भेक्टर-बोर्न रोगहरूको रोकथाम

(07/2017 संशोधन गरिएको)(07/2019 फेरि प्रिन्ट)

मानवमा देखिने सामान्य भेक्टर-बोर्न रोगहरूमा डेंगु ज्वरो, जापानी इन्सेफलाइटिस, मलेरिया, स्क्रब टाइफस र दाग देखिने ज्वरो देखापर्छन्। लामखुट्टेहरू डेंगु ज्वरो, जापानी इन्सेफलाइटिस, मलेरिया र जिका भाइरस सार्न जिम्मेवारी छन्, जबकि स्क्रब टाइफस र दाग देखिने ज्वरो क्रमशः माइट्स र टिक्सबाट सर्ने गर्छन्।

भेक्टर-बोर्न रोगहरू रोकथाम गर्नको लागि, गर्भवती महिलाहरूले आफूलाई लामखुट्टेहरू, माइट्स र टिक्सको डसाइ / टोकाइबाट जोगाउन र तिनीहरूको प्रसार हुनबाट रोक्न मद्दत गर्न आवश्यक हुन्छ।

आफूलाई डसाइ/टोकाइबाट जोगाउनुहोस्

लामखुट्टेहरूबाट फैलिने संक्रमणहरूको जोखिम कम गर्नको लागि, गर्भवती महिलाहरू ठूलो संख्यामा लामखुट्टे गतिविधिको अवधिमा (सामान्यता बिहान र साँझ) घरभित्रै बस्नुपर्छ।

स्क्रब टाइफस र दाग देखिने ज्वरो फैलाउने भेक्टरहरू मुख्यत: हरियाली क्षेत्रहरूमा पाइने गर्छन। त्यसकारण, ग्रामीण क्षेत्रहरूमा जाँदा यी भेक्टरहरूद्धारा टोकिनबाट बच्नको लागि सुरक्षात्मक उपायहरू अपनाउनुपर्छ।

खुला, हलुका रङ् भएको लाम-बाहुले कुर्था र ट्राउजरहरू जस्ता सुरक्षात्मक लुगा लगाउनुहोस्।

लामखुट्टेहरू आकर्षित हुनसक्ने पर्फ्युम प्रयोग नगर्नुहोस्।

गर्भवती महिलाहरूले किरा प्रतिरोधक समावेश हुने DEET (20-30%) प्रयोग गर्न सक्छन्। कृपया किरा प्रतिरोधक प्रयोग गर्दा निम्न कुराहरू ध्यानमा राख्नुहोस्:

  • कपडा (लाम-बाहुले कुर्था र ट्राउजरहरू) र नाङ्गो छालामा किरा प्रतिरोधक लागाउनुहोस्;
  • घाउमा वा चिलाउने छालामा नलगाउनुहोस्;
  • उत्पादकको निर्देशन पालना गर्नुहोस्, आवश्यक भएमा किरा प्रतिरोधक फेरि लगाउनुहोस;
  • तपाईं घर भित्रको क्षेत्रमा फर्कदा नुहाउनुहोस् वा आफ्नो छाला धुनुहोस्।
  • DEET लगाइएको कपडालाई साबुन र पानीले धुनुहोस्।

थप जानकारीका लागि, कृपया स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट “भेक्टर-बोर्न रोगहरू” मा जानुहोस्।