स्तनपान गराउने आमाहरूका लागि स्वस्थकर खानपिन

(भिडियो अपलोड भयो 01/22)

ट्रान्सक्रिप्ट

शीर्षक: स्तनपान गराउने आमाहरूका लागि स्वस्थकर खानपिन

शीर्षक:  स्तनपान गराउने आमाहरूका लागि स्वस्थकर खानपिन

वाचक:  स्तनपान गराउने आमाहरूका लागि स्वस्थकर खानपिन

वाचक: आमाको दूधले बच्चाहरूलाई प्राकृतिक पोषण दिन्छ।
राम्रो खानपिन बानीहरू कायम राख्नाले तपाईंलाई स्वस्थ रहनमा मात्र नभएर तपाईंको बच्चालाई स्वस्थ रूपमा हुर्किन र विकास हुनमा पनि मद्दत गर्दछ।

शीर्षक:  स्तनपान गराउने आमाहरूले के खानुपर्छ?

वाचक:  स्तनपान गराउने आमाहरूले के खानुपर्छ?

उपशीर्षक: विभिन्न प्रकारका खानेकुरा खानुहोस्

सुपर: अन्न; सागसब्जी; फलफूल; मासु, माछा, अण्डा र यसका विकल्पहरू (सुख्खा सिमी सहित); दूध र यसका विकल्पहरू

वाचक: तपाईंले आफ्नो दैनिक आहारमा खानाका पाँच मुख्य समूहहरूबाट विभिन्न प्रकारका खानेकुराहरू खानुपर्छ।
यिनीहरूमा अन्न, सागसब्जी, फलफूल, मासु, माछा, अण्डा, सुख्खा सिमी र दूध र तिनका विकल्पहरू समावेश हुन्छन्।

उपशीर्षक: कम-फ्याट भएको आहार सेवन गर्नुहोस्

सुपर:  मासुको फ्याट (बोसो) छाँट्नुहोस् र छाला निकाल्नुहोस्; सुपबाट तेल निकाल्नुहोस्

वाचक: अत्यधिक तौल बढ्न नदिनका लागि, तपाईंले कम-फ्याट भएको आहार सेवन गर्नुपर्छ।
उदाहरणको लागि, मासु खानुअघि फ्याट (बोसो) छाँट्नुहोस् र छाला निकाल्नुहोस्। सुपबाट तेल निकाल्नुहोस्।

उपशीर्षक: पर्याप्त मात्रा तरल पदार्थ पिउन सुनिश्चित गर्नुहोस्

वाचक:  पानी वा सादा सुप पिएर आफ्नो प्यास बुझाउनुहोस्, गुलियो पेय पदार्थहरू नपिउनुहोस्।

शीर्षक:  स्तनपान गराउने आमाहरूलाई पौष्‍टिक पूरकहरू आवश्यक हुन्छन्?

वाचक:  स्तनपान गराउने आमाहरूलाई पौष्‍टिक पूरकहरू आवश्यक हुन्छन्?

सुपर:  आयोडीन

वाचक: आयोडिन तपाईंको बच्चाको विकासको लागि महत्त्वपूर्ण हुन्छ।
आयोडिनको कमीले तपाईंको बच्चाको मस्तिष्क विकासमा मात्र नभएर तपाईंको थाइरोक्सिनको स्रावमा पनि प्रभाव पार्न सक्छ।

उपशीर्षक: हरेक दिन आयोडिन समावेश हुने पूरक सेवन गर्नुहोस्

वाचक: आमाहरूलाई स्तनपानका लागि आहारबाट मात्रै पर्याप्त आयोडिन प्राप्त गर्न कठिन हुन सक्छ।
त्यसैले, तपाईंलाई हरेक दिन आयोडिन समावेश भएको प्रसवपूर्व मल्टिभिटामिन मिनरल पूरक लिन सुझाव दिइन्छ।
आफ्ना पूरकहरू छनोट गर्दा उत्पादनको लेबुलमा आयोडिन सामग्री जाँच गर्नुहोस्।

उपशीर्षक: आयोडिन समावेश भएका खानाहरू छनोट गर्नुहोस्

सुपर:  समुन्द्री खाना, मराइन माछा; अण्डाहरू; दूध र दुग्ध उत्पादनहरू; सिवीड

वाचक: यसैबीच, सम्पूर्ण परिवारले पनि आयोडिन समावेश भएका खानेकुराहरू, जस्तै समुन्द्री खाना, मराइन माछा, अण्डा, दूध, चिज, दही र सिवीड उपभोग गर्नुपर्छ।

उपशीर्षक: टेबुल नुनको सट्टामा आयोडीनयुक्त नुन प्रयोग गर्नुहोस्


वाचक:  खाना पकाउँदा टेबुल नुनको सट्टामा आयोडीनयुक्त नुन प्रयोग गर्नुहोस्।

उपशीर्षक: माछा छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

सुपर: चिल्लो माछामा सामान्यतया बढी ओमेगा-3 फ्याटी एसिडहरू समावेश हुन्छन्; हप्तामा 2 देखि 3 पटक भिन्न-भिन्न प्रकारका माछा खानुहोस्; मिथाइलमर्करीको उच्च मात्रा भएको ठूलो खालको शिकारी माछा नखानुहोस्; ओमेगा-3 फ्याटी एसिडहरू भएका पूरक खाने विचार गर्नुहोस्

वाचक: चिल्लो माछामा प्रायः ओमेगा-3 फ्याटी एसिडहरू समावेश हुन्छन्, जुन तपाईंको बच्चाको मस्तिष्क र आँखाको विकासको लागि महत्त्वपूर्ण हुन्छन्।
तपाईंले भिन्न-भिन्न प्रकारका माछा छनोट गर्न र हप्तामा दुई वा तीन पटक माछा उपभोग गर्नुपर्छ।

ठूलो खालको शिकारी माछामा रहेको मिथाइलमर्करीको उच्च मात्राले तपाईंको बच्चाको स्नायु प्रणालीमा क्षति पुर्‍याउन सक्ने हुनाले त्यस्तो माछा नखानुहोस्।
तपाईं माछा खानुहुन्न भने ओमेगा-3 फ्याटी एसिडहरू भएका पूरक सेवन गर्ने विचार गर्न सक्नुहुन्छ।

शीर्षक:  स्तनपान गराउने आमाहरूले भोक लाग्दा कस्तो स्न्याकहरू छनोट गर्न सक्छन्?

