व्यवहारमा सञ्चारका सीपहरू - के भइरहेको छ भन्ने बारे कुरा गर्नुहोस्

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:व्यवहारमा सञ्चारका सीपहरू - के भइरहेको छ भन्ने बारे कुरा गर्नुहोस्

वाचक:
सुश्री Siu: तेस्रो सीप भनेको “के भइरहेको छ भन्ने बारे कुरा गर्ने” हो।खेल खेल्दा, आमाबुवाहरूले आफूले गरिरहेको कुरा व्याख्या गर्नुहुन्छ र
एकै समयमा कार्य र शब्दहरू प्रयोग गर्नुहुन्छ।
उहाँहरूले कसरी गर्नुहुन्छ हेरौं!

दृश्य: बुवा Ah Kin आफ्नो छोरासँग भुईँको गुन्द्रीमा बसेर रिङहरू चाङ लगाउने खेल खेल्नुहुन्छर उहाँलाई खेलौना हाँस दिनुहुन्छ।
Kin: डक्की समात्नुहोस्। डक्की, त्यहाँ राख्नुहोस्।
तपाईंले त्यसलाई राख्न सक्ने प्वाल यहाँ छ। यो राखेर हेर्नुहोस्।
सुश्री Siu: उहाँहरूले रिङहरू चाङ्ग लगाउने खेल खेल्दै हुनुहुन्थ्यो।जब बुवाले खेलौना हाँसलाई माथि उठाउनुभयो, उहाँले "डक्की" भन्नुभयो।
उहाँले आफ्नो छोरालाई त्यहाँ राख्न सिकाउँदा,
उहाँले गरेर देखाउँदा उहाँले
आफूले भन्न खोजेको कुरा बच्चालाई बुझ्नमा मद्दत गर्न निम्न कुरा बोल्नुभयो:"डक्की यहाँ छ, त्यसलाई त्यहाँ राख्नुहोस्! यहाँ प्वाल छ, यसलाई प्रयोग गरी हेर्नुहोस्"


उप-शीर्षक: के भइरहेको छ भन्नेबारे कुरा गर्नुहोस्
दृश्य: बुवा Ah Kam र बच्चा Jo Jo ले लिफ्टको प्रतीक्षा गर्दै हुनुहुन्छ।
Jo Jo ले लिफ्टको बटन थिच्ने प्रयास गर्नुहुन्छ।
Ah Kam निहुरिनुहुन्छ र Jo Jo सँग आमुन्ने-सामुन्ने बसेर कुरा गर्नुहुन्छ।
Kam: नमस्कार! मायालु तपाईं बटन थिच्न चाहनुहुन्छ?

दृश्य: Jo Jo ले आफ्नो टाउको अँ भनेर हल्लाउनुहुन्छ, बुवा Ah Kam ले उहाँलाई उठाउनुहुन्छ रउहाँलाई बटन कसरी थिच्ने भनी देखाउनुहुन्छ।

Kam:प्रिया, यसमा बत्ति बल्छ।
हेर्नुहोस्! यो "बटन" हो! तपाईं यसलाई थिच्न चाहनुहुन्छ?

दृश्य: Jo Jo ले आफ्नो हात तन्काउनुहुन्छ र लिफ्टको बटन थिच्नुहुन्छ।
सुश्री Siu: जब बुवालाई आफ्नो छोरीले लिफ्टको बटन थिच्न चाहेको कुराथाहा भयो,
उहाँले बटन दबाउनुभयो र त्यससँग सम्बन्धित केही भन्नुभयो:
यसमा बत्ति बल्छ, यो "बटन हो"।

उप-शीर्षक: के भइरहेको छ भन्ने बारे कुरा गर्नुहोस्
दृश्य: बुवा Ah Kin, आमा Ah Ying र बच्चा Yau Yau फलफूल पसलमा हुनुहुन्छ।
Yau Yau ले कागती उठाउनुहुन्छ। Ah Kin निहुरिएर बस्नुहुन्छ।

Yau: ओहो!
Kin: यो कागती हो।
यो अमिलो छ। Yau Yau, तपाईंलाईलाई यो मनपर्‍यो?
“कागती”, कागतीहरू अमिलो हुन्छन्।
तपाईंलाईलाई यो मनपर्‍यो? उम!
सुश्री Siu: बुवाले आफ्नी छोरी कागतीमा इच्छुक भएको कुरा देख्नुभयो।
उहाँले छोरीलाई फलफूलको नाम रकागतीका विशेषताहरूबारे सिकाउने मौका लिनुभयो।

वाचक: थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।

 यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।