बोत्तलबाट दूध खाने बानी छुटाउने

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: बोत्तलबाट दूध खाने बानी छुटाउने

परिचारिका डा. एमी फुङ्ग पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभाग: तपाईंको बच्चाले कपबाट दूध पिउन सक्ने भएपछि, तपाईंले उहलाई बोत्तलबाट दूध छुटाउनमा मद्दत गर्नुपर्छ। बालबालिका अठार महिनाको पुगेपछि उनीहरूले बोत्तल प्रयोग गर्न बन्द गर्नुपर्छ।

वाचक: सुरु गर्नका लागि, तपाईंको बच्चालाई दिनको समयमा कपमा दूध हालेर दिनुहोस्। उहाँलाई कुर्सीमा बसेर पिउन दिनुहोस्। उहाँलाई सुरक्षित महसुस गराउनका लागि तपाईं उहाँसँगै बस्नुपर्छ। उहाँले कपबाट दूध पिउने बेलामा तपाईंले उहाँको प्रशंसा गर्नुपर्छ। तपाईं उहाँलाई सुइरोले पिउन पनि दिन सक्नुहुन्छ। उहाँलाई दिनको समयमा कपबाट दूध पिउन बानी परेपछि, सुत्नुभन्दा अगाडि उहाँलाई बोत्तल छुटाउनुहोस्। उहाँलाई आधा कप दूध र ब्रेड जस्तो केही खानेकुरा दिनुहोस्। उहाँले खाइसकेपछि, तपाईंले उहाँको दाँत माझिदिनुपर्छ, त्यसपछि सुत्ने समयमा कथा सुनाउनका लागि बिस्तरामा लैजानुपर्छ। उहाँ कथा सुनेर सन्तुष्ट भएपछि निदाउनु हुने छ।

परिचारिका डा. एमी फुङ्ग पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभाग: बोतलबाट दूध छुटाउने भनेको विकासको भाग हो। यसले बालबालिकाको दाँत किराले खानबाट रोक्छ। परिवारका सदस्यहरूको संयुक्त कार्यहरूले बालबालिकालाई सहज तरिकाले दूध छुटाउनमा मद्दत मिल्छ। यी कदमहरू ढिलो चाल्नाले बच्चाको उमेर बढ्दै जाँदा दूध छुटाउन झन् कठिन हुन्छ।