बच्चाको सुरक्षित सुत्नेआसन र वातावरण बच्चाको स्याहारकर्ता तपाईं हो

( भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: बच्चाको सुरक्षित सुत्नेआसन र वातावरण बच्चाको स्याहारकर्ता तपाईं हो

वाचक:  बच्चाको सुरक्षित सुत्नेआसन र वातावरण

बच्चाको स्याहारकर्ता तपाईं हो

बच्चालाई उत्तानो पारेर सुताउनुहोस्

उहाँलाई कोक्रोमा सुताउनुहोस्

उहाँलाई हकुला र आरामदायक कपडा लगाइदिनुहोस्   

उहाँलाई सिरानीको आवश्यकता हुँदैन

उहाँका हातहरू खुला छोडिदिनुहोस्

कोक्रोमा कुनै पनि नरम र भुवादार वस्तुहरू नराख्नुहोस्

म्याट्रेस र कोक्रोबीच कुनै खाली ठाउँ नराख्नुहोस् 

कोक्रोका ठाडो डण्डीहरूको दूरी 6 सेमिभन्दा कम हुनुपर्छ

बच्चाको कोक्रोलाई आमाबुवाको बिस्तारा नैजिकै राख्नुहोस्

केही कारणवश तपाईं र तपाईंको बच्चा एउटै बिस्तरामा सुत्नुपरेमा, उहाँलाई छुट्टै ब्ल्याङ्केट ओडाइदिनुहोस्; 3 महिनाभन्दा कम उमेरको बच्चालाई डालोमा राख्न सक्नुहुन्छ

तपाईं बच्चासँगै सुत्नुपरेमा मदिरा वा लागूऔषध सेवन नगर्नुहोस्।

राम्रोसँग हावा खेल्ने र आरामदायक तापक्रम कायम राख्नुहोस् परिवारमा कोही धुम्रपानकर्ता हुनु हुँदैन
बच्चालाई बिस्तरा वा सोफामा कुनै छेक्ने/रोक्ने वस्तु नराखिकन एक्लै नछाड्नुहोस्

अन्त्यमा, स्तनपानले SIDS (उपशीर्षकमा शिशुको आकस्मिक मृत्यु हुने सिन्ड्रोम) विरूद्ध बचाउन सक्छ, बच्चालाई दूध खुवाएपछि र डकार गराएपछि उहाँ निदाए जस्तो देखिएमा कोक्रोमा राखिदिनुहोस्। यसले उहाँको राम्रो सुत्ने बानी निर्माण गर्न मद्दत गर्छ।

कृपया www.fhs.gov.hk मा जानुहोस्