विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरूका लागि "भावना प्रशिक्षण" को 5 वटा चरण

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरूका लागि "भावना प्रशिक्षण" को 5 वटा चरण


वाचक:
वाचक: विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरूका लागि "भावना प्रशिक्षण" को 5 वटा चरण
तपाईंको बच्चा बढ्दै जाँदा,
उहाँका भावनात्मक अभिव्यक्तिहरू पनि विभिन्न खालका हुन्छन्,
त्यसैगरी उहाँका स्वभाव र प्राथमिकताहरू भिन्न-भिन्न हुन्छन्।
तपाईंको बच्चा प्रिस्कूल वर्षहरूमा प्रवेश गर्दा,
तपाईंले आफ्नो बच्चाका भावनाहरूलाई सकारात्मक रूपमा सम्बोधन गर्न,
भावना नियमन र प्रभावकारी समस्या-समाधानमा मार्गदर्शन
उपलब्ध गराउन भावना प्रशिक्षणका
5 वटा चरण हेर्न सक्नुहुन्छ।
यसले तपाईंको बच्चाको शारीरिक तथा मानसिक कल्याणमा मद्दत गर्छ।
5 वटा चरणमा निम्न समावेश छन्:

सुपर: आफ्नो र आफ्नो बच्चाका भावनाहरूमा परिवर्तन हुनेबारे सचेत रहनुहोस्
वाचक: आफ्नो र आफ्नो बच्चाका भावनाहरू
परिवर्तन हुनेबारे सचेत रहनुहोस्।
सुपर: यसलाई लगाव बनाउने र शिक्षणको अवसरको रूपमा हेर्नका लागि आफ्नो दृष्टिकोण बदल्नुहोस्
वाचक: आफ्नो बच्चाको भावनाको अभिव्यक्ति
हेर्नका लागि लगाव बनाउने र शिक्षण गर्ने
अवसरको रूपमा आफ्नो दृष्टिकोणलाई बदल्नुहोस्।
सुपर: तपाईंको बच्चाका भावनाहरूलाई सहानुभूतिका साथ सुन्नुहोस्, बुझ्नुहोस् र स्वीकार गर्नुहोस्
वाचक: तपाईंको बच्चाका भावनाहरूलाई,
सहानुभूतिका साथ सुन्नुहोस्, बुझ्नुहोस् र स्वीकार गर्नुहोस्
सुपर: तपाईंको बच्चालाई शब्दहरूमा भावनाहरू व्यक्त गर्न मद्दत गर्नुहोस्
वाचक: तपाईंको बच्चालाई भावनाहरू शब्दमा व्यक्त गर्न मद्दत गर्नुहोस् र -
सुपर: सीमा निर्धारण गर्नुहोस् र समस्या समाधान गर्नका लागि आफ्नो बच्चासँग काम गर्नुहोस्वाचक: सीमा निर्धारण गर्नुहोस् र समस्या समाधान गर्नका लागि आफ्नो बच्चासँग काम गर्नुहोस्।
अब आमाबुवाले कसरी 5 चरण लागू गर्न सक्नुहुन्छ भनी हेरौँ।
उपशीर्षक: भावनात्मक शिक्षण; प्रयोगात्मक एप्लिकेसनहरू
वाचक: भावनात्मक शिक्षण।
प्रयोगात्मक एप्लिकेसनहरू।
आमाबुवा र स्याहारकर्ताहरूले किन्डरगार्टेन बाहिर आफ्ना बालबालिकालाई
ल्याउनका लागि प्रतीक्षा गर्दै हुनुहुन्छ।
सानी नानी आफ्नो हजुरबुवालाई आफ्नो चित्र देखाउन उत्साहित हुनुहुन्छ।
नानी: हजुरबुवा! हेर्नुहोस्!
वाचक: उहाँ हजुरबुवाले रूचि नभएको प्रतिक्रिया जनाउनुहुन्छ।
हजुरबुवा: हो, हो। छिटो गर्नुहोस्! बस छुट्दै छ!
