गर्भावस्थाको अन्तिम चरणतिर हुने सामान्य रोग तथा त्यसका रोकथामहरु

(Published 07/2016)

आईडिमा

  • गर्भावस्थाको समयमा हुने ईस्ट्रोजन हर्मोनको तिव्र वृद्धिले पानी जम्ने गर्दछ । गुरुत्वाकर्षणको कारणले गर्दा, धेरै जसो पानी खुट्टाहरुमा जम्दछ । यसर्थ प्राय: गर्भवती महिलाहरुमा खुट्टाको जोर्नीहरु सुन्निने गर्दछ । (जसलाई आईडिमा भनिन्छ)
  • बच्चा भैसकेपछि, ईस्ट्रोजनको मात्रा पुन सामान्य तहमा फर्किन्छ, त्यसपछि शरिरबाट पानी उत्सर्जित हुन्छ ।
  • यदि तपाईको जोर्नी, हात वा अनुहार अचानक सुन्निन थाल्यो वा केहि दिनमै तिव्र रुपमा बढि सुन्निएर अवस्था नाजुक भएमा, यो प्रि-ईक्लाम्पसिया रोगको लक्षणहरु हुन सक्छन् । तपाईले तुरुन्तै डाक्टरलाई देखाउनु पर्दछ ।

सुझावहरु :

  • गर्भवती हुनु अघि अलि बढि नापको आरामदायी जुत्ताहरु लगाउनुहोस् ।
  • बस्दा खुट्टा राख्ने स्टुलमा वा सिरानीमाथि आरामदायी तरिकाले खुट्टाहरु उठाएर राख्नुहोस् ।
  • मूत्रवर्धक औषधीहरु नलिनुहोस् किनकि यस्ता औषधीहरुले तपाईको रक्तचाप कम गराउँछन् । सालमा हुने रगतको प्रवाह घट्न गई अक्सिजन तथा पौष्टिक तत्त्वहरु भ्रुणसम्म राम्ररी पुग्न सक्दैन।

बारम्बार पिशाब लाग्नु

  • यो गर्भावस्थाको समयमा मृगौलामा 50% रक्त प्रवाहमा वृद्धि र मुत्र नलीको चिल्लो मांसपेशीमा प्रोजेस्टेरोन हर्मोनको विश्राम असरको परिणाम हो ।
  • यसबाहेक, गर्भवती महिलाको मूत्रनलीमा संक्रमणको थप सम्भावना हुन्छ । यदि ठीक उपचार नभएमा मूत्र संक्रमणले नेफ्राइटिस् र प्रिट्रम्म डेलिभेरी हुनसक्छ । यदि तपाईंलाई बारम्बार पिशाब सँगै पिशाब गर्दा पीडा हुने या रगत देखा परेमा, तपाईले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।
  • गर्भावस्थाको अन्तिम चरणमा गर्भाशय ठूलो हुदैं जानाले, मूत्र थैलीमा चाप बढ्ने र बारम्बार पिशाब आउने गर्दछ ।

सुझावहरु

  • तपाईंले कहिल्यै तरल पदार्थको सेवन निषेध गर्नु हुँदैन किनभने यसले मूत्र संक्रमणको सम्भावनालाई अझ वृद्धि गर्न सक्छ ।
  • यदि तपाईलाई मूत्र संक्रमण भएको छ भने, डाक्टरको निर्देशन अनुसार एन्टिबायोटिकको सेवन गर्नुपर्छ ।
  • यदि तपाईलाई बारम्बार वा लगातार मूत्र संक्रमण भएमा, तपाईले प्रारम्भिक चिकित्सा को परामर्श लिनुपर्दछ । यो मूत्रनली वा मृगौलाको अन्तरनिहित शारीरिक संरचनाको समस्यासँग सम्बन्धित हुनसक्छ ।