आफ्नो बच्चा (4 देखि 6 महिनासम्म) सँग लगाव बनाउने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:आफ्नो बच्चा (4 देखि 6 महिनासम्म) सँग लगाव बनाउने

वाचक:
यस चरणमा बच्चाहरू विभिन्न बनावटका खेलौनाहरू जस्तै हुन्छन्।
उहाँहरू अझै बोल्न नसके तापनि,
तपाईं उहाँहरूसँग खेलेर पनि
कुराकानी गर्न सक्नुहुन्छ।
तपाईंको बच्चासँग दुई तरिकाले कुराकानी गर्नु महत्त्वपूर्ण  हुन्छ ।
तपाईं दुई जनाले यस प्रक्रियालाई पालैपालो गर्नुपर्छ।
तपाईंले आफ्नो बच्चालाई आमुन्ने-सामुन्ने भएर
उप-शीर्षक: आमुन्ने-सामुन्ने भएर बस्नुहोस्
एक-अर्कालाई देख्न सक्ने तरिकाले राख्नुहोस्
एउटै स्तरमा नजर कायम राख्नुहोस्।
उप-शीर्षक: उत्साहपूर्ण भावहरूका साथ कुराकानी गर्नुहोस्
तपाईंले उहाँसँग कुरा गर्दा अनुहारका उत्साहपूर्ण भावहरू
र तीखो स्वर प्रयोग गर्न सक्नुहुन्छ।
उप-शीर्षक: तपाईंको बच्चाको प्रतिक्रियाको प्रतीक्षा गर्नुहोस्
सधैँ तपाईंको बच्चाको प्रतिक्रियाको प्रतीक्षा गर्नुहोस्।
उहाँको अनुहारका भाव र आवाजहरूमा ध्यान केन्द्रित गर्नुहोस्।
उप-शीर्षक: तपाईंको बच्चाको आवाजको नक्कल गर्नुहोस्
उहाँले तपाईंलाई जवाफ दिनमा रुचि देखाउँदा, उहाँले के भन्न चाहनुहुन्छ
अनुमान गर्नुहोस् र उहाँको आवाजको
नक्कल गर्नुहोस्, तपाईंको बच्चा रिसाउँदा, उहाँको स्थिति परिवर्तन
गर्नुहोस् र उहाँलाई आराम गर्न दिनुहोस्।
उप-शीर्षक: तपाईंको बच्चाको रुचिलाई पछ्याउनुहोस्
उहाँ शान्त हुँदा, उहाँसँग बोल्न र
खेल्न जारी राख्नुहोस्।
उहाँको रुचि कम नहुँदादासम्म उहाँसँग खेली राख्नुहोस्।
अहिले आफ्नो बच्चासँग लगाव राख्न सुरु गर्नुहोस्।
संक्षिप्त तर बारम्बार गरिने सञ्चारको माध्यमबाट
तपाईंहरू दुबैले एक-अर्कालाई धेरै बुझ्न सक्नुहुन्छ।
यसले तपाईं दुई जना बीच घनिष्ठ सम्बन्ध
निर्माण गर्न पनि मद्दत गर्छ।
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।
यो भिडियो स्वास्थ्य विभागको परिवार स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।