गर्भपतनको व्यवस्थापन

(Content revised 02/2013)

यदि गर्भवती महिलाले पेटमा दुखाइ महसुस गरेमा वा योनीबाट रक्तश्राव भएको पाएमा उनले कुनै ढिलाई नगरिकन चिकित्सकीय परामर्श खोज्नुपर्छ।

  • लेखाजोखाको लागि उनी आफ्नो पारिवारिक चिकित्सक, निजी प्रसूति विशेषज्ञ, स्त्री-रोग विशेषज्ञ वा अस्पतालहरूका आकस्मिक विभाग जान सक्छिन् ।
  • अल्ट्रासाउण्ड स्क्यानलाई भ्रूणको अवस्था लेखाजोखा गर्न प्रयोग गरिन्छ र यसले कुनै हानि गर्दैन । गर्भपतनको निदान भूर्णको मुटु नधड्किएमा वा भ्रूणको विकास नभएमा पुष्टि भएको मानिन्छ । त्यसैले, चिकित्सकले निदानलाई पुष्टि गर्न भन्दा अगाडि भ्रूण विकासको निगरानीको लागि कहिलेकाहीँ धेरै पटक स्क्यान गर्नु जरूरी पर्नसक्छ ।

गर्भपतनको पुष्टि हुनुभन्दा पूर्व के गर्न सकिन्छ?

चिकित्सकीय उपचार

कुनै पनि प्रकारको हर्मोन लगायत औषधि प्रभावकारी हुन्छ भनेर कुनै पनि चिकित्सकीय प्रमाणले देखाएको छैन ।

ओछ्यानमा आराम

ओछ्यानमा आराम गर्न बसेर यसले स्वाभाविक गर्भपतनलाई रोक्न सक्दैन । यद्यपि, गर्भवती महिलाको एकदमै बढी रक्तश्राव भएमा तब ओछ्यानमा आराम गर्न सुझाव दिइन्छ ।

यदि गर्भपतनको पुष्टि भएमा के गर्नुपर्छ ?
भर्ना

यदि गर्भपतन भएको पुष्टि भएमा साधारणतया रक्तश्रावलाई रोक्न र संक्रमणबाट बच्नको निम्ति निर्जीव भ्रूणलाई हटाउन गर्भाशयलाई खाली गराउने सुझाव दिइन्छ ।

गर्भाशयलाई खाली गराउने

  • तन्तुहरूलाई चुसेर बाहिर निकाल्न साँघुरो सक्सन क्यानुला गर्भाशय भित्र छिराइन्छ ।
  • यसलाई लोकल वा जनरल एनेस्थेसिया प्रयोग गरेर गर्न सकिन्छ ।
  • शल्यक्रिया पश्चात धेरैथोरै हुने दुखाइ परिणाम अनुभव हुन सक्छ जसमा दुखाइ कम गर्ने औषधिहरू मद्दतगार हुन सक्छन् ।

गर्भपतन पश्चात शारीरिक स्वास्थ्य लाभ

  • पूर्ण गर्भपतन वा गर्भाशयलाई खाली गराए पश्चात शुरूका केही दिनहरूमा योनीबाट केही रक्तश्राव हुनु सामान्य हो।
  • एकपटक महिलाले शारीरिक रूपमा आफूलाई सञ्चो भएको महसुस गरेपछि, अर्थात्, सामान्यतया गर्भपतन भएको एक वा दुई हप्ता पश्चात सामान्य दैनिक गतिविधि तथा शारीरिक क्रियाकलापहरू पुन: शुरू गर्न सकिन्छ ।
  • रक्तश्राव पूर्ण रूपमा रोकिएपछि यौनसम्पर्क पुन: शुरू गर्न सकिन्छ ।

शल्यक्रिया पश्चात् याद राख्नुपर्ने कुरा

यदि गर्भपतनको लागि गरिएको शल्यक्रिया पछि एकदमै धेरै रक्तश्राव भएमा, दुई हप्ता भन्दा बढी समय देखि लामो समयसम्म योनीबाट रक्तश्राव भएमा, ज्वरो आएमा वा पेट दुखेमा तत्काल चिकित्सकीय सुझाव प्राप्त गरिनुपर्छ ।

गर्भपतन पश्चात् मनोवैज्ञानिक स्वास्थ्य लाभ

  • स्वयम महिला सहित अरू कसैलाई पनि दोष लगाउन हुन्न भनेर बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
  • गर्भपतन पश्चात आघात, दु:ख, निराशा, चिन्ता, विफलताको भावना तथा आत्म-सम्मानमा कमी जस्ता मनस्थितिमा गडबडी हुनु सामान्य हो ।
  • आफ्नो दु:खबाट पार पाउन उनलाई आफ्नो भावनाहरू उनले विश्वास गर्ने व्यक्तिसँग आदानप्रदान गर्न प्रोत्साहित गरिन्छ, जस्तै, पार्टनर, नातेदार, मिल्ने साथी वा मेडिकल तथा पारामेडिकल कर्मचारी ।
  • आँधी तथा वर्षाको दिन पछि राम्रो दिन आउँछ भने झैँ हामीले सधैं आशावादी दृष्टिकोण राख्नुपर्छ र कहिले पनि गर्भपतनको छायाँबाट घेरिएको हुनुहुन्न ।

अर्को गर्भावस्थाको लागि योजना

पुन: गर्भवती हुन प्रयास गर्नु अगाडि दुई वा तीन महिना पर्खनु राम्रो हुन सक्छ । यसले महिलालाई शारीरिक तथा भावनात्मक दुवै रूपमा अर्को गर्भावस्थाको लागि सम्भावित सबैभन्दा राम्रो अवस्था पुन: प्राप्त गर्न समय दिन्छ ।

(यो सूचना स्वास्थ्य विभाग तथा अस्पताल प्राधिकरणद्वारा तयार गरिएको हो)