शिशुहरूलाई सकारात्मक तरिकाले कसरी अनुशासनमा राख्ने (18 - 24 महिना उमेरका लागि उपयुक्त)

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक :
शिशुहरूलाई सकारात्मक तरिकाले कसरी अनुशासनमा राख्ने
(18 - 24 महिना उमेरका लागि उपयुक्त)


वाचक :
1 वर्ष उमेरो सुरु गरेर
बालबालिकाले आफ्नो शारीरिक र भाषिक क्षमताहरूमा वृद्धि गर्छन्
उनीहरूले आफ्नै सीमाहरू परीक्षण गर्न सुरु गर्छन् र अझै पनि
उनीहरूको तार्किक विचार र निर्णय अपरिपक्व हुन्छ
अनिच्छित व्यवहार देखिन्छ तसर्थ
तपाईंको मार्गदर्शन वास्तवमै महत्त्वपूर्ण हुन्छ
सकारात्मक अनुशासनमा निम्न प्रमुख कुराहरूले
तपाईंको पालन-पोषण कार्यलाई सजिलो र सुखी बनाउने छन्

1. इच्छित व्यवहारको प्रोत्साहन र प्रशंसा गर्नुहोस्
तपाईंले आफ्नो बच्चाको सकारात्मक व्यवहारका लागि उहाँलाई प्रोत्साहन गर्नुपर्छ
र अनिच्छित कुराहरू सुधार्नुपर्छ
त्यसपछि, उहाँले
कस्तो व्यवहार इच्छित हुन्छ र कस्तो हुँदैन भनी सिक्नुहुन्छ
Julian ले आफूतिर आइरहेको बल उठाउनुहुन्छ
र यसलाई फुटबल खेलमा बच्चाहरूलाई फिर्ता गर्नुहुन्छ
Julian ले गरेको कुरालाई देखेर, बुवाले उहाँको प्रशंसा गर्नुहुन्छ
2. सामान्य नियमहरू तय गर्नुहोस्
सामान्य नियमहरू तय गर्ने कार्यले
तपाईंको बच्चालाई तपाईंका अपेक्षाहरू बुझ्न र पछ्याउन मद्दत गर्छ
सोही समयमा, तपाईं उहाँको अनुकरणीय व्यक्ति बन्नुपर्छ
बुवाले Julian लाई स्लाइडमा खेल्न जान दिनुअघि

"2 पटक खेलेपछि घर जाने' जस्ता
केही नियमनहरू तय गर्नुहुन्छ
3. तपाईंको बच्चालाई नियमहरू पालना गर्न मार्गदर्शन गर्नुहोस्
तपाईंको बच्चाले नियमहरूको पालना नगर्दा
तपाईं शान्त रहनुपर्छ
अनुहारमा स्थिर भावका साथमा उहाँलाई "होइन" भन्नुहोस्
र "होइन' इशारा गर्नुहोस्। यस कुरामा तपाईंले कराउनु पर्छ भन्ने हुँदैन
Julian भुइँमा बस्नुहुन्छ
र स्लाइडमा खेलिरहेका अन्य बच्चाहरूलाई अवरोध गर्नुहुन्छ
आमाले उसलाई त्यहाँ बाट उठ्न र बाटो नछेक्न अनुरोध गर्नुहुन्छ
तपाईंको बच्चाले कुरा सुन्नुहुन्छ र
नियमहरू पालना गर्नुहुन्छ भने उहाँलाई प्रशंसा गर्न सम्झनुहोस्
4. खतरनाक कार्यहरू शीघ्र सुधार्नुहोस्
आफ्नो बच्चाका खतरनाक कार्यहरू शीघ्र रोक्नुहोस्
स्लाइडबाट तल स्लाइड झरेपछि
Julian ले सिंढीहरूको सट्टामा स्लाइडबाट चढ्ने प्रयास गर्नुहुन्छ
आमाले उहाँलाई रोक्नुहुन्छ
उहाँ उदास देखिनुहुन्छ र झर्केर बोल्न सुरु गर्नुहुन्छ

शिशुहरूले भनेको नमान्दा र झर्केर बोल्दा

तपाईंके सामान्य अवरोध गरेर यसको सामना गर्न सक्नुहुन्छ

सकारात्मक अनुशासन भनेको
तपाईंको बालबालिकालाई राम्रो व्यवहार विकास गर्न
मद्दत गर्ने स्वीकारात्मक र गैर-हानिकारक तरिकाहरू हुन्
सबै स्याहारकर्ताको सम्मिलित प्रयासले
यसको सफलता र प्रभावकारीतामा योगदान पुर्‍याउँछ
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।
यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।