वाचक: सानी नानी आफ्नो हजुरबुवाको
रूखो जवाफ सुनेर निराश हुनुहुन्छ।
यसैबीच, नानीको कक्षाको एउटा बाबुले
आफ्नी आमालाई आफ्नो चित्र देखाउँदै यसो भन्नुहुन्छ,
छोरा: आमा, हेर्नुहोस्! मैले यो चित्र कोरें!
सुपर: भावनाहरूबारे सचेत रहनुहोस्;
दृष्टिकोण परिवर्तन गर्नुहोस्, सहानुभूतिकासाथ सुन्नुहोस्; भावनाहरूलाई शब्दमा व्यक्त गर्न मद्दत गर्नुहोस्
वाचक: आमा आफ्नो छोराका ''भावनाहरूबारे सचेत हुन'' र
आफ्नो छोरा खुसी भएको महसुस गर्न सक्षम हुनुहुन्छ
तर उहाँहरू हतारमा भएको हुनाले उहाँले पनि हतार भएको महसुस गर्नुहुन्छ।
तर पनि, आमाले आफैँलाई ''दृष्टिकोण परिवर्तन गर्न''
र आफ्नो छोरासँग रमाउनका लागि यो अवसर लिन सम्झाउनुभयो।
जसकारण आमाको अस्वीकार्य अनुहार मुस्कानमा परिणत हुन्छ।
उहाँले ''सहानुभूतिका साथ आफ्नो छोराको कुरा सुन्नुहुन्छ'',
र बताएर ''आफ्ना भावनाहरूलाई शब्दहरूमा व्यक्त गर्न मद्दत गर्नुहुन्छ,
आमा: तपाईं यो चित्रसँग एकदमै खुसी हुनुहुन्छ,
हुनुहुन्न त?
तर अहिले हामी जानुपर्छ,
मलाई यसबारे सबै कुरा घर गपछि बताउनु।
सुपर: सीमा सेट गर्नुहोस्; समस्याहरू समाधान गर्नुहोस्
वाचक: त्यसपछि आमाले
''सीमाहरू निर्धारण गर्नुहुन्छ र समस्याहरू समाधान गर्ने कार्यमा आफ्नो छोरासँग काम गर्नुहुन्छ''
र भावना प्रशिक्षण प्रयोग गरेर आफ्नो
छोरासँग सम्बन्ध बनाउने अवसर लिनुहुन्छ।
अर्को अवस्था हेरौँ।
सानी नानी विद्यालयबाट घरमा आएर गनगन गर्नुहुन्छ
छोरी: म भोली विद्यालय जाँदिन!
वाचक: यो सुनेपछि,
आमाले आफ्नी छोरीका नकारात्मक
भावनाहरू कम गर्ने प्रयास गर्दै सोध्नुहुन्छ,
आमा: विद्यालयमा धेरै रमाइलो हुन्छ, होइन त?
अवश्य तपाईं जान चाहनुहुन्छ।
सुपर: भावनाहरूबारे सचेत रहने; दृष्टिकोण परिवर्तन गर्ने
वाचक: यसैबीच, बुवाले आफू आफ्नी छोरीका
''भावनाहरूबारे सचेत हुनुपर्छ'' भन्ने कुरा सम्झनुहुन्छ र उहाँ
कत्तिको उदास देखिनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहुन्छ।
त्यसपछि उहाँले ''आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहुन्छ''
र आफैँलाई आफ्नी छोरीले अहिलेसम्म आफ्ना
भावनाहरूलाई नियमन गर्न नसकेको कुरा सम्झाउनुहुन्छ।
जसकारण उहाँले नानीका कारणहरू फेला पारी उहाँलाई सहज महसुस गराउने प्रयास गर्नुहुन्छउहाँकी छोरीले भुईंमा हेर्दा उहाँ उदास देखिनुहुन्छ।
बुवा नजिकै आएर सोध्नुहुन्छ
बुवा: तपाईं उदास देखिनुहुन्छ

भोली विद्यालयमा केही हुँदै छ?
