2 वर्ष मुनिका बच्चा र शिशुहरूका लागि भावना शिक्षणसम्बन्धी सुझावहरू

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक: 2 वर्ष मुनिका बच्चा र शिशुहरूका लागि भावना शिक्षणसम्बन्धी सुझावहरू

वाचक: 2 वर्ष मुनिका बच्चा र शिशुहरूका लागि

भावना शिक्षणसम्बन्धी सुझावहरू
हामी सबै भावना लिएर जन्मिएका हुन्छौँ।
आफ्नो बच्चाको भावनालाई
ध्यान दिएर, बुझेर र स्वीकार गरेर
र बच्चाको "भावनाको प्रशिक्षक" भएर
आमाबाबुले जन्मदेखि नै आफ्नो बच्चाको शारीरिक
र मानसिक स्वास्थ्यमा सहायता गर्न सक्नुहुन्छ।
सुपर: भावना शिक्षण; शारीरिक र मानसिक स्वास्थ्यमा सहायता गर्नुहोस्
वाचक: बच्चाहरूसँग सीमित मौखिक क्षमताहरू हुन्छन्।
उनीहरूका भावनाहरूप्रति प्रतिक्रिया जनाउनमा तपाईंलाई मद्दत गर्ने तीन वटा सुझाव छन्ः
उपशीर्षक: बच्चाहरूका भावनाहरूमा प्रतिक्रिया जनाउने सुझावहरू
सुपर: ध्यान दिनुहोस्ः आफ्नो र आफ्नो बच्चा दुबैका भावना
र अवस्थाहरूमा आएका परिवर्तनहरूबारे ख्याल राख्नुहोस्
वाचक: "ध्यान दिनुहोस्":
आफ्नो र आफ्नो बच्चा दुबैका भावना
र अवस्थाहरूमा आएका परिवर्तनहरूबारे ख्याल राख्नुहोस्।
सुपर: दृष्टिकोण परिवर्तन गर्नुहोस्ः समझदार हुनुहोस्
र आफ्नो बच्चासँग लगाव बनाउने अवसर लिनुहोस्
वाचक: "दृष्टिकोण परिवर्तन गर्नुहोस्":
समझदार हुनुहोस् र आफ्नो बच्चासँग
लगाव बनाउने अवसर लिनुहोस्।
सुपर: सहानुभूति व्यक्त गर्नुहोस्: समझदारी देखाउनुहोस्
वाचक: “सहानुभूति व्यक्त गर्नुहोस्”:
समझदारी देखाउनुहोस्।
आमाबुवाले बच्चाका भावनाहरूमा कसरी प्रतिक्रिया जनाउन सक्नुहुन्छ भन्ने बारेमा हेरौँ।
उपशीर्षक: बच्चा र शिशुहरूको भावनाहरूमा प्रतिक्रिया जनाउनेबारे सुझावहरू
वाचक: बच्चा र शिशुहरूको भावनाहरूमा प्रतिक्रिया जनाउनेबारे सुझावहरू।
चार-महिना-उमेर पुगेको बच्चाले आफ्नो मुखमा खेलौना राख्नुहुन्छ।
घरेलू कामदारले यो देख्ने बित्तिकै
खेलौना लैजानुहुन्छ र बच्चालाई आफ्नो मुखमा
चीजहरू नराख्न भन्नुहुन्छ।
घरेलू कामदारः होइन! होइन!
सुपर: "ध्यान दिनुहोस्"
वाचक: आमाले बच्चाप्रति ध्यान दिनुहुन्छ र
उहाँ किन रोइरहनुभएको छ हेर्नुहुन्छ, जसकारण उहाँले कामदारलाई परामर्श दिनुहुन्छ,
सुपर: दृष्टिकोण परिवर्तन गर्नुहोस्
आमा: मलाई थाहा छ यो खेलौना फोहोर भएकाले तपाईं चिन्तित हुनुहुन्छ
तर यदि तपाईंले आफ्नो "दृष्टिकोण परिवर्तन गर्नुहुन्छ भने",
उहाँलाई यो स्थितिमा मुखमा केही राखिरहन मनपर्छ,
र उहाँको खेलौना निकाल्नाले निश्चय नै उहाँ चिन्तित हुनुहुन्छ।
त्यसको सट्टमा उहाँलाई सफा टिथर दिनुहोस्।
सुपर: सहानुभूति व्यक्त गर्नुहोस्
वाचक: आमाले बच्चालाई बिस्तारै उठाउनुहुन्छ
र "सहानुभूति व्यक्त गर्न" बच्चाको अभिव्यक्तिको नक्कल गर्नुहुन्छ।
त्यसपछि कामदारले बच्चालाई सफा टिथर दिनुहुन्छ
र बच्चा फेरि मुस्कुराउनु हुन्छ।
अर्को परिदृश्य हेरौँ।
बुवा कामबाट घर फर्कनुहुन्छ
र आमाले बुवालाई बच्चा लिन दिनुहुन्छ।
बुवा उत्साहित हुनुहुन्छ,
तर बच्चा रून सुरु गर्नुहुन्छ।
सुपर: "ध्यान दिनुहोस्"
वाचक: बुवाले आफ्नो र बच्चाको भावना
र आवश्यकताहरू "ध्यान" दिएर हेर्नुहुन्छ र सोच्नुहुन्छ,
सुपर: दृष्टिकोण परिवर्तन गर्नुहोस्
बुवा: म केही निराश छु
उहाँ मसँग बस्न चाहनुहुन्न
तर आफ्नो आमाबाट अलग हुने कुराबाट
डराउनु नौ महिनाको बच्चाका लागि सामान्य हो।
मैले "मेरो दृष्टिकोण परिवर्तन गर्दा",
मैले उहाँ दुःखी भएको समयमा उहाँसँगै हुनु
लगावको एक क्षण हुन सक्छ भन्ने कुरा देख्छु
सुपर: सहानुभूति व्यक्त गर्नुहोस्
वाचक: त्यसपछि बुवाले बच्चालाई बिस्तारै सान्त्वना दिनुहुन्छ र
यसो भन्दै "सहानुभूति व्यक्त गर्नुहुन्छ"
बुवा: कठैबरा  , तपाईं आफ्नो आमालाई सम्झनुहुन्छ हो?
अहिले नै आमालाई खोज्न जाऔँ,श्श ...
वाचक: त्यसपछि बुवाले बच्चालाई बोक्नुहुन्छ
र दुबैले भान्साकोठा बाहिरबाट आमालाई हेर्नुहुन्छ।
बच्चा बिस्तारै रून छोड्नुहुन्छ।
तपाईंको बच्चा खुशी हुँदा,
तपाईंले यी सुझावहरू पनि प्रयोग गर्न सक्नुहुन्छ।
हेरौँ!

