धुम्रपानले तपाईंको परिवारलाई हानि पुर्‍याउँछ

(01/2020 मा संशोधन गरिएको विषयवस्तु)

धुम्रपानले धुम्रपान गर्ने व्यक्तिलाई मात्र नभएर उहाँको सहकर्मी, साथी तथा परिवारका सदस्यहरूलाई पनि हानि पुर्‍याउँछ।

असक्रिय रूपमा धुम्रपान गरिरहेको व्यक्तिहरू मुखबाट निक्लिरहेको धुँवा र सुर्तीजन्य पदार्थबाट निक्लिरहेको धुँवा गरी दुवै प्रकारको धुँवाको जोखिममा रहेका हुन्छन्।

निष्क्रिय धुम्रपानकर्ताको रूपमा भ्रूण तथा बालबालिका

गर्भवती महिलाले धुम्रपान गर्दा यसले भ्रूणलाई पक्कै पनि हानि पुर्‍याउँछ र निम्न अवस्था निम्त्याउन सक्छ

  • मरेको बच्चा जन्मने तथा नवजात शिशुको सुरुको केही समयमै मृत्यु हुने
  • अपरिपक्क डेलिभरी (समय नपुगिकन बच्चा जन्मने) जोखिम बढ्छ
  • कम तौल भएका शिशुहरू जन्मने जोखिम बढ्छ र
  • केही अध्ययनहरूले सुर्तीजन्य धुँवाबाट निक्लने क्यान्सरजन्य पदार्थहरू प्लेसेन्टाबाट भ्रूणमा पनि पास हुने सक्ने भनेर देखाएका छन्

अध्ययनहरूले असक्रिय धुम्रपानले शिशुको अकस्मात मृत्यु सिन्ड्रोम (SIDS) गराउँछ र शिशुहरूका साथसाथै बालबालिकामा तल्लो श्वासप्रश्वास सम्बन्धी बिमारीहरू (निमोनिया, ब्रोन्काइटिस) तथा दमको जोखिम बढाउँछ भनेर देखाएका छन्। त्यसैले धुँवारहित वातावरण बच्चाहरूको लागि महत्त्वपूर्ण हुन्छ।

धुम्रपानले तपाईंका बालबालिकामा स्थायी क्षति पुर्‍याउन सक्छ। तपाईं यसलाई परिवर्तन गर्न सक्नुहुन्छ। अहिले नै धुम्रपान रोक्नुहोस्!

 

आदरणीय आमा तथा बुवा,

कृपया अहिले नै धुम्रपान गर्न छोडिदिनुहोस्! धुम्रपानकर्ताका बच्चाहरूको रूपमा हामीले के-के दु:खहरू सहनुपर्छ भनेर तपाईंलाई साँचिकै कुनै अन्दाज छैन।

  • धुम्रपान गर्ने हुनाले हाम्रो घर सधैं धुँवा तथा चुरोटको गन्धले पुरै भरिएको हुन्छ। हामीले श्वास फेर्न सक्दैनौं।
  • तपाईंले धुम्रपान गर्ने हुनाले, यसले हामीलाई खोकी लाग्ने र हाम्रो आँखारसाउने हुन्छ। यो हाम्रो स्वास्थ्यको लागि पनि खराब हुन्छ र यसले हाम्रो श्वास उपनलीमा विकारहरूको जोखिम बढाउँछ।
  • तपाईंले धुम्रपान गर्ने हुनाले तपाईं वरिपरीका मानिसहरू उदास हुन्छन् वा असहज महसुस गर्छन्। साथै आफ्नो अलकत्रा लागेजस्तो दाँतलाई हेर्नुहोस्! तपाईंको श्वासबाट दुर्गन्ध आउँछ र तपाईंको अनुहार पुरै चाउरिएको छ।
  • धुम्रपानले तपाईंलाई गलत अनुकरणीय व्यक्ति बनाउँछ। हामीले सधैं तपाईं जस्तो धुम्रपान गर्ने चाहनासँग जुध्नुपर्छ।
  • चुरोटहरू ज्यादै महँगो हुन्छन्। तपाईं दुवैजना हरसमय पैसाको विषयमा झगडा गरिरहनुहुन्छ र हामीले हाम्रो खेलौनाहरू विरलै किन्न पाउँछौं।
  • धुम्रपानले व्यायाम गर्ने तपाईंको क्षमतालाई घटाउँछ र तपाईंलाई छिटो बुढो पनि बढाउँछ। तपाईंले हामीलाई हिडाउन लैजानुहुन्न भन्ने कुरामा कुनै अच्चम मान्नुपर्दैन।
  • सरकारले “धुम्रपानले ज्यान लिन सक्छ” भनेर सावधान गराउँछ। हामी टुहुरा हुन चाहदैनौं।