वाचक: नानीले आफ्नो बुवातिर हेरेर जवाफ दिनुहुन्छ
छोरी: मैले भोली कथा सुनाउनुपर्छ।
मलाई मैले गल्ती गर्दा कक्षाका विद्यार्थीहरू
मलाई देखेर हास्छन् भन्ने डर छ।
सुपर: समानुभूतिका साथ सुन्नुहोस्; भावनाहरूलाई शब्दहरूमा व्यक्त गर्न मद्दत गर्नुहोस्
वाचक: "समानुभूतिसँग सुने" पछि,
बाबाले "भावनाहरूलाई शब्दहरूमा व्यक्त गर्न मद्दत गरेर"
आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ,
बुवा: ओहो! तपाईंले कस्तो महसुस गर्नुहुन्छ भन्ने मलाई थाहा छ। मलाई पनि डर लाग्थ्यो!
सुपर: सीमा सेट गर्नुहोस्; समस्याहरू समाधान गर्नुहोस्
वाचक: नानीले टाउको निहुराउनुहुन्छ।
त्यसपछि उहाँको बाबाले उहाँसँग समाधानहरू
छलफल गरेर "सीमा तय गर्न र समस्या समाधान
गर्न उहाँसँग काम" गर्ने प्रयास गर्नुहुन्छ।
बुवा: हामी एकसाथ केही पटक अभ्यास गर्दा कस्तो होला?
वा तपाईंले आफूसँग विद्यालयमा गुडिया लैजानुभयो भने के होला?
तपाईंको विचार के छ?
वाचक: नानीले केही बेरसम्म सोचेर निम्न कुरा भन्नुहुन्छ।
छोरी: म आफूसँग गुडिया लैजान चाहन्छु।
वाचक: र त्यसैगरी बाबाले भावनासम्बन्धी प्रशिक्षणका
5 वटा चरण लागू गर्नुहुन्छ।
जबसम्म तपाईंले विभिन्न विकासका चरणहरूमा आफ्ना
बालबालिकाको भावनात्मक परिवर्तनहरूमा भाग लिनुहुन्छ,
तिनीहरूलाई बुझ्नुहुन्छ र स्वीकार गर्नुहुन्छ र
भावनाहरूको बारेमा सचेत रहने, दृष्टिकोण बदल्ने,
समानुभूतिको साथ सुन्ने, भावनाहरूलाई शब्दहरूमा
व्यक्त गर्न मद्दत गर्ने,
सीमाहरू तय गर्ने, समस्याहरू
समाधान गर्ने लगायतका भावनासम्बन्धी
प्रशिक्षणका 5 वटा चरण
लागू गर्नुहुन्छ तबसम्म तपाईं
आफ्नो बच्चाको स्वस्थ विकासलाई सहायता
गर्न र अभिभावक-बच्चा
बीचको निकट सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ!
सुपर: भावनाहरूबारे सचेत रहनुहोस्;
दृष्टिकोण बदल्नुहोस्; सहानुभूतिका साथ सुन्नुहोस्;
भावनाहरू शब्दहरूमा व्यक्त गर्न मद्दत गर्नुहोस्;
सीमाहरू तय गर्नुहोस्; समस्याहरू समाधान गर्नुहोस्
वाचक: बालबालिकाको सामाजिक भावनात्मक विकास र
शिशु र साना बालबालिकाको भावनामा
कसरी प्रतिक्रिया जनाउने भन्ने
बारे थप जान्नका लागि,
कृपया "भावना र सम्बन्धहरू"
र "भावना प्रशिक्षणबारे सुझावहरू"
मा भिडियोहरू हेर्नुहोस्।
भावना प्रशिक्षणको 5 वटा चरणहरूको
बारेमा थप बुझ्नका लागि
कृपया स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य
सेवाको वेबसाइट www.fhs.gov.hk मा जानुहोस्
र सम्बन्धित पुस्तिकाहरू हेर्नुहोस्।
यो भिडियो पारिवारिक स्वास्थ्य सेवा,स्वास्थ्य विभाग (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।