आफ्नो बच्चा (6 देखि 12 महिनासम्म) सँग लगाव बनाउने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक: आफ्नो बच्चा (6 देखि 12 महिनासम्म) सँग लगाव बनाउने

वाचक:
उप-शीर्षक: आमुन्ने-सामुन्ने भएर बस्नुहोस्
आफ्नो बच्चासँग कुराकानी गर्ने विशेष समयमा,
तपाईंले आफ्नो बच्चालाई आमुन्ने-सामुन्ने भएर
एक-अर्कालाई देख्न सकिने  तरिकाले राख्नुहोस्
र एउटै स्तरमा नजर कायम राख्नुहोस्।
उप-शीर्षक: आफ्नो बच्चाको प्रतिक्रियालाई अवलोकन गर्नुहोस्
यस तरिकाले, तपाईंहरू दुबैले एक-अर्काको प्रतिक्रिया राम्रोसँग देख्न सक्नुहुन्छ।
दृश्य: बुवा र बच्चा भुईँको गुन्द्रीमा आमुन्ने-सामुन्ने भएर बसिरहेका छन्।
दृश्य: बुवाले दुई वटा ब्लकहरूलाई एकसाथ राख्नुहुन्छ र बच्चाको अवलोकन गर्नुहुन्छ।
दृश्य: बच्चाले बुवातिर हेरेर उहाँको नक्कल गर्नुहुन्छ।
दृश्य: बुवाले बच्चाको प्रशंसा गर्नुहुन्छ।
आफ्नो बच्चाका अनुहारका भावहरूमा ध्यान दिनुहोस्
र उहाँले के कुरा भन्न चाहेर कुहु-कुहु गर्नुभएको हो सुन्नुहोस्।
उहाँलाई सोही अनुसार प्रतिक्रिया जनाउनुहोस्।
उप-शीर्षक: आफ्नो बच्चाको नक्कल गर्नुहोस्
तपाईं उहाँको आवाज र कार्यहरूको पनि नक्कल गर्न सक्नुहुन्छ।
उप-शीर्षक: आफ्नो बच्चालाई खेल्नका लागि मार्गनिर्देशन गर्नुहोस्
दृश्य: बुवाले बच्चाका आवाजहरूको नक्कल गर्नुहुन्छ र बच्चा हाँस्नुहुन्छ।
दृश्य: बच्चाले ब्लकलाई बास्केटमा राख्नुहुन्छ र बुवाले उहाँको कार्यको नक्कल गर्नुहुन्छ
उहाँले खेलौनाहरूमा कुनै पनि रूचि देखाउनु भएन भने तपाईंले उत्साहपूर्ण
भावहरूका अनुहार र स्वर प्रयोग गरेर
उहाँको ध्यान तान्न सक्नुहुन्छ।
उप-शीर्षक: नयाँ वस्तुहरू थप्नुहोस्
दृश्य: बच्चाले बुवाको कार्यलाई पछ्याउनु हुन्छ र ब्लकलाई बास्केटमा राख्नुहुन्छ।
दृश्य: बुवाले ताली बजाएर तीखो स्वरमा बच्चाको प्रशंसा गर्नुहुन्छ।
खेल्ने तरिकाहरू भिन्न-भिन्न भएमा
तपाईंको बच्चाको संज्ञानात्मक विकासमा वृद्धि गर्न मद्दत मिल्छ।
आफ्नो बच्चासँग खेल्ने क्रममा उहाँसँग कुरा गर्नुहोस्।
यसले तपाईंको बच्चाको भाषा विकासमा वृद्धि गर्न
र अन्तरक्रियाको प्रवाहलाई जारी राख्न मद्दत गर्छ।
उप-शीर्षक: अन्तरक्रियाको प्रवाहलाई जारी राख्नुहोस्
दृश्य: बुबाले ब्लक ढाक्नुहुन्छ र बच्चाले यसलाई कचौरा मुनि फेला पार्नुहुन्छ।
दृश्य: बुवाले आफ्ना हातहरूले ताली बजाउनुहुन्छ। बुवाले फेरि ब्लक लुकाउनुहुन्छ।
बुवा: बच्चा, ब्लक कहाँ छ?
दृश्य: बच्चाले त्यसलाई फेला पार्नुहुन्छ।
बुवा: वाह, तिमी सही छौँ। त्यो धेरै राम्रो हो।
उप-शीर्षक: विश्राम लिनुहोस्
तपाईंको बच्चाले खेल्नमा रूचि नदेखाउँदा
उहाँलाई विश्राम लिन दिनुहोस्।
तपाईंको बच्चासँग कुराकानी गर्ने कुनै निश्चित तरिका छैन।
तपाईंले आफ्नो बच्चासँग जहाँसुकै, जुनसुकै बेला खेल्नका लागि
सजिलै उपलब्ध हुने कुनै पनि कुराको प्रयोग गर्न सक्नुहुन्छ।
दृश्य: लिफ्ट लबीमा प्रतीक्षा गर्दा बुवाले बच्चालाई चाबीहरूको झुप्पो देखाउनुहुन्छ।
आफ्नो बच्चासँग लगाव बनाउनाले तपाईंलाई
आफ्नो बच्चाको भावना अझ राम्ररी बुझ्ने अनुमति मात्र दिँदैन।
यसले तपाईंको बच्चाको विकासका विभिन्न पक्षहरूलाई प्रोत्साहन पनि गर्छ।
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hkमा जानुहोस्।

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।