उहाँको 18 महिनाको नातिले
आफ्नो हातमा भएको खेलौना लिएर हजुरआमालाई आफूसँग खेल्न लगाउन खोज्दा
उहाँ रातीको खाना पकाउने काममा व्यस्त हुनुहुन्छ।
बाबु: हजुरआमा!
सुपर: "ध्यान दिनुहोस्"
वाचक: हजुरआमाले "ध्यान दिएर हेर्नुहुन्छ"
र आफ्नो नातिले आफूसँग खेल्न चाहेको कुरा थाहा पाउनुहुन्छ,
तर उहाँले पहिला खाना पकाउन चाहनुहुन्छ।
सुपर: दृष्टिकोण परिवर्तन गर्नुहोस्
वाचक: हजुरआमाले "आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहुन्छ" र
उहाँको नातिले अहिले उहाँ व्यस्त भएको कुरा बुझ्नुहुन्न
उहाँले केवल आफ्नो साथमा कोही होस् भन्ने चाहनुहुन्छ भन्ने कुरा महसुस गर्नुहुन्छ।
सुपर: सहानुभूति व्यक्त गर्नुहोस्
वाचक: तसर्थ, हजुरआमाले "आफ्नो सहानुभूति व्यक्त गर्नुहुन्छ" र भन्नुहुन्छ,
हजुरआमाः तपाईं खुशी हुनुहुन्छ र तपाईं हजुरआमासँग खेल्न चाहनुहुन्छ!
यहाँ भान्साकोठा बाहिर बसेर खेल्नुहोस्
र  म भान्साकोठाबाट तपाईं खेलेको हेर्छु,
त्यसपछि म खाना पकाएर सक्ने बित्तिकै तपाईंसँग खेल्ने छु।
वाचक: बाबुले  साथ पाएको महसुस गर्नुहुन्छ र हजुरआमाको नजरमा रहेर
बच्चाको ढोका बाहिर खुसीसाथ खेल्नुहुन्छ।
उक्त समयमा,
उहाँले शान्तिपूर्वक पकाउन जारी राख्न सक्नुहुन्छ।
सुपर: ध्यान दिनुहोस्; दृष्टिकोण परिवर्तन गर्नुहोस्, सहानुभूति व्यक्त गर्नुहोस्
वाचक: तपाईंको बच्चा भावुक हुँदा,
"ध्यान दिनुहोस्" र आफू र आफ्नो बच्चामा
आएका भावनात्मक परिवर्तनको ख्याल राख्नुहोस्।
"दृष्टिकोण परिवर्तन गर्नुहोस्" र
आफ्नो बच्चासँग रहने यो एक मौका हो भनी आफूलाई सम्झाउनुहोस्।
त्यसपछि आफ्नो सुरक्षाको भावलाई प्रोत्साहन गर्न "सहानुभूति व्यक्त गर्नुहोस्"
र तपाईंको आमाबुवा-बच्चाको सम्बन्धमा सुधार ल्याउनुहोस्।
बालबालिकाको सामाजिक भावनात्मक विकास र प्रिस्कूलरहरूको भावनामा
कसरी प्रतिक्रिया जनाउने भन्ने बारेमा थप जानकारीका लागि,
कृपया "भावना र सम्बन्धहरूले महत्तव राख्छन्" र "भावना शिक्षणका 5 चरणहरू"
सम्बन्धी भिडियोहरू हेर्नुहोस्।
भावना शिक्षणका बारेमा थप जान्नका लागि,
कृपया स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवाको वेबसाइट
www.fhs.gov.hk मा जानुहोस्
र सम्बन्धित पुस्तिकाहरू हेर्नुहोस्।
यो भिडियो पारिवारिक स्वास्थ्य सेवा,

स्वास्थ्य विभाग (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो। हो।