साना बालबालिकाको साथमा घरबाट काम गर्दा शान्त रहनुहोस्

(फेब्रुअरी 2020)

साना बालबालिकाको साथमा घरबाट काम गर्दा शान्त रहनुहोस्

धेरैजसो आमाबुवाहरू यी दिनहरूमा घरबाट काम गर्न संघर्ष गर्नुहुन्छ, के तपाईं तीमध्ये एक हुनुहुन्छ? यहाँ ती विषयमा केही सुझावहरू छन्; तपाईंले बच्चाहरूको साथमा घरबाट काम गर्ने सम्बन्धी थप सुझाव-सल्लाहको लागि FHS वेबसाइटबाट QR कोड स्क्यान गर्न पनि सक्नुहुन्छ।

मानसिक तयारी

  • तपाईंसँग घरबाट काम गर्ने बारे कुनै प्रकारको आदर्शवादी आस्था छ वा छैन भनी जाँच गर्नुहोस्
  • यथार्थवादीव्यावहारिक अपेक्षाहरू सेट गर्नुहोस्
  • आफ्ना सीमितताहरू स्वीकार गर्नुहोस्
  • एकपछि अर्को गर्दै लक्ष्यहरू हासिल गर्नुहोस्
  • सानो लक्ष्य हासिल गरेपछि छोटो विश्रामहरू लिएर तनावलाई कम गर्नुहोस्
  • आफ्ना प्रयासहरूको कदर गर्नुहोस्

बच्चाहरूका लागि सीमाहरू सेट गर्नुहोस्

  • काम गर्ने खाली ठाउँ स्थापना गर्नुहोस्
  • तपाईंले घरबाट काम गर्नु अघि आफ्ना बच्चाहरूलाई व्यवस्था र नियमहरूको बारेमा बताउनुहोस्
  • काम गर्ने समयमा ढोका बन्द गर्नुहोस् वा लक गर्नुहोस्; साथै, बच्चाहरूलाई भित्र आउन नदिनका लागि सुरक्षा गेट प्रयोग गर्ने प्रयास गर्नुहोस्
  • नियमहरूलाई तस्विरहरू/पाठहरूमा रूपान्तरण गर्नुहोस्; तिनीहरूलाई ढोका/रेफ्रिजेरेटरमा बच्चाहरूको तालिकाहरूसँगै पोस्ट गर्नुहोस्
  • गैर-अनुपालन सम्हाल्नको लागि अगाडिको योजना बनाउनुहोस्:
    • शिशु र बच्चाहरू: शान्त पार्न दृश्यबाट ध्यान विचलित गराउनुहोस्/ हटाउनुहोस्
    • प्रिस्कूलरहरू: पहिले नै सहमत परिणामहरू दिनुहोस्
  • अनुपालनको लागि तुरून्तै प्रशंसा गर्नुहोस् + निरन्तर सहकार्य प्रोत्साहन गर्नुहोस्

अगाडिको योजना बनाउनुहोस्, लचिलो रहनुहोस्

  • रोजगारदाता र काम गर्ने साझेदारहरूलाई पहिले नै कार्य आवश्यकता र व्यवस्थाहरू बारे स्पष्ट पार्नुहोस्
  • आफ्ना सीमितता र आवश्यकताहरू संकेत गर्नुहोस्
    • "म निश्चित समयमा तुरून्तै प्रतिक्रिया जनाउन सक्दिन"
    • " म खाना खाएपछि कन्फेरेन्स कलहरू चाहन्छु"
  • गर्नु-पर्ने-सूचीको समीक्षा गर्नुहोस् र कार्यहरूमा प्राथमिकता दिनुहोस्
    • उदाहरण, बच्चाहरू सुतिरहेको बेला मानसिक रूपमा मागिरहेको कार्यहरू पूरा गर्नुहोस्
  • बारम्बार कार्यालय भित्र र बाहिर नगर्नका लागि काम गर्दा आवश्यक पर्ने कुराहरू जस्तै, पानी/ कफी/ स्न्याकहरू आफ्नो नजिकै राख्नुहोस्
  • होहल्ला बन्द गर्न हेडफोनहरूको प्रयोग गर्नुहोस्
  • आफ्नो योजनालाई पुन: प्राथमिकता दिन/ परिवर्तन गर्नको लागि लचिलो र तत्पर रहनुहोस्

बच्चाहरूलाई व्यवस्त राख्नुहोस्

  • पहिले नै तालिका सेट गर्नुहोस् र उपयुक्त गतिविधिहरूको व्यवस्था मिलाउनुहोस्
  • आमाबुवाले काम गर्ने समयको लागि विशेष गतिविधिहरू + मनपर्ने खेलौनाहरू बचत गर्नुहोस्
  • ठूला बच्चाहरूका लागि, एउटा "कार्यसूची" निर्दिष्ट गर्नुहोस्; समयमा कार्यहरू पूरा गरेकोमा प्रशंसा र पुरस्कृत गर्नुहोस्

बच्चाहरूलाई तपाईंको साथ चाहिन्छ

  • कामबाट बिदा लिन नबिर्सनुहोस्!
  • आफ्नो सम्बन्धलाई बढावा दिन आमाबुवा-बच्चाको दैनिक गतिविधिहरूका लागि छुट्टै समय सेट गर्नुहोस्