सामान्य सुताइ तालिकाको विकास गर्ने

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: सामान्य सुताइ तालिकाको विकास गर्ने

दृश्यः बुवा बच्चासँग खेल्नुहुन्छ।

आमा: नानी, सुत्ने बेला भयो।

बुवाः ओहो, नानी अब थकिसकिन्। नानीलाई मेरो अँगालोमा निदाउन देउ।

आमा: यो राम्रो कुरा होइन। तपाईंले नानीलाई समाउनुभयो भने मात्र नानी निदाउने छिन्। वास्तवमा, मैले नानीलाई सामान्य सुताइ तालिका विकास गर्नमा मद्दत गरिसकेको छु।

बुवाः सामान्य सुताइ तालिका?

आमा: हो

वाचक: तपाईंको बच्चा 2 देखि 3 महिनामा लागेपछि, तपाईंले उहाँलाई सामान्य सुताइ तालिका विकास गर्नमा मद्दत गर्न सक्नुहुन्छ। यो भनेको तपाईंको बच्चाले दैनिक रूपमा गर्ने विशेष क्रियाकलापलाई बच्चा सुत्ने बेलामा आवद्ध गर्ने हो। यसरी, बच्चाहरू क्रियाकलापहरूको श्रृङ्खलापछि आफैँ निदाउन सिक्छन्। बच्चाहरूका भिन्न-भिन्न विशेषताहरू हुन्छन्। तपाईं आफ्नो बच्चालाई उहाँका विशेषता र बानीहरूअनुसार निदाउने तालिकाहरू विकास गर्नमा मद्दत गर्न सक्नुहुन्छ। यहाँ दुई वटा उदाहरण छन्।

उप-शीर्षक: आफ्नो बच्चालाई दूध खुवाउनुहोस्। आफ्नो बच्चालाई डकार गराउनुहोस्। गुनगुनाउनुहोस्। तपाईंको बच्चा निन्द्रालु देखिँदा उहाँलाई बिस्तरामा राख्नुहोस्। बत्ती बन्द गर्नुहोस्।

वाचक: आफ्नो बच्चालाई दूध खुवाउनुहोस्। डकार गराउनुहोस् र गुनगुनाउँदै सुताउनुहोस्। तपाईंको बच्चा निन्द्रालु देखिँदा उहाँलाई बिस्तरामा राख्नुहोस्। बत्ती बन्द गर्नुहोस्।

वाचक: यहाँ अर्को उदाहरण छ।

उप-शीर्षक: आफ्नो बच्चालाई नुहाइदिनुहोस्। आफ्नो बच्चालाई दूध खुवाउनुहोस्। आफ्नो बच्चालाई डकार गराउनुहोस्। आफ्नो बच्चासँग कुरा गर्नुहोस। आफ्नो बच्चालाई बिस्तरामा राख्नुहोस्। मधुरो संगीत लगाउनुहोस्। बत्तीको प्रकाश कम गर्नुहोस्।

वाचक: आफ्नो बच्चालाई नुहाइदिनुहोस्। आफ्नो बच्चालाई दूध खुवाउनुहोस्। उहाँलाई डकार गराउनुहोस्। आफ्नो बच्चासँग केही कुराकानी गर्नुहोस्। बच्चा निन्द्रालु देखिँदा उहाँलाई बिस्तरामा राख्नुहोस्। मधुरो संगीत लगाउनुहोस् र बत्तीको प्रकाश कम गर्नुहोस्। उहाँलाई आफैँ निदाउन दिनुहोस्। आफ्नो बच्चाको लागि सामान्य सुताइ तालिका विकास गर्नाले तपाईंलाई बच्चाको स्याहार गर्न सजिलो हुन्छ।