नयाँ प्रसवपूर्वका ग्राहकहरूको लागि सूचना

(Content revised 05/2015)

गर्भवती महिलाहरूले कैयौं शारीरिक र भावनात्मक परिवर्तनहरूको सामना गर्नु पर्दछ। उनीहरूलाई परिवारको समर्थन धेरै महत्वपूर्ण हुन्छ। प्रसवपूर्वको नियमित जाँच बाहेक, मातृ एव बाल स्वास्थ्य केन्द्रहरूले, भावी माता-पिताका लागि श्रृंखलाबद्ध रूपमा स्वास्थ्य चर्चा र कार्यशालाहरूको आयोजना गर्दछन्।

प्रसवपूर्वको जाँच

  1. चिकित्सकीय एवम प्रसूति इतिहास
    • विगतको स्वास्थ्य तथा पूर्वको गर्भावस्थासित सम्बन्धित इतिहास, विशेष रोगको पारिवारिक इतिहास र वर्तमान गर्भावस्थाको स्वास्थ्य स्थितिले हाम्रो स्टाफलाई निर्धारित महिलाको लागि प्रसवपूर्व योजना तयार पार्नमा मद्दत गर्न सक्छन्।
    • अन्तिम मासिक धर्मको पहिलो मितिलाई प्रसवको अपेक्षित मिति आकलन गर्नमा प्रयोग गर्न सकिन्छ।
  2. शरीरको वजन र रक्तचाप मापण
    • आमा र भ्रूण दुबैका स्वास्थ्यको लागि यी सूचक हुन्।
    • पहिरिने लुगाका प्रकारले शरीरको वजन मापणमा असर पार्दछ। गर्भवती महिलाहरूलाई डाक्टरकहाँ आउँदा एउटै किसिमका लुगा पहिरिन सल्लाह दिइन्छ।
    • लुगा धेरै बाक्लो वा लुगाको हात धेरै कस्सिएको छ भने रक्तचाप मापणमा धेरै कठिनाई हुनेछ।
  3. मूत्र परीक्षण
    • प्रत्येक नियमित जाँचको दौरान, शुगर (चिनी) र प्रोटीनको उपस्थिति जान्नको लागि मूत्रको नमूना परीक्षण गरिन्छ।
    • गर्भवतीको मूत्रमा शुगर फेला पऱ्यो भन्नुको के अर्थ हुन्छ?
      • हार्मोन परिवर्तनले गर्दा, गर्भावस्थाको दौरान मूत्रमा सामान्य परिमाणको शुगर फेला पर्नु आम कुरो हो। गर्भावधिमा मधुमेहको पुष्टि गर्नको लागि रगतको परीक्षण आवश्यक हुन्छ।
      • सामान्य कुरा गर्दा, यदि एक गर्भवती महिलाको उमेर 35 भन्दा माथि छ, मोटी छन्, डाइबीटिज मेलिटसको पारिवारिक इतिहास छ वा उनले 4 केजी भन्दा धेरै वजनको शिशु जन्माएकी छिन् भने, गर्वावधिमा मधुमेह हुने सम्भावना उच्च छ।
      • गर्भावधिमा मधुमेह हुने एक गर्भवती महिलाले उचित उपचार पाइनन् भने, उ र भ्रूण दुबै गम्भीर रूपले प्रभावित हुनेछन्।
    • गर्भवती महिलाको मूत्रमा प्रोटीन फेला पर्नु भनेको के हो?
      • मूत्रमा प्रोटीनको उपस्थितिका कैयौं कारणहरू छन्। गर्भावस्थाको दौरान सबै भन्दा आम हो, मूत्रनलीमा संक्रमण।
      • यो प्री-एक्लाम्प्शिया (प्राक्गर्भाक्षेपक) ले गर्दा हुन सक्छ जो अक्सर बढेको रक्तचापसित सम्बन्धित हुन्छ र सामान्यतः गर्भावस्थाको उत्तरार्धमा हुन्छ। शीघ्र र उचित व्यवस्थापन गरिएन भने पूर्वको रोगका कारण गम्भीर परिणामहरू हुन सक्छन्।
      • अर्को आम कारण हो, मूत्र नमूना संकलन गर्दा गलत तरीका अपनाउँदा मूत्र नमूना दूषित हुनु।
  4. पिशावको नमूना सङ्कलन गर्दा खेरी ध्यान राख्नु पर्ने कुराहरू:

