आमाबुवा-बच्चाबीचको सञ्चार (18 देखि 24 महिना उमेरका लागि उपयुक्त)

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
आमाबुवा-बच्चाबीचको सञ्चार
(18 देखि 24 महिना उमेरका लागि उपयुक्त)

वाचक: 
दृश्य: आमा आफ्नो छोरा Hei Hei सँग बैठक कोठामा खेलौना पियानो बजाउँदै हुनुहुन्छ।
आमा आफ्नो छोरा Hei Hei सँगबैठक कोठामा खेलौना पियानो बजाउँदै हुनुहुन्छ।

दृश्य: उहाँले सोफामा रहेको कपडालाई हेर्नुहुन्छ र Hei Hei को टाउको मुसार्नुहुन्छ।

उहाँले आफ्नो घरायसी कामहरू गर्नुपर्ने भएको हुनालेHei Hei को टाउको मुसारेरआफ्नो छोरालाई खेलौनाहरूसँग खेल्न अनुरोध गर्नुहुन्छ।

दृश्य: Hei Hei खेल्दै गरेको बेला आमा बसेर कपडाहरू पट्याउनुहुन्छ।
Hei Hei खेल्दै गरेको बेला आमाले कपडाहरू पट्याउँदै हुनुहुन्छ।
शीर्षक: गुणस्तरीय समय
गुणस्तरीय समय

दृश्य: आमा आफ्नो छोरासँग खेल्दै घरायसी कामहरू गर्नुहुन्छ।बालबालिकालाई उहाँहरूसँग कुराकानी गर्न र खेल्नका
लागि प्रायः हाम्रो ध्यान आवश्यक पर्छ।यद्यपि, हामीसँग सधैँ उहाँहरूका लागि समय नहुन सक्छ।
तपाईंले आफ्नो बालबालिकासँगसुमधुर सम्बन्ध बनाउन "गुणस्तरीय समय" को उचित प्रयोग गर्नुहुन्छ भने,
उहाँहरूले तपाईंलाई अझ बढी विश्वास गर्नु हुने छ रयसले गर्दा पालन-पोषणमा सजिलो हुन्छ।

दृश्य: आमाले Hei Hei लाई सोफामा राखेर काउकुती लगाउनुहुन्छ।

आफ्नो बच्चासँग धेरै लामो समय बिताउन आवश्यक हुँदैन।
समय-समयमा थोरै ध्यान दिनाले पनि

राम्रो प्रभाव पर्न सक्छ।

खेल मजाकिलो र दोहोरिने जस्तो लागेता पनिआफ्नो बच्चासँग रमाइलो मान्नुहोस् र सुर मिलाउनुहोस्।

दृश्य: आमा सोफामा बसेर कपडाहरू पट्याउँदै हुनुहुन्छ। Hei Hei तिर हेर्दै मुस्कुराउनु हुन्छ र पियानो बजाउँदै गीत गाउनुहुन्छ।

तपाईं व्यस्त भएता पनि,तपाईं आफ्नो बच्चालाई समय-समयमा ध्यान दिन सक्नुहुन्छ।
यी आमा जस्तै,उहाँले कपडाहरू पट्याउँदा प्राय: आफ्नो छोरातिर ध्यान दिनुहुन्छर उहाँको प्रशंसा गर्नुहुन्छ।

दृश्य: आफ्नी आमाले सोफामा कपडाहरू पट्याइरहेको बेला Hei Hei उहाँ भएको ठाउँमा जानुहुन्छ।
आफ्नी आमाले कपडाहरू पट्याइरहेको बेला Hei Hei उहाँ भएको ठाउँमा जानुहुन्छ।
तपाईंको बच्चालाई तपाईंको आवश्यकता पर्दा र उहाँ तपाईंसँग आउँदा,सम्भव भएसम्म केही समयको लागि काम नगर्ने प्रयास
गर्नुहोस् र उहाँलाई प्रतिक्रिया दिनुहोस्।

