शौचालय प्रशिक्षण

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
शौचालय प्रशिक्षण

वाचक :
साना बालबालिकामा दिसा र मूत्रथैली नियन्त्रण
भनेको बिस्तारै सिक्ने प्रक्रिया हो
तपाईंले आफ्नो बच्चामा निम्न सङ्केतहरू देख्नुहुन्छ भने
जस्तै दिनको समयमा लगभग दुई घण्टासम्म सुख्खा रहने
सामान्य निर्देशनहरूको पालना गर्ने
तपाईंलाई इशारा वा शब्दहरूले शौचालयमा जान
आवश्यक भएको देखाउने
शौचालय जाने रूचिहरू राख्ने
उचित रूपमा अनुमान लगाउन सकिने गरी दिसा गर्न लागे जस्ता गतिविधिहरू देखाउने
वा डायपर फोहोर वा भिजेको हुँदा असहज महसुस गर्ने

यो तपाईंको बच्चालाई डायपर त्याग्नमा मद्दत गर्ने समय हो
शौचालय प्रशिक्षणका लागि तयार गराउने
सर्वप्रथम, उपयुक्त दिसा गर्ने भाँडलो ल्याउनुहोस्
र त्यसलाई तपाईंको बच्चाले सजिलै प्रयोग गर्न
सक्ने गरी निश्चित स्थानमा राख्नुहोस्
केटाहरूलाई पिसाबका छिट्टा उछिट्टिनबाट रोक्नका लागि अगाडिपट्टि
पिसाब गार्ड भएको दिसा गर्ने सिट उचित हुन्छ


उप-शीर्षक: उपयुक्त दिसा गर्ने भाँडो प्राप्त गर्नुहोस्
तपाईंले आफ्नो बच्चालाई वयस्क शौचालय प्रयोग गरेर प्रशिक्षण दिनुहुन्छ भने
सहायताका लागि आफ्नो बच्चाको खुट्टामूनि
बच्चाको शौचालय सिटसँगै स्टेपस्ट्रल पनि राख्नुहोस्
शौचालय प्रशिक्षण कसरी सुरु गर्ने
न्यानो मौसमहरूमा प्रशिक्षण सुरु गर्नुहोस्
तपाईंको बच्चाले केही थोरै लुगाहरू लगाउन सक्नुहुन्छ
यसले लुगाहरू लगाउन र खोल्न अझ सजिलो बनाउँछ
आफ्नो बच्चालाई प्रशिक्षण दिन
प्रत्येक दिन केही खाली समय निकाल्नुहोस्
आफ्नो बच्चालाई दिसा गर्ने भाँडोबारे थाहा दिनुहोस्
उहाँलाई त्यसमा बस्न लगाएर
शौचालय जाने चरणहरूको नाटक गरेर तथा गएर उहाँसँग खेल्नुहोस्
तपाईं र तपाईंको बच्चा तयार हुँदा
यो प्रशिक्षण सुरु गर्ने समय हो!


उप-शीर्षक: शौचालय समयको प्रबन्ध मिलाउने
सुरु गर्नका लागि, तपाईं उहाँको दिसा गर्ने ढाँचाअनुसार
उहाँलाई शौचालय जान अनुरोध गर्न सक्नुहुन्छ
त्यसपछि, उहाँका दिनचर्याहरूमा बिस्तारै उहाँको शौचालय समय राख्नुहोस्
उदाहरणका लागि, सुतेर उठेपछि, खाना खाएपछि वा सुत्न जानुअघि
आमा र Katie ले आफ्नो बिहानको नास्ता खाएर सक्नुभएको छ

आमाले Katie सँग शौचालय-प्रशिक्षणको तालिका सुरु गर्नुहुन्छ

आमाले Katie लाई दिसा गर्ने भाँडोमा बसाल्न लैजानुहुन्छ र उहाँको साथमा रहनुहुन्छ
सुरुमा दिसा गर्ने प्रशिक्षण दिन सजिलो हुने छ
तपाईंको बच्चाले दिसा गर्ने सङ्केतहरू देखाउँदा
उहाँलाई अत्ताएको छ वा छैन सोध्नुहोस्