कहिल्यै पनि सक्रिय धुम्रपान नगरेका बालबालिकामा घरमा निष्क्रिय धुम्रपानका कारण हुने श्वासप्रश्वास सम्बन्धी बिमारीको अतिरिक्त जोखिमहरू

  • नाक सम्बन्धी लक्षणहरू 17%
  • घाँटी सम्बन्धी लक्षणहरू 35%
  • खोकी 54%
  • खकार 44%
  • कठिनाइपूर्वक श्वास लिने 12%

(धुम्रपान तथा स्वास्थ्य बारे हङकङ परिषद्को तथ्याङ्क - रिपोर्ट नं. 5:  बालबालिकामा धुम्रपान तथा निष्क्रिय धुम्रपान 1998)

यस जानकारीले बालबालिकामा असक्रिय धुम्रपानले श्वासप्रश्वास मार्गको संक्रमण, खोकी, खकार तथा कठिनाइपूर्वक श्वास लिने जोखिमलाई बढाउन सक्छ भनेर देखाउँछ।

अन्य अध्ययनहरूले पनि घरपरिवारमा असक्रिय धुम्रपानको सम्पर्कमा आउँदा जीवनको पहिलो 3 महिनामा रहेको बच्चा संक्रामक रोगको सबैभन्दा बढी जोखिममा रहेको छ भनेर देखाउँछन्। यसबाहेक, असक्रिय धुम्रपान 8 वर्ष उमेर सम्मका बालबालिका संक्रामक बिमारीको कारण अस्पतालमा भर्ना हुने बढ्दो जोखिमसँग पनि जोडिएको हुन्छ।
तर सबैभन्दा महत्त्वपूर्ण कुरा, आमाबुवाको प्रभावले गर्दा धुम्रपान नगर्ने व्यक्तिको बालबालिका भन्दा धुम्रपान गर्ने व्यक्तिको बालबालिकाले धुम्रपान गर्ने सम्भावना बढी रहन्छ।

त्यसैले, आफ्ना बालबालिकाका लागि अहिले नै धुम्रपान गर्न छोडिदिनुहोस्! अध्ययनहरूले निकोटिन प्रतिस्थापन थेरापी (Nicotine Replacement Therapy, NRT) वा व्यक्तिगत परामर्श प्रयोग गर्नाले स्वयं-प्रयासको तुलनामा धुम्रपानको लत छुटाउने सफलताको सम्भावनालाई बढाउँछ भनेर देखाएका छन्।

धुम्रपानको लत छुटाउन मद्दत गर्ने हटलाइनहरू:  
स्वास्थ्य विभागको एकीकृत धुम्रपान छुटाउन मद्दत गर्ने हटलाइन 1833 183
अस्पताल प्राधिकरणको (धुम्रपान परामर्श तथा लत छुटाउने हटलाइन) "क्विटलाइन" 2300 7272

वेबसाइटहरू:

स्वास्थ्य विभागको सुर्ती तथा मदिरा नियन्त्रण कार्यालय http://www.taco.gov.hk