आफ्नो बच्चा (1 देखि 4 महिनासम्म) सँग लगाव बनाउने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:आफ्नो बच्चा (1 देखि 4 महिनासम्म) सँग लगाव बनाउने

वाचक:
आफ्नो बच्चासँग अहिले नै लगाव बनाउनाले,
तपाईं दुई जनाबीच नजिकको सम्बन्ध निर्माण गर्न मद्दत मिल्छ
तपाईंले आफ्नो बच्चालाई आमुन्ने-सामुन्ने भएर
एक-अर्कालाई देख्न सकिने तरिकाले राख्नुहोस्
उप-शीर्षक: नजर मिलाएर आमुन्ने-सामुन्ने रहने गरी बस्नुहोस्
र एउटै स्तरमा नजर कायम राख्नुहोस्।
यस तरिकाले, तपाईंहरू दुबैले एक-अर्काको प्रतिक्रियालाई राम्रोसँग देख्न सक्नुहुन्छ।
उप-शीर्षक: अवलोकन गर्नुहोस्, त्यसपछि प्रतिक्रिया जनाउनुहोस्
तपाईंले आफ्नो बच्चालाई प्रतिक्रिया जनाउनुअघि उहाँका प्रतिक्रियाहरू अवलोकन गर्नुहोस्
उप-शीर्षक: आफ्नो बच्चाका आवाजहरूको नक्कल गर्नुहोस्
उहाँको कुहु-कुहु गर्ने आवाजको नक्कल गर्ने प्रयास गर्नुहोस्
उहाँले भन्न खोज्नुभएको कुराको अनुमान गरी सोही अनुरूप प्रतिक्रिया जनाउनुहोस्।
उप-शीर्षक: उत्साहपूर्ण भावहरूका साथ कुराकानी गर्नुहोस्
उत्साहपूर्ण भावहरूसहितको अनुहारले तपाईंको बच्चाको रूचिलाई जाग्रित गराउन सक्छ।
उप-शीर्षक: खेलौनाहरू थप्नुहोस्
तपाईंले आफ्नो बच्चाको ध्यान तान्नका लागि खेलौनाहरूको प्रयोग गर्न सक्नुहुन्छ।
उप-शीर्षक: तपाईंको बच्चाले रूचि नदेखाउँदा विश्राम लिनुहोस्
तपाईंको बच्चाले तपाईंले भनेका वा गरेका कुराहरूमा रूचि नदेखाउँदा
तपाईंले उहाँको ध्यान तान्नका लागि माथिका सीपहरूको प्रयोग गर्ने प्रयास गर्न
वा उहाँलाई विश्राम दिन सक्नुहुन्छ।
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk हेर्नुहोस्

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो