पर्याप्त मात्रामा भिटामिन डी प्राप्त गर्नुहोस् अहिले नै कदम चाल्नुहोस्

( भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: पर्याप्त मात्रामा भिटामिन डी प्राप्त गर्नुहोस् अहिले नै कदम चाल्नुहोस्वा

वाचक

पर्याप्त मात्रामा भिटामिन डी प्राप्त गर्नुहोस्

अहिले नै कदम चाल्नुहोस्!

भिटामिन डी हाम्रो शरीरको लागि महत्त्वपूर्ण छ। यसले आँत (आहारनली) लाई क्यालसियम अवशोषण गर्नमा मद्दत गर्छ र रगतमा क्यालसियम र फोस्फेटका सामान्य स्तरहरू कायम राख्छ।

भिटामिन डीका पर्याप्त स्तरहरूले हाम्रो हड्डीलाई बलियो बनाइ राख्छन् र सामान्य प्रतिरक्षा प्रकार्यहरूलाई लाभ पुर्‍याउँछन्।

अन्य पौष्टिक तत्त्वहरूभन्दा अलग, हामीले खानाहरूबाट एकदमै कम भिटामिन डी प्राप्त गर्छौं।

हाम्रो छाला सिधै सूर्यको प्रकाशमा पर्दा शरीरमा अधिकांश भिटामिन डी ‍बन्ने गर्छ।

धेरैजसो मानिसका लागि, भिटामिन डीको स्तरलाई उच्च कायम राख्न गर्मी महिनाको अवधिमा हप्तामा दुईदेखि तीन पटक हात, अनुहार र पाखुराहरूमा सामान्य 5 देखि 15 मिनेट सूर्यको प्रकाश पार्नु पर्याप्त हुन्छ।

कालो छाला भएका मानिसहरूलाई उनीहरूको छालाको रङले UVB किरणहरू छालामा पुग्नबाट रोक्ने हुनाले उनीहरू लामो समयसम्म घाममा बस्नआवश्यक हुन्छ किनभने ।

यसकारण, घाममा धैरै नबस्ने मानिस वा कालो छाला भएका व्यक्तिहरूमा भिटामिन डीको कमी हुने उच्च सम्भावना हुन्छ।

भिटामिन डीको कमी

वयस्कहरूमा लामो समयसम्म भिटामिन डीको कमी भएमा अस्टेयोमलेश (हड्डी नरम हुने) र अस्टियोपोरोसिस (हड्डी कमजोर हुने) हुन सक्छ, जसले गर्दा हड्डी फ्र्याक्चर हुने ठूलो सम्भावना हुन्छ।

शिशु र बालबालिकामा लगातार कम भिटामिन डी स्तरहरूले हड्डीको सामान्य विकासमा प्रभाव पार्न सक्छ।

उनीहरूको हड्डी नरम, कुरूप र फ्र्याक्चर हुन सक्छ।

भिटामिन डी र गर्भावस्था

गर्भावस्थाको अवधिमा अपर्याप्त भिटामिन डीले बच्चाहरूमा भिटामिन डीको कमी हुने जोखिम निम्त्याउन सक्छ।

धेरैजसो घरभित्रै बस्ने, बाहिर जाँदा हात र अनुहार ढाक्ने खालका कपडाहरू लगाउने वा कालो छालाको रङ भएका महिला जस्ता अत्यधिक कम मात्रामा सूर्यको प्रकाशमा देखिने गर्भवती महिलाहरूले आफू र बच्चालाई भिटामिन डीको कमी हुन नदिनका लागि भिटामिन डीका पूरकहरूका बारेमा चिकित्सा सुझाव लिनु पर्छ।

बच्चा र भिटामिन डी

बच्चा जन्मिएपछि उनीहरूलाई सूर्यको प्रकाश, आमाको दूध र खानाहरूबाट भिटामिन डी प्राप्त गर्न आवश्यक हुन्छ।

आमाको दूध धेरै लाभदायकहरू हुन्छ तर अरू खाना जस्तै यसमा त्यति धेरै भिटामिन डी समावेश हुँदैन।

आमाको दूध मात्र खाने बच्चाहरू धेरैजसो घरभित्रै बस्छन्, बाहिर जाँदा हात र खुट्टा ढाकिने गरी कपडा लगाउँछन् वा कालो छाला भएका छन् भने।

पूर्वसावधानीको रूपमा, उनीहरूलाई दिनमा 10 माइक्रोग्राम (4000 IU) भिटामिन डी पूरक सेवन गराउन आवश्यक हुन्छ।

आमाको दूध र शिशु फर्मुला दुवै सेवन गर्ने बच्चाहरूलाई भिटामिन डी पूरक आवश्यक हुन्छ?

शिशु फर्मुलामा भिटामिन डी मिसाइएको हुन्छ।

फर्मुला-सेवन गर्ने बच्चाहरूलाई सामान्यतया पूरकको आवश्यकता हुँदैन।

आमाको दूध र शिशु फर्मुला दुवै सेवन गर्ने बच्चाहरूका लागि, शिशु फर्मुला दूधको मात्रा प्रति दिन 500mls भन्दा कम छ र उनीहरू कमै मात्रामा घाममा देखिन्छन् भने उनीहरूलाई अझै पनि भिटामिन डी पूरकको आवश्यकता हुन सक्छ।

आमाबुवाले आफ्नो बच्चाको लागि भिटामिन डी पूरकहरूका बारेमा सुझावका लागि आफ्नो चिकित्सक वा औषधि बिक्रेतासँग परामर्श लिन सक्नुहुन्छ।