तपाईंको बच्चा अपरिचित व्यक्तिहरूलाई देख्दा डराउनुहुन्छ वा तपाईंसँग टाँसिनुहुन्छ?

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
तपाईंको बच्चा अपरिचित व्यक्तिहरूलाई देख्दा डराउनुहुन्छ वा तपाईंसँग टाँसिनुहुन्छ?

वाचक:

दृश्य: आगन्तुकहरू बच्चा, बच्चाको अभिभावक र हजुरआमालाई भेट्न जानुहुन्छ।

बच्चा सुरुमा रूनुभयो, त्यसपछि बिस्तारै आगन्तुकहरूलाई नजिक हुन अनुमति दिनुहुन्छर आफ्नो हेरचाहकर्ताहरूको साथमा उहाँसँग सम्पर्कमा आउनुहुन्छ।
लगभग 6 महिना उमेरको पुगेपछी बच्चाहरूले आफ्नो अभिभावक र
हेरचाहकर्ताहरूसँग घनिष्ठ सम्बन्ध बनाएका हुन्थे।
यस समयमा उनीहरूले
अपरिचित व्यक्तिहरूसँग भेट्दा असहज महसुस गर्न सक्छन् र डराउन सक्छन्।
आमा: नडराउनुहोस्। आमा यतै हुनुहुन्छ।
उपशीर्षक: बिस्तारै अपरिचित व्यक्तिहरूसँग घुलमिल हुने
बाबा: माफ गर्नुहोस्। उहाँ हाल अपरिचित व्यक्तिहरूसँग डराउनुहुन्छ।
कृपया उहाँलाई घुलमिल हुनका लागि केही समय दिनुहोस्

अपरिचित व्यक्तिहरूप्रति बच्चाहरूको प्रतिक्रिया भिन्न हुन्छ।बच्चाले अपरिचित व्यक्तिहरूको अगाडि देखाउने प्रतिक्रियाहरूका बारेमा संवेदनशील हुनुहोस्।
यदि उहाँ चिन्तित हुनुहुन्छ भने,
उहाँलाई उतिबेलै ती व्यक्तिहरूसँग अन्तरक्रिया नगराउनुहोस्।
उहाँ सुरक्षित भएको सुनिश्चित गर्न उहाँसँगै रहनुहोस्
र उहाँलाई बिस्तारै आगन्तुकसँग परिचित गराउनुहोस्।
दृश्य: आमा बच्चाबाट टाढा हुँदा बच्चा रोइरहेको अवस्था छ।.
त्यसपछि, आमाले उहाँलाई आफ्नो नजिक राखेर घर सफा गर्नुहुन्छ र बिस्तारै धेरै टाढा जानुहुन्छ।

उप-शीर्षक: सुरक्षाको भावना बढाउने
लगभग 6 महिनादेखि
तपाईंको बच्चा तपाईंको नजिक रहन चाहनुहुन्छ
र तपाईंसँग टाँसिन सक्नुहुन्छ।
तपाईं आफ्नो बच्चालाई आफ्नो वरिपरि भएको सुरक्षित स्थानमा राख्न सक्नुहुन्छ।उहाँसँग कुरा गरी रहनुहोस्।
उहाँ शान्त भएर बसेमा, तपाईं कम बोल्न सक्नुहुन्छ।उहाँले तपाईंलाई नखोज्दा उहाँबाट केही टाढा जानुहोस्।
तपाईंको धैर्यता र समयसँगै,
यो अक्रमिक पद्धति अपाउनुले तपाईंको बच्चालाई सुरक्षित महसुस गर्न मद्दत गर्छ।

उप-शीर्षक: परिचित स्याहारकर्ता (बेबीसिटर) को जिम्मामा छोड्नेदृश्य: आमाबुवाले बच्चालाई हजुरआमाको घर लैजाउनुहुन्छ।
उहाँहरूले हजुरआमालाई कम्फर्टरहरू दिनुहुन्छ र बच्चा शान्त नभएसम्म त्यहाँबाट जानुहुन्न।
कहिलेकाहीँ, तपाईंले आफ्नो बच्चालाई स्याहारकर्तासँग छोड्न आवश्यक पर्न सक्छ।
तपाईंको बच्चासँग परिचित एक भरपर्दो स्याहारकर्ता खोज्नुहोस्।
तपाईंको बच्चालाई मन पर्ने रूमाल वा खेलौनाहरू तयार राख्नुहोस्
र तिनीहरूलाई सान्त्वनाको रूपमा उहाँको छेउमा राखी दिनुहोस्।
तपाईंको बच्चा स्याहारकर्तासँग घुलमिल हुनुभएको छैन भने,
तपाईं उहाँलाई छोडेर जानुअघि
उहाँ शान्त नभएसम्म केही समय उहाँसँगै रहनुहोस्।
आफ्नो बच्चालाई छोडेर जाँदा सधैँ "गुडबाइ" भनेर जानुहोस्।
केही नभनिकन जाने नगर्नुहोस् किनभने तपाईं अचानक देखा नपर्दा तपाईंको बच्चालेअसुरक्षित महसुस गर्नु हुने छ।
छोडेर जाने बेला तपाईंको बच्चा
तपाईंसँग टाँसिदा उहाँलाई नधकेल्नुहोस्।
तपाईं शान्त र नम्र भएर उहाँलाई स्याहारकर्तासँग छोड्नुपर्छ।
तपाईंको बच्चाको विकासको क्रममा अपरिचित
व्यक्तिहरूको डर र विच्छेद चिन्ता
हुनु भनेको प्राकृतिक घटना हो।
तथापि, बच्चाहरू लगभग 18 महिनाको हुँदा यी डरहरू
बिस्तारै हराउने छन्।

थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।
यो भिडियो पारिवारिक स्वास्थ्य सेवा,
स्वास्थ्य विभाग (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।