दृश्य: आमाले कपडाहरू पट्याउने काम रोकेर Hei Hei सँग कुरा गर्नुहुन्छ।आमाले कपडाहरू पट्याउने काम रोकेरHei Hei का आवश्यकताहरूमा प्रतिक्रिया जनाउनुहुन्छ।

शीर्षक: आमाबुवा-बच्चाबीचका सञ्चार सीपहरू
आमाबुवा-बच्चाबीचका सञ्चार सीपहरू

दृश्य: Hei Hei को झोक्किने स्वभाव र आमा उहाँसँग खेली रहनुभएको दृश्यहरू।18 देखि 24 महिनाका बालबालिकाले
आफूलाई राम्रोसँग व्यक्त नगर्न सक्छन्
र अझैपनि आत्मकेन्द्रित हुन्छन्।
प्रभावकारी सञ्चारका सीपहरूको प्रयोगलेआफ्नो बच्चासँगदुईतर्फी अन्तर्क्रियात्मक सञ्चार बनाउन मद्दत गर्न सक्छ।

दृश्य: Hei Hei ले आफ्नो आमालाई खोज्नुहुन्छ तर आमा टेबुल सफा गर्नमा व्यस्त हुनुहुन्छ
Hei Hei ले आमालाई खोजी रहेको बेलाआमा टेबुल सफा गर्दै र कचौरा समात्दै हुनुहुन्छ।

आमाले उहाँलाई पहिला गएर आफैँ खेल्न भन्नुहुन्छ।

दृश्य: आमा निहुरिनुहुन्छ, तल बस्नुहुन्छ र उहाँसँग कुरा गर्दा आमुन्ने-सामुन्ने रहने गरी उहाँलाई समात्नुहुन्छ।
उप-शीर्षक: आमुन्ने-सामुन्ने
बालबालिकासँग कुरा गर्दा,उहाँहरूसँग नजर मिल्ने गरी आमुन्ने-सामुन्ने रहनुहोस्।तपाईं निहुरिन, तल बस्न वा उहाँहरूलाई
समाउन सक्नुहुन्छ ताकी उहाँहरूले सीधै तपाईंका आँखाहरूमा हेर्न सकून्।

दृश्य: आमा बैठक कोठामा Hei Hei सँग खेल्दै हुनुहुन्छ।बालबालिकाहरूसँग खेल्दा,उहाँहरूलाई निर्देशनहरू मात्र नदिनुहोस्
र उहाँहरूको रुचिलाई बेवास्ता नगर्नुहोस्।

दृश्य: Hei Hei अरू कुराहरूमा धेरै इच्छुक भएता पनि आमाले पुस्तक लिनुहुन्छ र पढेर Hei Hei लाई सुनाउनुहुन्छ।
आमाले Hei Hei लाई पुस्तक पढ्न भन्नुहुन्छ।
तर Hei Hei कारहरूमा धेरै इच्छुक भएको देखेर,
आमाले उहाँलाई मार्गदर्शन गर्न दिनुहुन्छ।
उप-शीर्षक: तपाईंको बच्चालाई मार्गदर्शन गर्न दिनुहोस्
तपाईंले आफ्नो बच्चाका रूचिहरू दोहोर्‍याउँदा,उहाँ तपाईंसँग कुरा गर्न थप इच्छुक हुनु हुने छ।

दृश्य: आमा र Hei Hei बैठक कोठामा बल खेल्दै हुनुहुन्छ।
उप-शीर्षक: प्रतिक्रिया जनाउनुहोस् र प्रशंसा गर्नुहोस्तपाईंको बच्चाले आवाजहरू निकाल्दा,अनुहारमा भावहरू ल्याउँदा वा इशाराहरू गर्दा,
हामीले उहाँका अर्थहरूलाई नक्कल गरेर
वा अनुमान लगाएर प्रतिक्रिया जनाउन सक्छौँ।उहाँका प्रयासहरूका लागि उहाँको प्रशंसा गर्नुहोस्।