र उहाँलाई दिसा गर्ने भाँडोमा बस्न प्रोत्साहन गर्नुहोस्


उप-शीर्षक: उचित आसनको बसाइ
उचित आसनको बसाइले दिसा गर्न सजिलो बनाउँछ
कुहिनोहरूलाई घुँडाहरूमा राख्दै
उहाँको हिपलाई घुँडाहरूभन्दा तल राख्नुहोस्
सीधा बसाल्नुहोस् र पेट फुल्लाएर जोर लगाउनुहोस्
शौचालय जाने चरणहरू
आफ्नो बच्चालाई शौचालय जाने क्रममा संलग्न हुने चरणहरूबारे बताउनुहोस्
सर्वप्रथम
तपाईंको बच्चाले आफूलाई शौचालय लागिरहेको कुरा तपाईंलाई बताउँदा
उहाँलाई शौचालय वा दिसा गर्ने भाँडोमा लैजानुहोस्
उहाँका प्यान्टहरू तल झार्न मद्दत गर्नुहोस्
शौचालय सिट वा दिसा गर्ने भाँडोमा बस्नुहोस्
त्यसपछि राम्रोसँग सफा गर्नुहोस्
प्यान्टहरू माथि तान्नुहोस्, शौचालय फ्लस गर्नुहोस् र हातहरू धुनुहोस्
केटाहरूलाई पिसाब गर्न सिकाउनका लगि

उहाँहरू बसेको अवस्थामा भएमा अझ सजिलो हुन सक्छ
तपाईं उहाँलाई पिसाबको छिटा पर्नबाट रोक्नका लागि
आफ्नो लिङ्ग तल गर्न पनि सिकाउन सक्नुहुन्छ
केही बालबालिकाले आफ्ना डायपरहरू खोल्न नमान्न सक्छन्
तपाईं उहाँहरूलाई डायपर लगाएर दिसा गर्ने भाँडोमा बस्न दिन सक्नुहुन्छ
तपाईं फोहोर डायपरलाई पछि दिसा गर्ने भाँडोमा राखेर
आफ्नो बच्चालाई देखाउन सक्नुहुन्छ
जब तपाईंको बच्चालाई यसमा बानी परेपछि
तपाईंले उहाँको डायपर खोली दिएर
उहाँ दिसा गर्ने भाँडोमा बस्नुअघि त्यसमा डायपर राखी दिन सक्नुहुन्छ
बच्चाहरूले सामान्यतया दिसा गर्दा पिसाब पनि गर्छन्
त्यसैले तपाईं उनीहरूलाई एक समयमा दुबै कुराको प्रशिक्षण दिन सक्नुहुन्छ
दिनको समयमा कटनको प्रशिक्षण पेन्टहरू प्रयोग गर्ने विचार गर्नुहोस्
तपाईंको बच्चालाई भिजेको वा फोहोर प्यान्टहरूमा

असहज महसुस हुँदा
उहाँले थप इच्छापूर्वक दिसा गर्ने भाँडो स्वीकार्नु हुने छ
दबाव नदिइकन, थप प्रोत्साहन गर्नुहोस्
तपाईंको बच्चाले दिसा गर्ने भाँडोमा बस्न प्रतिरोध गर्नुहुन्छ भने, उहाँलाई जबरजस्ती नगर्नुहोस्
पछि फेरि सोध्नुहोस्
सुरुवातमा
तपाईंको बच्चा दिसा गर्ने भाँडोमा बस्दा
उहाँसँग बस्नुहोस् र उहाँसँग कुरा गरेर,
उहाँलाई कथा सुनाएर वा उहाँसँग खेलेर
उहाँलाई थप आनन्दित गराउनुहोस्
तपाईंको बच्चाले दिसा गर्ने भाँडो सफलतापूर्वक प्रयोग गरेपछि, उहाँको प्रशंसा गर्नुहोस्
उहाँ केही समयसम्म
दिसा गर्ने भाँडोमा बसेता पनि
असफल हनुहुन्छ भने
तपाईंले अझै पनि उहाँको धैर्यताका लागि उहाँको प्रशंसा गर्नुपर्छ र उहाँलाई जान दिनुपर्छ
तपाईंको बच्चाले गल्तीपूर्वक आफ्ना प्यान्टहरूमा दिसा वा पिसाबगर्नुहुन्छ भने

शान्त भएर उहाँलाई सफा गर्नुहोस्
र उहाँलाई शौचालय जाने चरणहरूबारेसम्झाउनुहोस्
सम्झनुहोस्!
शौचालय प्रशिक्षणले बालबालिकालाई आत्म-नियन्त्रण हासिल गर्नमा मद्दत गर्ने लक्ष्य राख्छ
उहाँहरुलाई जबरजस्ती नगर्नुहोस् वा उहाँहरूलाई गाली नगर्नुहोस्
धैर्य हुनुहोस् र प्रत्येक दिन आफ्नो बच्चासँग अभ्यास गर्नुहोस्।
तपाईंको बच्चाले पर्याप्त मात्रामा फाइबर र तरल पदार्थ खानुभएको छ भनी सुनिश्चित गर्नुहोस्
यसले विशेषगरी शौचालय प्रशिक्षणको प्रक्रियामा
दिसा र पिसाब लगाउन मद्दत गर्छ।
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।
यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।