भावना र सम्बन्धहरूले महत्त्व राख्छन् – सामाजिक भावनात्मक विकासमा सहायता गर्ने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक: 
भावना र सम्बन्धहरूले महत्त्व राख्छन् – सामाजिक भावनात्मक विकासमा सहायता गर्ने


वाचक:
वाचक: सामाजिक भावनात्मक विकासमा सहायता गर्नको लागि
भावना तथा सम्बन्धहरूले महत्त्व राख्छन्
सुपर: सामाजिक भावनात्मक विकास

तपाईंको बच्चाका शारीरिक आवश्यकताहरूको ख्याल राख्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ
तर यसले उनीहरूको सामाजिक तथा भावनात्मक विकास पनि गरिरहेको छ।
सानै उमेरदेखि बालबालिकाका भावनाहरूलाई सम्बोधन गर्नाले
उनीहरूका भावनात्मक-नियमन र अन्तर व्यक्तिगत सीपहरू सहित
विभिन्न क्षेत्रहरूमा हुने उनीहरूको दीर्घकालीन विकासमा सहायता पुर्‍याउँछ।

उपशीर्षक: नवजात शिशुहरू:
वाचक: नवजात शिशुहरू।नवजात शिशुहरू बोल्न सक्दैनन् तर उनीहरूले आवाज र गतिविधिहरूमार्फत
विभिन्न भावनाहरू व्यक्त गर्न सक्छन्।
यो एक महिनाको बच्चालाई दूध खुवाएर कपडा
परिवर्तन गरी दिइएको छ तर पनि रोइरहनुभएको छ।
आमाबुवाहरूसँग के गर्ने भन्नेबारे कुनै उपाय छैन।
आमाकी काकीले बच्चाहरूहरू रूनु भनेको उनीहरूले
आफ्ना आवश्यकताहरू व्यक्त गर्ने एउटा सरल तरिका हो भनी सम्झाउनुहुन्छ।
सायद उहाँलाई असहज भएको छ वा साथी चाहनुहुन्छ।
उहाँले बच्चालाई उठाउन, अँगालो हाल्न र उहाँलाई सहज महसुस गराउनका लागिआमालाई प्रोत्साहन गर्नुहुन्छ।
जसकारण आमाले उहाँलाई राम्रोसँग उठाउनुहुन्छ र भन्नुहुन्छ,
आमा: ओहो! मम्मी यहाँ हुनुहुन्छ,…
वाचक: केही समयपछि, बच्चा रून बन्द गर्नुहुन्छ।

काकीले पनि आमालाई यो पनि भन्नुहुन्छ,
काकी: उहाँले अहिले आफ्नी आमाको आवाज पहिचान गर्न सक्नुहुन्छ।
त्यसैले उहाँलाई थप सुरक्षित महसुस गर्नमा मद्दत गर्नका लागि उहाँलाईथप अँगालो हालेर साथ दिई राख्नुहोस्।

उहाँलाई अहिले रून मात्र आउँछ जस्तो देखिन्छ,

तर उहाँले एक वा दुई महिनामा थप भावनाहरू देखाउनु हुने छ।

वाचक: बच्चा आफूलाई समातिँदै गरेपछि र आफ्नी आमाको कोमलआवाज सुनेपछि बच्चा बिस्तारै रून छोड्नुहुन्छ।

उपशीर्षक: विच्छेद चिन्ता
वाचक: विच्छेद चिन्ता।यो आमाले आफ्नो नौं महिनाको छोरालाई खेलकक्षमालिएर जाँदै हुनुहुन्छर उहाँ लामो समयसम्म नदेख्नुभएको साथीकहाँ जानुहुन्छ।
उहाँको साथीले बच्चालाई बोक्ने प्रयास गर्नुहुन्छ,
र बच्चा रून सुरु गर्नुहुन्छ।
आमाले पहिले आफ्नो बच्चालाई शान्त पार्नुहुन्छ।
त्यसपछि, केही समयसम्म एकसाथ खेलिसकेपछि,
आमाले बच्चालाई आफ्नो साथीको नजिक ल्याउनुहुन्छ।
बच्चाले उहाँलाई स्वीकार गर्न थाल्नुहुन्छ
र उहाँसँग खेल्दा हास्नुहुन्छ।

सुपर: विच्छेद चिन्ता

वाचक: बच्चाहरूले लगभग 8 महिनाबाट विच्छेदचिन्ता देखाउन थाल्छन्।बच्चा नयाँ मानिसको वरिपरि, नयाँ वातावरणमा
वा स्याहारकर्ताबाट अलग हुँदा,
बच्चा चिन्तित भएर रून सुरु गर्न सक्नुहुन्छ।
यी स्वाभाविक विकासात्मक प्रतिक्रियाहरूलाई स्वीकार गरेर,आमाबुवाले सुरक्षाको भावना विकास गर्न र बिस्तारैविच्छेदमा समायोजन हुनका लागि आफ्नो बच्चालाई मद्दत गर्न सक्नुहुन्छ।


