रोइरहेको बच्चालाई कसरी शान्त गर्ने

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: रोइरहेको बच्चालाई कसरी शान्त गर्ने

वाचक: तपाईंको बच्चा रूँदातपाईंले के गर्नुपर्छ?

दृश्यः बच्चा रोइरहेको बेलामा बुवा कोक्रोमा हेर्न जानुहुन्छ। उहाँले न्याप्पी हेर्नुहुन्छ र भिजेको देखेर न्याप्पी बदल्नुहुन्छ, त्यसपछि बच्चालाई आफ्नो हातमा लिएर विस्तारै हल्लाउनुहुन्छ।

वाचक: सर्वप्रथम, तपाईंको बच्चा किन रोइरहेको छ भन्ने कुरा जान्नुपर्छ। बच्चा आफ्ना आधारभूत शारीरिक आवश्यकताहरू सङ्केत गर्नका लागि रून सक्छ, उदाहरणको लागि, बच्चा भोकाउँदा वा डायपर भिजेको भएर असहज महसुस गरेको कारण रून्छ। अन्य समयमा, तपाईंको बच्चालाई तपाईंको अँगालो र शारीरिक निकटताबाट सुरक्षाको भाव आवश्यक पर्न सक्छ। बच्चाको रूवाइ उसका आवश्यकताहरूलाई सङ्केत गर्ने आधारभूत प्रकार्य भएकोले, उसलाई तपाईंले शान्त गर्न आवश्यक हुँदा सहज महसुस गराइ समातेर उसलाई बढी ध्यान दिनु पर्ने हो कि भनी चिन्ता नलिनुहोस्। बच्चाहरू 8 देखि 9 महिना उमेरको नहुँदासम्म उनीहरू तपाईंको ध्यानाकर्षण पाउनको लागि रूने क्षमतामा हुँदैनन्। त्यसैले, तपाईंले आफ्नो बच्चालाई समातेर उसलाई बढी ध्यान दिँदै हुनु हुनेछैन। तपाईं उसलाई उठाउनुअघि चरणबद्ध रूपमा उसको आवश्यकतामा ध्यान दिन सक्नुहुन्छ।

दृश्यः बुवाले बच्चालाई पसिना आएको छ वा छैन भनी विचार गर्न उसको घाँटी र ढाड छाम्नुहुन्छ।

वाचक: आफ्नो बच्चालाई शान्त पार्नको लागि एक पटकमा एउटा तरिका प्रयोग गरीहेर्नुहोस्। यसले तपाईंको बच्चा रूँदा सो स्थितिलाई सम्हाल्ने प्रभावकारी तरिका के हो भनी फेला पार्न तपाईंलाई सक्षम बनाउँछ।

दृश्यः बुवाले विभिन्न सम्भावनाहरू हेरेपछि बच्चालाई उठाउनुहुन्छ।

वाचक: धेरै चिन्ता लिने र हतार गर्ने काम नगर्नुहोस्। एकै समयमा धेरै तरिकाहरू अपनाउनाले तपाईंको बच्चा अत्यधिक उत्तेजित हुने तथा थप तनाव र असहज महसुस हुने अवस्थामा मात्र आउने छ। तपाईंले माथिका विधिहरू प्रयास गरिसकेपछि पनि तपाईंको बच्चा अझै तीव्र गतिमा रोइरहन्छ भने, उसलाई सम्भावित रूपमा पेट दुखेको हुन सक्छ। त्यसो हो भने, तपाईं उसलाई आफ्नो छाती र काँधमा ठाडो पारेर बोक्न सक्नुहुन्छ। विस्तारै हल्लाउनुहोस्। तपाईंको बच्चा शान्त भएपछि हल्लाउन कम गर्नुहोस्। तपाईंको बच्चा किन रोइरहेको छ भन्ने कुरा अझै पत्ता लागेको छैन भने, तपाईं उसलाई एउटा आरामसँग चुस्ने वस्तु दिएर प्रयास गर्न सक्नुहुन्छ। तपाईं आफ्नो बच्चालाई स्तनपान गराउँदै हुनुहुन्छ भने, उसलाई चुस्ने वस्तु नदिनुहोस् किनभने यसले निप्पलसम्बन्धी भ्रम पैदा गर्ने छ। उ एक महिनाको उमेर पुगेपछि मात्र उसलाई चुस्ने वस्तु दिनुहोस्। वा तपाईं आफ्नो बच्चालाई हल्लाउने कुर्सीमा राख्न सक्नुहुन्छ। यी भनेका रोइरहेको बच्चालाई शान्त पार्ने केही सुझावहरू मात्र हुन्। तपाईं बच्चालाई सान्त्वना दिने तरिकाबारे आफ्नो परिवार, आफन्त र साथीहरूलाई सुनाउन सक्नुहुन्छ। तपाईंले जुनसुकै विधिहरू प्रयास गरेपनि, तपाईंले सधैं आफ्नो बच्चालाई शान्त पार्न र आफ्नो बच्चाको सुरक्षालाई प्राथमिकता दिन जरूरत हुन्छ। तपाईंलाई आफ्नो बच्चा शान्त पार्न नसक्नेगरी रोइरहेको कारण केही चिन्ता र सरोकारहरू छन् भने, उसलाई मातृत्व तथा बाल स्वास्थ्य केन्द्रमा लैजानुहोस् वा आफ्नो पारिवारिक चिकित्सक वा बालरोग विशेषज्ञसँग परामर्श लिनुहोस्।