वाचक:  स्तनपान गराउने आमाहरूले भोक लाग्दा कस्तो स्न्याकहरू छनोट गर्न सक्छन्?

उपशीर्षक: पौष्टिक स्न्याकहरू छनोट गर्नुहोस्

सुपर: कम-बोसो भएको दूध, सादा दही र क्याल्सियम-फोर्टिफाइड सोयाको दूध; होल गहुँको ब्रेड; सखरखण्ड, मकै, फलफूल

वाचक: तपाईं पौष्टिक तत्त्वका साथमा प्याक गरिएका तर फ्याट र चिनीको मात्रा कम भएका स्न्याकहरू छनोट गर्न सक्नुहुन्छ।
उदाहरणको लागि, कम-फ्याट भएको दूध, सादा दही र क्याल्सियम-फोर्टिफाइड सोयाको दूध यी सबै क्याल्सियम-युक्त खानाहरू हुन्।
होल गहुँको ब्रेड आहारीय रेसाको राम्रो स्रोत हो।
सखरखण्ड, मकै र फलफूल आहारीय रेसाका राम्रा स्रोतहरू हुन्।
तिनीहरूले तपाईंलाई विभिन्न प्रकारका भिटामिन र खनिजहरू प्रदान गर्छन्।

उपशीर्षक: तारेका, फ्याट र चिनीको मात्रा उच्च भएका स्न्याकहरू नखानुहोस्

वाचक: तपाईंले तारेका र फ्याट वा चिनीको मात्रा उच्च भएका स्न्याकहरू कम खानुपर्छ।


शीर्षक:  स्तनपान गराउने आमाहरूले खान नहुने कुनै पनि खानेकुरा वा पदार्थ छन्?

वाचक:  स्तनपान गराउने आमाहरूले खान नहुने कुनै पनि खानेकुरा वा पदार्थ छन्?

उपशीर्षक: धुम्रपान नगर्नुहोस् वा मदिरा सेवन नगर्नुहोस्; कफी र कडा चिया कम पिउनुहोस्

वाचक: आमाको दूधमार्फत बच्चालाई जान सक्ने भएको कारण धुम्रपान नगर्नुहोस् र मदिरा सेवन गर्नुहोस्।
क्याफिनले तपाईंको बच्चाको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्न सक्ने भएकोले, तपाईंले कफी र कडा चिया कम पिउनुपर्छ।

तिनीहरूका विकल्पको रूपमा क्याफिन नभएको कफी वा चिया पिउनुहोस्।

शीर्षक:  स्तनपान गराउने आमाहरूका लागि खानामा कुनै प्रतिबन्धहरू छन्?

वाचक:  स्तनपान गराउने आमाहरूका लागि खानामा कुनै प्रतिबन्धहरू छन्?

उपशीर्षक: स्तनपान गराउने आमाहरूका लागि खानाका प्रतिबन्धहरूले बच्चाहरूमा छालाको एलर्जी विकास हुने जोखिम कम गर्न सक्दैनन्।

वाचक: स्तनपान गराउने केही आमाहरूले आफ्नो बच्चालाई एलर्जी हुन नदिनका लागि आफ्नो आहारमा प्रतिबन्ध लगाउने गर्छन्।
यद्यपि, खानाका प्रतिबन्धहरूले एलर्जीका जोखिमहरू कम गर्न सक्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन।
वास्तवमा, अत्यधिक प्रतिबन्धनात्मक आहारको पालना गर्नाले पौष्टिक तत्त्वको कमी हुन सक्छ।

उपशीर्षक: भिटामिन डीले क्याल्सियमको अवशोषण सहज बनाउँछ

सुपर:  सक्रिय रहनाले सुस्वास्थ्य तथा मानसिक तन्दुरूस्ती बढाउन मद्दत गर्छ

वाचक: स्तनपान गराउने आमाहरूले सन्तुलित आहार खाएर मात्र नभएर आफ्नो बच्चासँग नियमित बाहिरी क्रियाकलापहरूको मजा लिनुपर्छ।
कहिलेकाहीँ छालामा घाम पार्ने कार्यले भिटामिन डी उत्पादन गर्छ र यसले आन्द्राहरूबाट क्याल्सियमको अवशोषणमा मद्दत पुग्छ।
आफ्नो परिवारसँग बाहिरी क्रियाकलापहरूमा सक्रिय हुनु पनि तपाईंको बच्चासहित सबैजनाको मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ।

सुपर: कृपया स्तनपान गराउने अवधिमा स्वस्थकर खानपिनबारे थप जानकारीका लागि www.fhs.gov.hk मा जानुहोस्

वाचक: स्तनपान गराउने अवधिमा स्वस्थकर खानपिनबारे थप जानकारीका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।
यो भिडियो पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागद्वारा निर्माण गरिएको हो।