    1. तपाईंले पिशावको नमूना चाहिं बिहानको खाजा खानु अगाड़ि सङ्कलन गर्नु पर्छ (सादा पानी पिउन हुन्छ)।
    2. नमूनाको सङ्कलन गर्न निम्ति एउटा ठूलो-मुख भएको सफा बोतल तयार गर्नुहोस् ।
    3. पहिलो पिशावलाई फ्याल्न सकिन्छ किनकि जांचको लागि त्यो उचित हुँदैन ।
    4. तपाईंले दोस्रो चोटि पिशाव फेर्नु अगाड़ि आफ्नो हातलाई राम्ररी तरल साबुन र पानीले धुनुहोस् ।
    5. तपाईको योनिमुखलाई भिजेको कटन वूल प्याड वा टइलेट पेपरले सफा गर्नुहोस् र कुनै पनि योनी बहिर्गमनलाई हटाउनहोस् ।
    6. शोचालयमाथि आफैलाई तयार गर्नुहोस् र पिशाव फैर्नु शुरु गर्नुहोस् ।
    7. शुरु र अन्तको पिशावलाई सङ्कलन नगर्नुहोस् ।
    8. पिशाव प्रक्रियाको बीचतिर, ठूलो-मुख भएको बोतलमा पिशावको नमूना सङ्कलन गर्नुहोस् ।
    9. भाडोको ढकनीलाई कसेर बन्द गर्नुहोस् र आफ्नो हातलाई राम्ररी धुनुहोस् ।
    10. त्यसपछि तपाईंले अन्य दिन जस्तै खाना खानु सक्नुहुन्छ ।
  5. स्थानीय जलोदर
  6. दाईले प्रत्येक परीक्षणमा गर्भवती महिलामा स्थानीय जलोदर छ कि भन्ने जाँच गर्दछे। यदि मूत्रमा उच्च रक्तचाप वा प्रोटीनको सह-अस्तित्व छ, वा अति कम समयमा (केही दिनमै) स्थानीय जलोदरको स्थिति बिग्रियो भने, प्राक्गर्भाक्षेपकको आशंका हुन्छ। विशेषज्ञलाई तत्काल देखाउन जरूरी हुन्छ।

  7. शारीरिक परीक्षण
  8. डाक्टरले गर्भवती महिलाको हृदय, फोक्सो र अन्य अंगहरूको स्वास्थ्य जाँच गर्नेछ। भ्रूणको विकास र स्थितिको परीक्षणका लागि पेटको जाँच गरिनेछ। एउटा उपकरणको प्रयोग गरेर भ्रूणको हृयय-गतिको पत्ता लगाइनेछ।

दैनिक गतिविधिहरू

  • गर्भवती महिलाले घरि-घरि थकाई महसूस गर्दछिन्। भोक नलाग्ने अवस्थाबाट जोगिनको लागि पर्याप्त आराम जरूरी छ नत्र भ्रूणको विकासमा असर पर्न सक्छ।
  • प्रसवपूर्वको व्यायाम कक्षामा सामेल हुनु उपयोगी छ। यदि यस्तो व्यायाम कक्षामा सामेल हुन असमर्थ हुनुहुन्छ भने आफ्नो शरीरलाई तन्काउने व्यायाम गर्नुहोस्। गर्भावस्थाको दौरान पौडिनु र हिंड्नु जस्ता अन्य व्यायामहरू पनि उपयोगी हुन्छ्न्।
  • निजी स्वच्छता महत्वपूर्ण हुन्छ। शरीरको तापक्रम सामान्य बढ्नेछ। पसीना सोख्नको लागि कटन (सूती) का लुगाले मद्दत गर्न सक्छन्। हार्मोन परिवर्तनका कारण योनि स्रावमा वृद्धि हुनेछ, र क्यान्डिडिएसिस धेरै आम हो। स्यानिट्री प्याड, सूतीका कट्टूको प्रयोग र टबमा नुहाउने सट्टा शावरमा नुहाउँदा संक्रमणबाट जोगिन सकिन्छ। योनि पखाल्ने (डाउशिंग) सुझाव दिइंदैन।
  • गर्भावस्थाको अन्तिम चरणमा, स्तनबाट सामान्य दूध निस्कनेछ। पानीले सँधै धुन नभुल्नु होला।
  • गर्भावस्थामा योनक्रिया जारी राख्न सकिन्छ, तर यदि योनिबाट रक्तस्राव भएको छैन भने मात्र।

असामान्य परिस्थितिहरू
निम्न मध्य कुनै पनि परिस्थिति आईलाग्यो भने, तत्काल डाक्टरसित परामर्श लिनु पर्दछ वा अस्पतालको दुर्घटना एवम आपातकालीन विभागमा देखाउनु पर्दछ:

  • पानी सुक्नु
  • योनि रक्तस्राव
  • निरन्तर पेट दुख्नु
  • गम्भीर जलोदर जो छोटो समयमा जम्मा हुन्छ
  • गम्भीर टाउको दुखाइ
  • भ्रूणको गतिविधि धेरै कम्ती हुनु

स्वास्थ्य विभाग
परिवार स्वास्थ्य सेवा
वेबसाइट: www.fhs.gov.hk
24-घण्टा सूचना हटलाइन: 2112 9900