क्याल्सियम र हड्डीको स्वास्थ्यसम्बन्धी तथ्यहरू

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: क्याल्सियम र हड्डीको स्वास्थ्यसम्बन्धी तथ्यहरू

वाचक: हड्डीको स्वास्थ्यसँग क्याल्सियमको निकट सम्बन्ध हुन्छ।

शरीरको 99% भन्दा बढी क्याल्सियम हड्डीहरूमा पाइन्छ।

क्याल्सियम सँगसँगै अन्य खनिजहरूले हड्डीको क्षमतामा सहायता पुर्‍याउँछन्।

क्याल्सियमको सानो मात्रा हाम्रो रगत र कोशिकाहरूमा हुन्छ।

तिनीहरू हाम्रो स्नायुलाई सन्देशहरू प्रसारण, मांसपेशीको संकुचन र हाम्रो रगत जम्ने कार्यहरूमा मद्दत गर्ने जस्ता महत्त्वपूर्ण प्रकार्यहरूका लागि आवश्यक हुन्छन् ।

हामीले आफूमा तन्दुरूस्ती कायम राख्नका लागि हरेक दिन आफ्नो आहारबाट पर्याप्त मात्रामा क्याल्सियम प्राप्त गर्नुपर्छ।

साधारणतया, 18 र 49 उमेर बीचका वयस्कले दैनिक 1,000 मिलिग्राम क्याल्सियम सेवन गर्न आवश्यक हुन्छ।

50 वा सोभन्दा बढी उमेरका वयस्कलाई दिनमा 1,000 देखि 1,300 मिलिग्राम जति क्याल्सियम आवश्यक हुन्छ।

गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि भने दिनमा 1,000 मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ।

आमा बन्न लागेका माहिलाहरूले यी कुराहरूमा ध्यान दिन आवश्यक हुन्छ।

गर्भावस्थाको अवधिमा पर्याप्त मात्रामा क्याल्सियम सेवन नगर्नाले गर्भावस्थामा उच्च रक्तचापको जोखिम बढाउन सक्छ।

जीवनका सबै चरणहरूमा, हामीले पर्याप्त मात्रामा क्याल्सियम सेवन गर्न आवश्यक छ।

हामीले आफ्नो आहारबाट पर्याप्त मात्रामा क्याल्सियम प्राप्त नगर्दा, हाम्रो शरीरले सामान्य प्रकार्यहरू कायम राख्नका लागि हाम्रो हड्डीबाट क्यालसियम तयार पार्ने छ।

लगातार रूपमा पर्याप्त क्याल्सियम भएको आहार सेवन नर्नाले समयको क्रमसँगै अस्टियोपोरोसिस (हड्डी खोक्लो हुनु/हड्डीको घनत्व कम हुनु) विकास हुने जोखिम बढ्ने छ।

त्यसैले, हामीले दिनहुँ बढी मात्रामा दूध, चिज, दही र क्यालसियम-फोर्टिफाइड सोयाको दूध लगायतका क्याल्सियम-युक्त खानाहरू खान आवश्यक हुन्छ।

गाढा हरियो सागसब्जी, ठोस टोफू, सुख्खा सिमी, तिल, ओखर, काँडा भएको माछा पनि क्याल्सियमका राम्रा स्रोतहरू हुन्।

तपाईंले आहारबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्नुभएन भने क्याल्सियमका पूरकहरू सेवन गर्ने विचार गर्न सक्नुहुन्छ।

पूरकहरू सेवन गर्नुअघि स्वास्थ्य पेशेवरहरूसँग परामर्श लिनु राम्रो हुन्छ।

यसबाहेक, बाहिरी क्रियाकलापहरू गर्ने र सूर्यको प्रकाश लिने कार्यले तपाईंको छालालाई क्याल्सियम अवशोषण गर्नमा मद्दत गर्ने भिटामिन डी उत्पादन गर्न अनुमति दिन्छ।

तपाईंको शरीरमा क्याल्सियम कायम राख्नका लागि सन्तुलित आहार खानुहोस्, नुनिलो खानाहरू नखानुहोस् र मासु, कफी र चिया कम उपभोग गर्नुहोस्।

स्वस्थकर आहार बाहेक, तौल-बढाउने किसिमका व्यायामहरूले पनि हाम्रो हड्डी स्वस्थ बनाउनमा मद्दत पुर्‍याउँछन्।

हामी नाँच्ने, डोरीमा उफ्रने, पैदल यात्रा गर्ने, भकुण्डोसम्बन्धी खेलहरू खेल्ने, जगिङ गर्ने, सिंढीहरू चढ्ने र छिटो-छिटो हिँड्ने कार्यहरू प्रयास गर्न सक्छौँ।

हरेक दिन स्वस्थकर आहार खाने र पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने कार्यले तपाईंका हड्डीहरूलाई स्वस्थ र बलियो राख्ने छ!

थप जान्नका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट www.fhs.gov.hk मा जानुहोस्