शिशुको फर्मुला कसरी तयार गर्ने र तपाईंको बच्चालाई कसरी दूध खुवाउने

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: शिशुको फर्मुला कसरी तयार गर्ने र तपाईंको बच्चालाई कसरी दूध खुवाउने

वाचक: शिशुको फर्मुला कसरी तयार गर्ने र तपाईंको बच्चालाई कसरी दूध खुवाउने

वाचक: बच्चाको पोषणको लागि फर्मुला फिडको उचित तयारी महत्त्वपूर्ण छ र ब्याक्टेरियल संक्रमणलाई कम गर्छ।

शीर्षक: शिशुको लागि फर्मुला तयार पार्ने

वाचक: शिशुको लागि फर्मुला तयार पार्ने

दृश्यः बुवाले पानी उमाल्न विद्युतीय कितली अन गर्नुहुन्छ

उप-शीर्षक: उमाल्नको लागि पानी ल्याउनुहोस्

वाचक: पहिला, उमाल्नको लागि धाराको पानी ल्याउनुहोस्। विद्युतीय कितलीको प्रयोग गर्दा, यो स्वचालित रूपमा बन्द नहुँदासम्म पर्खनुहोस्। त्यसपछि 30 मिनटसम्मको लागि पानीलाई चिसो हुन छोड्नुहोस्, जसकारण पानीको अन्तिम तापक्रम 70°C भन्दा कम हुँदैन।

दृश्यः बुवाले तयारी क्षेत्रलाई सफा गर्न तौलियाको प्रयोग गर्नुहुन्छ र साबुन र पानीले आफ्ना हातहरू धुनुहुन्छ। त्यसपछि सफा तौलियाले आफ्ना हातहरू पुछेर सुख्खा बनाउनुहुन्छ।

उप-शीर्षक: क्षेत्रलाई सफा र किटाणुरहित बनाउनुहोस्

वाचक: तपाईंले खाना तयार गर्न लाग्नुभएको क्षेत्रलाई सफा गर्नुहोस्।

उप-शीर्षक: आफ्ना हातहरू धुनुहोस्

वाचक: त्यसपछि, आफ्ना हातहरू राम्रोसँग साबुन र पानीले धुनुहोस् र तिनीहरूलाई सफा तौलियाले पुछेर सुख्खा गराउनुहोस्।

दृश्यः बुवाले बोत्तल स्टेरिलाइजरबाट बोत्तल निकाल्नुहुन्छ र पानीलाई हल्लाउनुहुन्छ।

वाचक: बोतल स्टेरिलाइजरबाट बोत्तल निकाल्नुहोस् र बोत्तल र निप्पलमा रहेको अधिक पानी हल्लाएर फाल्नुहोस्। बोत्तल र निप्पलहरूलाई रसायनहरू प्रयोग गरी स्टेरिलाइज गरिएको छ भने तिनीहरूलाई उमालिएको पानीले पखाल्नुहोस्।

दृश्यः बुवाले बोत्तलमा पानी खन्याउनुहुन्छ

उप-शीर्षक: उमालिएको पानीको उचित मात्रा खन्याउनुहोस् (70°C भन्दा कम नभएको)

वाचक: 70°C भन्दा कम नहुने गरी उमालिएको पानीको उचित मात्रा बोत्तलमा खन्याउनुहोस्।

दृश्यः बुवाले फर्मुला दूधको क्यान निकाल्नुहुन्छ।

उप-शीर्षक: सही मात्रामा फर्मुला पाउडर थप्नुहोस्

वाचक: लेबुलमा व्याख्या गरिएअनुसार पानीमा फर्मुला पाउडरको सही मात्रा थप्नुहोस्। धेरै पाउडर थप्नाले डिहाइड्रेशन हुन सक्छ। अर्को तर्फ, पर्याप्त पाउडर नहुनाले पोषणको मात्रामा कमी हुनेछ।

