बालबालिकामा क्याल्सियम आवश्यकताहरू पूरा गर्ने

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: बालबालिकामा क्याल्सियम आवश्यकताहरू पूरा गर्ने

वाचक: बालबालिका असाधारण रूपमा छिटो-छिटो हुर्किन्छन्।

उनीहरूको हड्डीको विकासमा सहायताका लागि उनीहरूलाई सन्तुलित पोषण, विशेषगरी पर्याप्त मात्रामा क्याल्सियमको आवश्यकता हुन्छ।

एकदेखि तीन वर्ष उमेरका बच्चाहरूलाई हरेक दिन 500 देखि 600 मिलिग्राम क्यालसियमको आवश्यकता हुन्छ।

चारदेखि छ वर्ष उमेरका बालबालिकालाई दिनहुँ 800 मिलिग्राम क्याल्सियम आवश्यक पर्छ।

बालबालिकाका लागि क्यालसियमको राम्रो स्रोत दूध हो।

सन्तुलित आहारसँग 360 देखि 480 मिलिलिटर दूध सेवन गर्नाले उनीहरूलाई हरेक दिन आवश्यक पर्ने पर्याप्त क्याल्सियम प्रदान गर्दछ।

बालबालिकालाई धेरै दूध पिएर खानामा अरूचि हुन नदिनका लागि, आमाबुवाले आफ्ना बालबालिकालाई दिनमा तीन वा चार पटक 120 मिलिलिटर जति दूध दिन सक्नुहुन्छ।

बालबालिकाले दूधको सट्टामा दही वा चिज खान सक्छन्।

चिजको एउटा स्लाइस वा दहीको आधा टबमा 150 मिलिग्राम जति क्याल्सियम समावेश हुन्छ, जुन 120 मिलिलिटर दूध बराबर हो।

दुग्ध उत्पादनहरू बाहेक, बालबालिकाले अतिरिक्त क्याल्सियम-युक्त खाद्यान्न स्रोतहरूको रूपमा क्यालसियम-फोर्टिफाइड सोयाको दूध, फर्म टोफु र गाढा हरियो सागसब्जीहरू खान सक्छन्।

बच्चाहरू प्रायः एक वर्षको उमेरपछि पहिलो पटक कपबाट दूध पिउन लाग्दा कम मात्रामा दूध पिउने गर्छन्।

हामी उनीहरूलाई क्यालसियमका पूरक स्रोतहरूको रूपमा चिज र दही दिन सक्छौं।

स्तनपान गराइरहेका बच्चाहरूलाई पर्याप्त मात्रामा क्याल्सियम प्राप्त गर्नका लागि चिज, दही र गाईको दूध खान आवश्यक हुन्छ।

बालबालिकाका लागि दूध वा दुग्ध उत्पादनहरू छनोट गर्दा, हामीसँग आमाबुवाका लागि केही सुझावहरू छन्ः

तपाईंको बच्चाले नियमित आहारमा मासु, माछा र सागसब्जीहरू खानुहुन्छ भने, तपाईं उहाँलाई फर्मुला दूधको सट्टामा गाईको दूध दिन सक्नुहुन्छ।

एक वर्षको बच्चाको लागि पूर्ण-फ्याट भएको गाईको दूध उत्कृष्ट छनोट हुन्छ।

दुई वर्ष वा सोभन्दा बढी उमेरका बालबालिकाका लागि, कम-फ्याट भएका दुग्ध उत्पादनहरू वा क्याल्सियम-फोर्टिफाइड सोयाको दूध उपयुक्त हुन्छ।

चिनीको मात्रा कम भएको दही छनोट गर्नुहोस्।

सादा दही उत्कृष्ट हुन्छ।

आहार बाहेक, बालबालिकालाई हड्डीको आरोग्य विकासका लागि शारीरिक क्रियाकलापहरू र पर्याप्त भिटामिन डी आवश्यक हुन्छ।

आमाबुवाले आफ्ना बालबालिकालाई दौड्ने, उफ्रने, बल खेल्ने जस्ता बाहिरी क्रियाकलापहरूमा लैजानुपर्छ र सूर्यको प्रकाशमा बढी देखाउनुपर्छ।

आउनुहोस्, हाम्रो र हाम्रा बच्चाका लागि शारीरिक क्रियाकलाप गर्ने बानी बसालौँ!

थप जान्नका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट www.fhs.gov.hk मा जानुहोस्