त्वपूर्ण हुन्छ। बच्चाको जन्म भइसकेपछि वंशाणु र भ्रूण विकासको वातावरण जस्ता जन्मजात कारकहरूलाई परिवर्तन गर्न सकिँदैन भने, वातावरणीय कारकहरूलाई परिमार्जन गर्न सकिन्छ। मस्तिष्क विकाससँग आधारभूत वातावरणीय कारकहरूमा बालबालिकालाई पोषण खाना उपलब्ध गराउने, सकारात्मक आमाबुवा-बच्चाको सम्बन्ध र स्थिर र सुरक्षित घरको वातावरण जस्ता कुराहरू समावेश हुन्छन्।
  • बच्चाको विकाससँग मस्तिष्कको तान्त्रिक परिपथहरू संरचनामा थप जटिल र प्रकार्यमा प्रभावशाली बन्छ। मस्तिष्कको विकास निरन्तर प्रारम्भिक वयस्कतासम्म भइरहन्छ। एकदमै छिटो मस्तिष्कको विकास जन्म र तीन वर्षको उमेरबीच हुन्छ तर बालबालिकामा अध्ययन गर्ने क्षमता अझै पनि तीन वर्षपछि प्रभावकारी हुन्छ।

अहिले तपाईंलाई थाहा छ कि बच्चाको मस्तिष्को विकास सामान्य देखि थप जटिल संरचनाहरूमा हुन्छ, बालबालिकाको अध्ययनले पनि भवन निर्माणका ब्लकहरू जस्तै प्रगति गर्नुपर्छ। तपाईंले आफ्नो बच्चाको विकासात्मक स्तरको अनुसार उत्तेजना उपलब्ध गराउनुपर्छ। उदाहरणको रूपमा भाषा अध्ययन लिनुहोस्, तपाईंको बच्चाको भविष्यको अध्ययनलाई सहज बनाउन ठोस संस्थाको निर्माण गर्नुपर्छ। तपाईंको बच्चालाई वाक्यहरूमा शब्दलाई राख्नुभन्दा अगाडि शब्दहरू थाहा हुनुपर्छ।

उहाँको विकासात्मक स्तर भन्दा बाहिर मस्तिष्कको शक्तिलाई बढाउन दबाव दिनाले मद्दत गर्दैन। हरेक बच्चा अद्वितीय हुन्छन्। हामीलाई तिनीहरूको पूर्ण अन्तर्निहित शक्तिको विकासमा मद्दत गर्नको लागि उनीहरू बल र क्षमताहरूको अनुसारन उनीहरूको अध्ययनलाई अनुकूल बनाउन आवश्यक पर्छ।

योग्यता कक्षा र प्रशिक्षण कक्षाहरू बारे के ख्याल छ?

हङकङमा योग्यता कक्षा र प्रशिक्षण कक्षाहरू केही प्रख्यात छन्। यद्यपि, धेरैजसो दाबी गरिएको प्रभावकारिता मात्रै अस्थायी प्रशीक्षण प्रभावहरूको कारणले गर्दा हो जसमा कमजोर वैज्ञानिक ब्याक-अप छ र बालबालिकाको मस्तिष्कको विकासमा परिष्कृतको रूपमा हस्तक्षेप गर्नुहुँदैन। भर्खरै अध्ययन गरिएको सीपलाई दिर्घकालीन बनाउनको लागि, त्यसलाई प्राय: दैनिक जीवनमा अभ्यास गर्नुपर्छ। उदाहरणको लागि, दैनिक आधारमा वैदशिक भाषालाई प्रयोग नगरिकन त्यसलाई अध्ययन गर्ने अर्थपूर्ण हुनेछैन।

बच्चाको अध्ययनलाई धेरै प्रशिक्षण दिने र धेरै निर्धारण गर्नाले परिणाम स्वरूप नकरात्मक प्रभावहरूको क्रमलाई निम्ताउँदै बच्चाका आवश्यकताहरूलाई अस्वीकार गर्न सक्छ।