दृश्यः बुवाले क्यानको भित्रबाट स्कूप निकाल्नुहन्छ।

उहाँले स्कूपमा फर्मुला पाउडरलाई नखादिकिन भर्नुहुन्छ र सफा, सुख्खा चक्कुको धारले यसको लेबुल निकाल्नुहुन्छ।

वाचक: फर्मुला पाउडरको क्यानमा उपलब्ध भएको स्कूपलाई नखादिकिन भर्नुहोस्। सफा, सुख्खा चक्कुको धारले यसको लेबुल निकाल्नुहुन्छ। सफा, सुख्खा चक्कुको धारले यसको लेबुल निकाल्नुहुन्छ। पाउडरलाई तल नखाद्नुहोस्।

दृश्यः बुवाले बोत्तलमा निप्पल र बिर्कोलाई जोड्नुहुन्छ।.

वाचक: निप्पल र बिर्कोलाई बोत्तलमा जोड्नुहोस्।

दृश्यः बुवाले पाउडर राम्रोसँग नघोलिँदासम्म बोत्तललाई हल्लाउनुहुन्छ।

उप-शीर्षक: पाउडरलाई घोल्नको लागि हल्लाउनुहोस्

वाचक: पाउडर राम्रोसँग नघोलिँदासम्म विस्तारै बोत्तललाई हल्लाउनुहोस्।

दृश्यः बुवाले चलिरहेको धाराको पानीको तल आधा बोतल राख्नुहुन्छ: बुवाले चिसो पानीको बेसिनमा आधा बोतल राख्नुहुन्छ।

उप-शीर्षक: दूधलाई चिसो बनाउनुहोस्

वाचक: त्यसपछि, दूध खुवाउनको लागि उपयुक्त तापक्रममा दूधलाई छिटो चिसो बनाउनुहोस्। चलिरहेको धारा मुनि आधा बोत्तललाई राख्नुहोस् वा चिसो पानीको बेसिनमा राख्नुहोस्।

दृश्यः बुवाले कागजको सफा तौलियाले पुछेर बोतलको सतहलाई सुख्खा बनाउनुहुन्छ।

वाचक: त्यसपछि, बोतलको सतहलाई सुक्खा बनाउनुहोस्।

दृश्यः बुवाले तापक्रम जाँच गर्नको लागि आफ्नो नाडीमा दूधको केही थोपाहरू खसाल्नुहुन्छ।

उप-शीर्षक: तापक्रम जाँच गर्नुहोस्

वाचक: दूध खुवाउनको लागि तापक्रम उपयुक्त छ वा छैन भनि सुनिश्चित गर्नको लागि आफ्नो नाडीमा दूधको केही थोपाहरू खसाल्नुहोस्।

शीर्षक: तपाईंको बच्चालाई बोत्तलले दूध खुवाउने

वाचक: तपाईंको बच्चालाई बोत्तलले दूध खुवाउने

दृश्यः बुवाले बच्चालाई समात्नुहुन्छ

वाचक: खाना खुवाउँदा, आफ्नो बच्चाको टाउको उसको शरीरभन्दा माथि हुने गरी उसलाई समाउनुहोस्।

दृश्यः बुवाले बोत्तललाई झुकाउनुहन्छ र निप्पलले विस्तारै बच्चाको मुखलाई छुनुहुन्छ।

वाचक: निप्पलले विस्तारै आफ्नो बच्चाको मुखमा छुनुहोस् र उनले आफ्नो टाउकोलाई निप्पलतर्फ मोड्छिन्।

उप-शीर्षक: बोत्तललाई झुकाउनुहोस्

वाचक: निप्पलमा दूध पुग्नेगरी बोत्तललाई झुकाउनुहोस्। यसले तपाईंको बच्चालाई दूध चुस्दा हावा निल्नबाट रोक्छ।

