आफ्नो लागि राम्रो हुनुहोस्

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक:आफ्नो लागि राम्रो हुनुहोस्

वाचक: बच्चा जन्मिँदा आमाबुवाको जीवनमा केही परिवर्तन र तनावहरू आउने छन्। आमाले बच्चा जन्माएपछि उहाँलाई भावनात्मक अस्थिरता हुने, भोक नलाग्ने, रूने, अनिद्रा हुने वा चिडचिड हुने जस्ता मनोदशासम्बन्धी परिवर्तनहरू आउन सक्ने कुरा विशेष रूपमा साँचो हो। आमाबुवाहरू यी मनोदशासम्बन्धी परिवर्तनहरूका बारेमा सचेत भएमा उहाँहरूलाई आफ्नो अवस्था बिग्रिनु र नियन्त्रण बाहिर जानु अघि आफ्नो मनोदशालाई राम्रोसँग नियन्त्रण गर्नमा मद्दत मिल्न सक्छ। तपाईं आफ्नो बच्चाको स्याहार गर्दा चिडचिड र उदास भएमा, तपाईंले आफूलाई शान्त पार्ने प्रयास गर्नुपर्छ। उदाहरणको लागि केही लामो श्वास लिनुहोस्, शान्त रहन वा शान्त हुनका लागि एक गिलास पानी पिउन आफूलाई सम्झाउनुहोस्। तपाईंको बच्चाको रूवाइ सहन नसकिने खालको भएमा, तपाईं उहाँलाई केही समयको लागि सुरक्षित स्थानमा राख्न सक्नुहुन्छ। त्यसपछि, आराम गर्नुहोस् र तनाव कम गर्नका लागि केही संगीत सुन्नुहोस्।

दृश्यः बुवा घर आएर आमालाई बोलाउनुहुन्छ

बुवा: प्रिय, ए प्रिय।

आमा: हाम्रो बच्चा दिनभरि रोइरहेको छ, म धेरै थाकेको छु र एकछिन आराम गर्न चाहन्छु।

बुवा: बच्चाको स्याहारमा थकाइ त लागिहाल्छ नि। जाउ म हेर्छु, तिमी आराम गर।

वाचक: तपाईंलाई बच्चाको स्याहारमा तनावमहसुस हुँदा, तपाईंको जीवनसाथी र तपाईंका परिवारका सदस्यहरू सहायताका महत्त्वपूर्ण स्रोत बन्नुहुन्छ। यसबाहेक, तनावको सामना गर्नका लागि अन्य सकारात्मक समाधानहरू प्रयास गरी हेर्नुहोस्। उदाहरणको लागि, तपाईं सुझाव-सल्लाहका लागि अनुभवी आमाबुवासँग कुराकानी गर्न वा हटलाइन केन्द्रहरूमा फोन गर्न सक्नुहुन्छ। तपाईं आवश्यक परेमा चिकित्सा पेशेवर वा सामाजिक कार्यकर्ताहरूसँग पनि सहायता लिन सक्नुहुन्छ।

उप-शीर्षक: स्वास्थ्य विभाग, पारिवारिक स्वास्थ्य सेवाको 24-घण्टा उपलब्ध सूचना हटलाइन 21129900। सामाजिक कल्याण विभागको हटलाइन 23432255। अस्पताल प्राधिकरणको मानसिक स्वास्थ्यको 24 घण्टा उपलब्ध हटलाइन 24667350। The Samaritan Befrienders Hong Kong 23892222.