दृश्य: आमाले Hei Hei लाई खेलौनाहरू दिनुहुन्छ र उहाँले तिनीहरूलाई बाकसमा राख्नुहुन्छ।
Hei Hei ले खेलौनाहरू मिलाउनका लागि आमालाई मद्दत गर्नुहुन्छ।त्यसो गरिसकेपछि,आमाले Hei Hei लाई मिठो मुस्कान दिएर र ताली बजाएर प्रशंसा गर्नुहुन्छ।

दृश्य: आमा Hei Hei सँग बैठक कोठामा खेल्दै हुनुहुन्छ।

उप-शीर्षक: देखिएका कुराहरूको बारेमा कुरा गर्नुहोस्
तपाईंको बच्चाको भाषा र संज्ञानात्मक विकासमा वृद्धि गर्नका लागिउहाँको वरिपरि भएका कुराहरूको
कार्य, नाम, प्रयोग वा विशेषताहरूबारे व्याख्या गर्न


दृश्य: आमाले Hei Hei लाई नुहाइदिँदै हुनुहुन्छ;
दैनिक परिस्थितिहरूको प्रयोग गर्नुहोस्।जस्तै नुहाउने समयमा,Hei Hei ले रबरको डक समात्दा आमालेउहाँलाई ''डकी'' भन्नुहुन्छ

आमाले Hei Hei लाई नुहाइदिएर उहाँको शरीर सुकाउँदै गर्दार उहाँलाई शर्ट लगाउनमा मद्दत गर्ने क्रममा
आफूले गर्दै गरेका कुराहरू बताउनुहुन्छ।

दृश्य: Hei Hei बैठक कोठामा खेल्दै गर्दा आमा भान्सामा व्यस्त हुनुहुन्छ। Hei Hei ले उहाँलाई खोज्नुहुन्छ।.
आमा भान्सामा एकदमै व्यस्त हुनुहुन्छर Hei Hei बैठक कोठामा खेल्दै हुनुहुन्छ।त्यसपछि Hei Hei उहाँतर्फ जानुहुन्छ
र आमाले उहाँलाई आफैँ खेल्न भन्नुहुन्छ।

दृश्य: Hei Hei ले झोक्किने स्वभाव देखाउन थाल्नुहुन्छ।
दृश्य: व्यस्त रहने क्रियाकलापहरू तयार गर्नुहोस्

तपाईं आफ्नो बच्चासँग समय निकाल्न धेरै व्यस्त हुनुहुन्छ भने,
यस्तो समयमा उहाँलाई संलग्न गर्न
केही रोचक क्रियाकलापहरूको अग्रिम तयारी गर्नुहोस्जसकारण उहाँलाई दिक्क लाग्ने छैन र तपाईंको ध्यानाकर्षण खोज्नु हुने छैन।

दृश्य: आमाले Hei Hei का लागि केही खेल्नेकुराहरू खोज्ने प्रयास गर्दै भान्साको क्याबिनेट खोल्नुहुन्छ।
खेलौनाहरू बाहेक,घरका टिकाउ भाँडाहरू रमाइला हुन सक्छन्!सम्झनुहोस्, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको
तिनीहरू उहाँको विकास स्तरका लागि
उपयुक्त हुनुपर्छ।
आमाले Hei Hei सँग खेल्नका लागि केही प्लास्टिकका बोत्तल,बक्स र कागजका ट्युबहरू ल्याउनुहुन्छ।
यस उमेरका बालबालिकाको ध्यान अवधि छोटो हुन्छ।
तपाईंले विभिन्न सामग्रीहरू

तयार गरेर केहीलाई अर्को पटकका लागि
राखी आफ्नो बच्चाका क्रियाकलापहरूमा
नयाँपन ल्याउन सक्नुहुन्छ।
तपाईंले वास्तवमै
रोचक खेलौनाहरूमा पैसा खर्च गर्नुपर्दैन्!

थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।