गर्भावस्थाको अवधिमा संक्रामक रोगहरू (रूबेला, ठेउँला र पाँचौं रोग) को रोकथाम

(07/2019 मा संशोधन गरिएको विषयवस्तु)

रूबेला, ठेउँला र पाँचौं रोग भाइरल रोगहरू हुन्। तिनीहरू प्राथमिक रूपमा संक्रमित छिटाहरू र श्वासप्रश्वासबाट निस्किने स्रावहरूसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिने गर्छन्। तिनीहरू गर्भावस्थाको अवधिमा आमाबाट भ्रूणमा प्रसारित हुन पनि सक्छन्।

तपाईंलाई रूबेला, ठेउँला र पाँचौं रोगबारे के-के थाहा हुन आवश्यक हुन्छ

रोग संक्रमणकाल लक्षणहरू संक्रमणशील अवधि भ्रूणमा प्रभाव
रूबेला (जर्मन दादुरा) 12 देखि 23 दिन फैलिएको खटिरा, ज्वरो आउने, टाउको दुख्ने, अस्वस्थता, लिम्फ नोडहरू ठूलो हुने, माथिल्लो श्वासप्रश्वास सम्बन्धी लक्षण र कन्जक्टिभाइटिज देखिन्छ। खटिरा प्राय: लगभग 3 दिनको लागि रहन्छ, तर केही बिरामीहरूलाई पूर्णतया खटिरा नआउन सक्छ। खटिरा सुरु भएको 1 हप्ता अघिदेखि 1 हप्ता पछिसम्म। लक्षणात्मक भए वा नभए तापनि, गर्भावस्थाको पहिलो 3 महिनाको अवधिमा संक्रमणले जन्मता रूबेला सिन्ड्रोम, उदाहरण बहिरोपन, मोतिबिन्दु, हृदयको विसंगति र मानसिक गतिरोध निम्त्याउन सक्छ।
ठेउँला 10 देखि 21 दिन ज्वरो आउने र छालामा चिलाउने खटिराहरूका साथ देखिन्छ, खटिराहरू 5 दिनको अवधिमा फोडाहरू र पछि फोकाहरूका रूपमा विकसित हुन्छन्। फोकाहरू 3 देखि 4 दिनसम्म देखिन्छन्, त्यसपछि सुकेर पाप्राको रूप लिन्छन्। खटिरा देखिनुभन्दा 1 देखि 2 दिनअघि र सबै फोकाहरू नसुक्दासम्म। प्रारम्भिक गर्भावस्थाको अवधिमा हुने संक्रमण भ्रुणको जन्मजात विसंगतिको कारणसँग सम्बन्धित हुन सक्छ। यदि गर्भवती महिलाहरूमा डेलिभरी हुनुभन्दा 5 दिन अगाडि वा डेलिभरी भएको 2 दिन भित्रमा लक्षणहरू विकसित हुन्छ भने, उहाँको बच्चालाई घातक हुन सक्नेगरी गम्भिर बिमारी हुने सम्भावना धेरै हुन्छ।
पाँचौं
रोग
4 देखि 20 दिन कम स्तरको ज्वरो र थकान सहित प्राय: बालबालिकामा देखापर्छ। अनुहारमा “दाग बसेको गाला'' जस्तो सूचक खटिरा केही दिनमा देखापर्छ। खटिरा सामान्यतया 7 देखि 10 दिनमा निको हुन्छ। वयस्कहरूमा मध्यम खालका लक्षणहरू देखिन्छन् र उनीहरूको जोर्नीमा मध्यम दुख्ने र सुन्निने मात्र हुन सक्छ। पारभोभाइरस B19 मुख्यत: संक्रमित श्वासप्रश्वासबाट निस्किने स्रावहरूसँगको प्रत्यक्ष सम्पर्कबाट सर्छ। यो गर्भावस्थाको अवधिमा आमाबाट भ्रुणमा सर्न सक्छ जसले गर्दा गर्भपतन वा भ्रूणको मृत्यु गराउँछ।

रूबेला, ठेउँला वा पाँचौं रोगको रोकथाम कसरी गर्ने?

महिलाहरूलाई बाल्यावस्थाको अवधिमा यी संक्रमणहरू भइसकेको वा यीसँग सम्बन्धित खोपहरू लगाइएका छन् भने, उनीहरू यी संक्रमणहरूबाट प्रतिरक्षित छन्।

प्रतिरक्षित नभएका गर्भवती महिलाहरूले संक्रमणको सम्भावनालाई कम गर्नको लागि यी रोगहरूको निदान गरिएका बिरामीहरूसँग सम्पर्कराख्नुहुँदैन र भिडभाड र वायुसञ्चार भएका सार्वजनिक स्थानहरूबाट टाढा रहनुपर्छ।

रूबेला वा ठेउलाबाट प्रतिरक्षित नभएका महिलाहरूले डेलिभरीपछि खोप लगाउने विचार गर्नुपर्छ।

म गर्भावस्थाको अवधिमा रूबेला, ठेउँला वा पाँचौं रोगबाट ग्रसित हुन्छु वा यसको संदिग्ध भएमा के हुन्छ?

तपाईंलाई निम्न अवस्थाहरू भएमाः
  • ज्वरो आउने वा खटिरा आउने
  • हालैको 4 हप्तामा रूबेला, ठेउँला, पाँचौं रोग वा अन्य संक्रामक रोगहरूबाट ग्रसित भइरहेका कुनै व्यक्तिसँग सम्पर्कमा आएको इतिहास भएको
  • तपाईं यीमध्ये कुनै पनि रोगबाट ग्रसित भइरहेको संदिग्ध भएमा
  1. तपाईं रोगको व्यवस्थापन गर्नका लागि साधारण बहिरङ्ग क्लिनिक वा निजी क्लिनिकमा जानुपर्छ।
  2. तपाईंलाई गैर-संक्रामक नमानिएसम्म सोधपूछ वा प्रसवपूर्व जाँचका लागि प्रसूति क्लिनिक वा मातृ तथा बाल स्वास्थ्य केन्द्र (MCHC) मा नजानुहोस्। यो अन्य गर्भवती महिलाहरूमा रोग फैलनबाट रोक्नको लागि हो।
  3. कृपया आफ्नो प्रसवपूर्व जाँचका लागि विशेष व्यवस्थाहरू मिलाउनका लागि आफू भर्ना हुनुभएको प्रसूति क्लिनिक वा मातृ तथा बाल स्वास्थ्य केन्द्र (MCHC) मा कल गर्नुहोस्।