  • अभिभावक-बच्चाको अन्तरक्रियाको लागि थोरै मौका – त्यसको शीर्षमा, बच्चाले कक्षाहरू लिन इच्छा गर्दैन भने आमाबुवा-बच्चामा झगडाहरू हुन सक्छ। भावानत्मक नियमन र सामाजिक सीपहरूको विकास सहित बच्चाको विकासको लागि सकारात्मक आमाबुवा-बच्चाको सम्बन्ध हुन महत्त्वपूर्ण हुन्छ।
  • अध्ययनमा मनोरञ्जन र सन्तुष्टि गुमाउने – बालबालिकाले दीर्घकालमा अध्ययन प्रेरणालाई गुमाउन सक्छन् जसले सट्टामा उनिहरूको अध्ययन र विकासलाई प्रभाव पार्नेछ।
  • विश्राम र खेलको लागि थोरै समय – विश्राम गर्नको लागि तनाव अपर्याप्त समयमा निर्माण हुनसक्छ।
  • असन्तुलित विकास – बालबालिकालाई अन्वेषण, स्वतन्त्रता, समस्या-समाधान, सामाजिक सीपहरू र भावनात्मक नियन्त्रण जस्ता अन्य महत्त्वपूर्ण क्षमताहरूलाई विकास गर्न अवसरहरूको कमी हुन सक्छन्।

IQ जाँच आवश्यक छ?

धेरैजसो आमाबुवाहरूले आफ्नो बच्चाको बौद्धिकतालाई मूल्याङ्कन गर्ने विचार गर्नुभएको छ। केहिले IQ (बौद्धिक अनुपात) ले आफ्नो बच्चाका क्षमताहरूमा आभास दिन सक्छ र आफ्नो बच्चाको शिक्षामा उत्कृष्ट योजना बनाउनमा मद्दत गर्छ भनी सोच्न सक्छन्। अन्यले परीक्षणबाट आफ्नो बच्चाको क्षमतापानलाई पुष्टि गर्न उत्साहित हुन सक्छन् जसकारण उनीहरूले आफ्नो बच्चाको योग्यता ब्लुमलाई मद्दत गर्न कुनै समय गुमाउने छैनन्। तपाईंले आफ्नो बच्चालाई IQ जाँच दिनको लागि निर्णय गर्नुभन्दा अगाडि, निम्न कुराहरूमा ध्यान दिनुहोस्:

  • IQ जाँचहरूले बोध, समस्या समाधान गर्ने, मेमोरी र प्रक्रियाको गति जस्ता व्यक्तिका संज्ञानात्मक क्षमताहरूलाई मानकीकृत तरिकामा मापन गर्छ। यद्यपि, तिनीहरूमा सिर्जनशीलता, नेतृत्व र भावनात्मक नियमन जस्ता धेरै अन्य क्षमताहरू समावेश हुँदैनन्।
  • बच्चालाई बौद्धिकता उपहार दिइएको छ भनी मूल्याङ्कन गर्न, उहाँलाई एकदमै उत्कृष्ट दायरामा IQ गर्न आवश्यक पर्छ साथसाथै अन्य पक्षहरूमा असामान्य स्याहार वा गुणस्तरहरू।
  • विकासशील मस्तिष्कमा द्रुत परिवर्तनहरू र भर्खरका विद्यालय जानुपूर्वका बालबालिकामा सामान्यतया अस्थिर हुने कार्यसम्पादनको कारणले, भर्खरका बालबालिकामा IQ को परिणामले उनीहरूको स्थिरताबाट बौद्धिक आन्तरिक शक्तिलाई प्रतिबिम्बित गर्न सक्दैन। वास्तवमा, विद्यालय जानूपूर्वका बालबालिकाहरूलाई अध्ययन वा विद्यालय समायोजनमा कठिनाइहरू नहुँदासम्म IQ जाँचहरूको सिफारिस गरिँदैन।
  • शिक्षा ब्यूरो र हङकङमा अवस्थित स्वास्थ्य विभागले बालबालिका़मा पूर्ण रूपमा क्षमतापानलाई मूल्याङ्कन गर्न नियमित IQ जाँच उपलब्ध गराउँदैन।
  • IQ जाँचहरू सम्बन्धित प्रशिक्षण प्राप्त गरेको शैक्षिक वा क्लिनिकल मनोवैज्ञानिकहरू जस्ता योग्य मनोवैज्ञानिकहरूद्वारा गरिनुपर्छ।