दृश्यः बच्चाले अघाएको सङ्केत देखाउँछ

उप-शीर्षक: अघाएको सङ्केतहरू देखाएपछि दूध खुवाउन बन्द गर्नुहोस्

वाचक: तपाईंको बच्चाले अघाएको सङ्केतहरू देखाएपछि दूध खुवाउन बन्द गर्नुहोस्, उदाहरणको लागि, उसले चुसाइ विस्तारै कम गर्दा, उसले चुस्न बन्द गर्दा वा बोत्तलबाट टाढा हुन खोज्दा पनि।

दृश्यः बोत्तलमा बाँकी रहेको दूध

उप-शीर्षक: बाँकी रहेको दूधलाई फाल्नुहोस्

वाचक: बाँकी रहेको दूधलाई फाल्नुपर्छ। खाएर बाँकी रहेको दूधलाई फेरि प्रयोग नगर्नुहोस्। आफ्नो बच्चालाई तौलिया वा सिरानीको आडमा बोत्तलले खान कहिल्यै पनि एक्लै नछोड्नुहोस्। यसले अड्किने वा श्वास रोकिने जोखिम बढाउन सक्छ।

दृश्यः दाँत खराब भएको तस्विर

उप-शीर्षक: दाँत किराले खाने

वाचक: बोत्तल मुखमा लिएर सुत्नाले पछि जीवनमा दाँत किराले खान सक्छ।

शीर्षक: आफ्नो बच्चालाई डकार गराउने

वाचक: आफ्नो बच्चालाई डकार गराउने

दृश्यः बच्चाले दूध सकेपछि, बुवाले उनलाई समात्नुहन्छ।

वाचक: आफ्नो बच्चाले दूध सकेपछि उनलाई डकार गराउनुहोस्। यसले उनलाई खाना खाएपछि दूध माथिआउनबाट रोक्न सक्छ। तपाईं खाना खाने अवधिमा उनी रोकिएपछि पनि उनलाई डकार गराउन सक्नुहुन्छ। डकार गराउने दुई वटा तरिका छन्:

दृश्यः बुवाले आफ्नो बच्चाको पिठ्युमा विस्तारै थपकी दिँदै वा मुसार्दै उनलाई सिधा समात्नुहुन्छ र उनको टाउकोलाई आफ्नो काँधमा राख्दै सहायता गर्नुहुन्छ।

वाचक: तपाईंले बच्चालाई केही मिनेटको लागि विस्तारै उसको ढाडमा थपथपाउँदा वा रगड्दा आफ्नो बच्चालाई ठाडो गरेर समाउनुहोस् र आफ्नो काँधमा उसको टाउकोलाई सहायता दिनुहोस्।

दृश्यः बुवाले बच्चालाई आफ्नो काखमा राखेर एउटा हातले उनको छाती र टाउकोलाई सहायता दिएर अर्को हातले विस्तारै उनको ढाडमा थपथपउने वा रगड्ने गर्नुहुन्छ।

वाचक: वैकल्पिक रूपमा, तपाईंले बच्चालाई आफ्नो काखमा राखेर एउटा हातले उसको छाती र टाउकोलाई सहायता दिएर अर्को हातले केही मिनेटसम्म विस्तारै उसको ढाडमा थपथपाउनुहोस् वा रगड्नुहोस्।

दृश्यः बुवाले बच्चालाई ठाडो स्थितिमा राख्नुहुन्छ।

वाचक: दूध खुवाएपछि, तपाईंको बच्चालाई 10 देखि 20 मिनेटसम्म ठाडो स्थितिमा समातेर राख्नाले दूध उकाल्न रोक्न सक्छ।

अन्तिम सट: स्वास्थ्य विभाग लोगो

स्वास्थ्य विभागले यो डिजिटल भिडियोको प्रतिलिपि अधिकारको स्वामित्व राख्छ।

यो डिजिटल भिडियो गैर-व्यवसायिक प्रयोगको लागि एकल रूपमा उत्पादन गरिएको हो।

यसलाई भाडा, बिक्री वा अन्यथा नाफामूलक परियोजनाहरूका लागि प्रयोग गर्नु हुँदैन।

2015 मा उत्पादित