उपशीर्षक: दुई वर्षीय बच्चामा देखिने परिवर्तनहरू
वाचक: दुई वर्षीय बच्चामा देखिने परिवर्तनहरू।
बच्चा दुई वर्ष लागेपछि,उहाँका भावनाहरू थप जटिल हुन्छन्।आत्म-अवधारणामा उहाँको विकासका साथ,
उहाँमा आफ्नै विचारहरूका थप भावनाहरू आउन थाल्छन्।
र उहाँ सहकार्य गर्न कम इच्छुक हुन सक्नुहुन्छ।

निम्न अवस्था तपाईंलाई परिचित लाग्छन्?
बुवाले आफ्नी छोरीलाई पार्कमा खेल्न जानका लागि
पोशाक लगाइदिँदै हुनुहुन्छ।
उहाँकी छोरीलाई गाह्रो हुन सुरु हुन्छ
र उहाँले प्रायः ट्राउजरहरू लगाउन अस्वीकार गर्नुहुन्छ।
छोरी:हुन्न!

वाचक: जसकारण बुवाले आफ्नी छोरीलाई बिस्तारै सहकार्य गर्नप्रोत्साहन गर्नुअघि धैर्यतापूर्वक शान्त पार्नुहुन्छ।
दुई-वर्षका बच्चाहरू सजिलै निराश हुन्छन्
र उनीहरूलाई समाल्न कठिन हुन सक्छ।
तर पनि, वस्तुहरूलाई उनीहरूको दृष्टिकोणबाट हेरेर
र धैर्यतापूर्वक मार्गनिर्देशन प्रदान गरेर,
आमाबुवाले उनीहरूलाई आफ्ना भावनाहरूलाई नियमन गर्न मद्दत गर्न सक्नुहुन्छ।

उपशीर्षक: विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू
वाचक: विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू।
प्रिस्कूल वर्षमा प्रवेश गर्ने,तपाईंको बच्चालाई आफ्ना साथीहरूसँग कसरी मिलेर बस्ने भन्नेबारे जान्न आवश्यक पर्छ।
तपाईंले उहाँलाई आफ्ना साथीहरूसँग खेल्नका लागि थप अवसरहरू दिन र
उहाँलाइ अरूका आवश्यकता र भावनाहरूको ख्याल राख्नमा मार्गनिर्देशन दिन सक्नुहुन्छ।बालबालिकाको समूह पार्कमा खुशीसाथ खेलिरहेको छ।
बच्चाकी हजुरआमा र बुवाले समूह खेलिरहेको हेरेको बेलामा
हजुरआमाले यसो भन्नुहुन्छ
हजुरआमा: तपाईंको छोरा सधैँ खेल्नु मात्र हुन्छ।

तपाईंले उहाँलाई किन कुनै पनि कक्षामा भर्ना गर्नुहुन्न?
वाचक: बुवाले असहमति जनाएर भन्नुहुन्छ,
बुवा: खेल बालबालिकाका लागि महत्त्वपूर्ण हुन्छ।
अरूसँग कसरी मिलेर बस्ने भनी सिक्ने क्रममाउनीहरूले रमाइलो गर्न सक्छन्।
वाचक: उनीहरूले कुरा गर्दा, बाबुले स्प्रिङ राइडरमामाअर्को बच्चासँग बहस गर्न सुरु गर्नुहुन्छ।
छोरा: पहिले म! वाह...
बच्चा: हुन्न! म खेल्दै छु!

वाचक: त्यसपछि बुवा हिँडेर आफ्नो बच्चालाई शान्त पार्नुहुन्छर उहाँहरूलाई पालो लिन प्रोत्साहन गर्नुहुन्छ।
विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरूले आफ्ना रअरूका भावनाहरू छुट्टाउन सुरु गर्छन्।उनीहरू आफ्ना साथीहरूसँग पनि खेल्न चाहन्छन्।
तर उनीहरूलाई अझै पनि अन्तर व्यक्तिगत सीपहरू विकास गर्ने कार्यमा
अभिभावकको निर्देशन आवश्यक पर्छ।
बालबालिकाले जन्मदेखि नै विभिन्न भावनाहरू व्यक्त गर्छन्।
उनीहरूका विकासात्मक आवश्यकताहरूमा प्रतिक्रिया जनाएर
र उपयुक्त मार्गनिर्देशन प्रदान गरेर,
आमाबुवाहरूले आफ्नो सामाजिक, भावनात्मक र
समग्र विकासका लागि ठोस आधार दिन सक्नुहुन्छ।
यो रकेट विज्ञान होइन!

बालबालिकाहरूको सामाजिक तथा भावनात्मक विकासर बालबालिकाहरूको भावनामा कसरी प्रतिक्रिया जनाउने भन्नेबारे थप जानकारीका लागि
कृपया "भावनात्मक शिक्षणका सुझावहरू"
र "भावनात्मक शिक्षणका 5 चरणहरू" सम्बन्धी भिडियोहरू हेर्नुहोस्।तपाईं www.fhs.gov.hk मा स्वास्थ्य विभागको
पारिवारिक स्वास्थ्य सेवाको वेबसाइट www.fhs.gov.hk मा गएरसम्बन्धित पुस्तिकाहरू हेर्न पनि सक्नुहुन्छ।यो भिडियो पारिवारिक स्वास्थ्य सेवा,स्वास्थ्य विभाग (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।