IQ परीक्षणमा सीमितताहरू भएको कारणले, IQ मा एकदमै धेरै महत्त्व दिने आमाबुवाहरूले विकासका अन्य क्षेत्रहरूको लागि आफ्नो बच्चाको कौशललाई बेवास्ता गर्न सक्छन्। यसले पनि दुवै आमाबुवा र बच्चाको लागि अनावश्यक तनावहरू निम्त्याउन सक्छ।

तपाईं आफ्नो बच्चाको लागि उत्कृष्ट सहायक हुनुहुन्छ

  • Harvard University को प्रोफेसर Howard Gardner द्बारा प्रस्तावित बहुविध बौद्धिकताहरूको सिद्धान्त अनुसार, बालबालिकामा विद्यालय कार्यसम्पादन र IQ जाँच परिणामहरूबाट सङ्केत गरिएको ती बाहेक विभिन्न क्षमताहरू हुन सक्छ। ती क्षमताहरूमा सांगीतिक, अन्तर्वैयक्तिक, शारीरिक, प्राकृतिक र अन्तरव्यैयक्तिक आदि समावेश हुन्छन्।
  • तपाईंले आमाबुवाको रूपमा आफ्नो बच्चालाई बढी बुझ्नुहुन्छ। आफ्ना बच्चाका क्षमता र योग्यताहरूलाई नीरीक्षण गर्न र अन्वेषण गर्न केही समय बिताउनुहोस्। तपाईंले मनोरञ्जन र चुनौतीहरूबाट आफ्नो बच्चाको पूर्ण आन्तरिक शक्तिलाई महसुस गर्न उसको लागि क्रियाकलापहरूको प्रबन्ध गर्न सक्नुहुन्छ।
  • दैनिक अभिभावक-बच्चा खेल र क्रियाकलापहरूले तपाईंको बच्चालाई अध्ययन र विकासमा विविध अवसरहरू उपलब्ध गराउँछ। उदाहरणको लागि, आफ्नो बच्चासँग बिरूवा रोप्दा, तपाईंले उहाँलाई माटो भर्न (शारीरिक रूपमा), पातहरूको गणना गर्न (तार्किक-गणितिय), सम्पूर्ण प्रक्रियालाई व्याख्या गर्न (मौखिक) र बिरूवाको चित्र कोर्न (स्थानिक तथा कलात्मक) साथसाथै समय अनुसार बिरूवाको विकासलाई नीरीक्षण गर्न (प्राकृतिक) प्रोत्साहन गर्न सक्नुहुन्छ। उक्त आमाबुवा-बच्चा अन्तरक्रियाको परिपूर्णता प्रशिक्षण कक्षाहरूबाट प्राप्त गर्नसक्ने कुरा भन्दा धेरै हुन्छ। तपाईंले आफ्नो बच्चालाई प्रारम्भिक प्रशिक्षणका कक्षाहरूबाट बचाउन सक्नुहुन्छ।

तपाईंसँग आफ्नो बच्चाको विकाससँग सम्बन्धित कुनै पनि चिन्ता छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स वा चिकित्सकहरूसँग वा सम्बन्धित विशेषज्ञहरूसँग छलफल गर्नुहोस्।

थप पठनहरू:

बाल विकास, परिवार स्वास्थ्य विभाग, स्वास्थ्य विभाग सम्बन्धी पुस्तिकाहरू
http://s.fhs.gov.hk/rn7ut

FAQ, बाल मूल्याङ्कन सेवा, स्वास्थ्य विभाग
https://www.dhcas.gov.hk/en/faq.html

प्रतिभाशाली शिक्षा - प्रश्न र जवाफहरू, शिक्षा ब्यूरो
https://www.edb.gov.hk/en/curriculum-development/curriculum-area/gifted/index.html

पालन-पोषणका सूझावहरू: हङकङ, शिक्षा ब्यूरोमा आफ्नो प्रतिभाशाली बच्चा र प्रतिभाशाली शिक्षाबारे थाहा पाउने
https://www.edb.gov.hk/en/curriculum-development/curriculum-area/gifted/resources_and_support/others/parent.html

FAQ, प्रतिभाशाली शिक्षाको लागि हङकङ एकेडेमी
http://ge.hkage.org.hk/en/parents/faq

विकासशील बच्चाको केन्द्र, हर्वार्ड युनिभर्सिटी
http://developingchild.harvard.edu/index.php/activities/council/